चुनाव जसले बहिस्कार गर्छ । जसले गाउँमा पसेर बिथोल्न खोज्छ । जसले चुनावको बिरोध गर्छ । उसलाई आक्रमण गर्नु भनेर हाकै उनले एकिक्रित नेकपा माओवादीको युवा संगठन वाई सिएललाई निर्देशन दिएका छन् । नाम नलिएपनि उनले त्यो आक्रमण बैध्य माओवादीलाई गर्नु भन्न खोजेका हुन् । आफ्नो पार्टीलाई सिंह र बैध्य माओवादीलाई स्यालसित तुलना गरेका उनले ‘केहि स्याल गाउँ पसेकाले लघार्नु, आक्रमण गर्नु’ भनेर कार्यकर्तालाई मारपिट, आक्रमण र हानाहान गर्न उक्साए ।
दश वर्षे जनयुद्दको मर्म संविधान सभा भएकोले संविधान सभाको निर्वाचन अनिवार्य भनेपनि गत संविधान सभाको निर्वाचन उनैको पार्टीले किन भंग गर्यो ? किन गत संविधान सभाको निर्वाचनले संविधान बनाउन सकेन भन्ने मूल कुरो चाहिँ खोलेनन् । सकभर यो विषयमा माओवादीले मुखनै खोल्दैन । खोलिहालेपनि एमाले, कांग्रेस र अन्य दलले गर्दा भनेर पन्छिने गरेका छन् ।
प्रचण्डको आदेश न हो । नेताले आक्रमणका लागि निर्देशननै नदिएको अवस्थामा त निर्वाचनमा कार्यकर्ता तात्छन् । द्वन्द हुन्छ । झन पार्टीकै अध्यक्षले आक्रमण गर भनेरै ठाडो निर्देशन दिएपछि अबको स्थिति के होला ? दुई माओवादीका कार्यकर्ताबिच अब चुनावको प्रचार गर्ने, भोट माग्ने र बहिस्कार गर्ने शिलशिलामै भिडन्त हुने लक्ष्ण देखिएको छ । यता प्रचण्ड पक्षले यो निर्वाचनलाई मर्नु कि बाँच्नुको मुद्दा बनाएको छ । उता बैध्य पक्षिय माओवादीलेपनि यसलाई सबै शक्ति लगाएर बिथोल्ने र यो आफ्नो पार्टीको लागि अस्तित्वको विषय बनाएको छ । त्यसैले निर्वाचन गर्ने वा बिथोल्ने यि दुई बिच यसैपनि चर्को द्वन्द र बैमनश्यता थियो । तर पार्टी अध्यक्षलेनै आक्रमण गर भनेर उक्साएपछि त झन नहुने कुरै भएन ।
उता बैध्य पक्षिय माओवादी झन प्रचण्डको धम्कि र निर्देशन सुनेपछि राँक्किएको छ । आज मैले नेकपा-माओवादीका एक नेतालाई ‘के हो तपाईहरुलाई लघार्ने भए त माओवादीले’ भनेर सोधेको थिएँ । उनले कसले कसलाई लघार्छ । को सिंह हो र को स्याल हो भन्ने मैदानमा गएपछि देखिने बताए । ‘हामीले पनि हातमा दहि जमाएर बसेका छैनौं । बिगतमा प्रतिक्रियाबादीले दिएका सबै धम्कि र कारवाहीलाई धुलिसाथ पारेकै हौं । नव शामान्ति प्रचण्ड र सामान्तवादका नाईकेले बिदेशी दलालको आड भरोसामा उफ्रिँदै दिएको धम्किलाई हामी चुनौति दिएर खत्तम पारिदिन्छौं’ नेकपा-माओवादीका ति नेताले भने । तर प्रचण्डको निर्देशन र धम्किका बारेमा भने पार्टीले छिटै आधिकारिक निर्णय गर्नेपनि बताए ।
कसलाई फाइदा, कसलाई घाटा ?
प्रचण्डको यो निर्देशनले पहिलो घाटा त एकिक्रित नेकपा माओवादीलाईनै छ । किनकि अब कुनै भिडन्त वा कुनै अप्रिय घटना भयो भने पहिलो दोष उनैको पार्टीलाई जान्छ । निर्वाचनको मुखमा यस्ता भड्काउपूर्ण बोलीले त्यहि पार्टी र सरकारलाई अप्ठेरो पर्छ ।
त्यसपछि घाटा हुने नेकपा-माओवादीलाई पनि हो । तर दिर्घकालिन रुपमा । किनकि कम्युनिष्टहरु आफु आफैं लड्छन् भन्ने जनतामा गलत सन्देश जान्छ । तर तत्कालकालागि भने बैध्य माओवादीलाई फाईदा हुन सक्छ । किनकि जति अशान्ति भो उति चुनाव बहिस्कार गर्न सजिलो हुन्छ । झन प्रचण्डले आफैं सार्वजनिक रुपमै आक्रमण गर भनेर आव्हान गरेपछि कुनै अप्रिय घटना हुँदा प्रचण्ड पक्षियलाई आरोप लगाउन, जिम्मेवारि लिन लगाउन सहज हुन्छ । ‘हामीलाइ आक्रमण गरे, हामीले त त्यसको प्रतिकार मात्रै गरेको हो’ भनिदिएपनि भो ।
यसको प्रत्यक्ष फाईदा त नेपाली कांग्रेस, एमाले र राजावादीलाई हुन्छ । कम्युनिष्टहरु आफु आफु लड्छन् । खराब छन् । यिनलाई के भोट दिने ? भन्ने हुन्छ मानिसमा । बरु यस्ता आक्रमणकारिलाई भन्दा त अरुलाई दिनु राम्रो भन्ने पर्न सक्छ मतदातामा । दुई कम्युनिष्ट लडेको देखाएर ‘ल हेर यस्ता ज्यानमाराले देश बनाउँछन्’ भन्दै अरु पार्टीलाई भोट तान्न सहज हुन्छ । देशका मुख्य दलनै मारमुंग्री मच्चाउन थालेपछि बिदेशी प्रभु गुहार्न चाहने दलाल नेता र दललाईपनि फाइदै पुग्छ । भिडन्तका घटना हुन थालेपछि त्रास हुन्छ मतदातामा । अनि मत दिन पो कति जाने । को जाने ?
चुनाव सार्ने दाऊ
त्यसो त यस्तो निर्देशन किन आयो होला ? प्रचण्डले जानि जानि भिन्न उद्देश्यले योजना बद्द रुपमै यस्तो निर्देशन दिएको भनेर तर्क गर्नेपनि छन् । यस्ता निर्देशन दिएपछि केहि ठाउँमा हाना हान र कुटपिट शुरु हुन्छ । अलि अशान्ति मच्चिएपछि निर्वाचनकालागि मुख्य काम नसकिएको । शान्तिको वातावरण नभएकोले त्यसको लागि तयारि गर्न केहि समय लाग्ने । दलहरुपनि तयार नभएको भन्दै प्रचण्डले मंसिर चार को निर्वाचन सार्न खोजेका छन् । किनभने मंसिर चारमा निर्वाचन भए एकिक्रित नेकपा माओवादीले आफु पहिलो दल बन्न सकिन्न भन्ने आन्तरिक निष्कर्ष निकालेको बताइन्छ । तर यि चाहिँ पुष्टि भैसकेका तर्क होइनन् । भलै, यसको संभावना भने छ ।
No comments:
Post a Comment