वर्तमान नेपाली राजनीतिको केन्द्रमा जनमुक्ति सेना, नेपालको बारेमा भैरहेको वहसले सबैको ध्यान आकृष्ट गरेको छ । इतिहासको यस संवेदनशील घडिमा पार्टी, पार्टी नेतृत्व, पीएलए र सम्पूर्ण न्यायप्रेमी, मुक्तिकामी नेपालीहरुले यो कटु ज्यूँदो तथ्यबाट शिक्षा लिनैपर्छ ।
स्मरण
श्यामकुमार तामाङ
जनमुक्ति सेनाको अपमान
वि सं २००७ फागुन ४ गते दिउँसो विमानस्थलमा पालैपालो तीन जहाज ओर्लिए। एउटामा दिल्लीबाट राजा त्रिभुवनको परविार फर्केको थियो। अरू दुईवटामा पटनाबाट जनमुक्ति सेनाका कमान्डर र नेपाली कांग्रेसका नेताहरू आएका थिए। विमानस्थलबाटै जनमुक्ति सेनाले नारायणहिटीसम्मै राजालाई 'स्कर्टिङ्' गर्यो, त्यसमा म पनि थिएँ। त्यसबेला म जनमुक्ति सेनाको 'स्टाफ अफिसर' थिएँ। राजा त्रिभुवनलाई नारायणहिटीभित्र पुर्याएर कांग्रेस नेता र जनमुक्ति सेनाका कमान्डरहरू फर्कियौँ र एउटा गम्भीर बैठकका लागि सहिद थीरबम मल्लको कमलपोखरीमा रहेको घरमा पुग्यौँ।
राणाविरुद्धको क्रान्ति सफल भएको निष्कर्षमा कांग्रेसका सबै नेताहरू पुगेका थिए। त्यसैले जनमुक्ति सेनालाई विघटन गर्नुपर्ने प्रस्ताव पार्टी सभापति मातृकाप्रसाद कोइरालाले राखे। उनी जनमुक्ति सेनाका 'सुपि्रम कमान्डर' थिए। जनमुक्ति सेनाका मुख्य कमान्डर पुरनसिंह ठाकुर र उपकमान्डर ज्ञानबहादुर -जीबी) याक्थुम्बाले मानेनन्। लामै छलफल भयो। भारतको 'आजाद हिन्द सेना' भारतीय सेनामा नगाभिएकोदेखि रसियामा 'लाल सेना' आफैँ राष्ट्रिय सेना बनेको प्रसंग उठ्यो। किनभने, त्यो जनमुक्ति सेनाले जितेका बेला थियो। अन्त्यमा, बीपी कोइरालाले राखेको अर्धसैनिक रक्षा दल बनाउने प्रस्तावलाई सबैले स्वीकारे। यसरी देशै कब्जा गर्ने स्िथतिमा पुगेको जनमुक्ति सेना रक्षा दलमा सीमित हुनपुग्यो।
वास्तवमा राणाशासनविरुद्धको सशस्त्र संघर्ष बेग्लै ढंगले अघि बढेको थियो। जनमुक्ति सेनाले उपत्यका कब्जा गर्न मात्र बाँकी थियो। त्यो पनि युद्धविराम नभएको भए सहजै सम्भव थियो। पश्चिमबाट त्रिशूलीसम्म र पूर्वबाट धुलिखेलसम्म एक बि्रगेड जनमुक्ति सेना पुगिसकेको थियो। तीन महिनाको छोटै समयमा संघर्ष उत्कर्षमा पुगेको थियो। जनमुक्ति सेनासँग के थिएन ? लामो दूरीसम्म प्रहार गर्ने तोप र ट्यांकहरू हामी आफैँले बनाएका थियौँ। थ्री इन्च मोर्टार, टू इन्च मोर्टार, ब्रेनगन, स्टेगन, राइफल प्रशस्त थिए। विराटनगर जुटमिलको वर्कसपमा हतियार बनाइन्थ्यो। बर्माको हातहतियार कारखानामा काम गरेको अनुभव भएका फत्तेहबहादुर नेपाली रातदिन लगाएर नयाँ-नयाँ हतियार तयार पार्थे। उनी ठूलै वैज्ञानिक थिए।
जित्दै अघि बढेको कांग्रेसका लागि युद्धविराम गर्नुपर्ने कुनै आवश्यकता थिएन। केआई सिंह त्यही युद्धविरामप्रति असहमत भएर पार्टीबाट अलग्गिए। राणा पक्षीयभन्दा शक्तिशाली जनमुक्ति सेनाको भरमा कांग्रेसले ठूलै आँट गर्न सक्थ्यो। तर, नेपालजस्ता साना देशका लागि छिमेकीको भूमिकाले ठूलो प्रभाव पार्ने रहेछ। सन् १९५१ जनवरी ९ मा राजा त्रिभुवन भागेर दिल्ली पुगे। यो घटनालाई कांग्रेसले गम्भीरताका साथ लियो र १० तारखिमा गोरखपुरमा बैठक बोलायो। त्यतिबेला कांग्रेसको मुख्यालय विराटनगरमा थियो। सबै केन्द्रीय नेताहरू बैठकका लागि गोरखपुर आउँदै थिए, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले त्यहाँका डिस्िट्रक कलेक्टरमार्फत तुरुन्त दिल्ली पुग्न खबर पठाए। बीपी, मातृका, सुवर्णशमशेरसहित कांग्रेसका नेताहरू दिल्लीमा त्रिपक्षीय सम्झौताका लागि गए। र, १६ जनवरीमा युद्धविराम घोषणा भयो। त्यो कांग्रेसका लागि बाध्यता थियो। मोहनशमशेरले हरशिमशेरको एकल आयोगको सिफारसिमा गणेशमान सिंह, दिलमानसिंह थापा, केदारमान व्यथितलगायतका २४ जनालाई फाँसीको फैसला सुनाएका थिए। राजाको लालमोहर नलागेर मात्र त्यो रोकिएको थियो। उता, भारतले पनि साथ दिएन। बाहिर प्रजातन्त्रवादी देखिए पनि भारत, खासगरी नेहरू राणाशासनको अन्त्य भएको हेर्न चाहन्नथे। किनभने, उनलाई थाहा थियो, कांग्रेसको सरकार बन्यो भने त्यो राणाहरूको जस्तो जी-हजुरी गर्न आउने छैन।
कांग्रेसले त्यति ठूलो परविर्तन गरेको जनमुक्ति सेनालाई नरशमशेरको मुखमा राखेर छाड्यो र फर्केर हेरेन। एक बि्रगेड रक्षा दलले आफैँले हराएको शक्तिबाट पेलिएर बस्नुपर्यो। तैपनि, जनमुक्ति सेनाले कुनै विद्रोह गरेन। अनुशासित भएर सेवा गर्यो। नेपाल प्रहरीको वर्तमान संरचनाको परकिल्पना रक्षा दलकै अगुवाले गरेका हुन्। जनमुक्ति सेनाका उप-कमान्डर जीबी याक्थुम्बाले प्रहरी संगठनको खाका तयार पारेका थिए। तर, प्रहरी संगठनले जनमुक्ति सेनाको अपमान र बदनाम गर्ने ढंगले प्रचारप्रसार गर्ने गरेको छ। त्यो अपमानका लागि इतिहासका ठूल्ठूला पण्डितहरू पनि प्रयोग भएका छन्। प्रहरी प्रधान कार्यालयले ०५२ सालमा प्रकाशन गरेको पुस्तकमा जनमुक्ति सेनाबारे थुप्रै आपत्तिजनक आरोप लगाइएका छन्। झन्डै ३ सय ४० पृष्ठको पुस्तकमा जनमुक्ति सेनाबारे केही हरफ मात्र लेखिएको छ, त्यही पनि गलत र भ्रामक। 'सच्चा प्रहरीका रूपमा प्रतिस्थापन हुन नसकेको, अधिकांश सदस्य प्रवासी रहेकाले हेलमेल गर्न नसकेको, फाटो ल्याउन खोजेको' जस्ता नकारात्मक टिप्पणी मात्र नभई, 'धेरैजसोको नैतिक आचरण त्यति असल मानिएको थिएन। उनीहरू सुरा र सुन्दरीमा लागेका थिए। प्रवासी भएकाले सामाजिक बन्धन कम थियो। मान्छेहरू राक्षस दल भन्थे'जस्ता गलत, भ्रामक र अपमान गर्ने ढंगको विवरण छापिएको छ। यसले गौरवशाली इतिहासमाथि धावा बोलेको छ। दुःख लाग्छ, त्यस्तो झूटो विवरणका लेखक इतिहासका विद्वान् मानिएका प्रो तुल्सीराम वैद्य, त्रिरत्न मानन्धर र सह-प्राध्यापक भद्ररत्न वज्रचार्य हुन्। पुस्तक लेखनका सहयोगी अहिलेका डीआईजी दिनकरशमशेर जबरा हुन्।
प्रस्तुति : जनक नेपाल
From Nepali national weekly
No comments:
Post a Comment