पृथीछक बुढा (ग्लोभिभोना)
दुई शताव्दी भन्दा वढी समयसम्म एकात्मक राज्य प्रणाली द्वारा उत्पीडित आम नेपाली जनता तिब्र परिवर्तन चाहन्थे । आफ्नो हातमा जवरजस्ती कसिएको अन्यायको साङ्लो र बलजफ्ती आफ्नो वर्ग र आस्था माथि, साँस्कृतिक र पहिचान माथिको वारम्वार विभिन्न तत्वहरु द्वारा विभिन्न वाहनामा गरिएको प्रहारवाट मुक्त हुन चाहन्थे । त्यही मुक्तीको आकाङ्क्षाले विभिन्न समयमा हुने आन्दोलन र प्रतिरोधहरुमा जनताले भाग लिए । जनताको तागतवाटै विभिन्न समयमा ठुल्ठुलो परिवर्तनहरु भए । चाहे त्यो २००७ साल भन्दा पहिलेको आन्दोलन होओस, चाहे त्यो २०१७ साल तिरको आन्दोलन किन नहोओस । चाहे त्यो २०४६, २०५२, २०६२/६३ तिरकै आन्दोलनकै सिलसिलामा नै किन नहोओस, जनताले धेरै रगत बगाए । जनताहरुको रगत र पसिनाबाट धेरैले सत्ता प्राप्त गरे । धेरैले अकुत सम्पति जोडे । धेरैले सिद्दान्त तोडे । धेरैले वाचा तोडे । धेरैले जनतालाई विर्सिए ।
ईतिहासको त्यो महान लक्ष र लक्ष कार्यन्वयनको त्यो आंधिमय मुल्यवान समयलाई फर्केर हेर्दा जसले पनि त्यो सजिलै भन्न सक्दछ कि ति समयहरुमा नेताहरुले जनतालाई वांडेका सपनाहरु सिर्फ धोका थिए । त्यो अहिले आम नेपाली जनताले वल्ल वुझिसकेका छन् । १० वर्ष जनयुद्द लडेको एक क्रान्तिकारी पार्टी तत्कालिन नेकपा माओवादी जो जनताले आशा गरेको एक मात्र पार्टी थियो । जसबाट मात्रै उनीहरुको जीवनस्तरमा परिवर्तन आउन सक्ने कुरामा जनता विस्वस्त थियो । फलत: पुराना संसदवादी दलहरु जो ईतिहासमै असफल सावित भएका छन् ति दलहरुलाई तिरस्कार पूर्ण तरिकाले पराजित गरेर नेपाली जनताले माओवादी पार्टीलाई देशको सबभन्दा ठुलो शक्तिशालि पार्टीको रुपमा निर्माण गरे । तर विडम्बना भन्नै पर्छ, जनताका आधारभूत कुराहरुसंग सम्बन्धित विषयहरु गौण बन्दै गए । कुरो त्यो पनि भन्न सकिन्छ कि प्रतिक्रियावादीहरु तथा विदेशी दलालका घरेलु प्रतिक्रान्तिकारी तत्वहरुको षड्यन्त्रले माओवादी पार्टीलाई जनताको विचवाट पूर्ण रुपमा सिध्याउन चाहन्थे । समाप्त गर्न चाहन्थे । त्यो षड्यन्त्रको फलस्वरुप माओवादीले जनताको चाहना अनुरुपको काम गर्न सकेन । त्यसमा नेपालका ठुल्ठुला मेडिया हाउसहरुले पनि खुलेरै समर्थन गरे प्रतिक्रियाबादीहरुको हर्कतहरुलाई । यो कुरो सत्य हो । घरेलु प्रतिक्रियाबादीहरुले माओवादी पार्टीलाई जमेरै हमला गरेका हुन् । त्यो हमलावाट पार्टी नेतृत्वले आफ्नो वर्गीय स्वार्थको रक्षा गर्दै आम जनतालाई संघर्षको लागि आवहान गर्नु थियो तर नेतृत्वको खुट्टा कमायो । विचार बदल्यो । जनतासंग गरेको वाचा बिर्सियो । आत्म स्खलन भयो । अन्तत: नेतृत्व अभिजात बर्गमा पतन भयो । एक नव पुँजीपति र व्यावसायिक घरानामा पतन भयो पार्टी ।
पार्टी नेतृत्वको आत्म समर्पण प्रति असन्तुस्त भएका क्रान्तिकारी हिस्साहरुले दुई लायन संघर्ष
चलाए पार्टी भित्र । तर नेतृत्व पूर्णत: अभिजात बर्गमा फसिसकेको कारणले त्यो दुइलायन संघर्षले काम गरेन । क्रान्तिकारी शक्तिहरुले निस्चय गरे "क्रान्ति सम्पन्न गर्नको लागि क्रान्तिकारी पार्टीको आबश्यकता पर्दछ" । पार्टी पुनर्गठनको प्रक्रिया अघि बढ्यो । संसोधनवादी तथा आत्म समर्पणवादीहरुसंग प्रत्यक्ष सम्वन्ध विच्छेद गरेर नयाँ रुपमा क्रान्तिकारी पार्टी जन्मियो देशमा । अहिले एकीकृत माओवादी पार्टीका नेतृत्व पङ्तीवाट कुरा वाहिर आउछ वेलावेलामा, कि नयाँ जनवादी क्रान्ति सम्पन्न भईसकेको छ । त्यसैले नयाँ जनवादी क्रान्तिको आवस्यक्ता छैन । कति भयानक आत्म समर्पणवादको पराकाष्ठ हो त्यो । नौलो जनवादको वकालत गर्ने विचार समूह र नौलो जनवादको अस्तित्व खतम भैसकेको भन्ने विस्वास गर्ने विचार समूह बिच अन्तर संघर्ष चलिरहेको तत्कालिन माओवादी पार्टी विभाजित हुनु अनिवार्य भयो । यहि कुरावाट बुझ्न सकिन्छ कि पार्टीमा कति बैचारिक खाडल परिसकेको थियो भन्ने कुरा ! यहि बैचारिक धुर्बिय खाडलको फलस्वरुप पार्टी विभाजन भयो । तर त्यो विभाजन नभएर क्रान्तिकारी पार्टीको पुनर्गठन र संशोधनवादीसंगको सम्वन्ध बिछोड थियो । जुन एक क्रान्तिकारी पार्टीको लागि आवस्यकता पनि थियो ।
जनवादी क्रान्ति सम्पन्न भएको वा भईनसकेको कुराको निक्योर्ल गर्न जनताले यति मात्रै वुझ्दा काफी हुन्छ कि, अहिले राज्य सत्ता कस्को हातमा छ ? कसको वर्गीय स्वार्थ अनुरुप सत्ता चलिरहेको छ ? न्यायिक मामिला कसले कब्जा गरेको छ ? सैनिक नेतृत्व कसको काँधमा छ ? कर्मचारी तन्त्र कसको पोल्टोमा छ ? राष्ट्रिय स्वाधीन प्रतिको खतरा कस्तो छ ? यी यावत बिषय बस्तुहरु माथि मुल्याङ्कन गर्दा जनवादी क्रान्ति सम्पन्न भएको भन्ने अभिव्यक्ति मात्र एउटा आत्मसमर्पण भएको पुष्टि हुन्छ ।
पछिल्लो पटक एकिकृत माओवादी पार्टीको अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नु भएको शान्ति प्रक्रिया देखिको १२ कमजोरी मध्ये एक थियो, तत्कालिन प्रधान सेनापति रुक्मांगत कटुवाल माथिको कार्वाही । प्रतिबेदनमा त्यो कदमलाई कमजोरी भएको निस्कर्ष निकालिएको छ । त्यो कति आफैमा विवादास्पद छ । नागरिक सर्बोच्चताको नाममा पार्टी र जनताले गरेको बलिदानलाई अबमुल्य तुल्याईएको छ । आफैले गरेको निर्णयलाई गलत साबित गरिएको छ । कटुवाल प्रकरण गलत थियो भने, नागरिक सर्बोच्चताको नाममा जनतालाई आम हड्तालमा पिल्सिनु बाध्य पार्ने गद्दारहरुलाई अधिकार कसले दियो ? प्रचण्ड यसको जवाफ दिने सक्षम छन् कि छैनन् ? जनताका दुश्मन कटुवाललाई कारवाही गर्नु अत्याबस्यक थियो । त्यसमा पार्टीले गलत गरेको थिएन । तर संशोधनवादीहरुले त्यसलाई गलत रहेको निष्कर्ष निकालेका छन् । आम जनतालाई त डर यस किसिमले भईरहेको छ कि, कतै कुनै दिन प्रचण्डले स्वयम् जनयुद्द लड्नु गलत थियो भन्ने निष्कर्ष पो निकाल्ने हुन् कि ?
अहिले देश दुई खेमामा विभाजन भईरहेको छ । एक खेमा चुनाब गर्नु पर्छ भन्नेमा छ । एक खेमा चुनाव हुनु हुदैन भन्ने पक्षमा छ । मुख्य प्रश्न चुनाव केका लागि ? ६ महिनामा बनाउनु पर्ने संबिधान ५ वर्ष अर्थात् एक कार्यकाल लगाएर पनि बनाउन सकेनन् । अव के को लागि यो चुनाब ? फेरी राष्ट्रको दुकुटि लुट्नको लागि ? अन्य पार्टीको कुरा गर्न ब्यर्थ छ । तत्कालिन माओवादी पार्टीले पुरानो संसदवादी दलहरुसंग सम्बन्ध बिच्छेद गरेर सडकवाटै जनताको संविधान घोषणा गर्न किन सकेन ? अहिले जुन नौटंकी रुपमा चुनाबको प्रचार गरिदै छ त्यो बिदेशी प्रतिक्रियावादीहरुको रवैया मात्रै हो । आम जनतालाई झुट बोल्न फेरी दलहरु गाँउ जादै छन् । जनताले ति अनुहारहरुलाई, ति राष्ट्र घाती, ति लाल गद्दारहरुलाई राम्ररी चिन्नु पर्ने छ । वुझ्नु पर्ने छ कि कसरी नेताहरुले जनतालाई धोका दिदै आईरहेका छन् । पहिले त्यो स्पस्ट गरियोस कि, विकटमा संबिधान सभा भंग किन गरियो ? जब कि अहिले संबिधान सभाकै चुनाबको कुरा गरिदै छ । यो कहिले सफल हुने छैन । तागत छ भने यो कठपुतली सरकारले चुनाबको मिति टोकेर संबिधान सभाको चुनाब सम्पन्न गरोस । यो संबिधान सभामा पनि चहल पहल हुने निश्चित छ । प्रभुहरुको मनोकांक्षा पूर्ति हुने स्थिति भयो भने मात्रै संबिधान जारि हुने स्थिति प्रवल रहेकाले यो हुने भनिएको चुनाबको औचित्य छैन । कुनै न कुनै षड्यन्त्र हुने वाला छ र फेरी बिगतको जस्तै अरबौ रकम रित्याएर जनता कंगाल बनाउने खेल मात्रै भएकाले यो चुनाब जनताले स्विकार्ने छैन । नेताले जनतालाई धेरै भ्रममा पारेकै हुन । चाहे त्यो २००७ साल तिर होस् । चाहे त्यो २०४६, २०५२, अथवा २०६२/६३ तिरकै कुरा किन नहोओस । अब जनता मान्ने अबस्था छैन । मंसिरमा होओस्, असारमा होओसन् यो चुनाब कहिले सफल हुने वाला छैन ।
लेखक
पृथीछक बुढा (ग्लोभिभोना)
नेपाली जनप्रगतिसिल मोर्चा (केन्द्रीय सचिव)
आदिवासी जनजाति युवा परिषद (महासचिव)
No comments:
Post a Comment