Saturday, 11 May 2013

चिनियाँ स्टेट काउन्सिलर याङ काठमाडौं आउँदै


२७ वैशाख, काठमाडौं । चीनको राज्य परिषद्का ‘स्टेट काउन्सिलर’ याङ जेइची नेपालको दुईदिने औपचारिक भ्रमणमा आगामी साता काठमाडौं आउनुहुने भएको छ ।
परराष्ट्र प्रवक्ता अर्जुनबहादुर थापाले आगामी जेठ ४ गते स्टेट काउन्सिलर नेपाल आउने जानकारी दिनुभयो । भ्रमणका क्रममा राष्ट्रपति डा रामवरण यादव, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग भेटवार्ता गर्ने कार्यक्रम छ । असल छिमेकीको नाताले चीनले नेपालमा सधँै शान्ति, राजनीतिक स्थिरता एवम् आर्थिक समृद्धि चाहेको बताउँदै प्रवक्ता थापाले भन्नुभयो-”नेपालमा चीनविरोधी गतिविधि नहुन् भन्ने बेइजिङको चाहना छ । “
चीनका पूर्व विदेशमन्त्रीसमेत रहनुभएका याङको भ्रमणका बेला नेपाल-चीन द्विपक्षीय लगानी प्रबर्द्धन तथा सुरक्षा सम्झौता -बिपा) हुने सम्भावना नरहेको स्पष्ट गर्दै उहाँले त्यससम्बन्धमा अन्तरमन्त्रालय परामर्श भने जारी रहेको जानकारी दिनुभयो ।चीनका विदेशमन्त्रीभन्दा माथिल्लो तहका स्टेट काउन्सिलर याङ चीनको विदेश नीति निर्माण गर्ने पाँच प्रभावशाली व्यक्तिमध्येका एक मानिनुहुन्छ । नेपालसम्बन्धी जानकार उहाँ पटकपटक नेपाल आइसक्नुभएको छ । गत वर्ष तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओसँगै उहाँ नेपाल भ्रमणमा आउनुभएको थियो ।
एक प्रश्नको जवाफमा उहाँले विराटनगरस्थित भारतीय राजदूतावासअन्तर्गतको सम्पर्क कार्यालय बन्द गर्न भारत सरकारलाई पत्राचार गरिसकिएको जानकारी दिँदै उक्त कार्यालयलाई निरन्तरता दिनुको औचित्य समाप्त भइसकेकाले बन्द गर्न आग्रह गरिएको बताउनुभयो ।
प्रवक्ता थापाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -सार्क) को अठारौं शिखर सम्मेलन यसै वर्ष नेपालमा आयोजना गर्ने सम्भावना क्षीण हुँदै गएको सङ्केत गर्दै त्यसको तयारीका लागि नेपाललाई कम्तिमा नौ महिना लाग्ने बताउनुभयो । शिखर सम्मेलनबारे निर्णय गर्ने निकाय ‘अन्तर-मन्त्रालयगत बैठक’ नहुँदा सार्क सम्मेलन अनिश्चित बनेको उहाँको कथन थियो ।

Friday, 10 May 2013

खाम मगर भाषाको 'रूगुम वा लुगुम'बाट बनेको 'रुकुम' शव्दको व्युत्पत्तिबारे एक चिन्तन !!!!

 प्यारो गाँउ महत
Lake of Rukum (Rukmini Taal)
(मगर संघ केन्द्रीय समिति, काठमाडौँले २०६६ साल असार महीनामा 'मगर (ढुट ) - खस - अंग्रेजी शव्दकोष' प्रकाशित गरेर अत्यन्त उल्लेखनीय काम गरेकोमा सो संघका तत्कालीन अध्यक्ष झक बहादुर थापा मगरलाई ढिलै भएपनि बधाई तथा धन्यवाद । )

यो फोटो रुकुमकोटको तालको हो । यो 'रुकुम' भन्ने नेपालीकृत शव्द भएको बुझिन्छ । खाम मगर भाषाको 'रूगुम वा लुगुम'बाट यो 'रुकुम' शव्दको व्युत्पत्ति भएको देखिन्छ । खाम मगर भाषाको यो 'रूगुम वा लुगुम'लाई यसरी विश्लेषण गर्न पनि सकिन्छ :

१) रू + गुम = यसमा 'रू'लाई पानी र 'गुम'लाई 'बस्तीदेखि माथि वा मास्तिर' भन्ने सजिलै अर्थ लगाएर ' खाम मगर भाषा र स्थानीय बस्ती वा ठाउको नाम र त्यहाका आदिवासी खाम भाषी मगर समुदायको इतिहासको प्राचीनतालाई बुझ्न सकिन्छ ।

२ ) लु + गुम = ध्वनिगत आधारमा 'रुकु'म, 'रू + गुम' र 'लु + गुम' सबै एकै हुन र यसबारेमा यो पोष्टमा सबै व्याख्या गर्ने अवस्था छैन । 'लु + गुम' को 'लु' को अर्को अर्थ 'भेडा' पनि हुने र 'गुम' वा मास्तिर चरन वा चर्ने ठाउ तिर लगिने प्रचलन त्यस भेकतिर आजभोलि पनि कायमै छ ।

अब मूल कुरोतिर जाउ । मगर संघ केन्द्रीय समितिद्वारा २०६६ सालमा ९८४ पृष्ठको एउटा 'मगर (ढुट ) - खस - अंग्रेजी शव्दकोष' प्रकाशित गरिएको छ । यसका प्रधान सम्पादक हिरासिंह थापा ( सामेसेन मगर ) रहनु भएको छ भने सल्लाहकारहरुमा त्रिभुवन विश्वविद्यालयका वरिष्ठद्वय भाषाविद प्रा. बल्लभ मणि दाहाल र प्रा. माधव प्रसाद पोखरेल रहनु भएको छ । र, यही 'मगर (ढुट ) - खस - अंग्रेजी शव्दकोष' को पृष्ठ ८४९ मा यस 'रुकुम'लाइ नाम शव्दका रुपमा प्रविष्टी दिइएको छ तर 'रू + गुम' र 'लु + गुम' बारे किञ्चित चर्चा गरिएको छैन र सोही 'रुकुम'लाइ "नेपाल अधिराज्यको राप्ती अंचलमा पर्ने एक पहाडी जिल्ल्ला" भनेर अर्थ्याइएको छ, जुन अस्पष्ट र अपूर्ण छ ।

यस शव्दलाई खाम मगर भाषाको यो 'रूगुम वा लुगुम'बाट व्युत्पन्न भएको र त्यसैको नेपालीकृत रुप हो भनेर लेखिएको भए स्पष्ट हुने थियो । 'मगर (ढुट ) - खस - अंग्रेजी शव्दकोष'लाई पुनः मुद्रण गर्नु जरुरी छ किनभने यो किताब यहाँ बडो मुश्किलले यही हप्ता मात्र मिल्न सक्यो जसका निम्ति पुरै १ वर्ष पर्खनु पर्यो । साथै यो किताब हार्वर्ड विश्वविद्यालयको विशेष अध्ययन कोठामा मा मात्र पढ्न पाईने, त्यसलाई अन्य कुनै कोठामा लगेर पढ्ने वा 'सापटी' अर्थात् 'Barrow' गर्न नपाईने गरी राखिएको छ ।

अब यो किताब यदि पुनर्मुद्रण गरियो भने सबै मूल शव्दहरु उत्पत्ति विश्लेषण गरेर, चुस्त दुरुस्त बनाउनु आवस्यक देखिन्छ । जस्तो कि यो किताबमा प्रविष्ट गरिएको मूल शव्द 'लुम्बिनी'लाई दुई तरिकाले: १ ) नेपाल अधिराज्यको पश्चिमान्चलक्षेत्रको बुटवल जिल्लामा पर्ने ऐतिहासिक वन , स्थल , भगवान गौतम बुद्ध को जन्मस्थल, २ ) नेपाल अधिराज्यको यसै अञ्चल ( रुपन्देही जिल्ला ) भनेर अर्थ्याइएको छ ।

यसमा पहिलो संख्या (१) को अर्थ बाल चन्द्र शर्माले २०१९ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, काठमाडौँबाट प्रकाशित गरेका " नेपाली शव्दकोष'को पृष्ठ ९२२ र त्यसैलाई पुनः हुबहु सारेर माधव प्रसाद घिमिरे तथा अन्यहरुद्वारा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट फेरी २०४० मा प्रकाशित अर्को ' नेपाली बृहत शव्दकोष'को पृष्ठ ११८४ को 'बुटवल जिल्ला' भन्ने गलत सूचना छ । यस्तो गलत सूचनालाई सुधार गरेर अर्को छाप्नु राम्रो हुनेछ ।

मगर संघ केन्द्रीय समिति, काठमाडौँले २०६६ साल असार महीनामा यो पुस्तक प्रकाशित गरेर अत्यन्त उल्लेखनीय काम गरेकोमा सो संघका तत्कालीन अध्यक्ष झक बहादुर थापा मगरलाई ढिलै भएपनि बधाई तथा धन्यवाद ज्ञापन गर्न चाहन्छौ !!!!!


Thursday, 9 May 2013

कमरेडको बिहेमा करोड खर्च। सर्बहारा सस्क्रिती माथि पार्टी भित्र बाटै हमला।

बुटवल बैशाख २६

एनेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले भूमिगतकालमै ११ रुपैयाँ खर्चेर भारतको दिल्लीमा हिसिला यमीसँग बिहे गरेका थिए । उनीहरुको बिहेभोज थियो, चिया । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले भूमिगत छदैं नैना थापासँग बुटवलमा विद्यार्थी संगठनको आयोजनामा बिहे गरे । त्यसको चानचुन खर्च हजारभन्दा बढी थिएन । एमाओवादी केन्द्रीय सदस्य चन्द्रप्रकाश खनाल बलदेवले पनि भूमिगतकालमै पार्टीकै आयोजनामा कपिलवस्तुमा भएको कार्यक्रममा बिहे गरे । अर्का केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले योगमाया बन्जाडेसँग भारतमै बिहे गरे । यस्तै एमाओवादी केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले सुमित्रा घिमिरेसँग, नेकपा–माओवादीका केन्द्रीय सदस्य बसन्त श्रेष्ठलगायतका खाँटी माओवादीले जनयुद्ध सुरु हुनु अघि र भैसकेपछि पनि विवाह गरे । यी सबै प्रगतिशील बिहे थिए । एमाओवादी (तत्कालीन नेकपा माओवादी) ले पार्टीमा जन्म, विवाह र मृत्यु संस्कार फरक खालको बनाएको थियो ।

आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले विचलन नआओस् भनेरै माओवादीले जन्ममा भव्य खुशी मनाएन, विवाह प्रगतिशील गर्न गराउन निर्देशन दियो, मृत्युमा दाहसंस्कार बाहेक अरु काजकर्म नगर्न उर्दी नै जारी गर्‍यो । सर्वसाधारणका लागि बाध्यकारी नभएपनि पार्टीभित्र भने यो नियम कडाइका साथ लागू गराएको एक नेताले बताए । ‘केटा र केटी पक्षले आफ्नो बीचमा प्रेम भएको भन्दै पार्टी कमिटीलाई निवेदन दिन्थे, पार्टीले उपयुक्त समय मिलाएर कार्यक्रम आयोजना गरी विवाह गराइदिन्थ्यो, उनले श्रोत गोप्य राख्न अनुरोध गर्दै भने–‘ पार्टीमा सांस्कृतिक क्रान्तिको पनि कुरा थियो, हामी बुर्जुवाशैलीको राजनीति र सामाजिक परिस्थितिसँग लडिरहेका थियौं ।’ यस क्षेत्रमा भएका प्रगतिशील बिहे मध्ये उमा बिक र बेगम, चन्द्रप्रकाश खनाल बलदेव र यमा बन्जाडे, टीकाराम गौतम (जनयुद्धमा मारिएका) र पत्रकार वसन्त पोखरेलकी छोरी संगीता, नारायण घिमिरे (जनयुद्धमा मारिएका) र पूर्वविधायक शारदा आचार्य घिमिरे लता, सुमित्रा घिमिरे (जनयुद्धमा मारिएकी) र कमल भुजेल, रामप्रसाद बन्जाडे र लक्ष्मी भुसाल, डीबी थापा (जनयुद्धमा मारिएका) र कमला बिक, वसन्त श्रेष्ठ र उमा भुजेललगायतका बिहे एमाओवादी माओवादी वृत्तमा सम्झनलायक बिहे हुन् । तर एमाओवादीले सांस्कृतिक रुपमा पूर्ण रुपमा विपरीत दिशामा कोल्टे फेरिसकेको संकेत रुपन्देहीमा देखा पर्‍यो । मंगलबार पर्रोहाको सैनामैनामा तामझामका साथ भएको ‘बुर्जुवा शैलीको बिहे’ले एमाओवादी वृत्तमात्रै हैन, वामवृत्तमै ठूलो बहस चलाएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईलगायतका केन्द्रीयस्तरका नेताको जमघट । आधुनिक सुविधासहितको बिहे मण्डप ।

गरगहनाले सजिसजाउ बेहुली । भोजमा तयार परिकारले यो कुनै वामपन्थी क्रान्तिकारी नेताको नभई बुर्जुवा वर्गका आडम्बरी नेताका छोराको बिहेको झल्को दिन्थ्यो । कतिपयले बिहेभोजलाई चुनावी प्रचारको राम्रो हतियारको रुपमा चर्चा गरेपनि एमाओवादी र वामवृत्तमा भने यसले आलोचना नै बढी पाएको छ । प्रसंग हो एमाओवादी केन्द्रीय सदस्य भक्ति पाण्डेका छोरा विश्वदीप पाण्डेको काठमाडौंकी कृति खतिवडाबीचको विवाह भोज । आम बिहेभन्दा यो बिहेमा अत्याधिक तडकभडक देखियो । पार्टी पंक्तिले सोचेभन्दा ठीक फरक । बिहेमा ४ सय किलो मासु (कुखुराको २.५ क्वीन्टल र १.५ क्वीन्टल खसी) खपत भयो भने ५ हजार भन्दा बढी निम्तालु सहभागी भएको पछिल्लो तथ्यांक आएको छ । सहभागीमध्ये ३ सय रुपैयाँ प्रतिव्यक्तिकै हिसाबले गणना गर्ने हो भनेपनि १५ लाख रुपैयाँ मात्रै खानाको हिसाब आउँछ । त्यसमा अन्य परिकारहरु समावेश छैनन् । मण्डप व्यवस्थापनदेखि आगन्तुकलाई स्वागत गर्न बनाएका गेट, कुर्सीदेखि हरेकको हिसाब किताब निकाल्ने हो भने यो बिहे कुनै पनि हिसाबले प्रगतिशील देखिदैन, बरु अरु बढी बुर्जुवा देखिन्छ । किनभने–एमाओवादी आन्दोलनले स्थापित गरेको सांस्कृतिक मुल्यमान्यता के हो ?– यो प्रश्न अहिले एमाओवादीका क्याडरदेखि उच्चतहका नेतातर्फ तेर्सिएको छ – यो विवाहको चालढालले एमाओवादी कस्तो आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको कुरा गरिरहेको छ ?’ ११ रुपैयाँमा आफ्नै बिहे उम्काउने बाबुराम भट्टराईले आफ्नै स्वकीय सचिव विश्वदीप पाण्डेलाई कस्तो स्कुलिङ गरेछन् र केन्द्रीय सदस्य समेत रहेका पाण्डेका बाबु भक्ति पाण्डेले अब कार्यकर्तामाझ उभिएर कुन खालको सांस्कृतिक क्रान्तिको चर्चा गर्नेछन् ?– यो प्रश्न मंगलबार बिहेभोजमा सहभागी हुन सैनामैना पुगेका एमाओवादी कार्यकर्ताले सोध्न थालेका छन् । एमाओवादी रुपन्देहीको बुधबार बसेको बैठकमा समेत यसको चर्चा भयो । पार्टीले तत्काल आलोचना गर्ने कि समर्थन ।

पार्टी पंक्ति किकर्तव्यविमुढको स्थितिमा पुगेर व्यक्तिगत विषय भन्दै छाड्यो । तर आलोचना भने व्यक्तिगतरुपमै भैरह्यो । ‘मैले मेरो छोराको बिहे केही वर्षअघि मात्रै ५० हजारमा उम्काएको हुँ, एमाओवादी जिल्ला संयोजक माधव शर्माले जनसंघर्षलाई बताए–अहिले भक्तिजीले छोरोका बिहेमा यति धेरै तडकभडक गर्नुभयो भनेर पार्टीगत हिसाबले धारणा बनिसकेको छैन ।’ उनले पार्टीको विषयभन्दा पनि व्यक्तिगत विषय भएको तर्क गरे । ‘कसैले बिहेमा कति खर्च गर्छ भन्ने कुरा उसको व्यक्तिगत विषय हो, उनले आडम्बर देखाए–सम्पत्ति भएकाले जति पनि खर्च गर्नसक्छ, कसैले रोक्ने कुरा हँदैन, यदि सरकारले त्यसको श्रोत के हो भनेर खोज्न मिल्छ भने खोजोस् ।’ विश्वदीप पाण्डेका बाबु भक्ति पाण्डेसँग भने सम्पर्क हुन सकेन । मोबाइल स्वीच अफ भएपछि घरको फोनमा सम्पर्क गर्न खोज्दा उनले प्रतिक्रिया दिन चाहेनन् । सरकारले यसको हिसाब किताब खोज्न चासो देखाउने नदेखाउने विषय फरक हो । तर वामविचार त्यसमा पनि अग्रगामी, क्रान्तिकारी, प्रगतिशीलको लालमोहर लगाउन खोज्ने एमाओवादीको सांस्कृतिक रुपान्तरण कुन हिसाबले हुन खोजिरहेको हो भन्ने प्रश्न चाँहि मूल रुपमा ठडिएको छ । 

‘मर्दा पर्दा के गर्ने, आमरुपमा काजकिरिया गर्ने कि नगर्ने, विवाह संस्कार कस्तो बनाउने, आर्थिक योजना अर्थ संकलन (चन्दा) लाई मात्रै बुझ्ने आदि समस्या माओवादीका लागि चुनौती बन्दै आएका छन्–एक वामबुद्धिजीवीले भने–८० प्रतिशत भूभागमा ७ वर्ष जनसत्ता चलाएको, थुप्रै आधार इलाकाहरु बनाएर समाजवादको अभ्यास थालनी गरेको पार्टीले अहिले जनतालाई अरु पार्टी भन्दा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा भिन्न कसरी देखाउन खोजेको छ भन्ने विषय उठेको छ ।’ हुन पनि कार्यकर्ताको मात्रै हैन, नेता, उच्च तहका नेताहरु (केही नेता कार्यकर्तालाई अलग राखेर) ले व्यवहारमा प्रस्तुत गर्ने जीवनशैली, आचरण र आदर्श कस्तो हुने भन्ने चीज अहिले कहिँकतै अनुकरणीय देखिएको छैन । ‘हिजो जनयुद्धपूर्व र दश वर्षे जनयुद्धमा देखाइएका नयाँ सांस्कृतिक आदेश कि त बेठीक थिए भन्नुपर्छ वा अहिले हामी बिग्रियौं भन्न करै लाग्छ– वाम बुद्धिजीविहरुको एमाओवादीप्रतिको दृष्टिकोण छ,–माओवादी आन्दोलनको कमजोरी पक्ष भनेको राजनीतिक कार्यदिशा सही हुनु वा नहुनुले सबै चीजको फैसला गर्छ भन्ने माओवादी मान्यता चीनिया सन्दर्भमा सही भएपनि नेपाली सन्दर्भमा त्यतिले मात्रै पुग्दैनथ्यो । एमाओवादीले राजनीतिक कार्यदिशा र फौजी कार्यदिशालाई जति महत्व दियो, आर्थिक, सामाजिक र सांस्कृतिक कार्यदिशालाई परम्परागत रुपमा सीमित गर्‍यो ।

एमाओवादी वृत्तमा जनयुद्धमा महत्वपूर्ण योगदान दिएर हाल गुमनाम रहेका बनाइएका नेता, कार्यकर्तालाई बरु रुढिवादी, जडसुत्रवादी, सोझो, उपाय नभएको, असक्षम, सिद्धान्तमा लिप्त, जस्ता विशेषणले उसको आदर्श, मूल्यमान्यतालाई अवमूल्यन गर्ने खतरा बढ्दै गएको भन्ने विषय बहसको रुपमा आएको छ । जति नेता कार्यकर्ताले पार्टीको सिद्धान्त भन्दा आर्थिक रुपमा सम्पन्न हुन आफूलाई अघि बढाउँदै लगे उनीहरु माथिल्लो तहमा पुग्दै गए र जसले पार्टीको सिद्धान्तलाई बढी प्राथमिकतामा पारे उनीहरु सर्वहाराको कित्तामा रहे । यो दुई खालको वर्ग एमाओवादीमा देखा पर्‍यो भन्ने विषय एमाओवादी खुला राजनीतिमा आएको केही समयपछि नै चर्चामा आइसकेको थियो । हालैको वैवाहिक घटनाले राजधानी बाहिर अझ सर्वहाराको कित्ताबाट आएका नेताका घरमा भएको बिहे भोजले अरु चर्चामा ल्याएको छ । यसले एमाओवादी सांस्कृतिक रुपमा कति विचलित भैरहेको छ भन्ने अनुमानलाई पुष्ट्याइ गरेको बताउँछन् वामविश्लेषक मुमाराम खनाल । उनको बुझाइमा एमाओवादी सर्वहारा पार्टी नै रहेन । ‘जस्ले आफूले स्थापित गर्न खोजेको नीतिलाई पछाडि छाडेर संसदीय बुर्जुवा राजनीतिको बाटो रोज्यो, त्यसबाट अब हामीले सांस्कृतिक रुपान्तरणको विषयमा अपेक्षा पनि गर्नुहुन्न, उनले भने– एमाओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई त्यस भोजमा सहभागी हुनुले पनि पार्टीमा अहिले बुर्जुवातन्त्र हावी भैरहेको छ भन्ने प्रष्टाउँछ ।’ उनले अहिले एमाओवादीमा संभ्रान्त वर्गको बोलवाला रहेको भन्दै तर्क गरे–अब एमाओवादीले वर्गीय राजनीतिको कुरा त्याग्नुपर्छ, संभ्रान्त वर्गको रुपमा ऊ स्थापित हुने क्रममा छ ।’
श्रोत nepaldarpan.com

Sunday, 5 May 2013

यस्तै छ हाम्रो जीवन (भिडियो सहित)


रन्मामैकोट रुकुमको जीवन शैली यस्तो छ ! भिडियो सहित !

हेर्नुस है हाम्रो देश नेपालको रन्मामैकोट गाउको जीवन शैली !!!!

नेपाली स्वाभिमान र भारतीय स्वाभिमानमा के फरक ?




पृथीछक बुढा मगर (ग्लोभिभोना)

 हाम्रो दक्षिण तर्फको ठुल्दाई निकै चिन्ता ग्रस्त भएको छ  । आफु भन्दा सानो र कमजोरलाई हेप्न जति सजिलो हुन्छ त्यति सजिलो हुदैन अरुको हेपाहा खप्नलाई  । अहिले भारतले विचार गरिरहेको छ कि ? नेपालको भुमिमा हजारौ हेक्टर कव्जा जमाउदा भारतको अभिमान निकै चुलियो होला जति चिनिया जनमुक्ति सेनाले आफ्नो भुमि कव्जा गर्दा आफ्नो स्वाभिमान झुकेको अनुभूति गर्दै छ  । ठिक त्यहि तरिकाले हाम्रो स्वाभिमान झुकेको छ  । भारत अहिले निकै चिच्याई रहेको छ स्वाभिमानको पिडामा  । तर केहि गर्न सकिरहेको छैन बिचरा  । जसरि भारतले नेपालको भूभाग कव्जा जमाउदा नेपाल चुप थियो  । कसैले पनि शक्तिको, सामर्थ्यको घमण्ड नगर्दा राम्रो  । किन भने शक्तिको पनि अर्को महा शक्ति जन्मिन्छ  । भारत आफुलाई महा शक्तिको रुपमा चित्रण गर्थ्यो  । आफ्नो वरपरका छिमेकीहरुलाई कहिलै छिमेकीको रुपमा स्वीकार गरेन  । उसले केवल ठुल्दाई नै सोचिरह्यो  । भारतलाई राम्रैसंग थाहा छ, चिन विश्वको यस्तो राष्ट्र हो जसले आफुलाई अन्तरिक्ष युद्द गर्न तम्तयार रहेको छ  । यो शक्तिसंग जुद्दन भारत असमर्थ छ  । त्यसैले अहिले उ चिच्याइरहेको छ  । यदि पाकिस्तान र नेपाल जस्ता आफु भन्दा कमजोर देशहरुले भारतको सिमाना मिच्ने हो भने युद्दको स्थिति सिर्जना हुन सक्ने थियो  । तर भारतको लड्ने क्षमता छैन चिनीया सेनासंग   एउटा स्वातन्त्र देशको सिमाना मिच्ने कुनै पनि पक्षमा नेपाल छैन  । भारतीय भुमि मिचिनु नेपालको लागि कुनै खुसीको कुरा होइन  । हामि नेपाली त्यसमा दुखि नै छौ  । कुरा यति मात्रै हो कि नेपालको भुमि मिचिदा जसरि नेपाली मन रोएको छ त्यसरी चिनिया सेना द्वारा भारतीय भुमि मिचिंदा भारतीय मन रोएको छ कि छैन ?                                                                                                                                      

सगरमाथाका मनमोहक दृश्य(फोटोफिचर सहित)


विश्वको सर्वोच्च शिखर सगरमाथा निकै सुन्दर छ भन्ने कुरामा दुइमत छैन ।
तर सबै मान्छेलाई सगरमाथामा पुगेर त्यहाँको सुन्दरता देख्न सम्भव छैन ।
सगरमाथाको सुन्दरता सबैलाई देखाउन विश्वका पकृतिप्रेमी तथा आरोहीहरुले बेलाबेलामा तस्वीर तथा भिडियोहरु खिचेर सार्वजनिक गर्ने गरेका छन् ।
सगरमाथाको विषयमा विभिन्न खाले वृत्तचित्र पनि बनिरहेका छन् ।
चर्चित च्यानल नेशनल जियोग्राफिकको वेबसाइटमा विभिन्न आरोही तथा फोटोग्राफरले खिचेका सगरमाथाका मनमोहक तस्वीर प्रकाशित गरिएको छ ।
हेरौँ सगरमाथा र आसपासका चुचुराको दृश्य
1
सगरमाथाको चुचुरो नजिकै रहेको हिलारी स्टेप र साउथ समिट बीचको दृश्य
2008-10-21_0214584   Subscriber-false   Marketing-false   Newsletter-false   RegYSNewsletter-false  MicroTransactions-false
 कालापत्थरबाट देखिएको सगरमाथाको चुचुरोमा सुर्यास्तको मनमोहक दृश्य
3
शिरमा बादल ओढेको सगरमाथा भन्दा अगाडिको हिमशिखर
6
10तेंगबोचे गुम्बा क्षेत्रमा हिड्दै शेर्पा भरिया

अपराधीसँगको सम्बन्धबारे सोध्दा गच्छदारले भने- आत्महत्या गर्छु

Onlinekhabar

२२ बैशाख, काठमाण्डौ । दुई बर्षअघि राजधानीको घण्टाघरमा इस्लामी संघका अध्यक्ष फैजान अहमदलाई गोली हानी हत्या गर्ने गिरोहका मुख्य योजनाकारको सम्बन्ध तत्कालीन गृहमन्त्री बिजयकुमार गच्छदारसँग भएको खुलेको छ ।
प्रहरी अनुसन्धानले हत्याका मुख्य योजनाकार ठहर गरेका बब्बु र त्रिलोक सिंह उपनामका दीपक शाहीले फैजान हत्याअघि र पछि पनि पटकपटक गच्छदारको मोबाइलमा सम्र्पक गरेको अनुसन्धानबाट खुलेको छ ।
bijayaफैजानलाई हत्या गर्न काठमाण्डौं आएका भारतीय नागरिकहरुले दुईवटा भारतीय नम्बरहरु ००९१-९८११३८६६५१ र ००९१-९००५७७४७०५ मा दर्जनौँ पटक सम्र्पक भएको देखिन्छ । अनुसन्धानका क्रममा ती दुवै नम्बर संचार उद्यमी जमिम शाह हत्याका लागि काठमाण्डौमा रहेर योजना बनाएका दीपक शाहीको भएको खुल्यो ।
शाहीको नम्बरलाई आधार बनाएर अनुसन्धानमा जुटेको प्रहरी त्यतिबेला चकित पर्‍यो, जव उनका दुवै नम्बरबाट देशका उपप्रधान तथा गृहमन्त्री बिजयकुमार गच्छदारले प्रयोग गर्ने ९८५१०-३३४५० नम्बरमा फैजान हत्या अघि र पछि पनि पटकपटक सम्र्पक भएको देखियो । शाहीले गच्छदारको फोनमा सातपटकसम्म कुरा गरेका छन तर गच्छदारले कलब्याक गरेको देखिन्न । शाही र गच्छदारवीच दुस्मनीका कारण पो सम्बाद भएको हो कि भनेर प्रहरीले अनुसन्धानको दायर फराकिलो बनाए पनि त्यस्तो भेटिएन् । त्यसपछि प्रहरी हार खाएर अनुसन्धानको फाइल बन्द गरेर बसेको आइतवार प्रकाशित नेपाल साप्ताहिकले छापेको छ ।
आत्महत्या गर्छु- गच्छदार
दुई जना नेपाली नागरिकको हत्याको मुख्य योजनाकारले आफुलाई सम्पर्क गरेकोबारे कुनै जानकारी नभएको गच्छदारले दावी गरेका छन । देशका गृहमन्त्रीलाई टेलिफोन त जसले पनि गर्न सक्छ, त्यसलाई नकरात्मक रुपमा लियो भने नकरात्मक नै हुन्छ’गच्छदारले भने-म शाहीलाई चिन्दा पनि चिन्दिन, संसारको कुनै पनि जासुसी संस्थाले अपराधीसँग बिजयकुमार गच्छदारको साँठगाँठ भएको प्रमाणित गरिदियो भने म आत्महत्या गरिदिन्छु ।’
फैजान हत्या हुनुअघि र पछि पनि तपाईको फोनमा सम्र्पक भएको देखिन्छ नी भन्ने प्रश्नमा गच्छदार भन्छन- गृहमन्त्रीको नम्बरमा जोसुकैले फोन गर्न सक्छन, म यो कुरा सारा संसारलाई सिधा भन्न सक्छु । टुंडिखेल वा सुन्धारामा उभिएर भन्नु परेपनि हिचकिचाउँदिनँ । गृहमन्त्रीको डेढ बर्षे कार्याकालमा चिनेका दुई चारवटा नम्बरबाट आएका फोन उठाएँ होला मैले, त्यसबाहेक मोबाइल डाइरेक्ट उठाएको छैन ।’

Saturday, 4 May 2013

लोकमान कसको सिफारिसमा– संयन्त्र कि भारत ?

अमित ढकाल 

खिलराज रेग्मी चुनावी मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्ति भएलगत्तै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्यो । बैठकको मुख्य एजेण्डा थियो– संवैधानिक अंगमा नियुक्ति सिफारिस ।

एनेकपा माओवादीले आफ्नो भागमा परेको लोकसेवा आयोगमा सिफारिस गर्यो, कयोदेवी यमीलाई । कांग्रेस–एमालेले पनि आ–आफ्ना मानिस अघि सारे, महालेखापरीक्षकमा भानुप्रसाद आचार्य र निर्वाचन आयोगमा निलकण्ठ उप्रेती ।

त्यसै दिन चौथो व्यक्तिको नाम पनि सिफारिस भयो, लोकमानसिंह कार्की ।

कार्कीको सिफारिस नेतृत्व रिक्त रहेका चार संवैधानिक अंगमध्ये सबभन्दा महत्वपूर्ण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भयो ।

कसले गर्यो कार्कीको सिफारिस ?

एनेकपा माओवादीले गरेको हैन । न कांग्रेस, न एमालेले नै । संयन्त्रमा रहेको मधेसी मोर्चाले कार्कीको नाम सिफारिस गर्ने कुरै भएन । किनकि  उसले त हरेक नियुक्तिमा मधेसीको समानुपातिक प्रतिनिधित्व माग गर्दै आएको थियो ।

हाल सिफारिस भएका चारैजना पहाडे समुदायका छन् । तर पनि मधेसी मोर्चाले संयन्त्रको बैठकमा एक शब्द पनि विरोध गरेन । बरु विजयकुमार गच्छदारले नै कार्कीको प्रस्ताव गर्ने औपचारिकता पूरा गरे । उपस्थित कुनै नेताले विरोध गरेनन् ।

कार्कीको नाममा किन सर्वसम्मति भयो ? यसबारे अनेक अड्कलबाजी काटिएका छन् । त्यसमध्ये प्रमुख अड्कल कार्कीले आर्थिक प्रलोभनमा पारेर चारै शक्तिलाई आफ्नो पक्षमा ल्याए भन्ने हो ।

यो गलत अड्कल हो । यसले मूल कारणबाट मानिसको ध्यान अन्यत्र मोडेको छ ।

अख्तियारमा जानकै लागि कार्कीले सबै पार्टीका नेतालाई रिझाउने गरी पैसा बाँडे भन्ने कुरा पत्यारिलो छैन । प्रमुख तीन दलका नेताहरूलाई र मधेसी मोर्चाका दर्जन नेतालाई बुझो लगाउन कति पैसा चाहिंएला भन्ने अनुमान लगाउन सकिन्छ । त्यति धेरै ‘चन्दा’ बाँड्न सक्ने हैसियत सायद कार्कीको पनि छैन ।

फेरि अख्तियारमा जान किन कसैले करोडौं बाँड्ला भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर छैन ।

तर, यो सत्य हो कार्की सबैका साझा उम्मेदवार भए ।  किनभने उनी भारतले चाहेका उम्मेदवार हुन् ।

कार्कीको भारतसँग सम्बन्ध के हो भन्ने रहस्यमय छ । तर अख्तियार जस्तो महत्वपूर्ण संवैधानिक अंगको नियुक्तिमा भारतको चाहना संयन्त्रले पूरा गर्नुपर्ने बाध्यताले उनको दक्षिणसँगको सम्बन्धको गहिराइ इंगित गर्छ ।

भारतले नेपालको राजनीति, प्रशासन, पुलिस, सेना लगायतका अंगहरूमा पहुँच बनाएको गम्भीर हो, तर नयाँ होइन । उसले आफ्नो स्वार्थ पूरा गर्न नेपाली राजनीति र राज्यका अंगहरूसँग जोडिएका विभिन्न व्यक्तिसँग भिन्नभिन्न आयामका सम्बन्धहरू विकसित गरेको छ ।

त्यसमध्ये कोहीसँग घनिष्ठ व्यावसायिक सम्बन्ध होला । कोहीसँग ‘सूचना वाहक’ को सम्बन्ध होला भने कोहीसँग पूर्णकालीन एजेन्टको ।

कार्कीको भारतसँगको सम्बन्ध के हो ?

जानकारहरू भारतसँग उनको लामै सम्बन्ध भएको दाबी गर्छन् । राजसभा स्थायी समितिका सभापति र दरबारसँग लामो सम्बन्ध भएका भूपालमानसिंह कार्कीका छोरामाथि भारतीय दृष्टि धेरै अघिदेखि हो । बहुदलकालमा पनि त्यो सम्बन्धले निरन्तरता पायो ।

समयसँगै यो सम्बन्ध यति प्रगाढ भयो, गिरिजाप्रसाद कोइरालाले आफ्ना विश्वासपात्र र निष्ठाको राजनीतिमा खरो उत्रिएका बलदेव मजगैयाँलाई कार्कीका खातिर बलि चढाए ।

कोइरालाले २०५८ सालमा कार्कीलाई जलस्रोत मन्त्रालयको सचिवमा सुटुक्क नियुक्त गरे । मजगैयाँले कार्कीलाई सचिव स्विकार्न मानेनन् । बरु मन्त्री पदबाट राजीनामा दिने अडान लिए ।

जसले कार्कीलाई जलस्रोत मन्त्रालय पठाउन सिफारिस गरेको थियो, उसलाई कोइरालाले टार्न सकेनन् । मजगैयाँ मन्त्रिमण्डलबाट बाहिरिए ।

भारतसँगको कार्कीको सम्बन्ध ज्ञानेन्द्रको शासनकालमा पनि प्रकट भयो । बाहिरबाट देख्दा कार्की शाही शासनको एक खम्बा थिए । ज्ञानेन्द्रको मन्त्रिपरिषद्का मुख्यसचिव । शाही शासनको ठूलै पहरेदारी गरे । कर्मचारीहरूलाई हप्कीदप्की लगाए ।  

तर जब दरबारले आन्दोलनकारीहरूप्रति कडा रूप अपनाउन थाल्यो, उनले राजालाई भारतसँग ‘कम्प्रमाइज’ गर्नुपर्ने सुझाव दिए । यहाँसम्मकि  ज्ञानेन्द्र, तत्कालीन सेनापति प्यारजंग थापा र अन्य सहयोगी उपस्थित एउटा मिटिङमा असहमति प्रकट गर्दै उनी बाहिरिए ।

भारतसँगको उनको सम्बन्धको आयाम के हो स्पष्टीकरण दिने जिम्मा अब कार्की स्वयमको हो । तर उनले संवैधानिक अंगको नेतृत्व गर्ने अवस्थामा यो प्रश्न सोध्ने दायित्व उच्चस्तरीय संयन्त्रमा रहेका नेता र अरु राजनीतिज्ञको हो । अनि जान्न पाउने अधिकार म नागरिकको हो ।

दुर्भाग्यवश लोकमानलाई किन अख्तियार प्रमुख बनाउनुपर्यो ? कसरी उनी त्यसका लागि सबैभन्दा योग्य पात्र भए भन्ने नागरिकलाई जवाफ दिनुपर्छ भन्ने जिम्मेवारीबोध पनि नेताहरुलाई भएको छैन ।  

अख्तियारमा कार्कीको नियुक्ति प्रधानन्यायाधीश खिलराज रेग्मीको चुनावी मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्तिभन्दा पनि गम्भीर मुद्दा हो । रेग्मीको नियुक्ति चुनावसम्मका लागि हो । निर्वाचन आयोगले स्वतन्त्रपूर्वक काम गरुञ्जेल रेग्मी सरकरको खासै भूमिका हुन्न, दैनिक प्रशासन चलाउनुबाहेक ।

कथंकदाचित कार्कीको नियुक्ति भयो भने उनी छ वर्षसम्म अख्तियार प्रमुख रहनेछन् । प्रष्टै छ, अख्तियारको दुरुपयोग रोक्न उनलाई नियुक्ति दिन लागिएको होइन ।

खासमा भ्रष्टाचार र पदको दुरुपयोगको सम्भावित अनुसन्धान रोक्न उनलाई ल्याउन लागिएको हो । भारत, मधेसी मोर्चा, एनेकपा माओवादी, कांग्रेस, एमाले नेतृत्वको लोकमान नियुक्तिसँग जोडिएको साझा स्वार्थ पनि यही नै हो ।

लोकमानको नियुक्ति प्रयासले आम नागरिकको पारदर्शी र जवाफदेही शासन व्यवस्थाको अपेक्षामाथि कुठाराघात भएको छ । आउने दिनहरूमा पनि राज्य सञ्चालनमा अहिले देखिएको भ्रष्टाचार र भद्रगोल कायम रहन्छ भन्ने सन्देश हो यो । राजनीतिक सुधार र सुशासन नहुने संकेत हो यो । संयन्त्रको बैठक बस्दा किञ्चित मात्र पनि नेताहरुको दिमागमा सुशासन भन्ने कुरा बसेको भए लोकमानको सिफारिस हुने थिएन ।

Intruduction of Rukum part 1


जर्नी टु यार्सा



Al Gurair City

३३ दलीय संयुक्त आन्दोलनको मोर्चा प्रेस—वक्तव्य

चैत्र १ गते राष्ट्रपतिले चालेको असंवैधानिक कदमको खारेजीको माग राखी आन्दोलनरत रहेको ३३ दलीय संयुक्त आन्दोलनकारी मोर्चाको घटक दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च÷मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सचिवालय सदस्य प्रेमदीप थाम्सोहाङ, केन्द्रीय सदस्य सुकबहादुर थेगिम, एलभि सिनियर भाइस कमाण्डर मुकसाम लावुङ, एलभि कमाण्डर अग्नि पङधाक, राजन साँवा नेलकन माखिम, खाम्बेक आङदेम्बेसमेत ७ जना नेता तथा कार्यकर्तालाई आन्दोलनको क्रममा हिजो २० गते धनकुटाको बुधबारेमा प्रहरी दमनबाट निर्घात कुटपीट गरी घाइते बनाइएको र गिरफ्तारसमेत गरिएको छ । हामी आन्दोलनरत दलहरु सरकारको यो हर्कतको घोर विरोध एवं भत्र्सना गर्दछौँ ।

निर्वाचन आयोगलाई निर्वाचनसम्बन्धि सबै कामहरु हाललाई स्थगित गर्न भनी हामी आन्दोलनरत दलहरुले पटक–पटक विरोधपत्र बुझाएका छौँ । राष्ट्रपतिको असंवैधानिक कदम खारेज नगरेसम्म राष्ट्रिय सहमतिको मार्ग खुला हुन सक्दैन भन्ने सारा नेपाली जनताको ठहर रहेको छ । चार दलको निर्णयबाट गरिएको राष्ट्रपतिको उक्त कदमले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आँच पुगेको छ । यसले नेपाली जनताको राष्ट्रिय सहमतिको अपेक्षालाई कुण्ठित गरेको छ र मुलुकलाई अझ गम्भीर राजनैतिक र संवैधानिक संकटमा पुर्याएको छ । त्यसकारण चार दलीय सिण्डीकेट र राष्ट्रपतिको उक्त कदमको खारेजीको माग गरेका छौै ।

नेपाली जनताको राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रिय सहमतिको लागि आन्दोलनरत दलका नेता कार्यकर्तामाथि प्रहरी दमन गरी निर्घात कुटपिट गर्ने र गिरप्mतार गर्ने काम जुन ढंगले सरकारले गरेको छ, त्यसले हामी आन्दोलनरत दलहरुलाई थप आन्दोलित तुल्याएको छ । अतः सरकारलाई यस्ता दमनकारी कार्यहरु तुरुन्त बन्द गर्न र गिरफ्तार गरिएका नेता तथा कार्यकर्ता अविलम्ब एवं बिना शर्त रिहा गर्नका साथै घाइतेहरुको निःशुल्क उपचार तथा क्षतिपूर्तिको माग गर्दछौ । अन्यथा, हामी आन्दोलनकारीहरु अझ सशक्त आन्दोलनमा उत्रन बाध्य हुनेछौ । आन्दोलनका थप कार्यक्रमहरु छिट्टै नै घोषणा गरिने व्यहोरा सबैलाई जानकारी गराउन चाहन्छौं । हामी आन्दोलनरत दलहरुले संयमता अपनाउँदा पनि सरकारले निरंकुश र बर्बर दमन गरिरहे त्यसका विरुद्ध नेपाली जनताले सशक्त आन्दोलन गर्नेछन् र त्यसबाट हुने सम्पूर्ण परिणामको जवाफदेही सरकार स्वयं हुनेछ भनी खबरदारी गर्दछौ ।

मिति ः– २०७०/०१/२१

देव गुरुङ
३३ दलको तर्फबाट

किन तपाइंको मोबाईलमा नेपाली Font Reading गर्न मिल्दैन ?

Facebook जस्ता अन्य Internet Site घुम्नको लागी नेपाली उपभोक्ताहरु Computer भन्दा बढी सायद Mobile Ipnone Galaxy जस्ता बिभिन्न किसिमका Device हरु प्रयोग गर्ने नै बढी होलान र Internet मा जानको लागी कुनै न कुनै Browser चाहिन्छ र त्यसमध्य एक Opera Mini प्रख्यात Browser मा पर्छ र यसमा एउटै Problem छ की सबै देशका Font हरु Reading गर्न नमिल्ने समस्या आउँछ र हामीलाई अरु Font reading गर्न मिलोस या निमिलोस तर नेपाली Font भने अती आबश्यकता हुन्छ खासगरी Facebook चलाउँदा तर प्राय साथीहरुले 

Opera Mini चलाइराखेका होलान र Nepali Font भने पढ्न नमिल्ने त्यसको बारेमा मैले यहाँ तल केहि चर्चा गरेको छु यदी तपाईं पनि Opera Mini User हुनुहुन्छ भने कृपया यहाँ तलको तरीका अपनाउनुस
१. सबैभन्दा पहिला तपाइंले आफ्नो Device बाट Opera Mini लाई खोल्नुस 
२. र त्यहाँ Opera Mini को Address bar मा Config: Type गरेर Ok गर्नुस
३. त्यसपछी त्यहाँ  Opera Configuration Page खुल्नेछ र त्यस Page को अन्तिमतिर हेर्नुहोस "Use bitamp fonts for complex scripts" लेखेको Option देख्नुहुनेछ त्यहाँ "No" बाट "Yes" गराउनुहोस
४. र अन्त्यमा "Save" गर्नुहोस

अब देखी Opera Mini ले Nepali font Support गर्ने छ र तपाईं सजिलै नेपाली अक्षर पढ्न सक्नुहुनेछ धन्यबाद |

अब आफ्नै कम्प्युटरबाट सिधै नेपाली अक्षरमा लेखौं बिना इन्टरनेट

आज मैले केवल तपाइंको लागी एउटा सजिलोसंग नेपालीमा लेख्न मिल्ने  सफ्टवेर लिएर आएको छु अबश्य प्रयोग गरेर हेर्नुहोला यो सफ्टवेर प्रयोग गरिसकेपछी फेसबुक अनि याहू जस्ता हरेक साइटहरुमा सिधै च्याट गर्न सकिने अनि आफ्नो कम्प्युटरमा पनि लेख्न सकिने
अब नगरौं झन्झट unicode रोमनबाट नेपालीमा लेख्नको लागी साइटहरु खोज्न यो सफ्टवेर प्रयोग गरेर बिना internet कुनै पनि बेला लेख्न सकिने शुरु गरौँ कसरी बनाउने नेपालीमा लेख्नको लागी तल हेरौं
१. सबैभन्दा पहिला तपाइं यो लिंकमा गएर भाषा चयन गर्नुस मतलब त्यहाँ Nepali लेखेको कोठाभित्र Mark लगाउनुस र अब तल "I agree the google tearms of service and privacy policy" मा Tick लागाएर डाउनलोड गर्नुहोस

२. डाउनलोड successfull भैसकेपछी कम्प्युटरमा गएर त्यो सफ्टवेर लाई अनिबार्य scan गरौँ र त्यो सफ्टवेरलाई अब right click गरि "Run as administrator" मा क्लिक गरौँ

३. अब केहि समय पर्खिनुहोला उदाहरणको लागी तलको चित्र हेरौं

४. अब केहि समय पछी नया pop up फाइल खोलिनेछ र त्यहाँ तल हेरौं जस्तै "I accept the term of use in 'End User License Agriment' (A)" मा ठिक लगाइदिउ अनि (next) बटनमा थिच्नुहोस

५. अब केहि समय पर्खौं अनि तल (finish) बटन दबाउँ

६. तपाइंको कम्प्युटरमा  नेपाली भाषा त successful भयो तर अब लेखनलाई सजिलोको लागी "Shortcut keyboard key" बनाउन जरुरी छ त्यसैले तलको नियम पालन गर्न आग्रह गर्दछु
७. सबैभन्दा पहिला "Control Panel"हुँदै "Region and langues"  मा क्लिक गर्नुहोस र "Keyboards and languages" मा क्लिक गरी "Change keyboards..." मा (click) गर्नुहोला
८. अब "Advanced key Settings..."  मा क्लिक गर्नुहोस र तल पुछारमा हेर्नुहोस "Change key sequence..." मा क्लिक गरि नया pop up window खोल्नुहोस

९. अब त्यहाँ खुलेको window मा केहि "Shortcut key"  हरु दिएको छ तपाईं लाई सजिलोको लागी दुइ ओटा मतलब दायाँ र बायाँ shortcut key मा ठिक लगाएर तल ok बटनमा थिच्नुहोस अनि सबै windows files close  गर्नुहोस

१० अब चाही तपाइंले नेपालीमा लेख्नको लागी "Google nepali input"  तयार भयो र लेख्ने तरिका तल हेर्नुहोस

११. Now you are absolutely successfull for downloading and settings google nepali input writing language
यदी तपाईं अंग्रेजी रोमन बाट नेपाली Unicode मा अनलाइन मार्फत लेखना चाहनुहुन्छ भने यहाँThank you.

नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबको दमाम क्षेत्रको तेश्रो अधिबेशन


नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबको दमाम क्षेत्रको तेश्रो अधिबेशन १२४औ अन्तररास्ट्रिय मजदुर दिवस संगै सम्पन्न भयो|मिति ०३|०५|२०१३ का दिन सम्पन्न भएको सो अधिबेशन कार्यक्रममा नेपाली जनप्रगतिशिल मोर्चाको केन्द्रिय अध्यक्ष क.बिक्रम पौडेलको प्रमुख अतिथि तथा कार्यक्रमको अध्यक्षता दमाम क्षेत्रिय संयोजक क. दिपेन्द्र लामाले गर्नु भएको थियो|कार्यक्रमको संचालन केन्द्रिय महासचिव बिबेक लामाबाट भएको थियो|कार्यक्रममा नेपाली दुताबासका कर्मचारी लगायत साउदीमा रहेका स्थानीय संघ सस्थाका प्रतिनिधिहरु पनि उपस्थित हुनुहुन्थ्यो|बिभिन्न काल खण्डमा आफ्नो जीवन उत्कर्षमा पुर्याई मुक्तिको बाटो देखाइदिने महान बीर शहीदहरु प्रति एक मिनेट मौन धारण गर्दै कार्यक्रमलाई औपचारिकरुपमा अगाडी बढियो|सो अधिबेशनबाट नयाँ कार्यसमिति बनाइ समसामयिक बिषय बस्तुमाथि छलफल भएको थियो|साथै सो अधिबेशनले निम्न व्यक्तिहरुलाई निम्न पदहरुमा निर्बिरोध निर्बाचित भएको थियो|
अध्यक्ष -क.दिपेन्द्र लामा (उहा पुर्ब जनमुक्ति सेना हुनुहुन्थ्यो)
उपाध्यक्ष-क. दिलिप थापा मगर
कोशाध्यक्ष -क.दिलमान तामांग
सचिव-भाजुराम श्रेष्ठ
सहसचिव -क.राम बहादुर घिसिङ्ग
सदस्यहरु
बिमल पौडेल ,भिम कुमार थामी ,जित बहादुर थामी,तिर्थ रिजाल,किताब तामांग र पूर्ण बहादुर तामांग हुनुहुन्छ|साथै उहाँहरुको कार्यकाल पूर्ण रुपमा सफल होस् भन्ने कामना |

चर्चित डकुमेन्ट्री जर्नी टु यार्सा डीवीडीमा


www.maikot.com

राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चर्चित डकुमेन्ट्री जर्नी टु यार्साको डिभीडी सार्वजनिक भएको छ । डकुमेन्ट्रीकी मुख्य पात्र पुनिमाया कामी र उनका श्रीमान रामलाल कामीले शुक्रबार उक्त डकुमेन्ट्रीको डिभीडी राजधानीमा सार्वजनि गरे ।

नेपाल पर्यटन बोर्डको सभाकक्षमा भएको विमोचन कार्यक्रममा ओ.सि.सि.डी नामक गैरसरकारी संस्थाका महासचिव चिरञ्जीवी श्रेष्ठले पुनिमायाका दुई छोरा छोरीको पठनपाठन र बस्ने व्यवस्था संस्थाले गरिदिने जानकारी समेत गराएको छ । काठमाडौँ म्युजिक सेन्टरले बजारमा ल्याएको डिभीडी विमोचन समारोहमा यस डकुमेन्ट्रीकी प्रोड्युसर दिसु भण्डारी मानन्धर र अंग्रेजी स्क्रीप्ट राईटर हिन्दु संस्कृति कार्कीलाई सम्मान गरियो ।
कार्यक्रममा वरिष्ट नाटककार अशेष मल्ल, फिल्म साउथ एसियाका अध्यक्ष कनकमणी दीक्षित, पुर्व मन्त्री जनार्दन सर्मा, एकीकृत माओवादीका विदेश विभाग प्रमुख राम कार्की र नेपाल पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारीले जोर्नी टु यार्र्साले पाएको सफलता सँगै रुकुम जिल्लालाई स्वदेश तथा विदेशमा चिनाउन उल्लेख्य भुमिका निभाकोमा धन्याद प्रकट गरेका थिए । साथै यार्सा गुम्बा पर्यटनको सम्भावना बारे समेत कार्यक्रममा अन्तरकृया गरिएको थियो ।
अमेरिकाको न्यु योर्क डकुमेन्ट्री फिम फेष्टिवल, ताम्पेरे फिल्म फेष्टिवल फिनल्याण्ड, डक प्वाईण्ड हेलसिनकी, वान्सो ईनटरनेसनल माउण्टेन फिल्म फेष्टिवल बुल्गेरीया, अल जजीरा अन्तराष्ट्रिय डकुमेन्ट्री फिल्म फेष्टिवल, कतार, फिल्म साउथ एसिया, किम्फ लगायत एकदर्जन अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा प्रदर्शनका साथै आधा दर्जन भन्दा बढी अन्तराष्ट्रिय अवार्ड जितिसकेको छ ।
हालसम्म विभिन्न संघसंस्थाले च्यारिटी शो मार्फत झण्डै १८ लाख भन्दा बढी रकम संकलन गरेर सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आईरहेका छन भने रुकुमको मैकोट गाउँको पुठा हिमाल उच्च माविको लागि एकलाख पाचास हजार रुपैयाँ प्रदान गरिएको छ । पछिल्लो समय घुम्ती किम्फ अन्तरगत पुर्व र पश्चिम नेपालका १० जिल्लामा प्रदर्शन भइरहेको र यो अवधिमा मात्रै ३० हजार भन्दा बढी मानीसहरुले ले जर्र्नी टु यार्सा हेरिसकेको जानकारी दिइएको छ ।
सुरविन्द्रकुमार पुन
surbindra@gmail.com



यार्सा समिति गठन


२०७० वैशाख २ गतेका दिन रुकुमको मैकोटस्थित चौतारामा बसेको गाउँभेलाले निम्न १३ सदस्यीय पदाधिकारीको चयन गर्दै ‘यार्सागुम्बा सिजन व्यवस्थापन समिति २०७०’ गठन गरेको छ:
अध्यक्ष – मानबहादुर पुनमगर
उपाध्यक्ष – वीरमान विश्वकर्मा
कोषाध्यक्ष – दुधसिं बुढामगर
सह-कोषाध्यक्ष – विष्णु पुनमगर
सचिव – भरतकुमार पुन
सह-सचिव – अभिमान नेपाली
सदस्यहरू:
भीमकुमारी पुनमगर
आइतमान पुनमगर
लक्षिणवर घर्तीमगर
जसबहादुर विश्वकर्मा
राजधर्म पुनमगर
पूर्ण बुढामगर
जीवन रोकामगर ।
यहाँ उल्लेख गरिएको नामावलीका सदस्यहरूको चयनसँगै नयाँ कार्यसमितिले तपशीलका महत्वपूर्ण निर्णयहरू गर्‍यो:
यार्सागुम्बा टिप्ने सर्वसाधारण शुल्क (मैकोट)बाहिरकालाई – रू १,५००/-
यार्सागुम्बा टिप्ने सर्वसाधारण शुल्क (मैकोटवासीलाई) – रू १,०००/-
यार्सागुम्बा व्यापारी – रू १०,०००/-
अन्य होटेल व्यवसाय – रू ५,०००/-
चौपाया – १,०००-
यसवर्षको सम्भावित स्थलगत यार्सागुम्बा भाउ न्यूनतम नेरू ८ सय नघट्ने अनुमान गरिएको छ।
Only One Day Yarsa Camping at Seng Khola
Deurali Jalaki

    सय वर्षअघि यस्ता रहेछन् नेपाली ! (फोटोफिचर)



    २१, वैशाख, काठमाडौं । आजभन्दा सय वर्षअघिको नेपाली समाज कस्तो थियो होला ? विशेष गरी त्यतिबेलाको ब्राह्मण समाजमा रहेको सतीप्रथा, बाल विवाह, अनमेल विवाह एवं अन्य सामाजिक परम्पराको यथार्थ शब्द-चित्र साहित्यकार कृष्ण धराबासीको ‘झोला’ कथामा पढ्न पाइन्छ । तर, धराबासीको उक्त शाब्दिक व्याख्यालाई भर्खरै छायांकन गरिएको झोला चलचित्रमा हुबहु उतार्न खोजिएको छ ।
    झोलामार्फत् देखाउन खोजिएका सय सय वर्ष पहिलेका केही दृश्यहरु अनलाइनखबरले फेला पारेको छ । यी दृश्य हेर्दा लाग्छ, अहिलेका पात्रले एक शताब्दी अघिको नेपाली समाजलाई अभिव्यक्त गर्न खोजिरहेका छन् । हेरौं ‘झोला’को छायांकनका केही दृश्य :
    1
    2
    3
    4
    5
    6
    7
    8
    9
    10
    11
    12
    13
    14