Wednesday, 10 July 2013

उत्तर कोरियाले पहिलो आक्रमण टोकियोबाट गर्ने घोषणा


उत्तर कोरिया – उत्तर कोरि‍याले कोरि‍यन प्रायद्वीपमा युद्ध शुरू भयो भने जापानको राजधानी टोकियोलाई पहिलो स्थानमा राखेका छन् l


उत्तर कोरि‍याले जापानमा परमाणु हमला गर्ने धम्की समेत दिएका छन् । कोरि‍यन सेन्ट्रल न्‍यूज ऐजेन्सीको  समाचारमा भनिएको छ – मि‍साइल परिक्षणलाइ कुनै प्रकारले बिगार्ने किसिमको कारवाहीको कोसिस गरियो भने यसको गम्भीर परि‍णाम हुनेछ ।
उत्तर कोरियाले १८०० देखि २१८० कि‍लोमीटरसम्म मार हन्ने मुसुडन मि‍साइल तैनाथ गरेको छ ।
अमेरि‍की गुप्तचर रि‍पोर्टका अनुसार उत्तर कोरि‍याका साथमा यस्ता मि‍साइलहरू रहेका छन, जसले परमाणु अस्‍त्र लिएर जान सक्छ । अमेरि‍की राष्‍ट्रपति बराक ओबामाले आफ्नो एक वक्तव्य मार्फत भनेका छन् – अमेरिका कुनै प्रकारको वि‍वाद चाहँदैन । अमेरि‍काले आफु र आफ्नो साथीहरूको रक्षाका लागी कुनै पनि कदम उठाउन सक्ने छौ l
त्यसैगरि चीनका वि‍शेषज्ञहरूका अनुसार भने उत्तर कोरियाले मिसाइल छोडने ८० प्रतिशत सम्भावना रहेको बताएका छन ।

source: www.nepalsandesh.com

No comments:

Post a Comment