०४६ को जनआन्दोलनपछि एकातिर नरबहादुर कर्माचार्य संयोजक (अध्यक्ष) र प्रचण्ड महासचिव बनाएर नेकपा (एकता केन्द्र)मा केही कम्युनिस्ट समूह एकीकृत भए भने अर्कोतिर मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव बनाएर नेकपा
(एमाले)मा केही कम्युनिस्ट समूह एकीकृत भए। ०४८ को संसदीय चुनावमा एमाले दोस्रो ठूलो दल तथा प्रमुख प्रतिपक्ष का रूपमा विजयी भएपछि र प्रचण्डको एकता केन्द्र समर्थित जनमोर्चा संसद्मा तेस्रो शक्तिका रूपमा विजयी भएपछि नेपालको राजनीतिले नयाँ मोड लियो।
नयाँ एकीकृत पार्टीहरूमा मनमोहन र नरबहादुर कर्माचार्य अध्यक्षको पदमा रहे पनि पार्टीको मुख्य सङ्गठनात्मक र वैचारिक नेता एमालेका मदन भण्डारी र एकता केन्द्रका प्रचण्ड नै थिए। ०४८ मा मदन भण्डारी मात्र ३९ वर्षका थिए भने प्रचण्ड मात्र ३७ वर्षका थिए।
०२८ देखि सीपी मैनाली, मोहनचन्द्र अधिकारीको नेतृत्वमा भारतको नक्सलवाडी सशस्त्र आन्दोलनबाट प्रभावित भएर झापामा सुरु भएको सशस्त्र कारबाहीसहितको आन्दोलनदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ अध्यायको सुरुवात भएको हो। ०२८ सालमा सीपी मैनाली केवल २० वर्षका थिए। नेपाली कम्युनिस्ट आन्दोलनमा छापामार युद्ध, दीर्घकालीन जनयुद्ध, माओ विचारधारा, सांस्कृतिक क्रान्ति स्थापित गर्ने श्रेय यही झापाली आन्दोलनलाई जान्छ। त्यसबेला मनमोहन अधिकारीको नेतृत्वमा रहेको पूर्वकोसी प्रान्तीय कमिटी संशोधनवादी र अवसरवादी भएको भनेर त्यसबाट विद्रोह गरेर झापा आन्दोलन सुरु भएको थियो। एउटा जिल्ला कमिटीका पनि केही नेता र कार्यकर्ताले सुरु गरेको यो आन्दोलन क्रमशः विकास गर्दै र अरूलाई पनि एकताबद्ध गर्दै ०४७ सालसम्ममा देशव्यापी विशाल सङ्गठन बनिसकेको थियो। क्रान्तिकारी उत्साह, केवल गुरिल्ला सङ्गठन मात्रै बनाउने नीति सच्याएर आमजनतालाई सङ्गठित गर्ने नीति बनाउनु, पञ्चायती चुनावमा भाग लिएर सङ्गठन विस्तार गर्नु, ०३६ साल र ०४६ सालका जनआन्दोलनमा तथा अन्य सङ्घर्षहरूमा सक्रिय सहभागिता आदि कारणले गर्दा नेकपा (माले) देशव्यापी र विशाल सङ्गठन बन्न पुगेको थियो। तर, ०४६ सालसम्म आउँदा यसले माओ विचारधारा, दीर्घकालीन जनयुद्ध, छापामार युद्ध, सांस्कृतिक क्रान्ति आदि परित्याग गरिसकेको थियो। सोभियत सङ्घमा प्रतिक्रान्ति भएर पुँजीवाद पुनर्स्थापना भइसकेको छ भन्ने सही निष्कर्ष परित्याग गरेर त्यहाँ अझै समाजवाद नै रहेको भनेर व्याख्या गर्न थालिसकेको थियो।
०३१ सालमा मोहनविक्रम सिंहको नेतृत्वमा भएको चौथो महाधिवेशन भने माओ विचारधारालाई समेत पथ–प्रदर्शक सिद्धान्त माने पनि क्रान्तिको कार्यदिशा भने तलैदेखि उठेको सशस्त्र किसान सङ्घर्ष भन्दै सारसङ्ग्रहवादी बनाउन पुग्यो। ०४३ सालसम्म आउँदा यो तीन समूहमा विभाजित भइसकेको थियो। टुटफुटले गर्दा ०४७ सालमा एकता केन्द्र बने पनि यसले केवल तेस्रो शक्तिमा चित्त बुझाउनुपर्यो्। एकता प्रक्रियामा मोहनविक्रम नआए पनि प्रचण्डको नेतृत्वमा ०४८ सालमा महाधिवेशन भएर दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित भएर क्रान्तिकारी सिद्धान्त र कार्यदिशासहितको पार्टीका रूपमा नेकपा (एकता केन्द्र) अगाडि बढ्न थाल्यो। यसभित्र सशस्त्र सङ्घर्षको स्वरूपका विषयमा मतभिन्नता भए पनि नेकपा (एमाले)को शान्तिपूर्ण बाटो (चुनावी बाटो) भएर संसद्मा बहुमत ल्याएर सरकार बनाई शक्ति सञ्चय गर्दै नयाँ जनवादी क्रान्ति गर्ने भन्ने नेकपा (एमाले)को नीति गलत हो र यो मार्क्सवादविरोधी संशोधनवादी नीति हो भन्नेमा एकमत थियो। साथै मदन भण्डारीले ल्याएको नयाँ जनवादी व्यवस्थामा पनि बहुदलीय प्रतिस्पर्दाको नीति कायम राख्ने जनताको बहुदलीय जनवाद (जबज) मार्क्सवादविरोधी संशोधनवादी सिद्धान्त हो भन्नेमा पनि एकता केन्द्रभित्र एकमत थियो।
०४९ सालमा एमालेको महाधिवेशनका लागि मदन भण्डारीले जबजको प्रस्ताव लिखित दस्तावेजका रूपमा सार्वजनिक गरेर पार्टीभित्र र बाहिरसमेत सबैलाई खुला बहस गर्न चुनौती दिएपछि नेपाली कम्युनिस्ट आन्दोलन र राजनीतिमा नयाँ मोड देखापर्योह र यसले महाविवादको रूप लिन पुग्यो। एकातिर ०४७ सालमा सोभियत सङ्घको विघटनले विश्वव्यापी रूपमा कम्युनिस्टहरू वैचारिक र व्यावहारिक रूपमा प्रतिरक्षात्मक बनेको स्थिति थियो भने अर्कोतिर मदन भण्डारीको जबजले क्रान्तिकारीहरूलाई झन् प्रतिरक्षाको स्थितिमा पुर्याकइदियो।
त्यसबेला प्रचण्डले यो चुनौतीको डटेर सामना गरे। प्रचण्डले पछि जनयुद्ध जनसेना जनसत्ता सबै विसर्जन गरे पनि त्यो बेला क्रान्तिकारी सिद्धान्तको रक्षाका लागि गरेको योगदान भने अविष्मरणीय रहनेछ।
०४९ मा प्रचण्डले लेखेका थिए, ‘निकट भविष्यमा (माघमा) हुन गइरहेको एमाले महाधिवेशन र त्यो समूहभित्र चलिरहेको अन्तरसङ्घर्ष यतिबेला सबैका लागि स्वाभाविक चासोको विषय बनेको छ। एमालेको वर्तमान नेतृत्व (मदन भण्डारी)का सैद्धान्तिक अवधारणा, राजनीतिक सोचाइहरू र व्यावहारिक जीवनशैली मार्क्सवादबाट यति टाढा र प्रतिक्रियावादसँग यसरी एकाकार भइसकेका छन् कि त्यसमाथि कुनै गम्भीर मार्क्सवादी बहस हुनै सक्तैन।’ (नेपाली क्रान्तिका समस्याहरू भाग १ पृष्ठ ७८)
प्रचण्डले थप लेखेका थिए, ‘आफ्नो जन्मकालका घोषित सिद्धान्त मूल्य मान्यता र स्पिरिटको ठीक विपरीत धु्रवमा खडा हुन पुगेको वर्तमान नेतृत्व यतिबेला हजारौँ धागाद्वारा साम्राज्यवाद र प्रतिक्रियावादसँग यसरी जेलिएको छ कि त्यसले चाहेर पनि त्यसवाट फुत्कने कुनै सम्भावना छैन।’ (पृष्ठ ७८)
प्रचण्डको भनाइ थियो, ‘उनीहरूका अगाडि विद्यमान प्रमुख समस्या भनेको हिजो ०२८ सालको झापा काल र त्यसपछिका केही वर्षसम्म मार्क्सवाद, लेनिनवाद र माओविचारधाराको क्रान्तिकारी स्पिरिटमा प्रशिक्षित कार्यकर्ता र आजको सामाजिक–आर्थिक एवम् राजनीतिक अन्तरविरोधका कारण जीवनको अनुभवद्वारा नै आमूल परिवर्तनको आकाङ्क्षा राख्ने कार्यकर्ताहरूलाई भ्रम दिएर छलफलमा ल्याइएका दस्तावेजहरूमा रकमी शैली, कूट–तर्क, सारसङ्ग्रहवादको खिचडी तयार पारेर प्रतिक्रियावादी सत्तामा पुगेर तर मार्ने आफ्नो घृणित स्वार्थ ढाक्ने र इमानदार कार्यकर्तालाई दिग्भ्रमित पार्ने कोसिस गरिएको छ।’ (उही)
प्रचण्डको लेखमा भनिएको छ, ‘आज एमाले नेतृत्व गुटले सर्वहारावर्ग र श्रमजीवी जनताप्रतिको आफ्नो विश्वासघातलाई सिर्जनात्मकता, बदलिएको परिस्थितिको मार्क्सवाद, जडसूत्रवादको विरोध, नेपालको विशिष्ट परिस्थितिको आवश्यकताका नाममा आफ्नो आत्मसमर्पणवादी र गद्दारीको सारलाई ढाक्ने कोसिस गरिरहेको छ। संसदीय चुनावमा बहुमत ल्याएर सरकार गठन गर्ने तथा सङ्घर्ष पनि गर्दै गर्ने इतिहासमै नभएको, मार्क्सदेखि माओसम्मका सम्पूर्ण प्रस्थापना र अनुभवका विरुद्ध एमाले नेतृत्व गुटले साँच्चै नै नेपालका लागि नयाँ ‘मार्क्सवाद’को आविष्कार गरेको छ।’ (उही पृष्ठ ७९)
प्रचण्डको भनाइ थियो, ‘प्रतिक्रियावादी सत्ताअन्तर्गत संसदीय चुनावद्वारा सरकार गठन गर्नु भनेको सारमा वर्गसङ्घर्षलाई अस्वीकार गर्नु हो, राज्यसत्तालाई पुँजीपति वर्गले झैं वर्गभन्दा माथि राख्नु हो, मार्क्सवादप्रति ठाडो गद्दारी र जनताको सङ्घर्षप्रतिको ठाडो विश्वासघात हो। आफ्नो त्यसप्रकारको इच्छा पूरा गर्न एमाले नेतृत्व गुटले एकातिर देशभित्र राजा–काङ्ग्रेससँग खुलेर साँठगाँठ गर्नुपरेको छ, जनताको आन्दोलनको खुलेर विरोध गर्नुपरेको छ भने देशबाहिर संसारभरका सशोधनवादीहरूलाई समाजवादी भन्नु परेको छ। साम्राज्यवादी लुटेराहरूको निमन्त्रणा स्वीकार गरी जनताको रगत पसिनाको भोजमा डकार्नुपरेको छ।’ (उही)
प्रचण्डले चीनबारे लेखेका थिए, ‘एमाले नेतृत्व गुटले चीनलगायत संसारभरका संशोधनवादी एवम् फासिस्ट पार्टीहरूलाई कम्युनिस्ट पार्टी तथा संशोधनवादी सत्तालाई समाजवादी सत्ता बताएर प्रतिक्रियावादीहरूसँग गरेको आत्मसमर्पणको भण्डाफोर नगरी सच्चा क्रान्तिकारीहरू अगाडि आउन असम्भव छ।’ (उही पृष्ठ ८१)
सङ्घर्षको स्वरूपबारे प्रचण्डले भनेका थिए, ‘साम्राज्यवादको युगमा क्रान्तिको बाटोको चर्चा गर्दा शान्तिपूर्ण सङ्घर्षको कुरा गर्नु भनेको यथार्थमा सर्वहारा वर्ग एवम् आमजनसमुदायलाई निशस्त्र पारी सशस्त्र प्रतिक्रियावादी वर्गलाई सेवा गर्नुबाहेक केही होइन। …क्रान्तिको बाटोसम्बन्धी एमाले नेतृत्व गुटको यसप्रकारको सोचाइले या त सम्पूर्ण पार्टीलाई प्रतिक्रियावादका अगाडि नाङ्गो रूपले आत्मसमर्पण गराउन बाध्य पार्छ या आमजनता र कार्यकर्ताको कत्लेआम गराउनका निम्ति इन्डोनेसियामा झैं प्रतिक्रियावादीहरूलाइ मद्दत गर्दछ।’ (उही पृष्ठ ८०)
एमाले नेतृत्वको कार्यशैलीका विषयमा प्रचण्डको भनाइ थियो, ‘आज एमाले नेतृत्व गुटमा र धेरै हदसम्म सिङ्गो समूहमा सुविधाभोगी, महत्त्वाकाङ्क्षी, बुर्जुवा व्यक्तिवादी चरित्र हावी भएको छ।’ (उही पृष्ठ ८१)
मदन भण्डारीले पनि प्रचण्डलाई उग्रवामपन्थी, अराजकतावादी, पेटी बुर्जुवा रोमान्स, सर्वसत्तावादी, जडसूत्रवादी, दरबारलाई पुनः बहुदल मास्न सघाउनेहरू आदि विभूषणले सम्बोधन गरे।
अहिले मदन भण्डारी भएको भए के भन्थे होला प्रचण्डलाई?

No comments:
Post a Comment