Thursday, 22 August 2013

पुंजीको कम्युनिस्ट धारणा !


एक दिन कमरेड हरि नेपालीले मसँग प्रस्ताव राख्नु भयो "कमरेड मक्सवादी अध्ययन मन्डल गठन गरौं" । एक सच्चा कम्युनिस्ट वन्नको लागि पहिले माक्सवादी वन्न जरुरी हुन्छ तव मात्रै त्यो कम्युनिस्ट वन्नको लागि लायक हुन सक्छ । कमरेड हरिको प्रस्तावलाई मोर्चाको वैठकमा लगियो । स्वत: पारित भयो प्रस्ताव । यसरी वन्यो नेपाली जनप्रगतिशिल मोर्चामा माक्सवादी अध्ययन मन्डल । अव सामग्री वटुल्ने तर्फ लागियो । सवै कमरेडहरुले आ-आफ्नो गक्ष अनुसारको योगदान गरे । माक्सवादी ग्रन्थहरुको चाङ् लाग्यो । एक ग्रन्थको नाम थियो कार्ल माक्सवाट लेखित महान ग्रन्थ पुँजी ।
तीन भागमा विभाजन गरिएको त्यो भिमकाय ग्रन्थ अध्ययन गरियो । करिव १८ सयको पृष्‍ठ रहेको त्यो पुस्तक वास्तवमा मक्सवादको मुख्य निती नै हो । दर्शनको भाषा, राजनीतिक भाषा र अर्थशास्त्रको भाषा यि तीन भाषाको समिश्रण गरिएको छ र हरेक शव्द पढिसके पछी एक पटक आँखा चिम्लिएर सोच्नु पर्ने वाध्य पार्छ । छ महिनामा पढिसकेको पुंजिको ४ भागमा एक भाग पढि सक्दा मलाई यो निष्कर्षमा पुर्यायो कि वर्तमान समयमा मानव जातिले भोगिरहेका तमाम विकराल परिस्थिती जन्माउने कारक तत्व नै पुँजी हो । पुजी अर्थात आर्थिक, पैसा अथवा धन । हो, अहिलेको अन्तर्विरोध भनेकै पुंजिको हो । पुंजिको असमानता नै हो । आर्थिक असमानता नै हो । हुने र नहुने बिचको हो । शोषक र शोषित विचकै अन्तर्विरोध हो । किन भने हुनेहरुसँग धेरै छ । नहुनेहरुसँग केही पनि छैन । हुनेहरु अझै मोटाउदै गईरहेका छन भने नहुनेहरु अझै नाङगिदै गैरहेका छन । उनिहरुसँग केही वचिरहेको छैन । यो खाडल अझै विकराल वन्दै गैरहेको छ । अव यही विन्दुवाट शुरु हुने गर्छ मानसिक विद्रोह । विप्लप यही विन्दुहरुवाट शुरु हुन्छ । त्यो कसरी शुरु हुन्छ ? त्यसको सामान्य उदाहरण हेरौ ।
मानौ कुनै मान्छे मरिरहेको छ र त्यसलाई अस्पताल पुर्याइन्छ तर त्यसको उपचार हुन सक्दैन । किन ? किन भने उसँग आर्थिक हुँदैन । कुनै मान्छे भोकले मरिरहेको छ तर उसको पेतमा भोजन पर्दैन । किन ? किन भने भोजन किन्ने अर्थ उसँग हुँदैन । कुनै जेहेन्दार शिक्षार्थी पढ्न विद्यालय जान चाहन्छ तर जान सक्दैन । किन ? किन भने पढ्नको लागि उसँग धन हुँदैन । यो सामान्य उदाहरणले पनि के प्रष्ट गरिरहेको छ भने यो पुँजी युगमा विपन्न वर्गका लागि वाच्न कुनै अधिकार छैन । यो युग हुनेहरुको लागि मात्रै हो । नहुनेहरुको लागि होइन । यस अर्थवाट देख्दा मान्छे मान्छेको विचमा गहिरो पर्दा लागेको छ । सवैले भन्छन, सवैले वाच्न पाउनु पर्छ तर यहाँ गरिव मरिरहेको छ । मानौकी, त्यो मान्छे नभएर कुनै किरा हो ।
कार्ल माकर्सले पुँजिमा पुंजिपति वर्गले कसरी नाफा कमाउछ र श्रमिकहरुको कसरी शोषण गर्छ भनेर व्याख्या गरेका छन । पुँजिपतिले त्यो वातावरण आँफैले निर्माण गर्दै छन जो अहिले हामीहरुले भोगिरहेका छौ । नाफाकै लागि राजनीति गर्छ । नाफाकै लागि उध्योग धन्दा चलाऊछ । नाफाकै लागि कलाकारखाना खोल्छ । नाफाकै लागि हतियारको कारखाना खोल्छ । त्यो हतियार खपत गर्नको लागि उसले युद्दको आयोजना गर्छ । युद्द हुन्छ । तहस नहस हुन्छ । त्यो तहस नहस बातावरण निर्माण गर्न उसले कर्जा दिन्छ । आँफैले दिएको अर्जामा त्यो पुनर्निर्माणको ठेक्का आँफै लिन्छ र उसले नाफा कमाईरहन्छ । पुजिपतिहरुले जतिसुकै शान्तिको आव्हान गरे पनि त्यसको उलङघन त्यसले आँफै गर्न सुरु गरिहाल्छ । किन भने शान्तिले पुजिपतिलाई नाफा दिदैन । वास्तविक अर्थमा शान्ति प्रेमी भनेका कम्युनिस्टहरु हुन । किन भने शान्तिको निम्ती र त्यसको पहलकदमिको निम्ती मात्रै उनिहरुले हतियार समाउन वाध्य हुन्छन । कम्युनिस्टले कोर्रा शान्तिको होइन बरु त्यसले समानताको कुरा उठाएर सामाजिक जीवनको गत्यारोधलाई खतम गर्न चाहन्छ र साचो शान्ति स्थापना गर्न चाहन्छ । किन भने शान्ती त्यसरी स्थापना गर्न सकिन्छ, कि वास्तबिक शान्ति कहां खोसिएको छ ? त्यो युगमा शान्ति कसरी स्थाइत्व रहन सक्दछ जहाँ ५ प्रतिशतको मुठ्ठिमा ९५ प्रतिशत मिचिदै मरिरहेका छन । ९५ प्रतिशत श्रमिकको श्रम केवल ५ प्रतिशतको धुकुटिमा जम्मा हुने स्थिती छ भने रोग र भोगले मान्छे आक्रान्त किन नपर्ला ? त्यो स्थितिमा हामी कसरी शान्तिको अपेक्षा गर्ने ? यसको अन्तिम निर्णय नै विद्रोह हो । मनिसले विद्रोह त्यतिबेला मात्रै गर्दछ तब उसँग सम्पूर्ण वैधानिक वाटाहरु बन्द भईसकेका हुन्छन । मानौं कुनै मान्छे भोकले लखतरान परीरहेको छ । उसँग पैसा छैन तर उस्को अगाडि अथाह भोजनको भन्डार छ । त्यो स्थितिमा त्यो भोको मान्छेले दुइमा एक निर्णय लिनु पर्ने हुन्छ । या त भोकोले मर्नु पर्छ या त चोरेर भए पनि पेत भर्नु पर्‍यो । त्यो स्थितिमा चोर्नु वा डाँका मार्नु नै उपयुक्त हुन्छ । त्यही हो बिद्रोह भनेको । एक भोको मान्छेले भोक सहन सकेन भने त्यसले चोर्नु प्रकृया नै उस्को निम्ती विद्रोह हो । अपराध भनिन्छ विद्रोहलाई । तर अपराध के लाई भन्ने ? जस्ले धुकुटी भरी अर्थ जम्मा पारेर अरुको पेतमा लात्ती बजार्ने र त्यसको रक्षा गर्नको लागि कानुन बनाउने शासक र शोषक अपराधी हो कि, वाच्नको लागि खोसेर खाएको अपराध ? कम्युनिस्ट्ले त्यसलाई अपराध थान्दैन । उस्लाई वाच्नु छ । बाँच्नको लागि खानु पर्छ तर उसँग खानको लागि भोजन छैन । किन्नको लागि धन छैन । अनी के गर्ने ? विद्रोह ! अन्तिम निकाश हो बिद्रोह । किन भने बाँच्न सबैको नैसर्गिक अधिकार हो ।
पुँजिले हामीलाई सिकाएको वाटो नै यही हो ।
लेखक
पृथी छक बुढा मगर (ग्लोभिभोना)
नेपाली जनाप्रगतिशील मोर्चा युएई केन्द्रीय सचिब
       

No comments:

Post a Comment