Wednesday, 31 July 2013

अव खाडी मुलुकमा जाने कामदारको सेवाशुल्क रोजगारदाता कम्पनीले उपलब्ध गराउनुपर्ने

काठमाडौं, १७ साउन । नेपाल सरकारले बैदेशिक रोजगारीको लागी खाडी मुलुक जाने कामदारलाई लाग्ने सम्पूर्ण सेवाशुल्क सम्बन्धीत रोजगारदाता कम्पनीले नै उपलब्ध गराउने प्रावधानका लागि प्रक्रिया सुरु गरेको छ ।
कामदारले नै सेवाशुल्क बुझाउनु पर्ने भएकोले नेपालका मेनपावर कम्पनीबीच नै अस्वस्थ प्रतिस्पर्धा भएको र कामदारहरु मारमा परेको हुनाले उक्त सेवाशुल्क घटाउन विदेशको रोजगारदाताले बेहोर्ने प्रावधानका लागि सरकारले प्रक्रिया सुरु गरेको हो ।
कामदारको सेवाशुल्क विदेशी रोजगारदाताले बेहोर्ने प्रावधान पूर्ण कार्यान्वयनमा आए हाल कामदारका लागि निर्धारण गरिएको लागत खर्चमा २० देखि २५ हजार रुपैयाँ कमी नयाँ पत्रिकामा खबर छ ।

जनप्रगतिशील मोर्चा युएईको क्षेत्रिय समिति अबुधावीमा विस्तार

साहस न्यौपाने
अबुधावी । नेपाली जनप्रगतिशील मोर्चा युएईको अबुधावी क्षेत्रिय समितिको गठन भएको छ । मोर्चाका केन्द्रीय उपाध्यक्ष समरबहादुर खत्रीको प्रमुख अतिथ्यता तथा केन्द्रीय सदस्य रामशरण कडरियाको उपस्थितिमा अबुधावीमा हालै भएको भेलाले ४ सदस्यपछि थप्ने गरि गणेश लम्सालको अध्यक्षतामा १५ सदस्सीय क्षेत्रिय समितिको गठन गरेको हो ।
देश र जनताको लागि जीवनको उत्सर्ग गर्ने महान् शहीदहरुप्रति एक मिनेट मौनधारण सहित सुरु भएको भेलाले उपाध्यक्षमा नारायण खनाल, सचिवमा सुर्यबहादुर कँवर, सहसचिवमा भुलबहादुर थापा, कोषाध्यक्षमा पदम परियार रहेका छन् भने सदस्यहरुमा दिपक गैरे, टेकबहादुर, महेन्द्र महक, जि.बी लामा, दिलिप लामा, धनेश परियार रहेका छन् ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि समर बहादुर खत्रीले बर्तमान समयमा नेताहरुले देशलाई सिक्किमीकरण गर्नको लागि चुनावको नाटक गरिरहेकाले मुक्तिकामी शक्तिहरु मिलेर ध्वस्त गर्नुपर्ने विचार व्यक्त गरेका छन । केन्दि्रय सदस्य रामशरण कडरियाले नेपालका सवै राजनैतिक दलहरुको विस्तारवादी दलालको रुपमा पतित हुदै गएकोले एकमात्र देशभक्त र राष्ट्रवादी शक्तिको रुपमा रहेको नेकपा-माओवादीलाई सहयोग तथा समर्थन गर्नुको विकल्प नरहेको भनाई राख्नुभएको थियो ।

विचरा भारतीय सेना : जासुसी जहाज भन्दै ६ महिनासम्म आकाशका तारा हेरेको हेर्यै

शंकाले लंका डोल्छ भन्ने उखानै छ । व्यर्थैमा अर्काको शंका गर्दा कहिलेकाहीँ आफैलाई घाटा हुने मात्र होइन लाजमर्दो पनि हुन्छ । खुबै जान्ने हुँ भन्ने पनि नराम्ररी चिप्लिन्छ । यसरी नै चिप्लिएको छ भारत ।
untitled-14
चीनमाथि अति शंका गर्ने क्रममा ऊ पछिल्लोपटक नराम्ररी जिल्लिएको हो । आकाशमा चम्किएका ग्रहलाई चीनले छाडेको जासुसी जहाज भन्ने गलत अनुमान गर्दै भारतीय सेनाले आफ्नो ६ महिना व्यर्थैमा खेर मात्र फालेन यसले भारतीय सेनाको प्राविधिक क्षमतामा पनि प्रश्न उठाइदिएको छ ।
भारतीय पत्रिका टेलिग्राफलाई उधृत गर्दै बीबीसीले छापेको समाचार अनुसार आकाशमा चम्किने शुक्र र बृहस्पती ग्रहलाई भारतीय सेनाले चीनले छाडेका जासुसी मानव रहित जहाज भएको आशंका गर्दै ६ महिनासम्म गोप्य रुपमा निकै चनाखो बन्दै निगरानी गर्यो । तर अन्ततः ती आकाशमा रहेका  वस्तु कुनै जासुसी जहाज नभएर ८ ग्रह मध्येका दुइ ग्रह भएको कुरा पत्ता लागेपछि भारतीय सेना जिल्लिएको हो ।
दुइ देशबीचको विवादित सिमा क्षेत्र माथिको आकाशमा देखिएका चम्किला वस्तुहरु चीनले छाडेका जासुसी जहाज भएको हुनसक्ने र ती वस्तुले भारतीय  आकाशमा प्रवेश गरी सीमा उल्लंघन गरेको ठहर भारतीय सेनाले गर्यो । नगरोस् पनि किन ? आखिर ६ महिनासम्मै पटक पटक आकाशमा त्यस्ता चम्किला चिज देखिए । त्यसपछि सेनाले आकाशमा देखिएका वस्तु खास के हुन् भनेर भारतीय अन्तरीक्ष संस्थालाई गुहार्यो । संस्थाका खगोलविद्हरुले त्यसपछि सेनाको आग्रह अनुसार चीनका जासुसी जहाज भनि आशंका गरिएका आकाशे वस्तुलाई टेलिस्कोपको सहायताले अवलोकन गर्दा पो थाहा भयो ती कुनै जहाज नभएर ग्रह पो रहेछन् ।

Tuesday, 30 July 2013

गोर्खाल्याण्ड आन्दोलन चर्किदैं, आज तेस्रो दिन पनि दार्जलिङ बन्द



gurkhalandकाठमाडौं, १६ साउन । गोरखा जनमुक्ति मोर्चाले आज तेस्रो दिन पनि दार्जिलिङ बन्द आह्वान गरेको छ । नेपाली भाषीका लागि छुट्टै गोरखाल्याण्ड राज्यको माग गर्दै उसले गत सोमबारदेखि बन्द आह्वान गरेको हो ।
आन्ध्रप्रदेशमा भइरहेको छुट्टै तेलंगाना राज्यको माग पूरा भएमा सरकारले छुट्टै गोरखाल्याण्ड पनि हुनुपर्ने गोरखा जनमुक्ति मोर्चाको माग छ । बन्दका कारण पर्यटकीय सहर दार्जिलिङको जनजीवन कष्टकर बनेको छ भने पर्यटन र चिया उत्पानका क्षेत्र बढी प्रभावित भएको छ ।
स्थानीय प्रशासनले संवेदनशील क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरेको छ । छुट्टै राज्यको माग गर्दै सन १९८० देखि गोरखा आन्दोलन सुरु भएको हो । यसैबीच गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन जेटीएको अध्यक्षबाट विमल गुरुङ्गले राजिनामा दिएका छन् ।

सरकार धरपकडमा उत्रिएको माओवादीको ठहर


cpn-maoistकाठमाडौं, १५ साउन । नेकपा–माओवादीको पोलिटब्युरो बैठकले सरकार आफ्नो पार्टीविरुद्ध धरपकडमा उत्रिन लागेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा मंगलबार बसेको बैठकमा शान्तिपूर्ण प्रदर्शनमा सरकारले हस्तक्षेप गर्न लागेकाले त्यसको कसरी सामना गर्ने भन्ने विषयमा बैठक केन्द्रित भएको माओवादी सचिव नेत्रविक्रम चन्दले बताउनुभयो ।
उहाँले ललितपुरमा भित्ते लेखनमा संलग्न आफ्ना पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्नु, देशभर कार्यकर्ताविरुद्ध मुद्दा चलाउनु र शान्तिपूर्ण विरोध प्रदर्शनमा हस्तक्षेप गर्नुले सरकार दमनको नीतितर्फ अगाडि बढेको आरोप लगाउनु भयो ।

पूर्वलडाकु चुनावका लागि चुनौति, निगरानी गर्न गृहमन्त्रीको निर्देशन

onlinekhabar.com
१६ साउन, काठमाण्डौं । गृहमन्त्री माधवप्रसाद घिमिरेले माओवादी पूर्वलडाकुलाई निगरानी राख्न निर्देशन दिएका छन् । प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका क्षेत्रीय सुरक्षा प्रमुखसँग सोमबारको छलफल पछि उनले त्यस्ता लडाकू चुनावी सुरक्षामा चुनौती हुनसक्ने जनाउँदै निगरानी गर्न निर्देशन दिएका हुन् ।
ladaku1गृहमन्त्री घिमिरेले उनीहरुबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौतीको आँकलन गर्नसमेत क्षेत्रीय सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।
‘चुनाव विथोल्ने भनेको मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीसँग कम्तीमा पनि १५ सय प्रतिबद्ध पूर्वलडाकु छन् । उनीहरु युद्धकालमा प्रशिक्षित पनि छन् । त्यसैले निरन्तर निगरानी राख्नुहोला र उनीहरुले चुनावमा पुर्‍याउनसक्ने सम्भावित क्षतिबारे पनि आँकलन गरी प्रतिवेदन तयार गर्नुहोला,’ गृहमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो कान्तिपुर दैनिकमा खबर छ । गृहमन्त्री घिमिरेले तराई केन्दि्रत नेतामाथि सुरक्षा चुनौती बढेको जनाउँदै त्यही अनुसारको सुरक्षा प्रवन्ध मिलाउन पनि निर्देशन दिएका थिए ।

बैद्यले शीर्ष नेतृत्वलाई सिध्याउन लागेको प्रचण्डको सूचना !!!!

onlinekhabar.com
१६ साउन, काठमाण्डौ । के एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको शीर्ष नेतृत्वलाई चुनावको मुखमा बैद्य समूहबाट ज्यान लिने तहसम्मको खतरासम्बन्धी सूचना पाएकै हुन ? उच्चस्तरीय राजनीतिक संयन्त्रको आइतवारको बैठकमा उनले गरेको यससम्बन्धी रिपोर्टिङ सवैलाई झस्काउने खालेको थियो ।

‘ठूलै म्यासेज दिन उपल्लो तहका नेतालाई नै सिध्याउने योजना बनाएका छन, यसो गर्दा भयंकर प्रचार हुने र चुनाव बिथोल्न ठूलो मसला पनि मिल्ने उनीहरुको सोचाई छ ।’ प्रचण्डले वैठकमा यस्तो रिपोर्ट गरेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकलेा छापेको छ ।
prachanda-and-baidya
आफ्नो भनाईलाई पुष्टी गर्न उनले महोत्तरीमा अघिल्लो साता तराईको एउटा शसस्त्र समूहले फोरम कार्यकर्तामाथि गोली प्रहार गरेको र बझाङमा बैद्य समूहले काँग्रेसका क्षेत्रीय सदस्यमाथि गम्भीर आक्रामण गरेको घटना बिबरण प्रस्तुत गरेका थिए ।
‘दिल्लीमा सम्पन्न १२ बुँदै सम्झौतादेखि नै भाँडिएका हुन, त्यहीँबाट गल्ती भयो र त्यसलाई सच्चाउनुपर्छ भन्ने उनीहरुको छ, यीनले चुनावको कुरा त गर्छन तर भाग लिंदैनन ।’- प्रचण्डको निष्र्कष थियो ।
बिजयकुमार गच्छदारले पनि जेपी गुप्ताले तराईका पाँच जना नेतालाई रातो घेरा लगाएर थ्रेट गरेको भन्दै चुनाव नचाहाने तत्वले आफुहरुमाथि खतरा निम्त्याएको बताएका थिए । फिल्डमा खट्ने तल्लो तहका कार्यकर्ता र मतदाताको सुरक्षाबारे उदासीन रहँदै एकोहोरो चुनावी रटान लगाइरहेका यी नेता आफ्नै सुरक्षा खतराको थोरैमात्र संकेत पाउँदासमेत यसरी आत्तिएका हुन् ।
यसअघि अशोक राईको जातीय पार्टी र उपेन्द्र यादवको क्षेत्रीय पार्टीले कुनै हालतमा चुनाव रोक्न जस्तोसुकै कदम चाल्ने धम्की दिंदा नपत्याएका ठूला दलहरुले बादलले रत्नपार्कमा नक्कली मतपेटिका फुटाएपछि उनीहरुको सातो गएको समाचारमा उल्लेख छ ।
बैद्यको संगठन सैन्य संरचनामा
यसैवीच नेकपा-माओवादीले मंसिर ४ को चुनाव हुने र राज्यसंग टकराव बढ्ने निष्र्कष निकाल्दै आफ्नो संगठनलाई अर्धसैन्य संरचनामा लैजान थालेको छ । एक राज्यसमितिमा एक प्लाटुन निर्माण गरी हाल तालिम सुरु गरिसकेको र त्यसैलाई बढाएर डिभिजन तहसम्म लैजाने योनामा बैद्य समूह रहेको जनआस्था साप्ताहिकले छापेको छ । यसबारे सोमबार तालिम र प्रशिक्षण भएको र त्यहाँ नेताहरुले तत्काल नेता कार्यकर्ताको जीवनशैली र बसोबास तत्काल बिकेन्द्रीत गर्ने, चर्को आर्थिक चलखेल गर्ने, बिचौलिया दलालमाथि अर्धभूमिगत शैलीको कारवाही गर्ने र कारवाहीमा संलग्नहरुको परिचय गोप्य राख्ने निर्देशन दिएको तालिममा सहभागी एक कार्यकर्तालाई उदृत गर्दै समाचारमा जनाइएको छ ।
माओवादीले हरेक क्षेत्रमा राजनीतिक रुपमा निर्वाचन बहिस्कार दल र फौजीरुपमा युवा प्रतिरोध दल निर्माण गरिसकेको छ । बहिस्कार दलको नेतृत्व जिल्लाले र प्रतिरोध दलको नेतृत्व जनस्वयंसेवक दस्तामा संलग्न पूर्व लडाकू कमाण्डर वा लडाकू स्वभावका कार्यकर्ताले गर्ने गरी जिम्मेवारीसमेत बाँडफाँड भइसकेको जनाइएको छ ।

राज्य आतंक वन्द गर !!!


काठमाडौ, १५ साउन – नेकपा–माओवादीका दुईजना कार्यकर्तामाथि प्रहरीले धरपकड गरि पक्रेको छ । ललितपुरको कुपण्डोलबाट राज्य समिति सदस्य श्याम बर्जाचार्य र सिर्जना रार्ई चुनाब विरोधी प्रचार प्रसार गरेको भन्दै प्रहरीले पक्राउ गरेको नेकपा–माओवादीले जनाएको छ ।भित्तेलेखनमा रहेका नेकपा–माओवादी कार्यकर्तालाई प्रहरीले लाठी प्रहार गरेपछि केहीबेर झडप भएको थियो । झडपमा ७ जना घाईते भएका छन् ।
यस सम्बन्धमा ने.क.पा.-माओवादी नेवा राज्यका सेक्रेटरी दिलिपकुमार प्रजापति ‘ भिष्म’ले जारी गरेको प्रेस विज्ञप्तीको पूर्ण बिबरण यस प्रकार्र्को छ -’राष्ट्रिय स्वाधिनता, गणतन्त्र र नेपाली जनताको अधिकारका विरुद्ध यथास्थितिवादी तथा प्रतिक्रियावादी सरकारद्वारा विदेशी इशारामा रचिएको कथित दोस्रो संविधान सभाको निर्वाचनको नाटकका विरुद्धको शान्तिपूर्ण ढंगले प्रचार अभियानमा आगेका हाम्रो पार्टी कार्यकर्ताहरुलाई अन्धाधुन्द लाठी चार्ज गरी ७ जना कमरेडहरुलाई घाइते बनाउनुका साथै २ जना कमरेडहरु क.श्याम बज्राचार्य र क.सिर्जना र्राईलाई कुपण्डोलबाट गिरफ्तार गरिएको छ । गिरफ्तार गरिएका हाम्रा कार्यकर्ताहरुको अविलम्ब रिहाइको माग गर्दछौं । अन्यथा संर्घष्का कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं र त्यसबाट उत्पन्न हुने परिणामको भागिदार स्वयं सत्ता पक्ष हुने कुरा अवगत गदाउँदछौं । ‘

Monday, 29 July 2013

नेपाल पेट्रोलियम पदार्थको भण्डार !

कसरी रोकियो अन्वेषण ?

रोसन पुरी/उज्यालो । काठमाडौं – नेपालमा आयात हुने सामग्री मध्ये पेट्रोलियम पदार्थको हिस्सा सवैभन्दा धेरै छ ।

आर्थिक वर्ष ६६/६७ मा ५१ अर्ब रुपैयाँ भन्दा धेरैको पेट्रोलियम पदार्थ आयात भएको थियो । त्यसपछिका बर्षहरुमा पेट्रोलियम पदार्थको आयात लगातार बढिरहेको छ ।
नेपाल आयल निगमको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०६७/६८ मा ७५ अर्व ७ करोड,०६८/६९ मा ९२ अर्व २५ करोड र ६९/७० मा ९८ अर्व ५ करोड ५३ लाख रुपैंया बरावरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यास नेपालमा नहुँदा यसरी नेपाली रकम विदेश जाने क्रम चलिरहेको छ ।
विसं २०२८ सालदेखि नेपालमा एलपी ग्यासको व्यवसायिक विक्री थालिएपछि हरेक वर्ष ग्यास आयात अरुभन्दा उच्चदरमा रहेको ग्यास विक्रेता महासंघले जनाएको छ । अर्बौं खर्च गरेर आयात गरेको पेट्रोलियम पदार्थ समेत सधैंजसो अपुग हुँदा नेपाली नागरिकले पटक पटक सास्ती पाउने गरेका छन ।

पृष्ठभूमि

एउटा अचम्मको र धेरैलाई थाहा नभएको रहस्यः बर्षेनी अर्वौको पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल संसारमा पेट्रोलियम पदार्थ पाईने देश मध्ये एक हो । नेपालको कुल क्षेत्रफलको ३७ प्रतिशत भूभागमा खनिज तेल रहेको विभिन्न अध्ययनले देखाएका छन् । नेपालमा सन् १९६० देखि पेट्रोलियम पदार्थको अध्ययन शुरु भएको थियो । त्यसपछि सन् १९७८ मा खानी तथा भूगर्भ विभागले यसको औपचारिक रुपमा अध्ययन अनुसन्धान थालेपछि बल्ल नेपालमा पेट्रोलियम पदार्थ पाइने पुष्टि भएको हो ।
नेपालमा पहिलो पटक विश्व बैंकको प्राविधिक सहयोगमा फ्रान्सको सिजिजी कम्पनीले गरेको अध्ययन अनुसार नेपालको तराई क्षेत्र, चुरे, महाभारत र भित्री मधेसमा पेट्रोलियम पदार्थ पाईने औपचारिक पुष्टि भएको थियो । पेट्रोलियम पदार्थ पाईने कुरा पुष्टि भएपछि सन १९८२ देखि नेपाल सरकारले यसलाई छुट्टै तरिकाले अनुसन्धान गर्न खानी तथा भूगर्भ विभाग अन्तर्गत पेट्रोलियम अन्वेषण परियोजना स्थापना गरेर काम सुरु गरेको परियोजनाका प्रमुख राजेन्द्रप्रसाद खनालले जानकारी दिनुभयो ।
त्यस लगत्तै नेपालले विसं २०४० सालमा नेदरल्याण्ड, फ्रान्स र अमेरिकी कम्पनीमार्फत औपचारिक अध्ययन थालेको थियो । त्यतिबेला ६० हजार वर्गकिलोमिटर क्षेत्रमा ग्राभिटी सर्वेक्षण गरिएको थियो । यही सर्वेक्षणले आधिकारिक रुपमा नेपालमा पेट्रोलियम पदार्थ पाईने विभिन्न १० क्षेत्र निर्धारण गर्‍यो ।
(चित्रमा : पूर्वी नेपालको १० औं नम्बरको ब्लकमा नेदरल्याण्डको सिल कम्पनीले पेट्रेलियम पदार्थको अन्वेशण गरेको थियो । त्यस्तै तेश्रो र पाँचौं नम्बरको ब्लकमा अमेरिकी र वेलायती कम्पनीले संयुक्त रुपमा अन्वेशणको काम सुरु गरेको र अरु ब्लकमा पनि विस्तारै सुरु गर्ने छन् । साभार : खानी तथा भू–गर्भ विभागको वेवसाइटमा)

पञ्चायतको प्रयास

तत्कालीन पञ्चायती सरकारले २०४८ साल भित्र नेपाललाई पेट्रोलियम पदार्थमा आत्मनिर्भर बनाउने लक्ष्य सार्वजनिक गरेसँगै सन १९८५ मा अन्तिम अन्वेषणका लागि बोलपत्र आह्वान गर्दा नेदरल्याण्ड र अमेरिकी कम्पनीले मोरङ्गमा ड्रिलिङ्ग गर्ने तयारी गरेका थिए । यो काम तत्कालिन भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाएपछि सफल हुन सकेन । भारतीय नाकाबन्दीका कारण ती दुवै कम्पनीले आफ्नो काम पुरा हुन नसक्ने बताएर कामबाट फर्किए । त्यसबेलामा नेपालले खाडी मुलुकबाट कच्चा तेल भारतको कोलकातामा प्रशोधन गरेर नेपाल ल्याउने गरेको थियो । त्यहि कारणले राजनीतिक व्यवस्था परिवर्तन भएपछि यो कामले पूर्णता पाउन नसकेको जानकारहरुको भनाई छ ।
राजनीतिक व्यवस्था परिवर्तन पछिको सरकारले खाडीबाट कच्चा तेल ल्याउन रोकेर भारतीय दवावमा भारतीय आयल कर्पोरेशनबाट प्रशोधित तेल ल्याउन थाल्यो । त्यसपछि हरेक वर्ष नेपालमा पेट्रोलियम पदार्थको भाऊ बढ्ने र अभाव सिर्जना हुने क्रम सुरु भएको हो । सरकारले आर्थिक वर्ष ०४७/४८ को बार्षिक बजेटबाटै पेट्रोलियम अन्वेषण शिर्षकको बजेट भारतीय दवावमा कटौती गरेको हो ।
नेदरल्याण्ड र अमेरिकी कम्पनीको ग्राभिटी सर्वेको रिपोर्ट थाहा पाएका धेरै देशका दर्जनौं कम्पनीले उत्खननका लागि प्रस्ताव गरेपनि तत्कालिन सरकारले यसलाई कुनै ठाउँ दिएन । तर विसं २०५४ सालमा तत्कालिन सरकारले विदेशी कम्पनीको दवाव थेग्न नसकेर फेरि अन्वेषणको काम अगाडी बढाउने निर्णय गर्‍यो । सन १९९८ मा सरकारले विभिन्न दश केन्द्र मध्ये प्राथमिक अन्वेषणका लागि चितवन र नेपालगञ्ज केन्द्र अमेरिकी कम्पनी टेक्सानालाई चार वर्षसम्मको समय तोकेर जिम्मेवारी दियो । तर सम्झौतामा भएको प्रावधान अनुसार अहिलेसम्म चार वर्ष पुगेको छैन । सम्झौता अनुसार असहज अवस्था आएमा अर्थात कम्पनीलाई असहज लागेमा काम नहुने र त्यो समयावधीमा नजोडिने भन्ने बुँदाका कारण सम्झौता भएको १५ बर्ष बितिसक्दा पनि कागजी बैधानिक प्रकृया अनुसार त्यो चार वर्ष पुगेको छैन ।
यस्तै सरकारले सन २००४ मा बेलायती कम्पनी केन इनर्जीलाई धनगढी, कर्णाली, लुम्बिनी, वीरगञ्ज र मलंगवामा अन्वेषणका लागि सम्झौता गरेको छ । अघिल्लो वर्ष अर्थात सन २०१२ मा विराटनगरमा अन्वेषण गर्नका लागि अमेरिकी कम्पनी बिबिबी च्याम्पियनलाई र राजविराज तथा जनकपुरमा प्राथमिक अन्वेषणका लागि संयुक्त अरब ईमिरेट्स (युएई)को इएबिजी कम्पनीसँग सरकारले सम्झौता गरेको छ । तर काम भने भएको छैन ।

सम्झौता भएपनि काम किन भएन ?

नेपालका विभिन्न दशवटा केन्द्र मध्ये एउटा मात्र सफल भएमा नेपालको स्वरुप नै बदलिन सक्छ । नेपालमै रोजगारीको अवस्था सिर्जना हुने मात्रै होइन नेपाल संसारमै आर्थिक समृद्धिको बाटोमा अगाडी बढ्ने सम्भावना छ । तर नेपाल सरकारले पेट्रोलियम पदार्थको अन्वेषण, अनुसन्धानका लागि जम्मा ६ लाख रुपैयाँ छुट्टाएको छ । यसले के देखिन्छ भने सरकारको प्राथमिकतामा पेट्रोलियमको अन्वेषण पर्दैन ।
सरकारले पटक पटक गरेर ३१ वटा अध्ययन प्रतिवेदन तयार पारिसकेको परियोजनाका प्रमुख खनालको भनाई छ । त्यसमा आधारभूत तथ्यहरुसहितको प्रतिवेदनका आधारमा विभिन्न कम्पनी नेपालप्रति आर्कषित भएका हुन । त्यसरी विदेशी कम्पनी आएपनि उनीहरुले आफूले क्षेत्र ओगट्ने र बढी फाईदा लिएर अर्को कम्पनीलाई विक्री वितरण गर्ने मुख्य उद्देश्य कम्पनीहरुको छ । त्यसैले पनि कम्पनीहरुले लामो समयसम्म लगाउने गरेका छन । त्यसरी भित्रिएका कम्पनीहरुले नेपाल सरकारलाई तिर्नु पर्ने कर पनि तिर्ने गरेका छैनन् ।

बाधक भारत !

नेपालमा आयात हुने पेट्रोलिय पदार्थको कारोवारबाट भारतीय आयल कर्पोरेशनलाई बर्षेनी कम्तीमा पनि ५ अर्ब आम्दानी हुने गरेको जानकारहरु बताउँछन् । त्यसैले भारतीय सरकार नै नेपालमा पेट्रेलियम पदार्थको अन्वेषणको कामलाई अवरोध गर्न अघि सर्ने गरेको सरकारी अधिकारीहरु नै बताउँछन । त्यसैले राजनीतिक नेतृत्वले नै दह्रोसँग खुट्टा नटेकेसम्म यसमा प्रगति नहुने उनीहरुको भनाई छ ।
२०४७ सालको अन्तरिम सरकारका मन्त्रीसमेत रहेका नागरिक समाजका अगुवा डाक्टर देवेन्द्रराज पाण्डे अरुलाई दोष दिनुको साटो आफैं काम गर्न सुझाव दिनुहुन्छ । ‘कुनैपनि कम्पनी र भारततिर किन चोर औंला तेर्स्याउने ? हामीले नै काम नगरेका कारण यस्तो अवस्था आएको हो’ पाण्डेले भन्नुभयो ।

किन छ नेपालमा सम्भावना ?

अन्तर्राष्ट्रिय क्षेत्रमा भएका अध्ययनहरुले पनि नेपाल पेट्रोलियमका लागि उपयुक्त ठाउँ हो भन्ने पुष्टि गर्छ । नेपाल सरकारका विभिन्न ३१ वटा प्रतिवेदनले मात्र होईन दैलेखमा अहिले पनि बलिरहेका दीपहरुले पनि नेपाल पेट्रोलियम पदार्थ पाईने देश मध्येको एक हो भन्ने तथ्य प्रमाणित गर्छ । पेट्रोलियम पदार्थ अन्वेषण परियोजनाले दैलेखको पादुकास्थानमा संकलन गरिएको पानीको नमूनामा पनि पेट्रोल भेटिएको पुष्टि गरेको छ ।
त्यस्तै विभिन्न देवलहरुमा बलिरहेको ज्योति पेट्रोलियम ग्याँस भएको र सामान्य प्रशोधनबाट समेत त्यसलाई व्यवहारमा उपयोग गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । तराईका विभिन्न ठाउँमा पाइएका पेट्रोलियम पदार्थ मिसिएको पानी र दाङ्गको पातु खोलामा पाइएका चट्टानको परीक्षणले पनि नेपालमा पेट्रोलियम पदार्थ पाइने कुरालाई पुष्टि गरेको खानी तथा भूगर्भ विभागले जनाएको छ । पेट्रोलियम पदार्थको अन्वेषण गर्ने कम्पनीहरुले काम नगरेपछि अहिले पेट्रोलियम पदार्थ अन्वेषण परामर्श समिति कार्यदल बनाएर प्रभावकारी काम गर्ने योजनामा छ ।
- See more at: http://ujyaaloonline.com/news/23443/Nepal-has-high-possibilities-to-find-Petroleum-and-Natural-Gas/#sthash.HseWuCta.dpuf

नेपालमा सर्वाधिक भारत परस्त नेता अहिले

 मदन बज्राचार्य

nepalplus.com
cartoon-rabin-sayamiयसलाई हामीले बिडम्बना नै मान्नु पर्छ, नेपालको इतिहासमै यति साह्रो भारत परस्त भएको नेताहरु कहिले पनि नेपालमा हाबी भएको थिएन । जति आज हुँदै आएको छ । यस्तो लाग्छ, २०४६ को जनआन्दोलनलाइ जसरि भारतले आफ्नो स्वार्थको रुपमा प्रयोग गर्न चाहेको थियो त्यो गर्न असमर्थ भएको थियो ।  र २०४६ पछिको नेपालको संबिधान र सरकार भारतले जस्तो होस् भनि चाहेको थियो त्यो अनुरुप नभए पछि भारतको कुनै कुनामा नेपालमा २०४६ को आन्दोलन र २०४ ६को आन्दोलन पछिको सदन र सरकारले जस्तै भारतलाई निरास नबनाउने अर्को आन्दोलन कसरि र कोबाट गर्ने गराउने भनेर योजना बुन्दै थियो ।
२००७ देखि २०४६ सम्म भारतले नेपाललाई आफ्नो साम्राज्यमै मिलाउन नसकेपनि आफ्नो प्रभुत्वमा पार्न सबै उपाय प्रयोग गर्‍यो । कास्मिरमा जस्तै नेपालमा राजालाई आफ्नो प्रभावमा पार्न खोज्यो । त्यो पनि सफल भएन । सिक्किममा जस्तै लेण्डुपहरु उठाउन खोज्यो । त्यो पनि असफल भयो । बंगला देशमा पाकिस्तान शत्रु हो । भारत मात्रै मित्र हो भन्ने भ्रम फैलाए जस्तै नेपालको निम्ति चीन भारत जस्तै मित्र नहुने भ्रम फैलाउन प्रयास गर्‍यो । तर त्यो प्रयास पनि निरर्थक भयो ।
भारतको यस्तो हरेक प्रयासले नेपाली जनताको मनबाट नेपालीले शोचे चाहे जस्तो मित्र भारत कहिले नबन्ने बिस्वास झनै बढ्दै गयो । नेपालको हरेक चुनावमा जुन नेताले भारतको बिरोध गरे तिनले जिते । नेपालको नेताहरुलाई भारतले आफ्नो प्रभावमा पार्न हरसम्भव प्रयास गरिराख्यो । कुनै बिके कुनै झुके । कुनै मरे मारिए । तैपनि भारतले जे चाहेको थियो त्यो उसले नेपालमा गर्न सफल भएन ।
नेपालका नेताहरुलाई मात्रै प्रभावमा पारेर नेपाल आफ्नो मुठ्ठीमा पार्न नसकिने भएपछि भारतले आफ्ना बिहारीहरू र नेपालका आफ्नो सुविधालाई नेपालको स्वतन्त्रताको भन्दा बढी महत्व दिने मानशिक रुपमा अर्ध भारतीय बनेका नेपाली नागरिकलाई हतियार बनाएर नेपाल माथि आफ्नो प्रभुत्व जमाउन खोज्दै आएको देखिन्छ ।
हुनत यो हतियार भारतले श्रीलंकामा पनि प्रयोग गरिसकेको थियो । हिजो श्रीलंकाको दक्षिण भूभाग जाफ्नामा तमिलको आत्मनिर्णय गर्न सक्ने मध्यदेश बनाउन जे गरेको थियो त्यो आज भारतले नेपालको दक्षिण भूभाग तराइमा बिहारीको मध्यदेश बनाउन प्रयास गर्दै आएको छ । श्रीलंकाको जाफ्नामा मध्यदेश बनाउन खोज्ने तामिलहरुले श्रीलंकाको अर्को जातिको नागरिकहरु माथि जस्तो ब्यबहार गरेको थियो आज ठिक त्यस्तै ब्यबहार तराइमा मधेसीले नेपालको अर्को जातिका नागरिकहरुहरु माथि गर्दै आएको छ ।
जाफ्नामा मध्यदेश बनाउन खोज्ने प्रमुख नेताहरु तमिलनाडुमा प्रश्रय पाउँथे । तराइमा मध्यदेश बनाउन खोज्नेका नेताहरुले बिहारमा प्रश्रय पाउँदै आएका छन् । श्रीलंकामा तामिलाहरुलाइ अंग्रेजले चिया बगानमा काम गराउन लगेको थियो । नेपालको तराइमा धान खेति गराउन नेपालकै राजा र राणाले बिहारीलाई बसोबास गराए ।
श्री लंकामा रहेका सबै तमिलहरुलाई श्री लंकाको नागरिकता दिलाउन भारतले दवाव दिए जस्तै नेपालको तराइमा रहेका बिहारिहरुलाई पनि नेपालको नागरिकता दिलाउन भारतले दवाव दियो । राजनैतिक स्थिति अत्यन्त तरल भएको बेला श्री लंकाको सरकारले करिव ३० लाख तामिललाइ श्री लंकाको नागरिकता दियो ।
नेपालका नेताहरुले पनि ३० लाख जत्तिकै बिहारिहरुलाई संबिधान समेत मिचेर नेपालको नागरिकता दिए। श्री लंकाको नागरिकता पाएका तमिलहरुको भोटबाट जितेका तमिलबादी नेताहरुले सदनलाइ तमिलवादको निमित अबरुद्ध पारे । नेपालको नागरिकता पाएका मधेशबादीहरुले पनि संविधान सभा अबरुद्ध पारेकै थिए ।
यसो हेर्दा भारतले श्री लंकाको जाफ्नामा तमिलको मध्यदेश बनाउन जे जस्तो गरेको थियो त्यो सबै नेपालको तराइमा बिहारीको मध्यदेश बनाउन प्रयोग गर्दै आएकोछ ।
फरक मात्र यति छ, भारतले श्रीलंकाको जाफ्नामा तमिलको मध्यदेश बनाउन दिन एक जना प्रभाकरण पालेर उकासेको थियो भने नेपालको तराइमा बिहारीको मध्येदेश बनाउन भारतले अनेकौं प्रभाकरणहरु पालेर उकासेको छ । अर्को फरक यो पनि छ कि श्रीलंकाको राष्ट्रपतिसित प्रभाकरण जस्तोलाइ सिध्याउने ताकत थियो भने हाम्रो राष्ट्रपतिलाई औंला समेत उठाउने अधिकार छैन । छोटकरीमा भन्ने हो भने आज नेपालको राजनीतिमा हाबी भएको मधेशबाद श्रीलंकामा सफल हुन् नसकेको “लिट्टेवाद कै सुधारिएको संस्करण हो।
(कार्टून- रबिन सायमी)

बिदेशका नेपालीलाई बिचल्ली पार्ने अर्को निर्णय

(आज बुधवारको जनआस्था साप्ताहिकमा प्रकाशित समाचार)

04वाङलुङ स्थायी घर भएका नारायण रिजाल यतिखेर अष्ट्रियाको राजधानी भियनास्थित एक निजि कम्पनीमा काम गर्छन् । त्यहाँ उनको समय सकियो । नयाँ कम्पनीले उनलाई बोलाईरहेको छ, कामकोलागि । तर यता जागिर सकिने, नयाँ ठाउँको जागिर फुत्किने त्रासले उनी यतिखेर चिन्तित छन् ।
त्यसो हुनुको मूल कारण डा बाबुराम भट्टराईको मन्त्रीपरिषदले गरेको नितिहिन र अदुरदर्शी कारण हो । उनी जस्तै अर्को निजि कम्पनीमा काम गर्छन् बागलुङकै शिव सापकोटापनि । त्यहाँको भाषा र प्रचलन जाने बुझेका सापकोटापनि अलि राम्रो कामको खोजिमा छन् । तर उनलाई समस्या त्यहि परेको छ ।  (दोस्रो फोटोमा नारायण रिजाल र तेस्रो फोटोमा शिव सापकोटा) ।
Rijal-narayandatta-vienna-1212अष्ट्रियामा कुनैपनि कम्पनीमा काम गर्दा जन्म मिति, प्रमाणपत्र र स्थायी ठेगानाको सक्कल चाहिन्छ । जुन सक्कलमा परराष्ट्र मन्त्रालयले सहि छाप लगाएर प्रमाणित गरेको हुनुपर्छ । त्यो सक्कल प्रमाण पत्र हाल परराष्ट्र मन्त्रालयले सहि हो भनेर लाहा छाप लगाई प्रमाणित (एटेस्टेड) नगरिदिँदा सापकोटा र रिजाल जस्ता धेरैलाई अहिले समस्या परेको छ ।
नेपालीहरुका सबै कागजपत्र पहिले गाविस, जिविस र जिल्ला प्रशासन कार्यालय हुँदै कानुन किताब खानामा अंग्रेजीमा अनुवाद गरिन्थ्यो । कानुन किताबले अनुवाद गरेको कागजपत्र परराष्ट्र मन्त्रालयले एटेस्टेड भन्दै सदर गरेर छाप हानिदिन्थ्यो । त्यो कागजलाई बिदेशी राजदुतावास, मन्त्रालय र अन्य संवन्धित कार्यालयले मान्यता दिने गर्थे । तर जब डा बाबुराम भट्टराई प्रधानमन्त्री भए तब उनको मन्त्री परिषदले कानुन किताब खारेज गरिदियो । यहिँबाट बिदेशमा बस्ने नेपालीलाई सास्ति शुरु भएको हो ।
अष्ट्रियाको दिल्ली स्थित राजदूतावासका असिस्टेन्ट आतासे वाल्ट्राउट ब्राउन्डरले नारायण रिजाललाई दिएको जवाफमा लेखिएको छ ‘तपाईको कागजपत्र कनसुल मोरिजसित देखाउँदा हामीले तपाईलाई ति कागजको कुटनितिक कानुनी हैशियत दिन असमर्थ छौं । हामीलाई नेपालको परराष्ट्र मन्त्रालयले प्रमाणित गरेर दिएको कानुनी हैशियत प्राप्त कागजात चाहिन्छ । सिन एट भनेर दिएको छापले कानुनी हैशियत राख्दैन ।’
डा बाबुराम भट्टराईको मन्त्रीपरिषदले कानुन किताब खारेज गरेर स्थानिय निकायबाटै त्यस्ता कागज बनाउने निर्णय गरिदियो । नेपालीहरुले गाविस, नगरपालिका र जिल्ला विकास समितिबाट सिफारिस बनाउन खोजे । तर स्थानिय स्तरमा कम्प्युटर हुन्न । भएका ठाउँमा कि त बिग्रिएर फालिएका छन् । कि बत्ती नहुँदा भएकापनि चल्दैनन् । हाम्रा गाविस कार्यालयहरुमा अहिलेसम्म अग्रेजीमा लेखिएको लेटरहेड सम्म छैन । अर्को तथ्य के भने स्थानिय स्तरका सचिवहरुले अंग्रेजी भाषामा निबेदन र त्यस्ता प्रमाणपत्र लेख्नपनि जान्दैनन् । हस्तलिखित प्रमाणपत्रहरुलाई बिदेशी राजदुतावास र यहाँका कार्यालयले मान्यता दिँदैनन् ।
त्यसो त बिदेशका नेपालीपनि सबै अंग्रेजी भाषामा पोख्त हुँदैनन् । जानेकाले आफैंले यस्तो बनाइदिनु भन्दै लेखेर दिन्छन् र गाविस सचिवहरुले त्यहि टाईप गरेर पठाउने गरेकापनि छन् । तर सचिव र संवन्धित ब्यक्ति दुबैको अंग्रेजी निबेदन लेख्न सक्ने स्तरको छैन भने कहाँ जाने ? अहिले धेरै नेपालीले यहि समस्या भोगिरहेका छन् । ‘मन्त्री परिषद कति अदुरदर्शी देखियो भने स्थानिय स्तरमा आधारभूत तयार भएको छ कि छैन भन्ने अध्ययन नै नगरि हचुवामा कानुन किताब खाना रद्द गरेर स्थानिय स्तरबाटै गराउनु पर्ने निर्णय गरिदियो । अहिले हामीले यस्तो समस्या भोग्नु पर्‍यो’ नारायण रिजाल गुनासो गर्छन् ।
तर बिदेशी दुतावासहरुले दिने जानकारि अनुसार चाहिँ नेपालीहरुले कागजी समस्या भोग्न पर्नुको मुख्य कारण परराष्ट्र मन्त्रालयको गैर्ह जिम्मेवारी हो । कानुन किताबले अनुवाद गरेर लगेका कागजपत्रहरुलाई पहिले परराष्ट्र मन्त्रालयले प्रमाणित गरिदिन्थ्यो र समस्या भएको थिएन । तर कानुन किताब खारेज भएपछि स्थानिय स्तरबाट ल्याइने कागजपत्रहरुमा मन्त्रालयले सीन एट अर्थात् हेरेको मात्रै भनेर छाप लगाउन थालेपछि त्यस्ता कागज पत्रहरुलाई बिदेशी दुतावासले मान्यता दिन छाडेकाले यो समस्या निम्तिएको हो ।
आफ्नै देशको स्थानिय निकायले बनाएका कागजपत्रलाई प्रमाणित गर्न परराष्ट्र मन्त्रालयलाई के बाधा परेको हो ? यसबारे बिदेशस्थित नेपाली राजदुतावासपनि मौन छन् । यहि कागज बनाउन स्थानिय निकाय, काठमाडौं र दिल्ली स्थित अष्ट्रियन राजदुतावास महिनौं धाए रिजालका आफन्तले । हजारौं खर्च गरे । तर अन्तिममा अष्ट्रियन राजदुतावासले ति कागजलाई मान्यता नदिएपछि उनको पैसा, समय र मेहन्तसमेत खेर गयो । उनले महिनौं लगाएर बनाएका ति कागज सबै रद्द भए ।
shiva-sapkota-vienna-12321232आफुलाई यस्तो समस्या परेपछि नारायण रिजालले अष्ट्रिया हेर्ने जर्मनीको बर्लिनस्थित राजदुतावासमा सम्पर्क गरे । तर उनलाई सहयोग गर्नुको साटो उल्टै राजदुतावासले आफुहरुपनि यो निर्णयबाट आश्चर्यमा परेको जवाफ दिएको बताए । ‘मैले बर्लिनस्थित राजदुतावासमा सम्पर्क गरेर बुझ्दा उनीहरुले हामीलाईपनि जानकारि छैन । हामीपनि आश्चर्यमा परेका छौं त’ भन्ने जवाफ पो दिए । नेपालीकै लागि भनेर बसेको राजदुतावासलाई नै थाह छैन भने अब हामीहरु कहाँ जाने त ?’ उनले प्रश्न गरे ‘बेलैमा कागज भएन भने त न भिसा थपिन्छ न पाएको कामले कुरेर बस्छ । यस्तो समस्या कसले बुझिदिने ?
नारायण रिजालका अनुसार यस्तो समस्या भोग्ने नेपालीहरु धेरै छन् । बिहे गर्न होस वा अविवाहित प्रमाणित गर्न । भिसा थप्न होस वा सामाजिक वीमाको कार्ड लिन । नयाँ काम खोज्न वा अन्य कुनैपनि सरकारी प्रयोजनकालागि नेपालीको जन्म दर्ता, शैक्षिक प्रमाणपत्र, कुनै फौजदारी काण्डमा लागे नलागेको प्रहरी रेकर्ड, शैक्षिक प्रमाणपत्र आदिको सक्कल चाहिन्छ, प्रमाणित गरिएको । त्यो बिदेशमा बस्ने सबै नेपालीकालागि नभै हुन्न । ‘तर आफ्नै देशको निकायले बनाएको प्रमाणपत्रलाई आफ्नै देशको परराष्ट्र मन्त्रालयले समेत प्रमाणित नगरेपछि बिदेशी रजदुतासले कसरि विश्वास गर्ने ? यो समस्याले अब धेरै नेपालीलाई समस्या पार्छ ।’ भियनामा आठ वर्ष देखि बस्दै आएका बागलुनकै शिव सापकोटा भन्छन् ‘यो समस्या तुरुन्तै समाधान नगर्ने हो भने बिदेशमा धेरै नेपालीको बिचल्ली हुन्छ । सरकारले बिदेशमा दुखजिलो गरेर बसेका नेपालीलाई झन दुख दिने काम पो गर्‍यो ।”

Sunday, 28 July 2013

जडसूत्रवाद र अनुभववादः एक टिपोट किरण

अन्तर्राष्ट्रिय र नेपाली कम्युनिष्ट आन्दोलनमा चिन्तन, कार्यशैली र कार्यदिशाको क्षेत्रमा जडसूत्रवाद र अनुभववादका समस्याहरू बारम्बार प्रकट ह“ुदै आएका छन् । सिद्धान्त र व्यवहार, सामान्य र विशेष, सारतत्व र दृश्यरूपबीच द्वन्द्वात्मक एकत्व कायम गर्ने र भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम विपरीतहरूको एकत्वलाई बुझ्नेबारे सही चिन्तनको विकास हुन नसक्दा जडसूत्रवाद र अनुभववादका विचलनहरू पैदा हुन्छन् । माक्र्सवादी ज्ञानसिद्धान्तलाई ठीकस“ग बुझ्न र सही चिन्तन, कार्यशैली तथा कार्यदिशाको विकासका लागि जडसूत्रवाद र अनुभववादका विरुद्ध सैद्धान्तिक संघर्ष चलाउनु आवश्यक हुन्छ । 
जडसूत्रवाद भनेको सिद्धान्तलाई स्थिर, जड र अपरिवर्तनीय धर्मसूत्रका रूपमा ग्रहण गर्नु हो । जडसूत्रवादको एउटा मूल विशेषता सिद्धान्तलाई व्यवहारबाट कटाउनु हो । यसले सिद्धान्तमा त खुबै जोड दिन खोज्दछ तर त्यसलाई व्यवहारमा प्रयोग गर्ने तथा सामाजिक जीवन र क्रान्तिको क्षेत्रमा लागू गर्ने काममा पटक्कै ध्यान दिन्न । यसले सामान्यीकरणमा त जोड दिन्छ तर विशिष्टिकरणको महŒवलाई पटक्कै बुझ्न सक्दैन । त्यसैगरी जडसूत्रवादको अर्को मूलः विशेषता भनेको सिद्धान्तको विकासमा अवरोध खडा गर्नु हो । यसले वस्तुको पुरानो अन्तर्वस्तु र सारतत्वलाई पक्डेर बसिरहन्छ, तर वस्तुको विकसित नया“ अन्तर्वस्तु र सारतत्वलाई ठम्याउन सक्दैन । यसले नया“ अनुभवबाट सिद्धान्तलाई समृद्ध र विकसित तुल्याउने कुरामा ध्यान दिंदैन ।
अनुभववाद भनेको जडसूत्रवादको ठीक विपरीत ध्रुवमा खडा रहेको चिन्तन हो । अनुभववादले जीवन र जगतका नया“ अनुभव र व्यवहारमाथि त ध्यान दिएको हुन्छ, परन्तु सिद्धान्तको महŒवलाई भने बुझ्न सकेको हु“दैन । त्यसैगरी यसले विशिष्टीकरणमा बढी जोड दिंदै सामान्यीकरणको महŒवलाई गिराउने काम गर्दछ । त्यस्तै, यसले कुनै वस्तु, घटना र प्रक्रियाको दृश्यरूपमाथि त ध्यान दिएको हुन्छ, परन्तु, त्यसको सारतत्वलाई ठम्याउन सकेको हु“दैन । यसले इन्द्रीयग्राह्य ज्ञानबाट बुद्धिसंगत ज्ञानमा फड्को हान्ने कुरालाई ग्रहण गर्न सकेको हुँदैन । संक्षिप्तमा भन्नुपर्दा अनुभववादले जीवनका अनुभवहरूलाई सिद्धान्तको स्तरमा उठाउन सकेको हु“दैन । अनुभववादले व्यवहारबाट सिद्धान्तमा जाने ज्ञानसिद्धान्तको मान्यतालाई अवलम्बन गर्न सक्दैन । 
माओको भनाइमा बुद्धिजीवी समुदायबाट पार्टीमा आउने साथीहरू जडसूत्रवादको शिकार भएका हुन्छन् । उनीहरूले आफूलाई कितावी ज्ञानमा सिपालु र सिद्धान्तको ज्ञाता ठानेर मजदुर–किसानबाट पार्टीमा आएका साथीहरूलाई हेप्ने गर्दछन् । अर्कोतिर, किसान–मजदूरबाट पार्टीमा आएका साथीहरू अनुभववादमा फँसेका हुन्छन् । उनीहरूले आफुलाई व्यवहार र अनुभवका धनी ठान्दछन्, तर त्यस प्रकारका व्यवहार र अनुभवलाई सिद्धान्तमा ढाल्न सकेका हुँदैनन् । उनीहरू सिद्धान्त र किताबी ज्ञानमा कमजोर हुन्छन् । माओका यस प्रकारका भनाइहरू नेपालका सन्दर्भमा पनि लागु हुन्छन् । साथै, दक्षिणपन्थीहरू अनुभववाद र उग्रवामपन्थीहरू जडसूत्रवादमा फँसेका उदाहरणहरू दुनियाँमा प्रसस्तै पाइन्छन् र यो कुरा नेपालमा पनि लागु हुन्छ । 
जडसूत्रवाद र अनुभववाद मनोगतवादका दुई भिन्न रूप हुन् । जडसूत्रवाद कुन अर्थमा मनोगत हुन्छ भने, यसले वस्तुगत पक्षको महŒवलाई नकार्ने काम गर्दछ र यो व्यवहारबाट कटेको हुन्छ । त्यसैगरी अनुभववादले पनि व्यक्तिगत प्रकारका अनुभवहरूलाई बढी जोड दिने गर्दछ । जडसूत्रवाद र अनुभववाद अधिभूतवादका भिन्न रूप पनि हुन् । यी दुवै एकपक्षीय रहेका हुन्छन् । जडसूत्रवादले व्यवहार र अनुभववादले सिद्धान्तको महŒव गिराएर एकपक्षीयताको पक्षपोषण गर्दछन् । 
वस्तुजगत र सामजिक जीवन निरन्तर परिवर्तनको प्रक्रियामा हुन्छन् । पुराना अन्तर्विरोधहरू फेरिन्छन र नया“ अन्तरविरोधहरूले जन्म लिन्छन् । जडसूत्रवादीहरूले विकसित हु“दै गैरहेको यस प्रकारको नया“ स्थितिलाई बुझ्न सक्तैनन् । दुनिया“ धेरै अगाडि बढिसकेको हुन्छ, तर उनीहरूको सोंच्ने र काम गर्ने तरिका पुरानै हुन्छ । त्यसैगरी अनुभववादीहरूले पनि वस्तुजगत र सामाजिक जीवनका नया“ र समृद्ध अनुभवहरूलाई सिद्धान्तको स्तरमा उठाउन सक्तैनन्. र उनीहरूको पनि सोच्ने र काम गर्ने तरिका पुरानै हुन्छ ।
दर्शनशास्त्रको इतिहासमा जडसूत्रवादको श्रद्धावाद र अनुभववादको शंकावादमा पतन भएको पनि पाइन्छ । श्रद्धावादले तर्क होइन केवल विश्वासलाई मात्र मान्छ । यसले कुनै पनि चिजको वैज्ञानिक जा“चबुझ गर्दैन, हरेक चिजप्रति अन्धश्रद्धा जाहेर गर्दछ । त्यसैगरी शंकावादले कुनै पनि कुराप्रति विश्वास गर्दैन र जताततै शंका प्रकट गर्दछ । शंकावाद अज्ञेयवादकै एउटा रूप हो । श्रद्धावादले सिद्धान्त, र नेतृत्वलाई धार्मिक मतवाद र देवत्वकरणको अवस्थामा पुर्याउने कामगर्दछ भने शंकावादले सिद्धान्त र नेतृत्वप्रति पूरै आशंका र अविश्वास जाहेर गर्दछ । श्रद्धावाद र शंकावाद सिद्धान्त र नेतृत्वलाई ठीकसंग बुझ्ने र क्रन्तिका कामलाई अगाडि बढाउने काममा निकै बाधक बनेका हुन्छन् । यी दुवै आदर्शवादीकै रूप हुन् । लेनिनले रुसी कम्युनिष्ट आन्दोलनमा विद्यमान श्रद्धावाद र शंकावादको कडा विरोध गर्नु भएको छ । 
यसैगरी, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा जडसूत्रवादले एकमनावाद र अनुभववादले बहुलवादको रूप लिएको पनि पाइन्छ । विपरीतहरूको एकत्वको नियमलाई बुझ्ने सन्र्दभमा चिन्तनका दूई भिन्न धाराका रूपमा एकमनावाद र बहुलवाद देखा पर्ने गरेका छन् । एकमनावादले विपरीतहरूबीचको एकरूपतालाई निरपेक्ष एकरूपता अर्थात समरूपताका अर्थमा ग्रहण गर्दछ र त्यहा“ कुनै पनि प्रकारको संघर्ष र अन्तरविरोध देख्दैन । त्यस्तै बहुलवादले विपरीतहरू बीच भिन्नता मात्र देख्तछ एकरूपता होइन । अनवर होक्जाको जडसूत्रीय संशोधनवाद र यूरो कम्युनिज्मको बहुलवादलाई यसरी नै लिन सकिन्छ । नेपाली कम्युनिष्ट आन्दोलनलाई पनि लामो समयदेखि जडसूत्रवाद र अनुभववादले प्रदूषित तुल्याउ“दै आएका छन् । मोहन विक्रमसिंहको जडसूत्रीय संशोधनवाद र एमालेको बहुदलीय जनवाद यसै वैचारिक प्रदूषणका अभिव्यक्ति हुन् । 
जडसूत्रवाद र अनुभववादको चर्चा गर्ने प्रसंगमा विशेष ध्यान दिनु पर्ने कुरा के छ भने माक्र्सवादको सृजनात्मक विकास गर्ने प्रश्नमा यी दुवैले गंभीर प्रकारको अवरोध खडा गर्दै आएका छन् । जडसूत्रवादले रुढीवादी कोणबाट माक्र्सवादको सैद्धान्तिक रक्षाको नाममा माक्र्सवादको सृजनात्मक विकासमा गंभीर अवरोध पुर्याउदै आएको छ भने अनुभववादले दक्षिणपन्थी कोणबाट माक्र्सवादको सृजनात्मक विकासको नाममा माक्र्सवादकै परित्याग गरेको छ । 
अन्तर्राष्ट्रिय र नेपाली कम्युनिष्ट आन्देलनामा देखा पर्दैआएका तमाम प्रकारका जडसूत्रवाद र अनुभववाद, श्रद्धावाद र शंकावाद, एकमनावाद र बहुलवादको विरोध र माक्र्सवाद–लेनिनवाद–माओवादको सृजनात्मक विकासका लागि प्रचण्डपथले महŒवपूर्ण भूमिका निर्वाह गर्दैआएको छ । नेपालमा संचालित एघार वर्षको महान् जनयुद्धका बीचबाट पचण्डपथको यस प्रकारको भूमिका सशक्त रूपमा उजागर भएको छ । े
जडसूत्रवाद र अनुभववादलाई वैचारिक रूपमा परास्त गर्दै माक्र्सवादको सृजनात्मक विकास गर्न र पार्टीका कमरेडहरूको अध्ययन गर्ने, सोच्ने तथा काम गर्ने शैलीलाई क्रान्तिकारी तथा वैज्ञानिक तुल्याउनलागि ज्ञानसिद्धान्तको क्षेत्रमा भौतिकवादी द्वन्द्ववादको दृढतापूर्वक अवलम्बन गर्न जरुरी छ । 
माओले ज्ञानसिद्धान्तको द्वन्द्वात्मक भौतिकवादी मान्यतालाई व्यवहारबाट सिद्धान्त र सिद्धान्तबाट व्यवहारमा जाने पद्धतिको रूपमा प्रस्तुत गर्नु भएको छ । माक्र्सवादी ज्ञान सिद्धान्तको मूल विशेषता भनेको सिद्धान्त र व्यवहारका बीचमा द्वन्द्वात्मक एकत्व कायम गर्नु हो । सिद्धान्त र व्यवहार बीच एकरूपता कायम गर्ने काम प्रकृति, सामाजिक जीवन र क्रान्तिको विकासको प्रक्रियामा आधारित हुन्छ । यो व्यवहारबाट सिद्धान्त र सिद्धान्तबाट व्यवहारमा जाने प्रक्रिया हो र यही प्रक्रियामा मानव जातिको ज्ञान निरन्तर समृद्ध बन्दै जान्छ । जडसूत्रवादको वास्तविक विरोध सिद्धान्तलाई व्यवहारमा ढाल्ने र वास्तविक जीवनका अनुभवहरूबाट सिद्धान्तलाई नया“ ढंगले संमृद्ध तुल्याउने प्रकृयाका बीचबाट मात्रै हुन सक्दछ । त्यसैगरी अनुभववादको वास्तविक विरोध सामजिक जीवनका अनुभवका बीचबाट व्यवहारलाई संश्लेषण गर्ने र सिद्धान्तको स्तरमा उठाउने प्रकृयामानै हुनसक्दछ । 
माओले जडसूत्रवाद र अनुभववादका विरोधमा संघर्ष चलाउने प्रकृयामा बुद्धिजीवी क्षेत्रबाट पार्टीमा आएका सिद्धान्तको ज्ञान हुने साथीहरूले क्रान्ति र आन्दोलनका विभिन्न व्यवहारिक गतिविधिहरूमा भाग लिनु पर्ने र मजदुर किसानबाट पार्टीमा आएका क्रान्ति वा व्यवहारको अनुभव हुने साथीहरूले सिद्धान्त र किताबी ज्ञानको अध्ययन गर्नु पर्ने कुरामा विशेष जोड दिनुभएको थियो । यो कुरालाई हामीले गंभीरतापूर्वक लिनु पर्दछ । यसैगरी श्रद्धावादको रूपमा देखापर्ने जडसूत्रवाद र शंकावादको रूपमा देखापर्ने अनुभववादका विरुद्ध संघर्ष गर्नुपर्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ । हामीले एकातिर सिद्धान्त र नेतृत्वप्रति अन्धश्रद्धा जाहेर गर्ने श्रद्धावाद र अर्कोतिर सिद्धान्त र नेतृत्वप्रति आशंका र अविश्वास फैलाउने शंकावाद दुवैको विरोध गर्नुृ पर्दछ । हामीले क्रान्तिकारी सिद्धान्त र नेतृत्वप्रति हमेशा उच्चप्रकारको निष्ठा र सम्मानभाव प्रकट गर्नुपर्दछ ।
प्रचण्डपथले जडसूत्रवाद र अनुभववादको विरोध र द्वन्द्वात्मक भौतिकवादको पक्षमा सिद्धान्तको रक्षा, प्रयोग र विकासको आवश्यकतामाथि पूरा जोड दिंदै आएको छ । सिद्धान्तको रक्षाको अर्थ अनुभववादका विरुद्ध संघर्ष हो । सिद्धान्तको प्रयोगको अर्थ जडसूत्रवादका विरुद्ध संघर्ष हो । सिद्धान्तको विकासको अर्थ जडसूत्रवाद र अनुभववाद दुवैका विरुद्ध संघर्ष हो । प्रचण्डपथको निर्माण माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका आधारमा नै भएको हो । हामीले जडसूत्रवाद र अनुभववादको विरोध गर्ने प्रक्रियामा प्रचण्डपथद्वारा विकसित सिद्धान्तको रक्षा, प्रयोग र विकासको मान्यतालाई दहेसंग पकड्नुपर्दछ । 
एकमनावाद र बहुलवादको विरोध गर्ने प्रकृयामा मालेमा र प्रचण्डपथद्वारा विकसित भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम, विपरीतहरू बीचको एकत्वको नियमलाई राम्रोसंग आत्मसात् गर्न जरुरी छ । भौतिकवादी द्वन्द्ववादले के कुरा मान्दछ भने विपरीतहरू बीच एकैसाथ एकता र संघर्ष चल्ने गर्दछ र एक निश्चित अवस्थामा विपरीतहरूको एकअर्कोमा रूपान्तरणका बीचबाट नया“ एकरूपता कायम हुन्छ । यस प्रकारको मान्यतालाई दृढतापूर्वक अँगालेर नै विपरीतहरूको एकतालाई निरपेक्ष एकरूपता तथा समरूपताका रूपमा ग्रहण गर्ने जडसूत्रीय एकमनावाद र विपरीतहरू बीचको भिन्नता वा संघर्षलाई नया“ प्रकारको एकरूपतामा कहिल्यै नबदलिने कुराको वकालत गर्ने अनुभववादी बहुलवादलाई परास्त गर्न सकिन्छ । 
जडसूत्रवाद तथा अनुभववादको विरोध र भौतिकवादी द्वन्द्ववादको सही प्रयोगका लागि गति र परिवर्तनको प्रवाहमा रहेको सिंगो वस्तुजगत र सामाजिक जीवनलाई ठीकसंग बुझ्ने, बदलिएको स्थिति अनुरूप सोच्ने र काम गर्ने तरिकालाई विकसित गर्ने र पार्टीको नीति तथा कार्यदिशाको मर्मलाई ठीकस“ग आत्मसात गर्ने तथा तिनलाई सृजनात्मक ढंगले लागू गर्ने बारे विशेष ध्यान दिनु पर्दछ । जडसूत्रवाद र अनुभववादका विरुद्ध संघर्षको वास्तविक विधि पार्टीभित्र सञ्चालन गरिने शुद्धीकरण आन्दोलन नै हो । पार्टी जीवनको ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नै यस प्रकारको शुद्धीकरण आन्दोलनको सञ्चालन गर्नु आवश्यक हुन्छ ।

स्याल भन्नेहरु आफै बहुला कुकुर : बिप्लव

 श्रावन १३ आइतवार/कपन अनलाईन/ कपन नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ ले एकीकृत नेकपा माओवादीलाई बहुला कुकुरको संज्ञा दिनुभएको छ । आज कपन मिलनचोक पार्टी भेनुमा आयोजित काठमाडौ निर्वाचन क्षेत्र नम्बर ४ को पार्टी प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो –‘‘हामीलाई स्याल देख्नेहरु आफै रेविज लागेका बहुला कुकुर हुन् ।’’ -mawo (1)आसन्न मंसिर ४ मा हुने भनिएको संविधान सभा निर्वाचन बहिष्कार अभियानको राजनैतिक बैचारिक प्रशिक्षणमा बिप्लवले नेपाली जनतालाई आर्थिक भार थप्ने र विदेशी शक्तिकेन्द्रको ईशारामा हुने चुनावले नेपाललाई सिक्किमिकरणको बाटो तर्फ लाने हँुदा निर्वाचनलाई सशक्त प्रतिकार गर्न जनताको घरघरमा पुग्न कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका छन् । त्यस्तै कार्यक्रममै प्रशिक्षण दिनुहँुदै पार्टी पोलिटव्यूरो सदस्य एंव प्रवक्ता पम्फा भुसालले प्रचण्डले प्रत्येक बुथमा १००० कार्यकर्ता खटाउने ध्वाँस दिनुले संसदवादी पार्टीहरु पूर्ण रुपमा असफल सिद्ध भईसकेको र जनताको माझमा नाङ्गिने डरले त्रसित भएको बताउनुहुँदै नेपाली जनताको भाग्य र भविष्यको फैसला कथित संविधानसभाको चुनावले गर्न नसक्ने हुँदा जनताको बीचमा जान कार्यकर्ता पंक्तिलाई निर्देशन दिनुभयो । करिब ३०० पार्टी सदस्य उपस्थित रहेको उक्त कार्यक्रमले निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी बहिष्कार अभियानलाई व्यापक रुपमा अगाडि बढाउन विभिन्न कार्यक्रमहरु अघि सारेको छ । जस अन्तर्गत प्रचार प्रसारको कार्यलाई सशक्त अगाडि लैजाने र जनताको घरदैलो एक महिने कार्यक्रमलाई बिशेष महत्व दिइएको माओवादीले जनाएको छ ।

जनताका छोरा छोरीलाई एक आपसमा भिड्न गाउँबाटै प्रचण्ड उर्दी


prachanda-44346पहिले एकै मोर्चामा लडे । सँगै हाँसे । रोए । एउटा घाइते हुँदा अर्कोले साथ दियो । जनताका दुस्मन भन्दै भिडेका वाई सि एल अब आफु आफुमै भिड्ने भएका छन् । जनयुद्दकालको अधिकांश समय भारतमा सुरक्षित भएर बसेका भनिएका प्रचण्डले वाई सि एललाई गाउँ गाउँमा भिड्न निर्देशन दिएपछि अब पहिले वर्षौं सँगै लडेका दुई माओवादी (एकिक्रित नेकपा माओवादी र नेकपा-माओवादी) का युवाहरु एक अर्का बिरुद्द लड्ने अवस्था स्रिजना भएको हो । आफु सुरक्षित रहेका प्रचण्डले अब फेरी जनताका छोरा छोरीलाई लडाएर फाइदा लिन खोजेका छन् ।
चुनाव जसले बहिस्कार गर्छ । जसले गाउँमा पसेर बिथोल्न खोज्छ । जसले चुनावको बिरोध गर्छ । उसलाई आक्रमण गर्नु भनेर हाकै उनले एकिक्रित नेकपा माओवादीको युवा संगठन वाई सिएललाई निर्देशन दिएका छन् । नाम नलिएपनि उनले त्यो आक्रमण बैध्य माओवादीलाई गर्नु भन्न खोजेका हुन् । आफ्नो पार्टीलाई सिंह र बैध्य माओवादीलाई स्यालसित तुलना गरेका उनले ‘केहि स्याल गाउँ पसेकाले लघार्नु, आक्रमण गर्नु’ भनेर कार्यकर्तालाई मारपिट, आक्रमण र हानाहान गर्न उक्साए ।
दश वर्षे जनयुद्दको मर्म संविधान सभा भएकोले संविधान सभाको निर्वाचन अनिवार्य भनेपनि गत संविधान सभाको निर्वाचन उनैको पार्टीले किन भंग गर्‍यो ? किन गत संविधान सभाको निर्वाचनले संविधान बनाउन सकेन भन्ने मूल कुरो चाहिँ खोलेनन् । सकभर यो विषयमा माओवादीले मुखनै खोल्दैन । खोलिहालेपनि एमाले, कांग्रेस र अन्य दलले गर्दा भनेर पन्छिने गरेका छन् ।
प्रचण्डको आदेश न हो । नेताले आक्रमणका लागि निर्देशननै नदिएको अवस्थामा त निर्वाचनमा कार्यकर्ता तात्छन् । द्वन्द हुन्छ । झन पार्टीकै अध्यक्षले आक्रमण गर भनेरै ठाडो निर्देशन दिएपछि अबको स्थिति के होला ? दुई माओवादीका कार्यकर्ताबिच अब चुनावको प्रचार गर्ने, भोट माग्ने र बहिस्कार गर्ने शिलशिलामै भिडन्त हुने लक्ष्ण देखिएको छ । यता प्रचण्ड पक्षले यो निर्वाचनलाई मर्नु कि बाँच्नुको मुद्दा बनाएको छ । उता बैध्य पक्षिय माओवादीलेपनि यसलाई सबै शक्ति लगाएर बिथोल्ने र यो आफ्नो पार्टीको लागि अस्तित्वको विषय बनाएको छ । त्यसैले निर्वाचन गर्ने वा बिथोल्ने यि दुई बिच यसैपनि चर्को द्वन्द र बैमनश्यता थियो । तर पार्टी अध्यक्षलेनै आक्रमण गर भनेर उक्साएपछि त झन नहुने कुरै भएन ।
उता बैध्य पक्षिय माओवादी झन प्रचण्डको धम्कि र निर्देशन सुनेपछि राँक्किएको छ । आज मैले नेकपा-माओवादीका एक नेतालाई ‘के हो तपाईहरुलाई लघार्ने भए त माओवादीले’ भनेर सोधेको थिएँ । उनले कसले कसलाई लघार्छ । को सिंह हो र को स्याल हो भन्ने मैदानमा गएपछि देखिने बताए । ‘हामीले पनि हातमा दहि जमाएर बसेका छैनौं । बिगतमा प्रतिक्रियाबादीले दिएका सबै धम्कि र कारवाहीलाई धुलिसाथ पारेकै हौं । नव शामान्ति प्रचण्ड र सामान्तवादका नाईकेले बिदेशी दलालको आड भरोसामा उफ्रिँदै दिएको धम्किलाई हामी चुनौति दिएर खत्तम पारिदिन्छौं’ नेकपा-माओवादीका ति नेताले भने । तर प्रचण्डको निर्देशन र धम्किका बारेमा भने पार्टीले छिटै आधिकारिक निर्णय गर्नेपनि बताए ।
कसलाई फाइदा, कसलाई घाटा ?
प्रचण्डको यो निर्देशनले पहिलो घाटा त एकिक्रित नेकपा माओवादीलाईनै छ । किनकि अब कुनै भिडन्त वा कुनै अप्रिय घटना भयो भने पहिलो दोष उनैको पार्टीलाई जान्छ । निर्वाचनको मुखमा यस्ता भड्काउपूर्ण बोलीले त्यहि पार्टी र सरकारलाई अप्ठेरो पर्छ ।
त्यसपछि घाटा हुने नेकपा-माओवादीलाई पनि हो । तर दिर्घकालिन रुपमा । किनकि कम्युनिष्टहरु आफु आफैं लड्छन् भन्ने जनतामा गलत सन्देश जान्छ । तर तत्कालकालागि भने बैध्य माओवादीलाई फाईदा हुन सक्छ । किनकि जति अशान्ति भो उति चुनाव बहिस्कार गर्न सजिलो हुन्छ । झन प्रचण्डले आफैं सार्वजनिक रुपमै आक्रमण गर भनेर आव्हान गरेपछि कुनै अप्रिय घटना हुँदा प्रचण्ड पक्षियलाई आरोप लगाउन, जिम्मेवारि लिन लगाउन सहज हुन्छ । ‘हामीलाइ आक्रमण गरे, हामीले त त्यसको प्रतिकार मात्रै गरेको हो’ भनिदिएपनि भो ।
यसको प्रत्यक्ष फाईदा त नेपाली कांग्रेस, एमाले र राजावादीलाई हुन्छ । कम्युनिष्टहरु आफु आफु लड्छन् । खराब छन् । यिनलाई के भोट दिने ? भन्ने हुन्छ मानिसमा । बरु यस्ता आक्रमणकारिलाई भन्दा त अरुलाई दिनु राम्रो भन्ने पर्न सक्छ मतदातामा । दुई कम्युनिष्ट लडेको देखाएर ‘ल हेर यस्ता ज्यानमाराले देश बनाउँछन्’ भन्दै अरु पार्टीलाई भोट तान्न सहज हुन्छ । देशका मुख्य दलनै मारमुंग्री मच्चाउन थालेपछि बिदेशी प्रभु गुहार्न चाहने दलाल नेता र दललाईपनि फाइदै पुग्छ । भिडन्तका घटना हुन थालेपछि त्रास हुन्छ मतदातामा । अनि मत दिन पो कति जाने । को जाने ?
चुनाव सार्ने दाऊ
त्यसो त यस्तो निर्देशन किन आयो होला ? प्रचण्डले जानि जानि भिन्न उद्देश्यले योजना बद्द रुपमै यस्तो निर्देशन दिएको भनेर तर्क गर्नेपनि छन् । यस्ता निर्देशन दिएपछि केहि ठाउँमा हाना हान र कुटपिट शुरु हुन्छ । अलि अशान्ति मच्चिएपछि निर्वाचनकालागि मुख्य काम नसकिएको । शान्तिको वातावरण नभएकोले त्यसको लागि तयारि गर्न केहि समय लाग्ने । दलहरुपनि तयार नभएको भन्दै प्रचण्डले मंसिर चार को निर्वाचन सार्न खोजेका छन् । किनभने मंसिर चारमा निर्वाचन भए एकिक्रित नेकपा माओवादीले आफु पहिलो दल बन्न सकिन्न भन्ने आन्तरिक निष्कर्ष निकालेको बताइन्छ । तर यि चाहिँ पुष्टि भैसकेका तर्क होइनन् । भलै, यसको संभावना भने छ ।

खाडीमा नेपालीको बिस्कुन, कता गयो दूतावास ? कहाँ छन् नेता ?




saudi-arebiyaयति खेर खाडीको टन्टलापुर घाम । तापक्रम चालिस डिग्री भन्दा माथि छ । सडक पग्लेको छ । हिड्दा च्याप्प च्याप्प लाग्छ अलकत्रा जुत्तामा । एयर कन्डिशन नभै त्यहाँका मानिस एक मिनेटपनि बस्न सक्दैनन् । तर त्यहि ४५, ५० डिग्रीको धुपमा नेपाली कामदारहरुको यसरि बिस्कुन लागेको छ । यो बिस्कुन सुकाए झैं बसेका नेपाली खुला जेलमा हो । जसलाईउनीहरु खुला पार्कपनि भन्छन् । यि नेपाली स्वदेश फर्किन नपाएर यसरि घाममा पिल्सिएर बसेका हुन् जेलमा । साउदी अरबमा जेलनेल भोगेका नेपालीहरुको बिस्कुन हो यो । उद्दारकालागि बसेका । तर यिनको नाममा कमिशन खाने सरकार कहिँ कतै छैन । दुतावासले यस्तै सास्ति भोगेका नेपालीको कागज बनाउँदापनि घुस लिने गरेको छ । त्यहिँका दलालहरुसित मिलेर । एन आर एन साउदी अरेबियाले केहि गरेको छैन भन्न मिल्दैन । तर उसको बुताले भ्याउने भन्दा धेरै छन् सहयोगको याचना गर्ने नेपाली । अनि कसरि सकोस् ?
लुकेर बसेका, लुकेर काम गरेका नेपाली धेरै थिए, छन् अझै त्यहाँ । सरकारले यिनलाई बिभिन्न समयमा जेल नेलको सजायँ दियो । अहिले आम माफिको घोषणा गरेका बेला यि नेपाली स्वदेश फर्किनकालागि कागज मिलाउने र बिमान टिकटकालागि याचना गरिरहेका छन् । तर यिनलाई कमिशनको चक्करमा साह्रै दुख दिने गरिएको छ । सरकारले दिएको सुबिधा लिन यिनलाई घुस नदिए झुलाउने गरिएको छ ।
त्यसरि झुलाउनेमा हाम्रै दुतावासका ठग कर्मचारिहरुकोपनि संलग्नता छ । त्यसका बिरुद्द त्यहाँका नेपालीले पटक पटक आवाज उठाएका छन् । तर ठगहरुको धन्दा चलिनैरहेको छ । नेपालीले दुख र सास्ति खेपिनैरहेका छन् । हाम्रा नेताहरुलाई बिदेशीको पाउमा ढोग्नै फुर्सद छैन । अहिलेको कठपूतली सरकारलाई यस्ता कुरामा खासै गम्भिरता छैन । दलका नेतालाई भोट चाहिएको छ । तर खाडिबाट भोट झर्दैन, किन वास्ता गर्ने ? किन दबाब दिने ? दुतावासलाई कमिशन मिलेकै छ, के को हतार ? एक त दूतावासमै यसैपनि कर्मचारी कम छन् । भएकालेपनि कमिशनको सोझो गरिरहेका छन् ।
यि मध्ये थुप्रै नेपाली खान नपाएर भोकै छन् । कोहि गम्भिर बिरामी परेका छन् । धेरैलाई निराशा र नैरश्यताले गाँजेको छ ।। ति कहिले नेपाल जान पाइएला भनेर महिनौं देखि खुला आकाशमा यसरि भोकै र निन्द्रै बसेका छन् । तरपनि यो संवेदना, यो दुख र सास्तिले घोच्नुपर्ने, छुनुपर्नेलाई छोएको छैन । एन आर एन साउदी अरेबियाले सकेको गरेको छ । तर त्यहाँ यति धेरै नेपालीको बिस्कुन छ कि एन आर एनले सबैलाई सहयोग गर्न सक्ने हैशियतनै छैन ।
पहिले कमिशन खुवाएर यि बिदेश हिँडे । दलाललाई मोटा बनाए । सरकारलाई कमिशन दिए । अहिले फेरि कमिशन दिएर फर्किन खोज्दै छन् । तैपनि यिनलाई समयमै फर्किन ब्यवस्था मिलाउन सरकार गम्भिर छैन । लाज नभएको सरकार, डकैत नेता र घुसखोर दुतावास न हो, मरे भने लासपनि कमिशन  खाएर ओसारौंला भन्दै बसेको प्रतित हुँदै छ ।

फेवातालको आँगनमा लै लै जलकुम्भी छायाँ ! (फोटो फिचर )

    चौरीजस्तो देखिन थाल्यो फेवाताल
नविन अर्याल
१३ साउन, पोखरा । पोखरालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्य बनाउन फेवातालको ठूलो भूमिका रहेको छ । फेवाताल हेर्न र डुङ्गा सयर गर्नकै लागि वर्षेनि लाखौं स्वदेशी तथा विदेशी पर्यटक पोखरा पुग्ने गर्छन् । यही तालका कारण पर्यटन व्यवसायीहरु मालामाल भइरहेका पनि छन् । तर, यतिबेला नेपालको पर्यटन क्षेत्रको मुटु मानिने फेवाताल अतिक्रमण हुँदै हराउन थालेको छ ।
अहिले फेवाताल जलकुम्भी झारले छोपिएको छ । जलकुम्भीले ढाकिएपछि फेवाताल पुग्ने पर्यटक ताल हो कि चौर हो भनेर झुक्किन थालेका छन् । फेवातालबाट धेरैले लाभ लिए पनि यसको संरक्षणतर्फ कसैको ध्यान पुग्न सकेको छैन । पोखराको पर्यटन व्यवसाय यही फेवातालका कारण धानिए पनि यसको संरक्षणमा पर्यटन व्यवसायीसमेत पन्छिँदै आएको स्थानीयवासी गुनासो गर्छन् ।1
स्थानीय जानकारका अनुसार फेवा तालको संरक्षण गर्ने भनेर १२/१५ वटा संस्थाहरु दर्ता भइसकेका छन् । ती संस्थाहरुले फेवातालको संरक्षण गर्ने भन्दा पनि आफ्नो गोजी भर्ने काममा केन्दि्रत भएको उनीहरुको गुनासो छ । फेवाताल संरक्षणका लागि विभिन्न स्वदेशी तथा विदेशी दाताहरुबाट लाखौं रुपैयाँ आउने भए पनि उक्त पैसा फेवातालसम्म आइनपुग्ने नाम नबताउने सर्तमा एक डुङ्गा व्यवसायीले अनलाइनखबरसँग भने ।
फेवाताल संरक्षण गर्ने नाममा स्थापित संस्थाहरुले सरसफाइ नगरेपछि शनिवार विभिन्न संघ-संगठन र सुरक्षाकर्मीले फेवातालको जलकुम्भी झार फाल्ने काम गरेका छन् । रेवन पोखरा नामक संस्थाको सक्रियतामा नेपाली सेना, नेपाल प्रहरी, आमा समूह, पोखरा होटल संघलगायतले फेवातालको सरसफाइ गरेका हुन् ।
सरसफाइमा प्रहरी नायव महानिरीक्षक, प्रहरी उपरीक्षक, कलाकार, पर्यटन व्यवसायी, पत्रकारलगायत स्थानीय बासिन्दाहरुको सक्रिय सहभागिता रहेको थियो ।
हेर्नुहोस् सुन्दर फेवातालको हालत
2
3
4
5
6
8
9
10
11
12
13
14
15
16
17

Saturday, 27 July 2013

यी हुन् ‘मेड इन माओवादी’ युवती !

बिहे पनि नगर्ने, राजनीति पनि नछाड्ने

onlinekhabar.com
१२ साउन, काठमाडौं । ‘ब्वाइज कट’ कपाल । पहिरन पनि ठ्याक्कै पुरुषकैजस्तो । आँखामा चश्मा, कम्मरमा झोला भिरेर काठमाडौंमा गल्लीमा ओहोर-दोहोर गरिरहने यी युवती पक्का ‘मेड इन माओवादी’ हुन् । सत्र वर्षकै उर्जाशील उमेरमा झापाको धरमपुरबाट माओवादी प्रभावमा परेर यिनी काठमाडौं भासिएकी हुन् । यिनलाई चैते माओवादी भन्नै मिल्दैन । किनभने, यिनले नेपाली सेनाको भैरबनाथ गणमा चरम यातना पाउँदा शरीर थिल्थिलोमात्रै भएन, उनैका शब्दमा भन्नुपर्दा महिलाले नगुमाउनुपर्ने चिजसमेत उनले गुमाइन् ।
Bhawana-bidhoriउनी काठमाडौं पसेको १५ वर्ष बितिसकेको छ । यसवीच उनले सेनाको भैरबनाथ गणको कहर काटिसकेकी छन् । सेन्ट्रल जेलको हावासमेत खाइसकेकी छन् । ०५४ मा झापामा विद्यार्थी जीवनबाट माओवादीमा प्रभावित बनेकी यिनको नाम हो भावना विद्रोही ।
यिनी ६ वर्षयता एउटा साप्ताहिक पत्रिकाको सम्पादकसमेत बनेकी छन् । आफ्नो ‘ब्ल्याक एण्ड ह्वाइट’ पत्रिकाको उनी एक्ली सारथी हुन् । बजारमा खासै नचले पनि उनको ‘नयाँ विद्रोह साप्ताहिक’ पत्रिका प्रेस काउन्सिलको वर्गीकरणमा भने परेको छ र राज्यबाट केही सहुलियत पनि पाउने गरेकी छन् ।
तर, भावना यतिबेला पत्रिकाको सम्पादकमात्रै हैनन्, आफैंले एउटा माओवादी पार्टी स्थापना गरेर मोहन वैद्य नेतृत्वको ३३ दलीय गठबन्धनको शीर्ष बैठकमा पनि जान थालेकी छन् यिनी । यिनको पार्टीको नाम हो- नेपाल सर्वहारा कम्युनिष्ट पार्टी -माओवादी) । यो पार्टीको अध्यक्ष ‘युद्ध सिंह’ नामक महिला रहेको उनको दाबी भए पनि ३३ दलको बैठकमा पार्टी प्रमुखको हैसियतले उनी आफैं सहभागी हुन्छिन् । उनको भनाइ छ, ‘वैद्यको ३३ दलीय मोर्चामा म एक्ली महिला हुँ ।’ आफ्नो पत्रिकालाई उनी सर्वहारा पार्टीको मुखपत्र भन्न रुचाउँछिन् ।
भावना कसरी मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चामा पुगिन् भन्ने सन्दर्भ पनि रोचक छ । आफ्नो पत्रिकालाई अन्तरवार्ता लिन मोहन वैद्यसमक्ष जाने क्रममा उनले आफूसँग पनि पार्टी रहेको बताएकी हुन् । र, त्यही क्रममा उनको पार्टी ३३ दलीय मोर्चामा सामेल भयो ।
त्यसो त एकपटक उनी आफू एमाओवादी भैकन पनि पार्टी प्रवेश कार्यक्रममा -राष्ट्रिय सभागृहमा) प्रचण्डका हातबाट टीका लगाउनसमेत पुगेकी थिइन् । ‘आफैं माओवादीमा लागेर जेलनेल भोगेको मान्छे, फेरि किन प्रचण्डको हातबाट टीको लगाएको ?’ यस्तो प्रश्न गर्दा भावनाको जवाफ छ, म राममान श्रेष्ठ र शक्ति लम्सालहरुको मोर्चामा पनि बसेकी थिएँ, त्यसैले शान्ति प्रक्रियामा आएपछि ०६३ सालतिर उहाँहरुलाई पार्टी प्रवेश गराउँदा मैले पनि टीको लगाएकी हुँ ।’
कसले बनायो भावनालाई यस्तो ?
माओवादी जनयुद्धले किशोर किशोरीहरुको सपना र जीवनको मोडलाई कसरी लथालिङ बनाइदियो भन्ने एउटा कहालीलाग्दो वर्तमानको चश्मदीत साक्षी हुन् यी अविवाहित ३२ वर्षीया युवती ।
समाजवाट विभेदको अन्त्य गर्न भन्दै यिनी ‘लभ’ गरिहिँड्ने उमेरमै माओवादी बनिन् । तर, बिचरी अहिले कर्हीँ, कतैबाट विभेदको शिकार भएकी छन् भने सबैभन्दा बढी स्वयं माओवादीबाटै विभेद र बहिस्करणमा परेकी छन् । अचेल माओवादीहरु नै यिनको नाम लिँदा नाक खुम्च्याउँछन् र यिनलाई अत्यन्तै हेय दृष्टिले हेर्छन् ।
यी युवतीको मनोदशामा सिंगै माओवादी जनयुद्धको मनोवैज्ञानिक परिदृश्य झल्किरहेको छ, पानीचित्र जस्तै । कति होलान् भावनाजस्तै परित्यक्त माओवादी युवायुवतीहरु ? जसले आफ्नो जीवनको महत्वपूर्ण उर्जा जनयुद्धका लागि खर्च गरेर अहिले पार्टीभित्रैको शरणार्थी बन्नुपरेको छ ।
झापामा विद्यालय पढ्दा पढ्दै यिनी जनादेश साप्ताहिक पढेर माओवादी भएकी हुन् । विद्यालयको पठाइपछि आफूले सीएमए पढेको उनी बताउँछिन् । माओवादीको भुत नचढेको भए यिनी स्वास्थ्यकर्मी बन्ने थिइन् । यतिखेरसम्म उनको विवाह पनि भैसक्थ्यो । ‘मलाई बेलायत जाने अवसर पनि आएको थियो, तर मैले पार्टीका लागि यो अवसर पनि त्याग गरें ।’ उनी भन्छिन्, -विपीन भण्डारी र पूर्ण पौडेल -जो दुबै शहीद बने) दाइहरुले विदेश जानु हुँदैन भन्नुभयो, मैले मानें ।’
वैद्यसँग पनि असन्तुष्ट
भावनाको दृष्टिकोणमा प्रचण्ड नेतृत्वको एमाओवादी पार्टी त पूरै संशोधनवादी र गद्दार भैहाल्यो, तर मोहन वैद्यले पनि ज्ञानेन्द्रसँग साँठगाँठ गर्ने भनेकोमा उनको आपत्ति छ । ‘त्यही ज्ञानेन्द्रविरुद्ध लड्ने क्रममा हामी यस्तो भयौं, अहिले त्यहीसँग घाँटी जोड्ने ? यी वैद्य पनि खत्तम रहेछन् । यस्तै हो भने वैद्यलाई पनि छाडिन्छ ।’
जनवाद नआउञ्जेल राजनीति छाडिँदैन
प्रचण्डको पनि विरोध गर्ने, वैद्यको पनि विरोध गर्ने, अब किन राजनीति गरिरहनुपर्यो, चटक्कै छाडेर अरु नै पेशा गर्ने, विवाह गर्ने र नयाँ तरिकाले जीवन बिताए हुन्न ? ‘अनलाइनखबरको प्रश्नमा आफूलाई पक्का माओवादी धातुबाटै बनेको पुष्टि गर्दै उनले भनिन्- ‘मेरो आफ्नै पार्टी छँदैछ नि । अहिलेसम्म राजनीतिमै लागेर यस्तो भइयो, यो नाफाको जीन्दगीलाई अब राजनीतिमै बिताइन्छ । नयाँ जनवादी क्रान्ति सफल नहुञ्जेल राजनीति छाडिँदैन ।’
‘अहिले पनि आमाले झापा आइज, एउटा मेडिकल पसल खोलिदिन्छु भन्नुहुन्छ, तर मलाई पटक्कै मन छैन ।’ भावना भन्छिन्- ‘यो भैरबनाथबाट उम्किएको यो नाफाको जीन्दगी हो, ३० वर्ष काटिहालियो, अब राजनीति गरेरै बाँकी जीवन बिताइन्छ ।’
‘विवाह नगर्ने ?’ यस्तो प्रश्न गर्दा उनको जवाफ छ, ‘विहा गर्ने उमेरमा पार्टी भनेर हिँडियो, अहिले त मनै लाग्दैन ।’
‘जनयुद्धकालमा पाएको दुखबारे संस्मरण लेखे पनि त हुन्थ्यो होला नि ?’ उनको जवाफ छ,’सेनाले दिएको यातनाले हातका नशाले लेख्नै मिल्दैन, पत्रिकाको काम त आफूले भनेर अरुलाई लेख्न लगाउने हो । पहिले मान्छे कुट्दै हिँड्न सक्ने ज्यान अहिले त कसैले कुट्यो भने पनि चुप लागेर सहनुपर्छ ।’

चीनमा सरकारी भवन निर्माणमा प्रतिबन्ध

बैइजिङ, साउन ९(एजेन्सी)–चीनमा सरकारी भवन निर्माणमा प्रतिबन्ध लगाइएको छ । अनावश्यक खर्च रोक्न चीन सरकारले सरकारी भवन निर्माणमा प्रतिबन्ध लगाएको हो । राष्टपति सी चिन फिङ्गले सत्तारुढ कम्युनिष्ट पार्टी भ्रष्टाचार नियन्त्रण गरिरहेको छ र सार्बजनिक खर्चमा अपव्यय गरिरहेको छैन भनी प्रमाणित गर्न नयाँ सरकारी भवन निर्माणमा रोक लगाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । तालिम केन्द्र र होटल जस्ता महंगा संरचना निर्माणमा पनि प्रतिबन्ध लगाइएको समाचारमा उल्लेख छ । आर्थिक स्रोत अभाव भएको आन्हुई प्रान्तको स्थानीय सरकारी कार्यालय भवन अमेरिकी रक्षा मन्त्रालय पेन्टागन भन्दा पनि ठूलो भएको र जियाङ्सी प्रान्तको यान्त्रिक घडी भवन निर्माणमा चार करोड ५० लाख अमेरिकी डलर खर्च भएको खबर सार्बजनिक भएपछि सरकारको विरोध भएको थियो । राष्ट्रपतिले सीले सबै तहका भ्रष्टाचारमाथि कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।