बैइजिङ, साउन ९(एजेन्सी)–चीनमा सरकारी भवन निर्माणमा प्रतिबन्ध लगाइएको छ । अनावश्यक खर्च रोक्न चीन सरकारले सरकारी भवन निर्माणमा प्रतिबन्ध लगाएको हो । राष्टपति सी चिन फिङ्गले सत्तारुढ कम्युनिष्ट पार्टी भ्रष्टाचार नियन्त्रण गरिरहेको छ र सार्बजनिक खर्चमा अपव्यय गरिरहेको छैन भनी प्रमाणित गर्न नयाँ सरकारी भवन निर्माणमा रोक लगाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । तालिम केन्द्र र होटल जस्ता महंगा संरचना निर्माणमा पनि प्रतिबन्ध लगाइएको समाचारमा उल्लेख छ । आर्थिक स्रोत अभाव भएको आन्हुई प्रान्तको स्थानीय सरकारी कार्यालय भवन अमेरिकी रक्षा मन्त्रालय पेन्टागन भन्दा पनि ठूलो भएको र जियाङ्सी प्रान्तको यान्त्रिक घडी भवन निर्माणमा चार करोड ५० लाख अमेरिकी डलर खर्च भएको खबर सार्बजनिक भएपछि सरकारको विरोध भएको थियो । राष्ट्रपतिले सीले सबै तहका भ्रष्टाचारमाथि कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
No comments:
Post a Comment