Saturday, 3 August 2013

हामी माथीबाट वार्ताको गीत गाँउछौं,तलबाट जनताले बहिस्कारको गीत-बादल


काठमाडौं, १९ साउन । rambahadur_thapa_badalनेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले प्रतिक्रियावादीहरुले लोकतन्त्र र चुनावको नाममा सिक्किमीकरणको मुद्दा उठाई रहेको आरोप लगाएका छन् ।
संवाद डवलीमा खेम थपलियाद्धारा लिखित ‘वर्गसंघर्षमा दुई लाइन संघर्ष’ पुस्तकको विमोचन गर्दै बादलले चुनावको नाममा सिक्किमीकरणको मुद्दा कार्यान्वयन गर्न लागेकाले आफूहरुले विरोध गरेको तर्क गरे ।
बहिस्कार नै अहिलेको जनताको प्रिय साहित्य हुने पनि बादलको दाबी छ । उनले भने,‘अब प्रत्येक गाउँमा चुनाव गर्ने र नगर्नेको दोहरी चल्ने छ, त्यस दोहरीमा राष्ट्रियता बिरोधीहरुलाई हराउनु पर्दछ ।’
बादलले आफूहरु माथिबाट वार्ताको गीत गाउने र तलबाट जनताले बहिस्कारको गीत
गाउने बेला आएको बताए । हामी माथीबाट वार्ताको गीत गाँउछौं,तलबाट जनताले बहिस्कारको गीत गाउने छन्  ।

No comments:

Post a Comment