Friday, 3 May 2013

जनयुद्धका उपलब्धिहरु सबै समाप्प्त'



from Kshepyatra Weekly
सीपी गजुरेलगौरव सचिवएनेकपा माओवादी
० सेना समायोजनसम्बन्धी नेपाली सेनाले सार्वजनिक गरेको मोडालिटीमा माओवादी सहमत भएको कुरा बाहिर प्रचारमा आइरहेको छ । वास्तविकता के हो बताइदिनुस् न ?
सेना समायोजनबारे सेनाले ल्याएको मोडालिटीसाग मिल्दो जुल्दो मोडालिटी नै पार्टीको बैठकमा बहुमतले पारित गरिसकेको छ । त्यो गलत छ भन्ने लागेर नै हामीले फरक मत दर्ता गराएका हौा । सेना समायोजनसम्बन्धी मोडालिटी सर्वसहमत रूपमा पारित हुन सकेन बहुमतले मात्र पारित भयो ।
० पार्टी भित्रको अन्र्तद्वन्द्धले सेना समायोजन प्रक्रियामा असर पार्ने देखियो नि ?
सेनामायोजनसम्बन्धी मिडालिटी पारित गराउादा अध्यक्षले पार्टीमासेनामा सहमति गराएर मात्र अगाडि बढ्नु पथ्र्य। उहाले त्यसतर्फ केही पनि गर्नुभएको छैन । जसले गर्दा सेना समायोजनको मोडालिटीमा न त पार्टी भित्रको नेतृत्वमा र तल्लो तहसम्म एकमत छ न त जनमुक्ति सेनामा नै एकमत छ । यस्तो अवस्थामा अध्यक्षले सेनासमायोजनको मोडालिटी पारित गरेर अगाडि बढ्नु भएको छ । उहा किन यति धेरै हतारिनु भोत्यो त उहा आपैले जान्ने कुरा । अध्यक्षले जसरी सेनाले अगाडि सारेको सेना समायोजनसम्बन्धी मोडालिटीलाई बहुमतद्वारा पारित गराएर अगाडि बढ्नु भएको छ । यसले राम्रो गरेको छैन ।
० माओवादी पार्टीभित्र देखिएको क्रियाकलापलाई मुल्याङ्कन गर्दै पार्टीका कार्यकर्ताहरु पार्टी फुट्ने भयोपार्टी भित्रै विद्रोह गर्नुपर्ने अवस्था सिर्जना भयो भनिरहेका छन् नि ?
जनयुद्धका महान् उपलब्धिहरु मध्ये आधारइलाका विघटन भएजनसरकारजनकम्युनहरु विघटन भएर जनयुद्धको उपलब्धिमध्येको प्रमुख उपलब्धि जनसेना थियो अब त्यो पनि करिब करिब विघटनको अवस्थामा गइसकेको छ । जनयुद्धका उपलब्धिहरु सबै समाप्प्त हुादैछन् । यसले आम कार्यकर्ता र जनतालाई धेरै चिन्तित बनाएको छ । विद्रोह कहिले गर्नेके गर्ने भन्ने कुरा अहिले नै भनिहाल्ने कुरा होइन ।
० आम नेपालीलाई मुक्ति दिलाउने भनेर लागेको पार्टी आखिर आपैFm संसद्वादी दलमा रूपान्तरित हुन पुग्योउता नेपाली काग्रेसले दाह्रा र नाङ्ग्रा नभएको बाघ जस्तो हामी माओवादीलाई बनाउछौ भन्ने जुन अभिव्यक्ति दिादै आएको थियोत्यो अहिले सत्य सावित हुादै गएको छयस विषयमा पार्टीले के सोचेको छ ?
विश्व कम्युनिष्ट आन्दोलनलाई हेर्दा कुनै क्रान्ति निश्कर्षसम्म पुग्छ र ती नेताहरु महान हुन्छन् । कुनै चाही क्रान्तिलाई बिचैमा छाडेर हिड्ने नेताहरु पनि हुन्छन् । त्यो जनता र क्रान्तिप्रति विश्वासघात हुन्छ । इतिहासमा यस्ता घटना घट्ने गरेका छन् । नेपालमा पनि कतै नेताहरुले जनता र क्रान्तिलाई धोका दिने हो कि भन्ने चिन्ता सर्वत्र देखिएकै छ । 
० अहिले माओवादी कार्यकर्तामा र भातृ संगठनमा अराजकता बढ्दै गएको छˆनै नेताहरुलाई गाली गलौज गर्ने अपमान गर्ने प्रवृत्तिहरु बढिरहेको छतर पार्टी किन यस्तो विषयमा मुकदर्शक बनेर बसिरहेको छ ?
यहा विडम्बना के छ भने संस्थापनापक्षका साथीहरुबाटै त्यस्ता घटना बढि भएको छ । यतिसम्मकी भौतिक रूपमै आक्रमण र कुटपिट गर्ने सम्ममा घटना भएका छन् । हुादाहुादै त्यो बढेर यहाासम्म कि आˆनै पार्टीका उपाध्यक्षलाई धम्की दिएको समेत  सार्वजनिक भएको छ । यो पनि संस्थापन पक्षबाट भएको छ । जसले स्थितिलाई निकै गम्भीर बनाएको छ । पार्टीलाई मिलाएर एक ठिक्का बनाउादै अगाडि बढाउने मुख्यकाम संस्थापन पक्षको हो । तर संस्थापन पक्ष नै कुटपिटमा उत्रनेज्यान मार्ने धम्की दिनेज्यान मार्ने षडयन्त्रसम्म गर्न थालेपछि अनि त्यो पार्टी कसरी एकताबद्ध हुन्छ ? पार्टी एकताबद्ध हुन निकै गाह्रो छ ।
० यही विषयलाई लिएर पार्टीभित्र छुट्टाछुट्टै भेलासम्मेलन हुन थालेकेा छयसले पार्टी विखण्डनको दिशा तर्फ लाग्यो भन्ने पार्टी कार्यकर्ताको आरोप छ नि ?
छुट्टाछुट्टै भेला सम्मेलन त भएका छन् । यस्ता प्रकारको भेला गर्न पाउने गरी हामीले पााच बुादे नियम बनाएका छौा । विचार मिल्नेहरुसाग छलफल गर्न पाइने व्यवस्था त्यहाा गरिएको छ । छुट्टै भेलाहरु नियममा नै रहेर गरिएका छन् । त्यो नियम विपरित छैन ।
० हजारौ सहिदघाइते र वेपत्ताहरुको त्याग संघर्ष र बलिदान जनयुद्धको क्रममा भएको छजनसेनाको भविष्यको कुनै ग्यारेन्टी छैनयस्तो अवस्थामा पद  पैसाको पछाडि पार्टी लाग्नु न्यायसंगत हुन्छ ?
जुन उद्देश्यको लागि त्यत्रा मानिसहरुले वलिदानी दिए त्यो उद्देश्यलाई परित्याग गर्नु विश्वासघात नै हो । सहिद वेपत्ताघाइते योद्धाहरुको सपना माथि तुषारापात गर्ने अधिकार कसैलाई छैन । त्यस्तो हुन आट्यो भन्नेमा हाम्रो गम्भीर चिन्ता रहेको छ । त्यसकारण पार्टीभित्र दुई लाइने संघर्ष चलेको हो ।
० अब जेठ १४ पछिको स्थिति कस्तो रहलाकेही बताइदिनुसन् ?
नेपाली काग्रेसले आˆना मागहरु पूरा गर्न माओवादीलाई दबाब दिन देशव्यापी कार्यक्रम समेत गरिरहेको छत्यो उनीहरुको यो मौकामा फाइदा उठाउने उद्देश्यबाट प्रेरित छ । उनीहरु अन्तिममा संविधानसभाको म्याद थप्न सहमत हुन्छन् । संविधानसभाको म्याद थपिसकेपछि फेरि संविधान निर्माणको प्रक्रिया अगाडि बढ्छ । जेठ १४ पछि तुरुन्तै त्यस्तो कुनै राजनीतिक उथलपुथल हुन्छ भन्ने मलाई लाग्दैन ।
० तपाईंहरुले नै मन्त्रीमा पठाएका व्यक्तिहरुले अहिलेसम्म सपथ लिएका छैनन्उनीहरुले सपथ नलिनुको कारण के हो ?
उहााहरुले दुई ओटा मुख्य कारण देखाएर मन्त्रीको सपथ लिन मानिरहनुभएको छैन । समानुपातिकको नारा ल्याउने हामी तर हाम्रो मन्त्रिमण्डल हेर्दा त्यहा समानुपातिक प्रतिनिधित्व छैन । खासगरी महिला साथीहरुले यो विषयमा आन्दोलन नै उठाउनु भएको छ । एघारजना मन्त्रीहरुमा महिलाको तर्फबाट एक जनाको मात्र नाम रहेको छ । जयपुरी घर्तीजी आफैले मैले त मन्त्री पाएा तर जुन विषयको लागि हामी लडेका थियौ पार्टीबाट त्यसो नभएको हुनाले नैतिक दृष्टिकोणले म सपथ ग्रहण गर्दिन समानुपातिकको व्यवस्था कार्यान्वयन हुनु पर्छ भन्दै उहा अगाडि बढ्नुभएको छ । अहिले त्यही मुद्दामा केन्दि्रत रहेर महिला आन्दोलन नै चलेको छ । सबै पक्षका महिलाहरु मिलेर त्यही विषयमा केन्दि्रत भएर संसद् समेत घेर । अब उनीहरु सडक आन्दोलनमा समेत उत्रने भएका छन् । महेन्द्र पासवानले समेत जयपुरी घर्तीले गरेको मागलाई समर्थन गर्दै सपथ नलिनु भएको हो । विश्वनाथ शाहलाई मन्त्री बनाएको छ ,पार्टी एकता नहुादै उहाहरु दुबै जना एउटै क्षेत्रबाट चुनाव लडेर महेन्द्र पासवानले पराजित गरेर जमानत जफत गराएको मान्छेलाई मन्त्री बनाएको विषयमा जनतालाई मैले जवाफ दिनुपर्छमलाई भोट दिएर जिताएका जनतालई के भन्ने उहाको भनाइ रहेको छ । मैले नै चुनावमा हराएको व्यक्तिलाई मन्त्री बनाइएको  छ भन्दै उहाले राजनीतिक विषयलाई उठाएर सपथ नलिनु भएको हो ।
० तपाईंहरुले दश वर्षसम्म जनयुद्ध लड्नु भयोअहिले आएर परिणाम हेर्दा त उही सत्ता र शाक्तिमा मात्र केन्दि्रत रहेको देखिएन र ?
पार्टीभित्रको एक पक्षले जनयुद्धका सबै कुराहरु छाडिसकेको छ । जनयुद्ध जेको लागि गरिएको थियो,त्यसको कार्यभार पूरा भएको छैन । यस विषयमा दुईलाईन संघर्ष चलिरहेको छ । जनयुद्धका सम्पूर्ण उपलब्धि विर्सजन गर्दिएर संसदीय पार्टीले तोकिदिएको मूलधारमा जान सम्पूर्ण पार्टी तयार भए तर एकको पक्ष तयार भयो अहिले जनताले आशा गर्ने पनि त्यही एक पक्ष हो । उसमाथि जनताको आशा रहेको छ ।

No comments:

Post a Comment