Friday, 19 July 2013

रुकुम जिल्लाको सामाजिक जनजिवन


रूकुम जिल्ला विभिन्न जातजातिभेष-भूषाभाषासंस्कृतिचार्डपर्व र धार्मिक विविधतामा एकता भएको श्री ५ वडा महाराजाधिराजले भने जस्तै चार वर्ण छत्तीस जातको फुलवारी हो । यहाँको जनजीवन भौगोलिक धरातल अनुसार प्रभावित रहेको छ ।
जातजाति :
यस जिल्लामा पुराना आदिवासी अधिकांश मगर जाति भएता पनि ब्राहमणक्षेत्रीठकुरी लगायत नेवागुरूङ्गसन्यासी,थकालीकामीसुनारदमाईसार्कीबादी आदि जातिहरू छन् । २०४८ को जनगणना अनुसार जस मध्ये जनसंख्याको अनुपातमा मगरहरू (२९.५८५क्षेत्री (३८.१४५ ब्राहमण (.८३५ठकुरी (.५५दमाई (.४८५सार्की (.०५ ) कामी (१५.३९५र अन्य जातिहरू (.८८५छन् । प्वाङ गा.वि..हरूमा मगर जातिहरूको वसोवास बढी छ भने मुसीकोटबाँफीकोटरूकुमकोट,आठवीसकोटआठवीस डाँडागाउँविजयश्वरीपेउघामुरूखारारूघाघेत्मापोखरापिपलस्यालापाखासाँखछिवाङसिम्ली गा.वि..हरूमा क्षेत्रीठकुरीकामीदमाईबढी छन् भने अन्य जातिहरू कमै पाइन्छन् ।
भाषा :
यस जिल्लामा बोलिने मूल भाषा नेपालनी हो भने अन्य बोलिने मगर खाम भाषा पर्दछ । नेपालनी खसानी भाषिका अन्तरगत गाउँघरमा बोलचालमा आङ्खनै भाषिक प्रचलितछ । जस्तैः घोरो घोडोआस्न तलभाउवा वावु र नानीजोई स्वास्नीबल्ल गोरूज्यूला वेसीगल्यो खस्योघारी माथीढिग तल आदि ।
धर्म :
२०४८ सालको तथ्याङ्क अनुसार ९९.७० हिन्दु धर्मावलम्वीहरू भएको जिल्ला भएकोले हिन्दु धर्मका आराध्य देवता ब्रम्हा,विष्णुदेवीरामकृष्णगणेशलक्ष्मीसरस्वती आदि देवी-देवताको विश्वास र भरोसा गर्दछन् । ०.२१ प्रतिशत बौद्ध.०३३ प्रतिशत इशाई.०२२ प्रतिशत अन्य धर्मावलमबीहरू रहेका छन् ।
भेषभूषा :
भौगोलिक धरातल तथा जातिका आधारमा यहाँ आङ्खनै खाले भेषभूषा छ । मगर समुदायहरूमा पुरूषहरूले एैठेमखमली भोटो,स्टकोट कालो टोपी लगाउँदछन् । स्वास्नी मानिसहरू चोलीगुन्यूगादोघाँटीमा सिक्काका माला तिलहरीपोते हातमा चाँदीका बालानाकमा फूलीकानमा ढुङ्ग्री लगाउने गर्दछन् । आजभोलि नयाँ युवा युवतीहरू यो भेषभूषा विस्तारै छोड्दै गएको देखिन्छ । अन्य समुदायका पुरूषहरूले दौरासुरूवालकोटकछाडछोपी र युवाहरू पैन्ट कमीजसुट लगाउने गर्दछन् । स्वास्नी मानिसहरू गुन्यूचोलीसाडीवलाउजनाकमा फूलीगलामा तिलहरीहातमा चुरा र युवतीहरू कुर्तासुरूवालम्याक्सीफ्रक,मेड्डी लगाउँदछन् ।
चार्डपर्व :
दशैंतिहारतीजमकर संक्रान्तीवैशाख पूणिर्मामाघे संक्रान्तीजनै पूणिर्माचैते दशैंबल पूजाआदि पर्वहरू विभिन्न जातजातिका समुदायहरूले धुमधामसँग मनाउँछन् ।
लोक बाजाहरूः
विवाहब्रतबन्धपूजा आजाचार्डपर्वमा दमाहाझयालीनर्सिङ्गोसनहीमादलकर्णालटयाम्कोबाँसुरी बजाउने चलन छ । धामी झाँक्रीहरू पूजा गर्दा गुरूबाजाको रूपमा ढ्याङ्गा्रो बजाउने चलन छ ।
प्रमुख जात्रा :
रूकुम जिल्लामा विभिन्न भेगमा विभिन्न समयमा मनोरञ्जनकालागि स्थानीय मेला पर्वहरू मनाइन्छ । कार्तिक शुक्ल एकादशीका रूपमा परिचित हरिवोधनी एकादशीमा चौरजहारीमा ठूलो मेला लाग्दछ । यस जिल्लाको विभिन्न भागबाट मात्र नभई,जाजरकोटसल्यानदाङसुरखेत र डोल्पा समेतबाट मेला भर्न यहाँ आउने गर्दछन् । त्यसैगरी मङ्सीर पूणिर्मामा मुसीकोटको थर्पु स्थित भगवतीको मन्दिरमा यस जिल्लाको सबैभन्दा ठूलो मेला लाग्दछ । सो दिन भगवतीलाई दर्शन गरी आङ्खना चाहनाहरू पुरा गराउने आशिर्वाद प्राप्त गर्नका लागि धेरै जिल्लाबाट मानिसहरूको ओइरो लागेको हुन्छ । चतुर्दशी देखि पूणिर्मासम्म यो मेला जिर्इ दिन लाग्ने गर्दछ ।
अन्य मेलाहरूः
कार्तिक पूणिर्मामा पाँच पुर्णिमा मेला मुसीकोट र रूकुमकोटमा लाग्दछ । मङ्सीर कृष्ण पञ्चमीका दिन स्यालापाखास्थित बराहाको मन्दिरमा नाथीगाड मेला लाग्दछ भने आठबीसकोटमा पनि त्यसै दिन सानो मेला लाग्दछ । पौष पूर्णिमाका दिन पिपल गा.वि..को कुनाखेत स्थित बराहाको मन्दिरमा कुनाखेत मेला लाग्दछ । आषाढ १ गते देखि १५ गतेसम्म मगर जातिहरूले भूमी पूजाको रूपमा आङ्खनो गाउँमा बलपूजा मेला मनाउँदछन् ।
मुख्य नाचहरू
सिंगारू नाच :
यो नाच विभिन्न मेला पर्वहरूमा पुरूषले महिलाको पोशाक गुन्यूचोलोपटुकाचुरी गलामा तिलहरीपोते लगाएर मादलडौरी,झयाली र बाँसुरीको तालमा लामाको भाकामा स्थानीय लोकलयमा गीत गाएर नाचिन्छ ।
मयुर नाच :
यो नाच पुरूष युवाहरू समूहमा गोलपंक्तीमा रहेर मयुर पंक्षीका सुन्दर प्वांख पिठ्यूँमा लगाएर नाच्ने गरिन्छ । यो नाचमा गीतको बोल हुँदैन तर मादलको तालमा नाचिन्छ ।
टप्पा नाच :
यो नाच रूकुममा भित्रीएको धेरै समय भएको छैन । यसमा केटाकेटीहरू सुरिलो गीतको भाकामा मादल र बाँसुरीको तालमा मेला पर्वमा नाच्ने गर्दछन् ।
पैसेरी नाच :
धार्मिक पूजा-आजा तथा सामाजिक कार्यमा आयोजना गरिने यो नृत्यमा पुरूष जातिको मात्र सहभागी हुने गर्दछ । यसमा लाम लागेर खुट्टामा लगाइएको नेवर (एक प्रकारको गहनार मादलको तालमा नृत्य गरिन्छ ।
रत्यौली नाच :
केटाको विवाह हुँदा वरियात गए पछि केटीको आमालाई सहयोग गर्न महिलाहरू जम्मा भै बत्ती बालेर जागाराम गर्दछन् । मंगल गीत र श्रृंगारिक गीत गाइ रतिरात सम्बन्धी नृत्य गरिन्छ ।
सोरठी नाच :
नारी भेष धारण गरी पुरूषहरूले यो नाच नाचिन्छ । मंगलगानबाट शुरू गरिने यो नाच यहाँ भित्रिएको जिई तीन वर्षात्र भएको छ । यसमा जिर्इ तीन जना मारूणीसँगै नाच्ने पुरूषहरू मात्र(पुसुङ्गेमादल बजाउने मादले र नाचको बेलामा जोक्करको रूपमा काम गर्ने ढटुवारे नै सोरठी नाचको प्रमुख पात्र हुन् ।
झयाउरे नाच :
रूकुमको उत्तर पूर्वी भेगका मगर समुदायमा विभिन्न चार्डपर्व विहावारी आदि अवसरमा युवायुवती एकलयुगल वा सामुहिक रूपमा नृत्य गर्दछन् । प्रेमगीतदोहरी गीत र लोकगीतको लयमा गाएर मादल बजाउदै नृत्य गरिन्छ ।
वल पूजै नाच :
रूकुम जिल्लाको पूर्वी भेगमा बस्ने मगर जातिहरूको मुख्य चाडको रूपमा बलपुजाई पर्व मानिन्छ । बल पुजाई भनेको भूमि पूजा हो । जेष्ठ १५ गतेदेखि आषाढको पहिलो हप्तासम्म युवायुवतीहरू गाउँको चौतारोमा प्रत्येक दिन साँझ नाचेर रमाइलो गर्ने चलन छ । परम्परा अनुसार महिलाहरूले रातो वा हरियो पछ्यौरा बेरेर नाच्दै गाउँदै नजिकको लेकको रमणीय फाँटमा गएर भेडाको थुमा वा सुङ्गुरको भाले(बीरको बली दिई पूजा गरिन्छ । त्यहीँ भोज गरी बुकी फूल टिपेर बाजागाजा सहित युवायुवती नाच्दै गाउँदै गाउँमा फर्किन्छन् । यो नाचमा गाउने गीतलाई हंकार भनिन्छ । असार १ गतेदेखि ५६ गते सम्म दिनभर नाच्ने गरिन्छ । अनी अन्तिम दिन रातभरी नै जागाराम गरेर नाचगान गर्दै वलपूजाको समाप्ती गरिन्छ ।
रूकुममा विद्दमान अन्य सामाजिक प्रथाहरू
दाइजो प्रथा :
छोरीको विवाहमा गोडी धुवा दिने चलन परम्परागत रूपमा चली आएको भएपनि अहिले पढे लेखेका र अन्य आर्जन गर्ने व्यक्तिहरूले शहरबाट भर्खरै भित्र्याईएको दाइजो प्रथा निम्न वर्गका मानिस माझ समस्याको रूपमा देखापरेको छ । यसले हाम्रो समाजलाई चिन्तित र गम्भिर तुल्याएको छ ।
साई प्रथा :
जिल्लाको गोतामकोटबाँफिकोटपिपलस्यालापाखामुरूखाराछिवाङ्ग आदि गा.वि..हरूमा छोरी लिदा दूधको भारा तिर्ने नाममा २,००० (जिई हजारदेखि ३०,००० (तीन हजारसम्म छोरीको नाममा जिलहा पक्षबाट रूपियाँ चलन अधापि कायम नै छ ।
धामी झाँक्री प्रथा :
गाउँ घरमा मानिसहरू विरामी पर्दा धामी झाँक्रीहरु इश्वरीय अबतारका रूपमा आफूलाई प्रस्तुत गरी लागु भागु खुट्टाई पैसा असुल्ने कुखुराबोका काट्न लगाउने गर्दछन् । यो अन्ध विश्वासको कारणले धेरैको ज्यान जाने समेत गएको पाइन्छ ।
छुवाछुत प्रथा :
अधिराज्यकै सामाजिक कुप्रथाको रूपमा चिनिने यो चलन रूकुममा पनि कायम छ । कामी दमाईसुनुवारसार्की जाति अरू जातिको घर भित्र पस्न नपाईनेमठमन्दिरधार्मिक स्थलहरूमा पूजा पाठ गर्न नपाईने सामाजिक चलन विद्यमान छ । यस प्रथाले यो प्रथाले यो जिल्लाका खासगरी अघिल्लो पुस्तामा निकै जरो गाडेको छ ।
जनसंख्या :
राष्ट्रिय जनगणना २०५८ को तथ्याङ्कको प्रारम्भिक नतिजा अनुसारः-
कूल जनसंख्या १,८७,८१५
पुरूष ९५,२५७
महिला ९२५४९
जम्मा घर धुरी संख्या ३३,५४३
परिवार आकार ५.
जन संख्या वाषिर्क वृद्धि दर १.८८ प्रतिशत
२०५८ को जनगणना अनुसार प्रत्येक गा.वि..को जनसंख्याः-
क्र.स.
गाविस
घरधुरी
महिला
परुष
जम्मा
आठबीसडाडा गाउँ
१०९८
२८६०
२९४२
५८०२
आठबीसकट
१२८२
३३९८
३५८१
६९७९
अर्मा
५९३
१६८२
१७४०
३४२२
बाफिकोट
९१५
२६७०
२७८५
५४५५
भलाक्चा
६५६
१९५६
१९७६
३९२९
विजयश्वरी
१५५७
४१९३
४१२८
८३२१
छिवाङ.
९२१
२४२९
२७२५
५१५४
चौखावाङ
५२०
१५२१
१५८६
३१०७
चुनवाङ.
५३६
१७०८
१७६८
३४७३
१०
जिली
७०७
१९५३
२१०६
४०५९
११
गराईला
९०३
२६१४
२७२४
५३३८
१२
गोतामकोट
९४८
२४९०
२५८३
५०७३
१३
घेत्मा
६७६
८८५
९४६
१८३१
१४
हुकाम
३९७
८८५
९४६
१८३१
१५
जाङ
५०४
१२२१
१३३२
२५५३
१६
झुला
५८८
१४९९
१५८८
३०८७
१७
काँडा
५३६
१३७५
१३५२
२७२७
१८
काक्री
९२७
२५४८
२४३१
४९७९
१९
खारा
८९८
२६८९
२८३८
५५२७
२०
खोला गाउँ
९११
२७३०
२७८७
५५१७
२१
कोल
६२८
१६६६
१६४६
३३१२
२२
कोटजहारी
८०५
२२४९
२२८०
४५२९
२३
मग्मा
९३४
२३५३
२६५५
५२०८
२४
महत
८८२
२३५९
२२६१
४६२०
२५
मोराबाङ
४८२
१२०४
१२४१
२४४५
२६
मरु
६०७
१८१२
१७८५
३५९७
२७
मुसीकोट खलंगा
१७७०
४५९७
४७३९
९३३६
२८
पिपल
७५१
२०४२
२११०
४१५२
२९
नुवाकोट
९०२
२४१८
२७०२
५१२०
३०
पोखरा
७६७
१८८०
१९५८
३८३८
३१
पुतिमकाडा
७४४
२१७३
२२४२
४४१५
३२
प्वाङ
३१७
८०९
८२३
१६३२
३३
पेउघा
६६२
२०७८
२१२६
४२०४
३४
राङसी
३९७
१०६०
११२४
२१८४
३५
रन्मामैकोट
४२९
१२१०
१२७३
२४८३
३६
रुघाँ
७११
२०६२
२०२२
४०८४
३७
साँख
८८७
२५३३
२६२६
५१५९
३८
सिम्ली
७६६
२३२१
२४१८
४७३९
३९
सिस्ने
२४१
६६८
७२२
१३९०
४०
शोभा
११३छ
२९८२
३०१९
६००१
४१
स्यालाखदी
६५८
१७४५
२०१४
३७५९
४२
स्यालापाखा
११३८
३५७२
३४४४
७०१६
४३
तकसेरा
८५७
२१७२
२२०१
४३७३

जम्मा
३३५४३
९२५४८
९५२६७
१८७८१६

No comments:

Post a Comment