कसलाई के धन्धा घरज्वाइँलाई खाने धन्धा भनेझैं ०५२ सालमा सबै कार्यकर्ता दिलोज्यानले जनयुद्धको तयारीमा लागेका बेला बाबुराम भट्टराई भने आफ्नो पद र प्रतिष्ठा पुनर्प्राप्तिका लागि प्रचण्डसँग आन्तरिक युद्धको तयारी गर्दै थिए।
घटना यस्तो थियो― त्यसबेला पार्टीको नाम नेकपा (माओवादी) थियो र यसको सर्वोच्च पद महासचिवमा प्रचण्ड थिए, तर यो पार्टी भूमिगत थियो। पार्टीका वैधानिक कामहरू गर्न र संसद् तथा स्थानीय निकायको चुनावमा भाग लिन संयुक्त जनमोर्चा, नेपाल नामबाट निर्वाचन आयोगमा दर्ता गरिएको नेकपा (माओवादी) पार्टीको डमी पार्टी पनि थियो, जसका अध्यक्ष बाबुराम थिए। अर्थात् संयुक्त जनमोर्चा, नेकपा (माओवादी) पार्टीको भ्रातृ सङ्गठन मात्र थियो जसलाई पार्टीको वैधानिक मञ्च भनिन्थ्यो। तर, चुनावमा जनमोर्चाकै नामबाट भाग लिएको र पार्टी भूमिगत भएकोले जनमोर्चा नै माउ पार्टी र यसका संयोजक बाबुराम नै पार्टीका मुख्य नेता हुन् कि जस्तो पर्ने सम्भावना थियो। जनयुद्ध नेकपा (माओवादी) पार्टीको नामबाट सुरुवात गर्न गइरहेको स्थितिमा त्यसैअनुसार पार्टीलाई र पार्टीका प्रमुख नेता प्रचण्डलाई सोही रूपमा स्थापित गर्नु सबै दृष्टिले सही थियो। पार्टी केन्द्रीय समितिको तेस्रो विस्तारित बैठकमा पारित प्रस्तावमा भनिएको थियो, ‘वैधानिक मञ्च (जनमोर्चा) पार्टीको राजनीतिक र सङ्गठनात्मक नेतृत्व जनतामा स्थापित गर्ने साधन हुनुपर्छ। पार्टीको आह्वानलाई समर्थन गरेर मात्र विशेष कार्यक्रम सञ्चालन गर्ने प्रक्रियामा विशेष ध्यान दिनुपर्छ। मञ्चलाई मोर्चाको रूपमा विकास हुने स्थिति आउन दिनुहुन्न।’ (दस्ताबेजहरू पृष्ठ ३३०)
तेस्रो विस्तारित बैठकमा जस्तो निर्णय भए पनि यथार्थमा भने जनमोर्चा पार्टीको रूपमा र नेकपा (माओवादी) पार्टी भने त्यसको डमीको रूपमा विकास भइरहेकै थियो। बाबुराम संसद्को तेस्रो ठूलो दलका नेताका रूपमा स्थापित थिए भने प्रचण्ड नेताका रूपमा स्थापित थिएनन्, अझ प्रचण्डलाई बाटोमा, चियापसलमा अरूले तपाईं कुन पार्टीको भनेर सोध्दा जनमोर्चाको भन्न बाध्य थिए र अरूले तपाईंको नेता बाबुराम हो भनेर सोध्दा हो भन्न बाध्य थिए। अनि डेरामा आएर आज यस्तो भयो भनेर पीडा मिश्रित हाँसो हाँस्न बाध्य थिए। यही समस्या वैद्य र बादललाई पनि थियो। प्रचण्डलाई बाहिरबाट बाबुरामसँगको प्रतिस्पर्धामा जित्नु थियो भने पार्टीभित्रबाट बादललाई जित्दै र मिलाएरसँगै लिएर जानुपर्ने बाध्यता थियो।
तर, प्रचण्डले सुरुमै एक गम्भीर गल्ती गरे। बादललाई प्रचण्डले जनमोर्चाको महासचिव बनेर जनमोर्चालाई पार्टीको कमाण्डमा चल्ने वैधानिक मञ्च बनाउन र बाबुरामलाई क्रमशः जनमोर्चाबाट बिदा गर्ने प्रस्ताव राखे। तर, बादललाई बाबुरामको मातहत बसेर काम गर्न भनिएको प्रस्ताव पच्ने कुरै थिएन। बादल―बाबुरामभन्दा पहिला केन्द्रीय समितिमा पुगेकोले आफू सिनियर ठान्थे। बादलले यस कुरामा चित्त दुखाए प्रचण्डसँग। त्यसपछि प्रचण्डले अर्को प्रस्ताव राखे– बाबुरामलाई जनमोर्चाको संयोजकबाट हटाएर बादललाई जनमोर्चाको अध्यक्ष बनाउने। बादलले यस प्रस्तावलाई पनि अस्वीकार गरे। सुरुमै बादललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको भए बादलले सजिल्ौ मान्थे। तर, प्रचण्डले खेल्न खोजेको बादलले थाहा पाइहाले। त्यसपछि बादलले पम्फा भुसाललाई जनमोर्चाको अध्यक्ष बनाएर बाबुरामलाई जनमोर्चाबाट हटाउने र पार्टीको अरू कामको जिम्मा दिने प्रस्ताव राखे। प्रचण्ड र वैद्यले पनि यो प्रस्ताव मानेपछि केन्द्रीय समितिको बैठकमा प्रचण्डले पेस गरे तथा सर्वसम्मतिले पारित भयो। बाबुरामलाई चित्तबुझेको त थिएन तर एक्लो परे बिचरा। त्यसैले मान्न बाध्य भए। पार्टीका वरिष्ठ नेताहरूले क्षेत्रीय कमाण्ड सम्हाल्ने प्रस्तावमै बाबुरामलाई मध्यकमाण्डको इन्चार्ज, पश्चिममा बादल, उपत्यकामा वैद्य र पूर्वमा गजुरेललाई बनाइए। यो प्रस्ताव हेर्दा बाबुराममाथि अन्याय भयो भन्ने ठाउँ देखिँदैन। यही निर्णयअनुरूप जनमोर्चाको राष्ट्रिय सम्मेलन भयो र पम्फालाई अध्यक्ष बनायो। तर, बाबुरामले कुरा बुझिहाले― आफू जनमोर्चाको संयोजक भएर बाहिर जनतामा स्थापित भएको प्रचण्ड, वैद्य, बादलहरूलाई पचेको रहेनछ र उनीहरू बाहिर जनतामा स्थापित हुन आफूलाई षड्यन्त्र गरी जनमोर्चाबाट हटाई पम्फालाई अध्यक्ष बनाइएको रहेछ।
त्यसपछि बाबुरामले अर्को चाल चाले। उनले एक दिन प्रचण्डलाई भने– मैले जानेको र सक्ने जनमोर्चाको जिम्माबाट हटिहालँे, मलाई एक–दुई वर्ष बिदा दिनुपर्यो, मेरा केही किताब प्रकाशन गर्नुछ, त्यो सकाउँछु। प्रचण्डले कुरा बुझिहाले। जनआधार, जनमत, जनसमथर््ान आदि त सबै जनमोर्चाकै नामबाट बनेको छ र नेता भनेर बाबुरामलाई नै चिन्छन्। तर, बाबुराम जनयुद्धको सुरुवातमा पार्टीबाट बिदामा वा बाहिर भयो भने समस्या आउन सक्छ। त्यसैले प्रचण्डले बाबुरामलाई पुनः फकाउने विचार गरे। प्रचण्डले बाबुरामलाई भने― त्यसो भए तपाईं नै जनमोर्चाको अध्यक्ष बन्नुस्।
ब्ााबुरामको निसाना ठीक ठाउँमा पर्यो। पम्फालाई हटाएर पुनः बाबुराम जनमोर्चाको अध्यक्ष बने। यसपल्ट स्ौद्धान्तिक जामा पहिर्याइयो― ‘जनमोर्चालाई पार्टीको नेतृत्वमा चल्ने सङ्घर्षको साधन र भावी सत्ताको भ्रुणका रूपमा विकास गरेर लैजाने पार्टीको निर्णय सैद्धान्तिक रूपले सही र दूरगामी महत्त्वको छ।…. जनयुद्धको थालनीको प्रक्रियासँगै पार्टीका अपिल र अन्य क्रियाकलापलाई जनमोर्चाले समर्थन गर्ने र पार्टीलाई आमजनतामा स्थापित गर्न मोर्चाका तर्फबाट अधिकतम जोड लगाइनेछ।’ (दस्ताबेजहरू पृष्ठ ३४६) यसको अर्थ थियो― प्रचण्डको नेतृत्वमा सुरु गरिन लागेको जनयुद्धलाई बाबुरामले समर्थन गर्ने र प्रचण्डलाई जनतामा स्थापित गर्न मोर्चाका तर्फबाट बाबुरामले अधिकतम जोड लगाउने। यसबापत प्रचण्डले बाबुरामलाई पुनः जनमोर्चाको अध्यक्ष बनाइदिने।
प्ा्रचण्ड र बाबुरामको सम्झौता भयो। अब रिसाउने पालो बादल र पम्फाको थियो। बादलले भन्न थाले― यो पिँध नभएको लोटाजस्तो प्रचण्डेलाई मेरो शक्ति देखाइदिन्छु। पम्फाले भन्न थालिन्― मलाई महिला भनेर हेपेका हुन्। बाबुरामसँग घुँडा टेकेर मलाई बेबकुफ बनाउने प्रचण्डसँग म पनि बदला लिन्छु। अब अघोषित रूपमा गुटबन्दी सुरु भयो।
जनयुद्धको पहिलो योजना (सुरुवातको योजना) बनाउन बसेको चर्चित गोरखा बैठकमा बादल र पम्फा मिलेर प्रचण्डसँग बदला लिए। प्रचण्डले जनयुद्ध कसरी सुरु गर्ने भन्नेबारे लिखित प्रस्ताव पेस गरिसकेपछि नेतृत्वलाई अर्थात् प्रचण्ड स्वयम्लाई जनतामा स्थापित गर्ने प्रस्ताव पनि राखे। पार्टीका प्रमुख नेता को हो भन्नेबारे भ्रम रहेकाले मुख्य नेता प्रचण्ड नै हुन् भनेर अरू सबै नेताले भनिदिनुपर्यो भन्ने प्रचण्डको आशय थियो। जनयुद्धजस्तो नितान्त नयाँ र गम्भीर प्रक्रियामा जानभन्दा अगाडि पार्टीका मुख्य नेता नै को हो को हो भन्ने भ्रम चिर्नु आवश्यक र जायज दुवै थियो। हरिबोल गजुरेलले मुख्य नेता को हो भन्ने कुरा वैद्य र बादलले भन्नुपर्ने भनेर तीनजनालाई लडाउने दाउ फाले। वैद्यले मुख्य नेता प्रचण्ड नै हो भन्दै प्रचण्डको चाकडी नै गरेर आफ्नो गल्ती र अपराध ढाकछोप गरिदिएको कामका लागि ब्याजसहित प्रचण्डको ऋण तिरे। त्यसपछि बादलले भन्न थाले― नेतृत्वको (प्रचण्डको) यस्तो सोचबाट नै प्रतिक्रान्ति सुरु हुन सक्दछ। पार्टी भनेको सामूहिक नेतृत्वमा चल्ने सङ्गठन हो। नेतृत्वमा व्यक्तिवाद सुरु भयो। पार्टी यहीँबाट ध्वस्त हुन थाल्छ। आदि–इत्यादि। बाबुरामलाई बडो स्वाद आइरहेको थियो। उनले भने कि खै यो नेतृत्वको प्रश्न भनेको गम्भीर विषय हो, अलि गम्भीर अध्ययन गरेर मात्र निर्णय लिनुपर्ने हो कि?
बिचरा प्रचण्ड कालोनीलो अनुहार लिएर प्रस्ताव फिर्ता लिएजस्तै गर्न बाध्य भए। मुख्य नेतृत्वसम्बन्धी सरल र सही धारणा के हो त? यदि नेतृत्व सही छ भने सबै सहयोद्धा, कार्यकर्ता र जनताले समर्थन र पुष्पवृष्टि गर्ने, यदि नेतृत्व गलत छ र बद्मासी गर्न लागेको छ भने विरोध भण्डाफोर र बमवर्षा गर्ने― यो नै मार्क्सवादी धारणा हो जुन सबैतिर बिनाअपवाद लागू हुन्छ। तर, नेतृत्वले राम्रो गर्दा राम्रो भन्ने र स्थापित गर्ने तथा नराम्रो गर्दा नराम्रो गरे भन्दै समयमै भण्डाफोर गर्ने र विस्थापित गर्नेभन्दा पनि नेतृत्वको विषयमा चालबाजी, कूटनीति, षड्यन्त्रको शैली प्रयोग गर्ने यी चारैजना नेताहरूका कारण पछिसम्म गम्भीर समस्या आइरहे। माथिका नेताहरूले साथ नदिए पनि युवानेता कार्यकर्ताले प्रचण्डलाई साथ दिएको हुनाले जनयुद्ध सुरुवातको सहज वातावरण बन्न गयो।

No comments:
Post a Comment