
‘नर्वाचन तयारी, संगठन विभागको संगठन व्यवस्थापन ,राजनीतिक प्रतिवेदन, अभियान समितिका लागि गरेको सिफारिसलगायतका विषय केन्द्रीय कमिटीका लागि प्रस्तावित एजेन्डा छन् ।
अध्यक्ष खनालले यसअघि शुक्रवारका लागि पूर्वनिर्धारित परिषद् बैठक निश्चित नगरी केन्द्रीय कमिटी बैठकको मिति तय गरेका थिए । तर, स्थायी समितिमा यसबारे चर्को विवाद भएपछि तत्काललाई चुनावमा केन्द्रित हुने, फागुनभित्र महाधिवेशन आयोजना गर्ने र भदौ दोश्रो साताभित्र परिषद् बोलाउने नेताहरूबीच सहमति भएको समाचारमा उल्लेख छ । देशभरिका कार्यकर्ता परिषदमा आउने भएकोले दुवै एजेण्डामा छलफल गर्नु उपयुक्त भएको ओली लगायतका नेताहरुको तर्क थियो । बैठकमा विवाद भएपछि अध्यक्ष खनाल उच्चस्तरीय समितिको बैठकमा जानु छ भनेर बाहिरिएका थिए । - See more at: http://www.allkhabar.com/2013/07/blog-post_83.html#sthash.UkRMcPKW.dpuf
No comments:
Post a Comment