Sunday, 28 July 2013

फेवातालको आँगनमा लै लै जलकुम्भी छायाँ ! (फोटो फिचर )

    चौरीजस्तो देखिन थाल्यो फेवाताल
नविन अर्याल
१३ साउन, पोखरा । पोखरालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्य बनाउन फेवातालको ठूलो भूमिका रहेको छ । फेवाताल हेर्न र डुङ्गा सयर गर्नकै लागि वर्षेनि लाखौं स्वदेशी तथा विदेशी पर्यटक पोखरा पुग्ने गर्छन् । यही तालका कारण पर्यटन व्यवसायीहरु मालामाल भइरहेका पनि छन् । तर, यतिबेला नेपालको पर्यटन क्षेत्रको मुटु मानिने फेवाताल अतिक्रमण हुँदै हराउन थालेको छ ।
अहिले फेवाताल जलकुम्भी झारले छोपिएको छ । जलकुम्भीले ढाकिएपछि फेवाताल पुग्ने पर्यटक ताल हो कि चौर हो भनेर झुक्किन थालेका छन् । फेवातालबाट धेरैले लाभ लिए पनि यसको संरक्षणतर्फ कसैको ध्यान पुग्न सकेको छैन । पोखराको पर्यटन व्यवसाय यही फेवातालका कारण धानिए पनि यसको संरक्षणमा पर्यटन व्यवसायीसमेत पन्छिँदै आएको स्थानीयवासी गुनासो गर्छन् ।1
स्थानीय जानकारका अनुसार फेवा तालको संरक्षण गर्ने भनेर १२/१५ वटा संस्थाहरु दर्ता भइसकेका छन् । ती संस्थाहरुले फेवातालको संरक्षण गर्ने भन्दा पनि आफ्नो गोजी भर्ने काममा केन्दि्रत भएको उनीहरुको गुनासो छ । फेवाताल संरक्षणका लागि विभिन्न स्वदेशी तथा विदेशी दाताहरुबाट लाखौं रुपैयाँ आउने भए पनि उक्त पैसा फेवातालसम्म आइनपुग्ने नाम नबताउने सर्तमा एक डुङ्गा व्यवसायीले अनलाइनखबरसँग भने ।
फेवाताल संरक्षण गर्ने नाममा स्थापित संस्थाहरुले सरसफाइ नगरेपछि शनिवार विभिन्न संघ-संगठन र सुरक्षाकर्मीले फेवातालको जलकुम्भी झार फाल्ने काम गरेका छन् । रेवन पोखरा नामक संस्थाको सक्रियतामा नेपाली सेना, नेपाल प्रहरी, आमा समूह, पोखरा होटल संघलगायतले फेवातालको सरसफाइ गरेका हुन् ।
सरसफाइमा प्रहरी नायव महानिरीक्षक, प्रहरी उपरीक्षक, कलाकार, पर्यटन व्यवसायी, पत्रकारलगायत स्थानीय बासिन्दाहरुको सक्रिय सहभागिता रहेको थियो ।
हेर्नुहोस् सुन्दर फेवातालको हालत
2
3
4
5
6
8
9
10
11
12
13
14
15
16
17

No comments:

Post a Comment