काठमाडौ, वैशाख १८ - यो विरानो सहरमा भाडा तिर्ने पैसा नहुँदा पत्नीलाई बोकेरै घर फर्कंदै गरेका यि बृद्ध दम्पतीलाई हाम्रा फोटोग्राफरले बालुवाटारमा भेटेका हुन् । कान्तिपुर दैनिकमा बुधबार यी मध्येकै एउटा तस्विर प्रकाशित भएपछि सहयोग गर्न चाहनेहरुले फोन गरिरहेका छन् । तर, फोटोग्राफरले उनीहरुसंग बासस्थान र सम्पर्क गर्ने माध्यम भने भेटाउन सकेनन् । 'मैले उहाँहरुसंग कुरा गर्ने जमर्को गरें, तर धेरै बोल्नु भएन' फोटग्राफर सम्पूर्ण मानन्धरले भने, 'मैले सोध्दा पनि उहाँहरुले बताउनु भएन । भाडा नभएर बोकेरै ल्याएको मात्र बताउनु भयो ।'
बिहानै देखि सोधखोज गर्नेहरुको फोन कान्तिपुर पब्लिकेशन्समा आउने क्रम जारी छ । तर, उहाँहरुको ठेगाना पत्ता नलागेकोले उत्तर दिन सकिएको छैन । कसैले यि बृद्धहरुको बारेमा जानकारी भए कान्तपुर दैनिकमा ४४८०१०० एक्सचेञ्सन १४१० वा सावित्री रजालीको ९८४१७२४३५९ मा जानकारी गराइदिनु होला ।
तस्विरहरु: सम्पूर्ण मानन्धर
No comments:
Post a Comment