आधा संसार ओगटेको नारीहरु युगौ देखी रक्षात्मक अवस्थाबाट गुज्रिदै आएका छन । सँख्यालेको हिसाबले पृथ्वीको आधा भन्दा वढी भुगोल नारिहरुले ढाकिएको छ तर बिचारनिय कुरा यो छ कि यो स्थितिमा पनि नारी किन रक्षात्मक स्थितिमा पुग्यो । नारी जताततै बन्धनमा छ । भनौँ, नारी हरेक तौर तरिकाबाट वन्धन पारीएको छ । जन्मेदेखी मरुन्जेलसम्म कसै न कसैको वन्धनमा पारीएका हुन्छन् । वच्चा हुँदा वावुको वन्धनमा, वावुले विदाई गर्यो, विबाह भयो, लोग्ने मान्छेको वन्धनमा । बृद्द भयो फेरी छोराको वन्धनमा । वन्धन कर्ता फेरिदै जान्छन तर वन्धनवाट कहिले नारी मुक्त हुन सक्दैन, किन त ? एकै उमेरका छोरा छोरी, छोरा अबेला राति घर फर्केर आउछ परिवारले प्रवाह गर्दैन तर छोरी जो अवेला आए भने प्रश्न गरिन्छ, छोरीको जात रात सांझ कहाँ गएकी ? के हो यो जात भनेको ?
घरवाटै शुरु हुन थाल्छ छोरीको शोषण । छोरीले यो गर्नु हुन्छ, यो गर्नु हुन्न । एक पाइला वाहिर गयो । समाजको त्रास । सामाजिक वन्धन । त्यहि पुरुष जो हरेक समय नारीको सौन्दर्य प्रति प्यासी रहन्छ । हो त्यहि समाजले पुरुषको समर्थन र नारीको पाईला पाईलामा भत्सर्ना गरेको छ । उसका हरेक पाइलाको चियो गरेको छ यो समाजले । नारीलाई वोल्न पनि मनाही गरेको छ, पोथी वासेको शुभ हुदैन अरे !!! कति कर्मठ नारीहरु सधै चुलो र चौकोमै जीवन विताए । समाज भित्रको जन्जिर यो कति पीडामय छ । पुरुषहरु एकान्त पाउनु हुन्न, नारीको अस्मिता अतिक्रमण गर्न हमेशा लालांयित हुन्छन । जब नारिको अस्मिता लुटिएर जान्छ जो लुत्नेवालाको समर्थन गर्ने त्यहि समाजले नारीलाई तिरस्कार गर्छ र पुरुष वकाईदाका साथ कुनै अवरोध स्वातन्त्र रुपमा अर्को अतिक्रमको लागि फेरी नारि प्रतिको लालांयित जारि राख्छ ।
समाज, सभा, सम्मेलन, संगठन र चुलो चौको जताततै नारि सुरक्षित छैनन् । असुरक्षित छ नारी, मानौ नारि जंगलको हरिण हो जो भाग्ने काम गरिरहेको छ । पुरुष हिंश्रक जनावर हो जो हरिणलाइ आक्रमण गर्न तल्लिन रहन्छ । स्वातन्त्रताको नारा दिने मान्छेहरु होउ, जबसम्म संसारको आधा भन्दा वढी संख्या भएको नारीहरु,अल्पसंख्याकको रुपमा रहेको पुरुषहरुको मुठ्ठी भन्दा वाहिर आउदैनन तवसम्म वास्तविक रुपमा कहिले स्वतन्त्रताको अनुभूति गर्न सकिने छैन । यो त्यस्तै प्रक्रिया हो, जो ९५ प्रतिशत गरिबहरु, अल्पसंख्याकको रुपमा रहेका मात्र ५ प्रतिसत पुजिवादीहरुको मुठ्ठीमा नियन्त्रण कायम गर्नु हो । यस प्रकारको विसंगति ध्वस्त गर्नको लागि महिला उत्पादन मुलक कार्यहरुमा अग्रसर हुनु पर्छ । महिला यौन पुतली मात्रै हो भन्ने भावना र महिला बच्चा जन्माउने मेसिन मात्रै हो भन्ने कथित मान्यतालाई खतम पार्न नारि आफै जुर्मुराउने हो । पुँजीवादी सामाजिक प्रणालीमा उत्पादन प्रणाली समान स्तरको हुदैन । अब नारि समानताको निम्ति लड्ने हो । समाजका जति पनि अंतर्बिरोधहरु छन् ति अंतर्बिरोधहरु जस्तै जातीय, लिंगीय, धार्मिक र आर्थिक । यी चारै वटा बिधमान असमानता हटाउनको लागि एकले मात्रै पहल कदमी गरेर हुने होइन । यसको चारै हाँगाहरु सक्रिय हुनै पर्दछ । त्यो भनेको वर्गीय अन्तरविरोध समाधान गर्नु नै मुख्य एजेन्डा हो । वर्गीय मुक्ति बिना समाजका बिधमान असमानता खतम पार्न सम्भब हुदैन । त्यसैले आम पिडित महिलाहरु होउ, आफ्नो सामाजिक जन्जिर तोडेर वाहिर आउ र हेर, वाहिर पनि संसार छ । अनुभूति गर । वाहिर अझै खुल्ला संसार छ । संसार तिमीहरुकै हो । वहुमत तिमीहरुकै छ । जित निश्चित छ ।
लेखक :
पृथी छक बुढा (ग्लोभिभोना)
नेपाली जनप्रगतिसिल मोर्चा युएई (सचिब)
नेपाल आदिवासी जनजाती परिषद युएई महासचिव
No comments:
Post a Comment