www.maikot.com
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चर्चित डकुमेन्ट्री जर्नी टु यार्साको डिभीडी सार्वजनिक भएको छ । डकुमेन्ट्रीकी मुख्य पात्र पुनिमाया कामी र उनका श्रीमान रामलाल कामीले शुक्रबार उक्त डकुमेन्ट्रीको डिभीडी राजधानीमा सार्वजनि गरे ।
नेपाल पर्यटन बोर्डको सभाकक्षमा भएको विमोचन कार्यक्रममा ओ.सि.सि.डी नामक गैरसरकारी संस्थाका महासचिव चिरञ्जीवी श्रेष्ठले पुनिमायाका दुई छोरा छोरीको पठनपाठन र बस्ने व्यवस्था संस्थाले गरिदिने जानकारी समेत गराएको छ । काठमाडौँ म्युजिक सेन्टरले बजारमा ल्याएको डिभीडी विमोचन समारोहमा यस डकुमेन्ट्रीकी प्रोड्युसर दिसु भण्डारी मानन्धर र अंग्रेजी स्क्रीप्ट राईटर हिन्दु संस्कृति कार्कीलाई सम्मान गरियो ।
कार्यक्रममा वरिष्ट नाटककार अशेष मल्ल, फिल्म साउथ एसियाका अध्यक्ष कनकमणी दीक्षित, पुर्व मन्त्री जनार्दन सर्मा, एकीकृत माओवादीका विदेश विभाग प्रमुख राम कार्की र नेपाल पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारीले जोर्नी टु यार्र्साले पाएको सफलता सँगै रुकुम जिल्लालाई स्वदेश तथा विदेशमा चिनाउन उल्लेख्य भुमिका निभाकोमा धन्याद प्रकट गरेका थिए । साथै यार्सा गुम्बा पर्यटनको सम्भावना बारे समेत कार्यक्रममा अन्तरकृया गरिएको थियो ।
अमेरिकाको न्यु योर्क डकुमेन्ट्री फिम फेष्टिवल, ताम्पेरे फिल्म फेष्टिवल फिनल्याण्ड, डक प्वाईण्ड हेलसिनकी, वान्सो ईनटरनेसनल माउण्टेन फिल्म फेष्टिवल बुल्गेरीया, अल जजीरा अन्तराष्ट्रिय डकुमेन्ट्री फिल्म फेष्टिवल, कतार, फिल्म साउथ एसिया, किम्फ लगायत एकदर्जन अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा प्रदर्शनका साथै आधा दर्जन भन्दा बढी अन्तराष्ट्रिय अवार्ड जितिसकेको छ ।
हालसम्म विभिन्न संघसंस्थाले च्यारिटी शो मार्फत झण्डै १८ लाख भन्दा बढी रकम संकलन गरेर सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आईरहेका छन भने रुकुमको मैकोट गाउँको पुठा हिमाल उच्च माविको लागि एकलाख पाचास हजार रुपैयाँ प्रदान गरिएको छ । पछिल्लो समय घुम्ती किम्फ अन्तरगत पुर्व र पश्चिम नेपालका १० जिल्लामा प्रदर्शन भइरहेको र यो अवधिमा मात्रै ३० हजार भन्दा बढी मानीसहरुले ले जर्र्नी टु यार्सा हेरिसकेको जानकारी दिइएको छ ।
सुरविन्द्रकुमार पुन
surbindra@gmail.com
surbindra@gmail.com
No comments:
Post a Comment