Sunday, 18 August 2013

पुपाल ताल तटबन्ध निर्माण सम्पन्न

पुपाल युवा क्लबको अगुवाइमा मैकोटस्थित रुकुम जिल्लाको उच्च हिमाली बुकी पाटनमा अवस्थित पुपाल तालको तटबन्ध निर्माण सम्पन्न भएको छ। रन्मामैकोट गा.वि.स. वडा नं. ३ अन्तर्गतको पुपाल लेकमा झण्डै ४ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको यस तालको तटबन्ध निर्माण कार्य सम्पन्न गर्न एक महिनाको समयावधि खपत भएको थियो।
Maikot-Pupaal-Lake-4
Maikot-Pupaal-Lake-1


अर्थ मन्त्रालयबाट आ.व. २०६९/७०को ‘जनसहभागितामा आधारित विकास कार्यक्रम’ अन्तर्गत स्वीकृत अनुदान रकम नौ लाख ६० हजार र समुदायको जनसहभागिताबाट एक लाख ८४ हजार छ सय चार गरी कूल ११ लाख ४४ हजार छ सय चार रुपैयाँबाट ४० मिटर लम्बाइ, ९ फिट चौडाइ र साढे नौ फिट उचाइबाट निर्मित तटबन्ध ढुङ्गा र माटोबाट बनाइएको छ। स्थानीय कला र सीप प्रयोग गरी पर्यटकहरूलाई आकर्षण गर्ने हेतुले सम्पन्न गरिएको सो तटबन्धले सिङ्गो मैकोट गाउँ लाभान्वित हुने ठानिएको छ। जि.वि.स. रुकुम र पुपाल ताल तटबन्ध निर्माण उपभोक्ता समितिबीच सम्झौता भई निर्माण सम्पन्न भएको यस ताल समुद्री सतहदेखि ४८ सय मिटर उचाइमा अवस्थित छ। विश्वमै नामुद डोल्पा ट्रेकिङ रूट, नेपालकै उत्कृष्ट यार्सा ट्रेल र संसारकै महँगो तथा दुर्लभ शिकार पर्यटन क्षेत्रभित्रको एक आकर्षक र चर्चित बेसक्याम्पको रूपमा चर्चित पुपाल क्षेत्र र पुपाल तालको आ-आफ्नै अनुपम विशेषता रहिआएको छ। तटबन्ध निर्माण कार्यले सम्पूर्ण रन्मामैकोट गा.वि.स.का युवाहरु उत्साहित भएको छन्।

पुपाल क्षेत्र यार्सागुम्बा लगायत अन्य हिमाली जडिबुटी संकलन कार्य, हिमाली वन्यजन्तु तथा विदेशीहरूको शिकार गतिविधि र नजिकैको पुथा हिमाल र यसको सेरोफेरोमा रहेका प्राकृतिक सौन्दर्य अवलोकनसँगै भेडा तथा घोडापालनको लागि प्रख्यात नेपालकै एक सर्वपरिचित हिमाली धरातलयुक्त पर्यटकीय गन्तव्यस्थल हो।
Maikot-Pupaal-Lake-2
Maikot-Pupaal-Lake-3

No comments:

Post a Comment