यि सर्वहाराबादी नेता पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको राजनितिक सल्लाहकार थिए । उनलाई राज्यले सहुलिय दिँदा अस्विकार गरेका थिए, गाडी र बंगालामा बस्न । त्यसरि हेर्दा उनी कति स्वच्छ ? यस्तै लाग्दो हो धेरैलाई । भट्टराईका राजनितिक सल्लाहकार हुनु अघि यिनको अन्य आम्दानी थिएन । कमाएर थुपार्ने, गाडी किन्न सक्ने हैशियत थिएन । जनयुद्दकाल अघिसम्म यिनलाई कहिलेकाहिँ पार्टीका मनकारिहरुले जुत्ता समेत किनेर दिन्थे । गोजीमा मम खाने पैसो नभएर हुटहुटिन्थे । तर राजनितिक सल्लाहकार बनेपछि गाडी किनेर छोरीलाई उपहार स्वरुप दिन सक्ने हैशियत कहाँबाट भयो ? त्यो रकम कहाँबाट आयो ? कसले दियो ? कुन शर्तमा दियो ? यता राजनितिक सल्लाहकार बनेपछि पाइने सुविधापनि लिन्न भन्ने । उता गाडी उपहार दिन सक्ने । यस्तो कसरि हुन्छ ?
जनआस्था साप्ताहिकले यो बुधाबारको अंकमा देबेन्द्र पौडेलका सपरिवारले कसरि बिदेशमा गएर नयाँ वर्षको पूर्व सन्ध्या (न्यु ईयर ईभ) मनाए भन्ने गज्जबको समाचार छापेको छ । उनीहरुले नयाँ वर्षपनि हङकङ मात्रै घुमेर हो र ? सिंगापुरपनि पुगेछन् । नयाँ वर्षका दिन हङकङ पुगेका उनीहरु त्यहाँबाट सिंगापुर र मलेशिया समेत घुमे । अघिल्लो वर्षको नयाँ वर्षमा छोरीलाई कार उपहार किनिदिएका उनले यो वर्ष बुद्दीजिवी फाँटमा काम गर्ने पत्नी बलावती शर्मालाई लिएर बिदेश शयर गराएका रहेछन् । तर उनले त्यत्रो रकम कहाँबाट आयो ? केहि बोल्ने गरेका छैनन् ।
उनको पार्टीमा उनले भन्दा धेरै मेहनत गरेका, जेलनेल खेपेका नेता र कार्यकर्ता धेरै छन् । कतिले अहिलेसम्म भाँच्चिएको खुट्टोको औषधी गर्न नपाएर बसिरहेका छन् । कतिपय काठमाडौंमा डेरा भाडा तिर्न नसकेर भौंतारिईरहेका छन् । कतिले दिनदिनै खाने र बस्ने नभएर आँशु झार्दै हिँड्ने गरेका छन् । उनको पार्टीले उत्थान गर्छौं भन्दै हजारौंको हत्या हुने जनयुद्द गर्यो । त्यसमा सहयोगि हुने, ज्यान फालेर लाग्ने लाखौं जनताको जनजिवन त दिनदिनै झन कष्टकर बन्दै छ । उनीहरुले उचालेर, सम्झाएर, फकाएर वा परिवर्तनमा आश्वस्त पारेर ज्यान गुमाउने शहिद परिवार त झन दिनदिनै पिडित भैरहेकै छन् । यस्तो अवस्थामा सर्वहारावादी नेताले लाखौं खर्च गरेर बिदेश भ्रमण गर्न के सुहाउँछ ? त्यो रकमको स्रोत के हो ? माओवादी भन्नासाथ सुनपानीले छर्केको सम्झिने, आँखा चिम्लेर समर्थन गर्ने, रातोदिन झण्डा उचाल्नेले यसको सोधखोज गर्नु पर्ला कि नपर्ला ?
जन आस्थामा छापिएको करोडपती सर्वहारा नेताको रामकहानी तल पढ्नुस्
स्वप्ननगरीमा कामरेडको शयर
काठमाडौं । जनताका सच्चा सेवकले छुट्टी भन्दैन, दिन र रात भन्दैन, उमेर र चाहनाभन्दा जनताको सेवा प्यारो मान्छ । तर, यस्तो सर्वहारावादी दर्शनलाई मुलुकको नेता कम्युनिस्ट पार्टी दाबी गर्ने एमाओवादीकै नेताले तिलाञ्जली दिन थालेका छन् । अरुलाई सर्वहारावादी दर्शन घोकाएर नथाक्ने एकजना नेता बुर्जुवाले झैँ नयाँ वर्षको अवसरमा विदेश शयर गरे भनेर अहिले एमाओवादीपंक्तिमा चर्चा छ ।
सरकारबाट बाबुरामको बहिर्गमनलगत्तै थकाइमार्ने र नयाँ वर्ष पनि मनाउने नाममा बाबुरामका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल ‘सुनील’ यसरी परिवारसहित विदेश भ्रमणमा निस्किएका हुन् । कतिपय सहयोगीले नेपाली नयाँ वर्ष आँसुको प्यालासँगै मनाइरहँदा सुनीलले प्रदर्शन गरेको यस्तो विलासी ठाँटबाँठलाई लिएर ती कार्यकर्ता अहिले नेतृत्वसमक्ष प्रश्न गरिरहेका छन्, ‘हाम्रा नेता कांग्रेस–एमालेभन्दा कहाँ फरक भए ?’ सुनीलले नेपाली न्यु इयर इभ (नयाँ वर्षको पूर्वसन्ध्या) मलेसियामा मनाए । त्यहाँका पार्टीसम्बद्ध कामरेडसँग भेटेनन् । पत्नी तथा बुद्धिजीवी फाँटमा काम गर्ने बलावती शर्मा र एक्ली छोरी गरिमा लिएर उनी त्यहाँ पुगेका थिए । स्मरणीय छ, अघिल्लो नयाँ वर्षमा छोरीलाई उपहारस्वरुप उनले छोरीका लागि निजी कार किनिदिएका थिए । त्यही गाडीमा हो, आज–भोलि बलावती र गरिमा पालैपालो गरी हिँड्छन् ।
काठमाडौंबाट मलेसिया पुग्न एक जनाको प्लेन भाडा मात्रै १८ देखि २४ हजार पर्छ । १८ हजारले नै जोड्दा पनि तीन जनाले ५४ हजार खर्च गरी त्यहाँ पुगे । उनीहरूले नयाँ वर्षको पहिलो घाम चीनको स्वप्न नगरी भनिने हङकङमा भेटे । यसपछि उनीहरूको यात्रा तय भयो, सिंगापुरका लागि । गरिमाले त त्यहाँको समुद्रीकिनार पुगी मोडलिङ गर्ने युवतीका जस्ता पोज–पोजका तस्बिर खिचिन् र त्यसलाई आफ्नो फेसबुकको वालमा अपलोड गरिन् । अप्रिल २५, अर्थात् गत बिहीबार समुद्रकिनारमा बसेको फोटो अपलोड गरेकी हुन् । हिजो मंगलबारसम्म उक्त फोटोमा दुई सय १९ लाइक र ५७ कमेन्ट छन् ।
मलेसियाबाट हङकङ र सिंगापुर स्थल र हवाई दुबै मार्गबाट पुग्न सकिन्छ । यसपछि नयाँ वर्षको पहिलो साता सिंगापुर पुगेका उनीहरू केही दिनअघि मात्रै काठमाडौं फर्किएका हुन् । भ्रमण नितान्त व्यक्तिगत थियो । हङकङबाट फर्कंदा प्रतिव्यक्ति २२ हजारका दरले ६६ हजार रुपैयाँ भाडा तिरे । प्रधानमन्त्री छँदा बाबुरामको सहयोगीका रुपमा बालुवाटार बसेका केही कार्यकर्ता घर भाडा तिर्ने पैसा माग्न सानेपा पुग्दा हिसिलाकी एक सहयोगीले ‘के यो राष्ट्रबैंक हो, पैसा बाँड्ने ठाउँ ?’ भन्ने हप्की खाएर फर्किरहेका थिए । ठीक त्यहीबेला हो, सुनीलचाहिँ विदेश शयरका नाममा प्लेन र होटल खर्चमा मात्रै लाखौँ तिर्दै थिए ।
No comments:
Post a Comment