Tuesday, 30 July 2013

गोर्खाल्याण्ड आन्दोलन चर्किदैं, आज तेस्रो दिन पनि दार्जलिङ बन्द



gurkhalandकाठमाडौं, १६ साउन । गोरखा जनमुक्ति मोर्चाले आज तेस्रो दिन पनि दार्जिलिङ बन्द आह्वान गरेको छ । नेपाली भाषीका लागि छुट्टै गोरखाल्याण्ड राज्यको माग गर्दै उसले गत सोमबारदेखि बन्द आह्वान गरेको हो ।
आन्ध्रप्रदेशमा भइरहेको छुट्टै तेलंगाना राज्यको माग पूरा भएमा सरकारले छुट्टै गोरखाल्याण्ड पनि हुनुपर्ने गोरखा जनमुक्ति मोर्चाको माग छ । बन्दका कारण पर्यटकीय सहर दार्जिलिङको जनजीवन कष्टकर बनेको छ भने पर्यटन र चिया उत्पानका क्षेत्र बढी प्रभावित भएको छ ।
स्थानीय प्रशासनले संवेदनशील क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरेको छ । छुट्टै राज्यको माग गर्दै सन १९८० देखि गोरखा आन्दोलन सुरु भएको हो । यसैबीच गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन जेटीएको अध्यक्षबाट विमल गुरुङ्गले राजिनामा दिएका छन् ।

No comments:

Post a Comment