माओवादीले विभिन्न देशको राजदूत बनाउनका लागि पार्टी जीवनमा इतिहास बनाएका राम कार्की (पार्थ क्षेत्री) देखि आफैंद्वारा नै परपुरुषसँग रंगेहात पक्राउ गरिएकी महिलासम्मको नाम सिफारिस गरेको छ । अहिले सम्बन्धित देशको एग्रिमो पर्खिएर बसेकी मायाकुमार शर्मा (कतार) को प्रसंग हो, यो । सरकारी सेवामा २४ (घ) अनुसार बढुवा भई उपसचिव बनेकी मायाकुमारी कृषि विकास बैंकको चितवन शाखा प्रमुख रहेको कुरा त सार्वजनिक भयो, तर उनीजत्तिको कर्मचारीले हत्तपत्त नपाउने राजदूत पद पाउनुको अन्तर्य भने फरक छ । पोहोर मात्र कैलाश चियाका बजार प्रतिनिधि रामप्रसाद चालिसेसँग विवाह गरेकी मायाकुमारी जतिवेला राजदूत सिफारिसमा पर्दै थिइन्, त्यसवेलासम्म बहुविवाहको अभियोगबाट बच्नलाई दौडधुप गर्दै थिइन् । दाङ घर भएका चालिसे छोराछोरीका बाबु हुन्, अघिल्ली श्रीमती पनि साथमै छिन् । सन्तानोत्पादनको क्रम रोक्न श्रीमतीको बन्ध्याकरण गराउँदा पछि पाठेघरमा समस्या आउला भनी आफैँले स्थायी बन्ध्याकरण गरेका चालिसेले श्रीमतीलाई औधि माया गर्थे भन्ने कुरा त यही तथ्यले पनि पुष्टि गर्छ । तर, मायाकुमारीले चालिसेलाई अनेक जुक्ति लगाई आफ्नो वशमा ल्याइन् र पति भनेर चिनाउन थालिन् । चालिसेकी जेठीको कानमा पहिल्यै यो कुरा पुगे पनि पत्याएकी थिइनन् । तर, पछिल्लो केही महिनादेखि चालिसेले जेठीलाई पनि वास्ता गर्न छाडेपछि जेठीतिरका आफन्त बहुविवाहको मुद्दा लगाई चालिसेबाट अंशभोग गराएर पन्छाउने योजनामा थिए ।
यसबाट राजनीतिक नियुक्ति पर्खेर बसेकी मायाकुमारीलाई समस्या पथ्र्यो नै तर, राजदूतमा नाम आएपछि उनी कतार जाने र चालिसे पहिलाकै पत्नीस“ग बस्ने स्थिति बन्यो । बरु, मायाकुमारीको पति हुनुका कारण पाइने सुविधा जेठीपत्नीसँगै सेयर गर्नेसम्मको कुरा दाङतिर चलिरहेको छ । तर, उनी राजदूतमा सिफारिस हुनुसँग यो लफडाको कुनै साइनो छैन । मायाकुमारीका पहिला पति हुन्, भूतपूर्व इन्स्पेक्टर लक्ष्मण बोहरा । उनको ६–७ वर्षअगाडि निधन भइसकेको छ । भ्रष्टाचार मुद्दामा कारबाही भई वर्षौं पहिला जागिर गएका बोहराले मायाकुमारीलाई तेस्रीपत्नीका रूपमा भित्रयाएका थिए । बोहराले मायासँग विवाह गर्नुअघि मायाकै दिदी देवीसँग विवाह गरेका थिए । देवी बोहराकी दोस्री पत्नी थिइन् । तर, केही वर्षअघि निधन भएका एकजना पूर्वसुरक्षा प्रमुखकी कान्छीका रूपमा देवी अमेरिका गइन् । बोहरामाथि यो धोकाको कारण थियो, साली–भेनाको हिमचिम बढ्नु । दिदी देवी हिँडेलगत्तै बोहराले साली मायास“ग विवाह गरे । बोहराकी जेठीपत्नीतर्फका छोरा हुन्, डा.चन्द्रसिंह बोहरा, जो केही समयअघिसम्म महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पस प्रमुख थिए ।
बोहरासँग विवाह भएपछि मायाले आफ्नै उमेरसमानका छोराछोरी पाएकी थिइन्, जेठीतिरकाले ‘आमा’ नै मानिरहेका थिए । बोहराकी जेठीतिरकी छोरी हुन्, गीता । उनले ०६४ सालमा माओवादी नेता लेखराज भट्टका सहोदर भाइ गोकर्णस“ग विवाह गरिन् । शाहीकालमा धनगढीमा ज्ञानेन्द्रको ‘नागरिक अभिनन्दन मूल समारोह समिति’ को सक्रिय सदस्यको भूमिका निभाएकी माया सौतेनी छोरीले माओवादी नेताको भाइसँग विवाह गरेलगत्तै माओवादी भइन् । यही फेरो समाउ“दै अहिले शिक्षाराज्यमन्त्री रहेकी लीला भण्डारीसँग सुमधुर सम्बन्ध बनाइन् । ०६४÷६५ सालतिर उनीहरू महेन्द्रनगरको क्याम्पस रोडमा ओल्लो घर–पल्लो घरमा बस्थे । लीला बस्ने घर अन्नपूर्ण पोष्टका पत्रकार रवि धामीको र पल्लो घरचाहिँ मायाको आफ्नै । त्यसवेलासम्म माया माओवादीकी खाँट्टी नेता भइसकेकी थिइन् । सुदूरपश्चिममा खानेपानीसम्बन्धी काम गर्ने गैरसरकारी संस्था हेल्भेटास नेपालका क्षेत्रीय प्रमुखसँग उनको हिमचिम बढेकोबारे पार्टीमा कुरा पुगेको थियो । मायाले ‘होइन’ भनेर टारिरहेकी थिइन् । तर, एकदिन लीलाले ती पुरुष मायाको कोठामा छिरेको देखिन् ।
उनले नजिकै गएर एकछिन चियो गरिन् । ढोकामा कान थापेर सुनिन् । भित्रबाट आपत्तिजनक प्रतिक्रिया जनिने आवाज आएपछि ढोका ढक्ढक्याइन् । नखुलेपछि लात्तीले हानिन् । ढोका खुल्यो । यत्रतत्र सुकेका कन्डम बरामद भए । उनीहरूचाहिँ आपत्तिजनक अवस्थामा । यसपछि ‘विकृतपूर्ण सांस्कृतिक सम्बन्ध’ को आरोपमा माया पार्टीको साधारण सदस्य पनि नरहनेगरी कारबाहीमा परिन् । तर, उनलाई केही समस्या भएन । किनभने, आफ्ना ‘ठूला ज्वाईँ’ लेखराज भट्ट छँदै थिए । भनिन्छ, ‘ठूला ज्वाई’ लेखराजको उनले धेरै सत्कार गरिन् । माया र सम्मानमा कुनै कमी हुन दिइनन् । त्यही भएर २४ (घ) को बढुवादेखि कतारको राजदूतसम्म भइन् ।
No comments:
Post a Comment