कपिलवस्तुको जितपुर–४ नम्बरमा बुधबार आयोजित पत्रकार भेटघाटमा बोल्दै चुनाव प्रचार गर्न गाउँ जानेका हातखुट्टा जम्मा गरेर ल्याउन जनस्वयंसेवकलाई निर्देशन दिइएको खुलासा गर्दै उपाध्यक्ष गजुरेलले चुनावलाई ध्वशं पार्ने दाबी गरे । उनले भने, ‘जसरी विगतमा प्रतिगामी सरकारले हाम्रा टाउकाको मूल्य तोक्यो, त्यसैगरी चुनावमा जानेको हातखुट्टाको मूल्य तोक्छौं ।’
प्रहरी दमन सुरु गरे पनि चुनावको कडा प्रतिवाद गर्ने ठोकुवा गर्दै नेता गजुरेलले चुनाव गराउन सेना परिचालन गरिए सोही दिनबाटै जनयुद्ध थाल्ने चेतावनी दिए । चार दलका असफल नेताको आदेशमा गैरराजनीतिक सरकारले सेना परिचालन गरेर चुनाव गराउन सोचेको भए त्यसले जनयुद्धको पुनरावृत्ति गर्ने गजुरेलको भनाइ थियो ।
No comments:
Post a Comment