नेपाली जनप्रगतिशील मोर्चाका मध्यपुर्वका विभिन्न देशहरुमा भएका समितिहरुवीच अगस्ट १ मा भएको छलफलले मोर्चाको मध्यपुर्व समन्वय समितिको निर्माण गरेको छ ।
मध्यपुर्वका देशहरु संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, कुवेत, बहराइन लगायतका देशहरुमा स्थापना भएको नेपाली जनप्रगतिशील मोर्चाका प्रतिनिधीहरुवीच भएको व्यापक छलफल पछि मध्यपुर्व समन्वय समितिको गठन भएको जनाएको छ ।
नेपाली कामदारहरुको मुख्य गन्तव्य स्थल रहेको मध्यपुर्वका देशहरुमा श्रमिकहरुका समस्याहरु व्यापक रहेको र त्यसको समाधानमा नेपाली दुतावासहरु देखि सरकारसम्म उदासिनता देखाइरहेको वर्तमान अवस्थामा मजदुर हक हित र अधिकारका लागि निदाएका बहाना गर्नेहरुलाई झकझकाउनु पर्ने तथा एकताबद्ध भएर संघर्ष गर्नु पर्ने निष्कर्ष सहित रमेश गिरीको अध्यक्षतामा १९ सदस्सीय नेपाली जनप्रगतिशील मोर्चा मध्यपुर्व समन्वय समितिको निर्माण भएको हो ।
जसको उपाध्यक्षमा भिम केरुङ, महासचिवमा साहस न्यौपाने, सचिवमा दिपक विष्ट कोषाध्यक्षमा विवेक लामा रहेका छन् । त्यसैगरी सदस्यहरुमा छक बुढा, किशोर सुवेदी ,रामचन्द्र वाग्ले, रामशरण कडरिया, राजन घिमिरे, शिवलाल सापकोटा, पञ्च चेमजोङ,सन्तोष गुरुङ्ग, कृष्ण सुब्बा, राजन रिमाल, श्रीकृष्ण भट्टराई, उमेश पौडेल रहेका छन् ।
त्यसैगरी मध्यपुर्व समन्वय समितिका तर्फबाट ७ अगस्टमा एक विज्ञप्ती प्रकाशित गरि समिति निर्माण गर्नुको उद्धेश्यबारे प्रष्ट पार्ने काम समेत भएको छ ।
अध्यक्ष रमेश गिरीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ “हामीले विदेश जानको लागि पासपोर्ट बनाउदादेखिको झेल्नुपर्ने ठगी, दलाली, दुःख तथा पीडाका चोटहरु त अनगिन्ती नै छन भने बैदेशिक रोजगारीका सिलसिलामा समस्याका अनगिन्ती भारीहरु बोकेर जादाँ पनि सम्बन्धित देशको दुतावास, वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय लगायत देशको बागडोर समातेर बसेको सरकाररुपी बुख्याँचाहरु समेत श्रमिकका समस्याहरुलाई नजरअन्दाज गरिरहेका छन् । बैदेशिक रोजगारबाट देशमा भित्रिने रेमिट्यान्सको बखान गरेर नथाक्ने सरकारी कर्मचारीहरु पनि वैदेशिक रोजगार अझ मध्यपुर्वमा श्रम बेच्न जाने नेपालीहरुलाई सौतेनी व्यवहार गर्न उद्यत देखिरहेका छन् ।”
साथसाथै समिति गठनको बारेमा अझ स्पष्ट पार्दै विज्ञप्तीमा “वैदेशिक रोजगारीमा भएको तमाम ठगी, दलाली र मानवतस्करीहरुलाई पुर्णत रोकेर, सुरक्षित र सम्मानजन रुपमा वैदेशिक रोजगारीलाई विकास गर्नको लागि सम्बन्धित निकाय देखि सम्पुर्ण क्षेत्रलाई झकझाउनको लागि तथा मजदुर हक हित र अधिकारका खातिर संघर्ष र समाधानको उपायहरुको खोजी गर्ने हेतु मध्यपुर्वका देशहरुमा श्रमिक हक र अधिकारको लागि संघर्षरत संगठन नेपाली जनप्रगतिशील मोर्चाका संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, बहराइन तथा कतारमा समितिहरुवीच समन्वय गरि साझा रुपमा मध्यपुर्वका समस्याहरुको समाधान र खबरदारीका खातिर भएको छलफलबाट सामुहिक रुपमा जानुपर्ने निष्कर्ष सहित नेपाली जनप्रगतिशील मोर्चा, मध्यपुर्व समन्वय समिति गठन भएको कुरा सम्पुर्णमा जानकारी गराउन चाहन्छौ ।” उल्लेख गरिएको छ ।
साथै वैदेशिक रोजगारी सिलसिलामा मध्यपुर्वमा रहेका सम्पुर्ण श्रमजिवी नेपालीहरुलाई हातेमालो गर्दै मजदुरहरुमाथि हुनेगरेका अन्याय अत्याचारका बिरुद्ध सामुहिक संघर्ष गर्ने उद्धेश्यका साथ अघि बढ्न अनुरोध समेत गरिएको छ ।
No comments:
Post a Comment