Wednesday, 31 July 2013

जनप्रगतिशील मोर्चा युएईको क्षेत्रिय समिति अबुधावीमा विस्तार

साहस न्यौपाने
अबुधावी । नेपाली जनप्रगतिशील मोर्चा युएईको अबुधावी क्षेत्रिय समितिको गठन भएको छ । मोर्चाका केन्द्रीय उपाध्यक्ष समरबहादुर खत्रीको प्रमुख अतिथ्यता तथा केन्द्रीय सदस्य रामशरण कडरियाको उपस्थितिमा अबुधावीमा हालै भएको भेलाले ४ सदस्यपछि थप्ने गरि गणेश लम्सालको अध्यक्षतामा १५ सदस्सीय क्षेत्रिय समितिको गठन गरेको हो ।
देश र जनताको लागि जीवनको उत्सर्ग गर्ने महान् शहीदहरुप्रति एक मिनेट मौनधारण सहित सुरु भएको भेलाले उपाध्यक्षमा नारायण खनाल, सचिवमा सुर्यबहादुर कँवर, सहसचिवमा भुलबहादुर थापा, कोषाध्यक्षमा पदम परियार रहेका छन् भने सदस्यहरुमा दिपक गैरे, टेकबहादुर, महेन्द्र महक, जि.बी लामा, दिलिप लामा, धनेश परियार रहेका छन् ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि समर बहादुर खत्रीले बर्तमान समयमा नेताहरुले देशलाई सिक्किमीकरण गर्नको लागि चुनावको नाटक गरिरहेकाले मुक्तिकामी शक्तिहरु मिलेर ध्वस्त गर्नुपर्ने विचार व्यक्त गरेका छन । केन्दि्रय सदस्य रामशरण कडरियाले नेपालका सवै राजनैतिक दलहरुको विस्तारवादी दलालको रुपमा पतित हुदै गएकोले एकमात्र देशभक्त र राष्ट्रवादी शक्तिको रुपमा रहेको नेकपा-माओवादीलाई सहयोग तथा समर्थन गर्नुको विकल्प नरहेको भनाई राख्नुभएको थियो ।

No comments:

Post a Comment