● मदन बज्राचार्य
nepalplus.com
२००७ देखि २०४६ सम्म भारतले नेपाललाई आफ्नो साम्राज्यमै मिलाउन नसकेपनि आफ्नो प्रभुत्वमा पार्न सबै उपाय प्रयोग गर्यो । कास्मिरमा जस्तै नेपालमा राजालाई आफ्नो प्रभावमा पार्न खोज्यो । त्यो पनि सफल भएन । सिक्किममा जस्तै लेण्डुपहरु उठाउन खोज्यो । त्यो पनि असफल भयो । बंगला देशमा पाकिस्तान शत्रु हो । भारत मात्रै मित्र हो भन्ने भ्रम फैलाए जस्तै नेपालको निम्ति चीन भारत जस्तै मित्र नहुने भ्रम फैलाउन प्रयास गर्यो । तर त्यो प्रयास पनि निरर्थक भयो ।
भारतको यस्तो हरेक प्रयासले नेपाली जनताको मनबाट नेपालीले शोचे चाहे जस्तो मित्र भारत कहिले नबन्ने बिस्वास झनै बढ्दै गयो । नेपालको हरेक चुनावमा जुन नेताले भारतको बिरोध गरे तिनले जिते । नेपालको नेताहरुलाई भारतले आफ्नो प्रभावमा पार्न हरसम्भव प्रयास गरिराख्यो । कुनै बिके कुनै झुके । कुनै मरे मारिए । तैपनि भारतले जे चाहेको थियो त्यो उसले नेपालमा गर्न सफल भएन ।
नेपालका नेताहरुलाई मात्रै प्रभावमा पारेर नेपाल आफ्नो मुठ्ठीमा पार्न नसकिने भएपछि भारतले आफ्ना बिहारीहरू र नेपालका आफ्नो सुविधालाई नेपालको स्वतन्त्रताको भन्दा बढी महत्व दिने मानशिक रुपमा अर्ध भारतीय बनेका नेपाली नागरिकलाई हतियार बनाएर नेपाल माथि आफ्नो प्रभुत्व जमाउन खोज्दै आएको देखिन्छ ।
हुनत यो हतियार भारतले श्रीलंकामा पनि प्रयोग गरिसकेको थियो । हिजो श्रीलंकाको दक्षिण भूभाग जाफ्नामा तमिलको आत्मनिर्णय गर्न सक्ने मध्यदेश बनाउन जे गरेको थियो त्यो आज भारतले नेपालको दक्षिण भूभाग तराइमा बिहारीको मध्यदेश बनाउन प्रयास गर्दै आएको छ । श्रीलंकाको जाफ्नामा मध्यदेश बनाउन खोज्ने तामिलहरुले श्रीलंकाको अर्को जातिको नागरिकहरु माथि जस्तो ब्यबहार गरेको थियो आज ठिक त्यस्तै ब्यबहार तराइमा मधेसीले नेपालको अर्को जातिका नागरिकहरुहरु माथि गर्दै आएको छ ।
जाफ्नामा मध्यदेश बनाउन खोज्ने प्रमुख नेताहरु तमिलनाडुमा प्रश्रय पाउँथे । तराइमा मध्यदेश बनाउन खोज्नेका नेताहरुले बिहारमा प्रश्रय पाउँदै आएका छन् । श्रीलंकामा तामिलाहरुलाइ अंग्रेजले चिया बगानमा काम गराउन लगेको थियो । नेपालको तराइमा धान खेति गराउन नेपालकै राजा र राणाले बिहारीलाई बसोबास गराए ।
श्री लंकामा रहेका सबै तमिलहरुलाई श्री लंकाको नागरिकता दिलाउन भारतले दवाव दिए जस्तै नेपालको तराइमा रहेका बिहारिहरुलाई पनि नेपालको नागरिकता दिलाउन भारतले दवाव दियो । राजनैतिक स्थिति अत्यन्त तरल भएको बेला श्री लंकाको सरकारले करिव ३० लाख तामिललाइ श्री लंकाको नागरिकता दियो ।
नेपालका नेताहरुले पनि ३० लाख जत्तिकै बिहारिहरुलाई संबिधान समेत मिचेर नेपालको नागरिकता दिए। श्री लंकाको नागरिकता पाएका तमिलहरुको भोटबाट जितेका तमिलबादी नेताहरुले सदनलाइ तमिलवादको निमित अबरुद्ध पारे । नेपालको नागरिकता पाएका मधेशबादीहरुले पनि संविधान सभा अबरुद्ध पारेकै थिए ।
यसो हेर्दा भारतले श्री लंकाको जाफ्नामा तमिलको मध्यदेश बनाउन जे जस्तो गरेको थियो त्यो सबै नेपालको तराइमा बिहारीको मध्यदेश बनाउन प्रयोग गर्दै आएकोछ ।
फरक मात्र यति छ, भारतले श्रीलंकाको जाफ्नामा तमिलको मध्यदेश बनाउन दिन एक जना प्रभाकरण पालेर उकासेको थियो भने नेपालको तराइमा बिहारीको मध्येदेश बनाउन भारतले अनेकौं प्रभाकरणहरु पालेर उकासेको छ । अर्को फरक यो पनि छ कि श्रीलंकाको राष्ट्रपतिसित प्रभाकरण जस्तोलाइ सिध्याउने ताकत थियो भने हाम्रो राष्ट्रपतिलाई औंला समेत उठाउने अधिकार छैन । छोटकरीमा भन्ने हो भने आज नेपालको राजनीतिमा हाबी भएको मधेशबाद श्रीलंकामा सफल हुन् नसकेको “लिट्टेवाद कै सुधारिएको संस्करण हो।
(कार्टून- रबिन सायमी)
No comments:
Post a Comment