Tuesday, 23 July 2013

कम्युनिष्ट पार्टीका एक मात्र जिवित संस्थापक कर्माचार्य रहेनन् !!!


narabahadur-karmacharyaकाठमाडौं, ९ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आज निधन भएको छ । उनको ८९ बर्षको उमेरमा आज बिहान ५ बजेर ६ मिनेट जादाँ काठमाण्डौको मोडल अस्पतालमा निधन भएको हो ।
ज्वरोबाट थलिएका उनीमाथि जण्डिस देखिएपछि असार अन्तिम साता कर्माचार्यलाइ अस्पताल भर्ना गरीएको थियो । एकीकृत माओवादीका सल्लाहकार समेत रहेका कर्माचार्यको पार्थिव शरिरलाई आज बिहान ८ बजेदेखी ९ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने एकीकृत माओवादीले जनाएको छ । त्यसपछि उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका खुल्लामंचमा राखिने छ ।
कम्युनिष्ट पार्टीका चार जना संस्थापक मध्ये एक मात्र जीवित कर्माचार्यको निधन पछि एकिकृत नेकपा माओवादीले ठुलो क्षति भएको जनाएको छ

No comments:

Post a Comment