Wednesday, 10 July 2013

कमरेड घाउ त आलै छ त


 दश बर्षे जनयुद्वको दौरानमा कयौ मरे कयौ घाईते, बेपत्ता भए । युद्व आफैमा बिनासको प्रक्रिया हो । भनिन्छ, ''धोम्स नभई निर्माण हुदैन ।'' धोम्स कै प्रक्रियामा मृत्युलाई उच्च मुल्यांकन गर्न पछि नपर्नेको संख्या कमि थिएन । उच्च बलिदानको कृतिमान कायम राख्न पछि नपर्नेहरुको शरीर शान्ति प्रक्रियासंगै जेल्लिएको छ ।


न हार न जितको स्थितिमा टुंगिएको जनयुद्वका आदिमय दिनहरुको सम्झना ति घाइतेहरुको सरिरमा रहेका बम गोलाका छर्राहरुले सम्झाइरहन्छ ।

म मरेर देशमा अमन चयन हुन्छ भने म मर्न तयार छु भन्दै जनयुद्वमा लाग्नेहरु अंगभंगको स्थितिमा दिन गुजारा चलाइरहेका छन् । जनयुद्वलाई पूर्ण बिराम लगाउदै शान्ति प्रक्रियामा प्रवेश गर्दाका बखत हज्जारौको संख्यामा बम गोलाले छल्ली भएका शरीर उनका मानसपटलबाट नगुज्रेका हैनन् ।

लगाईएका नारा र भाषणले लोभ्भिएका जनताका होनहार छोरा छोरीहरुले प्राण आहुति गर्न पछि परेनन्। बलिदानीलाई स्विकार्ने ति तिनका परिवार र ति घाइते शरीरले बैशाखीको साहारामा दायाबाया गर्दै पेरिस डाडा र बुद्व नगरका श्रब्य दृश्यहरु नियाल्दै छन् । खै हाम्रा झुपडीमा बुनेका सपना भन्नेको कमि भेटिन्नन् ।

कमरेड, तिमीलाई कस्तो छ भन्नसम्म नरुचाउनेको बस्ति बढ्दै जादा हुलका हुल पार्टी प्रवेशले त झन् आफु र आफु अनुकुलका बाहेक घाइते अपाङ्ग छ र भन्ने स्थितिमा पुग्दैछ । हिजो देश र राष्ट्रका खातिर बलिदान दिन तयार छौ भन्नेहरु परिवार सोच्न थाले।

परिवार सोच्नेहरू आफैमा भुल्न थालेपछिका दिनहरुमा लौरी र शरीर भरि छर्रा बोक्दै गौरबको इतिहास कोर्न हिड्नेहरुलाई बेवास्ता गर्दै  आलिसान महलका मालिक सरि दैनिक पजेरो र बोलेरोमा सयर गर्ने कमरेडहरुले एक पटक फर्केर कमरेड भनिदियोस भन्ने चाहना राख्छन होला । तर, तिनका पिर मर्का बुझ्ने कमरेडको बस्ती साघुरो घेरा हुदै गएको छ ।

अझैसम्म शरीरमा बम बारुदका छर्रा बोकी हिड्नेको संख्या कम छैनन। कमरेड, नेपालमा सम्भब भएन, बिदेशमा गएर उपचार गराउनुस भन्न नसक्ने भए । उनी परिवारमा फस्न थाले पछि क्रान्ति पुरा भएकै ठानेका पनि होलान । हज्जारौको संख्यामा रहेकाहरु दैनिक बिहान बेलुकीको छाक टार्न यत्रत्यत्र भौतारिदै होला।

हात गोडा नचल्नेहरु घ्रिश्रदै बिहान बेलुकीको छाक टार्न संघर्ष गर्दै होला । यता भने सरर गाडीमा हुइकिदै बिदेशसम्मको यात्रामा निस्कनछन ।

लाख कोसिसमा एक ट्याब्लेट औषधी किनिदिने कमरेडहरु लाखौ खर्चिन तयार भएको देख्दा हज्जारौको संख्यामा रहेका घाइते अपाङ्गको मन नरोए कसको रुने ? धिक्कार्ने छ एक दिन र तिनैले दिएको सरापले तिमि सखाप हुनेछौ । तब, नभन्नु बाटो बिराए।

उपचारको खोजीमा भौतारिरहेकालाई प्राथमिकता दिन छाड्दै जान त सकिन्छ, त्यससंगै आउने बिपतिलाई पनि रोक्ने हिम्मत भए लत्कारेर गए पनि अनौटो मान्ने छैनन किन कि भौतारिदै र घर्श्र्दै बढ्ने बानीको बिकाश गरिरहेछ ।

तिम्रो उपस्थितिमा पनि जिउनु वा जियाउनु कै चक्रमा घुमिरहेको छ l लाखौमा बेरिएर बस्नु, यहाँ म धिक्कार्दै लम्किरहेको होला। मृत्यु मेरो या तिम्रो सहज हुने वा नहुने हेरिरहनेछ दुनियाले भन्दै दिन गुजारिरहेका उनिलाई सलाम, महलमा बस्नेलाई धिक्कार ।

No comments:

Post a Comment