शब्द/तस्विरः भरतबन्धु थापा
हिमालपारिको जिल्ला भनेर चिनिन्छ मनाङ । मनाङ सुन्दरताले भरिभराऊ एवं हिमाली जिल्लाका रुपमा परिचित छ । तपाईले आफ्नो देशको सुन्दरता हेर्ने हो भने एकपटक मनाङ डुल्नै पर्ने हुन्छ ।
विश्वकै अति सुन्दर पदयात्राको रुपमा परिचित अन्नपूर्ण पदयात्रामा मनाङमै पर्ने भएका कारण पनि पर्यटकीयरुपमा यो निकै महत्तवपूर्ण स्थल रहेको छ ।
मनाङ जति सुन्दरताले भरिभराउ छ, विकासमा भने त्यति नै पछाडि परेको छ । यहाँ न त सरकारी सेवा र सुविधाको राम्रो प्रत्याभुत गर्न सकिन्छ, न त कुनै सुविधा नै छ । मानिसलाई आधरभुत आवश्यता पर्ने स्वास्थ्य, शिक्षाराम्रो प्रवन्ध छैन । तर, यो क्षेत्रलाई प्रकृतिले भने भरपुर साथ दिएको छ । प्राकृतिक सौन्दर्यले मनाडलाई धनी बनाएको छ ।
गोरखाको सीमाना नजिकै मनाङको भागमा पर्ने सानो गाउँ हो भीमथाङ । यो गाउँ मनास्लु पदयात्राको महत्वपूर्ण स्थानमध्ये एकमा पर्छ । मनास्लु पदयात्रा तय गर्दा एक रात भीमथाङ बास बस्नुपर्ने बाध्यता जस्तै छ । तर, बाध्यता भएपनि यो स्थान निकै मनमोहक छ ।
गोरखाको आरुघाटबाट सुरु भएको मनास्लु पदायात्राको महत्वपूर्ण स्थानमध्ये लार्के भन्ज्याङ्ग पार गरेलगतै यो स्थान आउँछ ।
भीमथाङ सानो गाउँ, जुन लार्के पार गरेलगत्तै आउँछ । पहिले पहिले यो स्थानमा कुनै बस्ती नै नभएको स्थानीय दोर्जे लामाले बताए । उनले भने, मनास्लु पदयात्रामा पर्यटकको केही चहलपहल हुन थालेपछि मात्रै यो स्थानमा बस्ती बस्न थालेको हो । पहिले पहिले यो स्थान चरनका लागि मात्रै प्रख्यात रहेकोमा अहिले ब्यवसायिक रुपमा प्रख्यात रहेको छ ।
भीमथाङबाट विश्वको सातैां अग्लो हिमाल मनास्लु नजिकै देखिनुका साथै अन्य हिमाल पनि देखिने भएका कारण एक रात यहा बस्दा निकै रमाइलो अनुभूति हुने गर्दछ । बीचमा सानो बस्ती, वरिपरि हिमाल भएका कारण पनी यो बस्ती निकै रमाइलो लाग्छ ।
भीमथाङमा विशेष गरी पर्यटकीय मौसम सेप्टेम्बर र अक्टोबरमा पर्यटकको उच्च चाप भएका कारण बसोबासको समेत अप्ठयारो पर्ने गर्दछ ।
No comments:
Post a Comment