Sunday, 28 July 2013

खाडीमा नेपालीको बिस्कुन, कता गयो दूतावास ? कहाँ छन् नेता ?




saudi-arebiyaयति खेर खाडीको टन्टलापुर घाम । तापक्रम चालिस डिग्री भन्दा माथि छ । सडक पग्लेको छ । हिड्दा च्याप्प च्याप्प लाग्छ अलकत्रा जुत्तामा । एयर कन्डिशन नभै त्यहाँका मानिस एक मिनेटपनि बस्न सक्दैनन् । तर त्यहि ४५, ५० डिग्रीको धुपमा नेपाली कामदारहरुको यसरि बिस्कुन लागेको छ । यो बिस्कुन सुकाए झैं बसेका नेपाली खुला जेलमा हो । जसलाईउनीहरु खुला पार्कपनि भन्छन् । यि नेपाली स्वदेश फर्किन नपाएर यसरि घाममा पिल्सिएर बसेका हुन् जेलमा । साउदी अरबमा जेलनेल भोगेका नेपालीहरुको बिस्कुन हो यो । उद्दारकालागि बसेका । तर यिनको नाममा कमिशन खाने सरकार कहिँ कतै छैन । दुतावासले यस्तै सास्ति भोगेका नेपालीको कागज बनाउँदापनि घुस लिने गरेको छ । त्यहिँका दलालहरुसित मिलेर । एन आर एन साउदी अरेबियाले केहि गरेको छैन भन्न मिल्दैन । तर उसको बुताले भ्याउने भन्दा धेरै छन् सहयोगको याचना गर्ने नेपाली । अनि कसरि सकोस् ?
लुकेर बसेका, लुकेर काम गरेका नेपाली धेरै थिए, छन् अझै त्यहाँ । सरकारले यिनलाई बिभिन्न समयमा जेल नेलको सजायँ दियो । अहिले आम माफिको घोषणा गरेका बेला यि नेपाली स्वदेश फर्किनकालागि कागज मिलाउने र बिमान टिकटकालागि याचना गरिरहेका छन् । तर यिनलाई कमिशनको चक्करमा साह्रै दुख दिने गरिएको छ । सरकारले दिएको सुबिधा लिन यिनलाई घुस नदिए झुलाउने गरिएको छ ।
त्यसरि झुलाउनेमा हाम्रै दुतावासका ठग कर्मचारिहरुकोपनि संलग्नता छ । त्यसका बिरुद्द त्यहाँका नेपालीले पटक पटक आवाज उठाएका छन् । तर ठगहरुको धन्दा चलिनैरहेको छ । नेपालीले दुख र सास्ति खेपिनैरहेका छन् । हाम्रा नेताहरुलाई बिदेशीको पाउमा ढोग्नै फुर्सद छैन । अहिलेको कठपूतली सरकारलाई यस्ता कुरामा खासै गम्भिरता छैन । दलका नेतालाई भोट चाहिएको छ । तर खाडिबाट भोट झर्दैन, किन वास्ता गर्ने ? किन दबाब दिने ? दुतावासलाई कमिशन मिलेकै छ, के को हतार ? एक त दूतावासमै यसैपनि कर्मचारी कम छन् । भएकालेपनि कमिशनको सोझो गरिरहेका छन् ।
यि मध्ये थुप्रै नेपाली खान नपाएर भोकै छन् । कोहि गम्भिर बिरामी परेका छन् । धेरैलाई निराशा र नैरश्यताले गाँजेको छ ।। ति कहिले नेपाल जान पाइएला भनेर महिनौं देखि खुला आकाशमा यसरि भोकै र निन्द्रै बसेका छन् । तरपनि यो संवेदना, यो दुख र सास्तिले घोच्नुपर्ने, छुनुपर्नेलाई छोएको छैन । एन आर एन साउदी अरेबियाले सकेको गरेको छ । तर त्यहाँ यति धेरै नेपालीको बिस्कुन छ कि एन आर एनले सबैलाई सहयोग गर्न सक्ने हैशियतनै छैन ।
पहिले कमिशन खुवाएर यि बिदेश हिँडे । दलाललाई मोटा बनाए । सरकारलाई कमिशन दिए । अहिले फेरि कमिशन दिएर फर्किन खोज्दै छन् । तैपनि यिनलाई समयमै फर्किन ब्यवस्था मिलाउन सरकार गम्भिर छैन । लाज नभएको सरकार, डकैत नेता र घुसखोर दुतावास न हो, मरे भने लासपनि कमिशन  खाएर ओसारौंला भन्दै बसेको प्रतित हुँदै छ ।

No comments:

Post a Comment