पृथीछक बुढा मगर (ग्लोभिभोना)
हाम्रो दक्षिण तर्फको ठुल्दाई निकै चिन्ता ग्रस्त भएको छ । आफु भन्दा सानो र कमजोरलाई हेप्न जति सजिलो हुन्छ त्यति सजिलो हुदैन अरुको हेपाहा खप्नलाई । अहिले भारतले विचार गरिरहेको छ कि ? नेपालको भुमिमा हजारौ हेक्टर कव्जा जमाउदा भारतको अभिमान निकै चुलियो होला जति चिनिया जनमुक्ति सेनाले आफ्नो भुमि कव्जा गर्दा आफ्नो स्वाभिमान झुकेको अनुभूति गर्दै छ । ठिक त्यहि तरिकाले हाम्रो स्वाभिमान झुकेको छ । भारत अहिले निकै चिच्याई रहेको छ स्वाभिमानको पिडामा । तर केहि गर्न सकिरहेको छैन बिचरा । जसरि भारतले नेपालको भूभाग कव्जा जमाउदा नेपाल चुप थियो । कसैले पनि शक्तिको, सामर्थ्यको घमण्ड नगर्दा राम्रो । किन भने शक्तिको पनि अर्को महा शक्ति जन्मिन्छ । भारत आफुलाई महा शक्तिको रुपमा चित्रण गर्थ्यो । आफ्नो वरपरका छिमेकीहरुलाई कहिलै छिमेकीको रुपमा स्वीकार गरेन । उसले केवल ठुल्दाई नै सोचिरह्यो । भारतलाई राम्रैसंग थाहा छ, चिन विश्वको यस्तो राष्ट्र हो जसले आफुलाई अन्तरिक्ष युद्द गर्न तम्तयार रहेको छ । यो शक्तिसंग जुद्दन भारत असमर्थ छ । त्यसैले अहिले उ चिच्याइरहेको छ । यदि पाकिस्तान र नेपाल जस्ता आफु भन्दा कमजोर देशहरुले भारतको सिमाना मिच्ने हो भने युद्दको स्थिति सिर्जना हुन सक्ने थियो । तर भारतको लड्ने क्षमता छैन चिनीया सेनासंग । एउटा स्वातन्त्र देशको सिमाना मिच्ने कुनै पनि पक्षमा नेपाल छैन । भारतीय भुमि मिचिनु नेपालको लागि कुनै खुसीको कुरा होइन । हामि नेपाली त्यसमा दुखि नै छौ । कुरा यति मात्रै हो कि नेपालको भुमि मिचिदा जसरि नेपाली मन रोएको छ त्यसरी चिनिया सेना द्वारा भारतीय भुमि मिचिंदा भारतीय मन रोएको छ कि छैन ?
No comments:
Post a Comment