Friday, 19 July 2013

धार्मिक तथा पर्यटीयक स्थल

धार्मिक स्थल 

लंगा मुसीकोट बजारबाट पूर्वतर्फ डेढ घण्टाको उकालो चढेर पुग्न सकिने यो मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूणिर्माको दिन श्रद्धा र भक्तिपुर्वक देवीको पूजा गर्नाले मनोकामना पूरा हुने विश्वासका साथ हजारौ भक्तजनहरू दर्शनार्थ भेला हुन्छन् । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले यो मन्दिर अत्यन्त महत्पुर्ण मानिएको छ । 
शिव मन्दिर
शोभा गा.वि.स. अन्तरगत रूकुमकोटमा रहेको कमल तालको छेउमा अवस्थित यो मन्दिरमा शिवरात्रीका दिन भगवान शिवलाई श्रद्धाका साथ बेलपत्र, जलधारा चर्ढाई भक्तजनहरूले मनोकांक्षा पुर्तिका निम्ति आराधना गर्ने चलन छ । 
मालिका मन्दिर 
विजयश्वरी गा.वि.स. चौरजहारी स्थित विजश्वरी माईको ठूलो महिला र गरिमा छ ईष्ट देवीको रूपमा नित्य पूजा-आजा र जपादी गरिन्छ । साथै वडा दशैं र चैत्र अष्टमीका दिन भगवतीलाई पूजा-आजा गर्ने चलन छ ।
विजयश्वरी भगवती मन्दिर
प्राकृतिक कलापूर्ण भगवतीको मन्दिर भएको यो मन्दिरमा नवदुर्गामा घटस्थापना देखि दशमीसम्म पूजा अर्चना गरिन्छ । यिनको आङ्खनै ठूलो गरिमा र महिमा छ । 
अन्य मन्दिरहरू 
लक्ष्मी नारायण मन्दिर- आठबीसकोट, बिजारे द्यौति मन्दिर- आठबीसकोट, र्साईकुमारी मन्दिर-खदीस्याला, भगवनी मन्दिर, कालीका मन्दिर-मुसिकोट, बराह मन्दिर, भगवती मन्दिर-रूकुमकोट ब्रम्हाजीको मन्दिर- अमलाचौर, नाथीगाड, गादीघर, देउती मन्दिर-बाँफिकोट, श्री गणेश मन्दिर-मुरू, भगवती मन्दिर रूघां, शिवजी मन्दिर -पेउघा, मग्मा, सिद्ध मन्दिर पिपल, तासुकारा, सिद्धको मन्दिर-सिस्ने) आदिमा पनि स्थानीय आस्था र परम्परा अनुसार समय-समयमा पूजाआजा गरिन्छ ।

पर्यटकीय स्थल
स्यार्पु ताल :
बाँफिकोट गा.वि..मा अवस्थित यो ताल पर्यटकीय हिसाबले रमणीय र महत्वपूर्ण मानिन्छ । यसको क्षेत्रफल २.६ वर्ग कि.मी.छ । त्रिकोणात्मक आकारमा अवस्थित छ । यसै तलाउबाट निस्किएको पानीको श्रोत उपयोग गर्दै २०० किलोबाट क्षमताको विधुत उत्पादन गरी स्यार्पुदह साना जलविधुत आयोजनाले मुसीकोटरूकुमकोटबाँफिकोटपोखराछिबाङ्ग गा.वि..हरूमा विधुत  सेवा उपलब्ध गराउँदै आएको छ ।
कमल ताल :
शोभा गा.वि..को पहाडी उपत्यकामा अवस्थित कमल तालले रूकुमकोट उपत्यकालाई रमणीय बनाएको छ । यसको क्षेत्रफल १.९छ वर्ग कि.मीछ । यहाँ नुहाउँदा पाप नष्ट हुन्छ भन्ने धार्मिक किम्बदन्ती अनुसार माघे संक्रान्तिमा तिर्थयात्रीहरू यहाँ आएर नुहाउने चलन छ । यो ताल सुन्दर र मनमोहक छ । नेपाल अधिराज्यमा सबैभन्दा राम्रो कमल यहाँ पाइन्छ । यसको जरा अचारको रूपमा प्रयोग गरिन्छ । फूलबाट बनेको गेडा कमल पित्तको लागि औषधीको रूपमा स्थानीय बासिन्दाले प्रयोग गर्ने गर्दछन् ।
सम्पे ताल :
गोतामकोट गा.वि..मा पर्ने उच्च लेकाली भाग चित्री पाटनको बीचमा अवस्थित सुन्दर सानो तालको नाम हो सम्पेताल । यो ताल हिमालयको फेदीमा अत्यन्त प्राकृतिक सुन्दरताले विभूषित छ । यहाँबाट सिस्ने हिमालको उत्तरी मोहडाको मनोरम दृष्य अवलोकन गर्न पाइन्छ ।
गुप्ता दह :
सिस्ने हिमालको फेदीमा अवस्थित यो दह अत्यन्त मनमोहक छ । यो दहमा पानी भूमरी परेको हेर्दा दर्शकहरू चकित हुन्छन् । भाद्र पूणिर्माका दिन यहाँ सिद्ध देवताको पूजाआजा गरिन्छ । त्यहाँ नुहाउनाले पाप नष्ट हुन्छ भन्ने विश्वास पनि स्थानिय वासिन्दाको रहेको छ ।
पुपाल दह र सुन दह :
रन्मामैकोट गा.वि..को पुपाल भन्ज्याङ्ग खुरल फाँटमा र सोहि गा.वि..कै जाङला भन्ज्याङ्ग र कुतला बादली पाटनको बीचमा अलग(अलग जिर्इ वटा दह छन् । उच्च लेकाली फाँटमा अवस्थित यी दह कम मनमोहम र रमणीय छैनन् । सुन दहबाट हिमाली श्रृँखलाको दृश्य अवलोकन गर्दा दर्शकहरू आनन्दित हुन्छन् । वर्षायाममा लेकाली सुगन्धित जडीबुटीहरूका फूलहरू फुलेर दर्शकहरूको मन आनन्दित तुल्याउँछन् । काम्नो नामको चराको जलक्रिडाले दर्शकको मन भावनामा डुबाई दिन्छ । बहुमूल्य जडीबुटी र वन्यजन्तु प्रशस्त पाइने यस क्षेत्रको बाटो हुदै मानिसहरू डोल्पा जाने गर्दछन् । पर्यटकीय दृष्टिले यी दहहरू अत्यन्त महत्वपूर्ण मानिएका छन् ।
अन्य तालहरू
छ्रिरी दह( रूकुमकोटफूलबारी ताल( चोरजहारी,
खारा दह(साँखदाजिरे ताल( बाँफिकोट,
सितल पोखरी(खलंगासाँख दह(साँख
गुफाहरू
देउराली गुफा :
शोभा गा.वि..मा पर्ने लुकुम खोलाको किनारमा यो गुफा अवस्थित छ । यसभित्र विभिन्न मानवपशुपक्षी आदिको आकृति भएका ढुङ्गाहरू चुलिएका र टाँसिएका छन् । यो गुफामा प्रवेश गर्ने वित्तिकै थुप्रै मानिसहरू अट्न सकिने स्थान छ । तर त्यस भित्र बत्ती बालेरर्टच लिएर जानुपर्नेपानी टेकेर जानुपर्ने भएकोले भित्री भागसम्म अनुसन्धान गरिएको छैन । यो गुफा पर्यटकीय हिसाबले महत्वपुर्ण मानिन्छ ।
सात तले गुफा :
घेत्मा गा.वि..को वडा नं१ मा रहेको रमणीय हरियाली जङ्गलको बीचमा पूर्व काप्राचौरपश्चिम च्याच्यापेउत्तर नहर खोलादक्षिण गाड खोलाको बीचमा साततला भएको गुफा छ । जसमा चारवटा तलाहरूमा सहजै तलमाथि गर्न सकिन्छ । पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्ने बेलामा आङ्खनो सुरक्षाको लागि विभिन्न ठाउँका राजा आई त्यहाँ लुकेको भन्ने भनाई स्थानीय बासिन्दाको रहेको छ । यसको भित्री भागसम्म खोज अनुसन्धान गरिएको छैन ।
अन्य गुफाहरू :
बाघ बस्ने गुफा (काँडा ७सिद्ध गुफा पेउघा (८ भुम्के)
कल्लाकम्द गुफा चुन्बाङ ()

No comments:

Post a Comment