Friday, 2 August 2013

पछुतो लाग्छ अचेल ती क्षण सम्झँदा


journalist-and-writer-Dadiram-Sapkotaआइतबार ‘एसियाभरिका कम्युनिस्ट नेपालमा जम्मा हुँदै गरेको समाचार पढ्दा म जिल परें। किनभने ‘अबको कम्युनिस्ट आन्दोलनलाई वर्गसंघर्षसँगै पर्यावरणीय संकटसित पनि जोड्नुपर्ने भएकाले यस्तो सम्मेलन आयोजना गर्न आवश्यक भएको’ महसुस गरेका रहेछन् एसियाभरिकै कम्युनिस्टले ।’
पर्यावरणीय संकटको विषय कम्युनिस्टको प्राथमिकतामा परेको खासै देखिन्न । विज्ञान तथा वातावरणमन्त्री हुन कोही नचाहने नेपालको प्रवृत्तिले पनि त्यही देखाउँछ । हुन त यो सबै दलमा छ नै । जे होस्, कम्युनिस्टले चाहिँ विषय नछुटोस् भनेर विधान र कार्यपत्रमा सामान्य उल्लेखसम्म गर्ने गर्छन् पर्यावरणीय संकटबारे । बरु सानामा हामीलाई तिनै कम्युनिस्टका ठुल्ठूला नेताले पर्यावरणीय संकट निम्तिँदा पो कम्युनिस्टलाई फाइदा हुन्छ भनेर सिकाएका थिए ।
हाम्रो स्कुलमा एक जना विज्ञान विषयका शिक्ष आए । नाम विजय रायमाझी हो कि ? उनलाई बिहान दतिवन लिन राष्ट्रिय निकुञ्ज जाँदा निकुञ्ज संरक्षण गर्न बसेको सेनाले पक्रिएछ । एकाबिहानै जंगली जनावर मार्न होला भन्ने आशयले हुनुपर्छ । तर, विषय ‘नाथे एउटा दत्तिवन लुछेकै भरमा सैनिक क्याम्प लैजाने ?’ भनेर चर्कियो । त्यतिखेर राष्ट्रिय निकुञ्ज संरक्षण, वन र वातावरण संरक्षणको प्रसंग निकै उठ्यो । कोही निकुञ्जमा काठ, दाउरा, घाँस काट्न पाउनुपर्छ भन्ने निस्किए । कोही त्यसको विरोधमा । हामी स्कुले बालक न थियौं ! अलि–अलि विज्ञानको पाठ पढ्दै गरेका ।
तर, सानैदेखि फणिन्द्र तिम्सिना, दिवाकर भुसाल, स्वनाम साथी, रूपलाल विश्वकर्मालगायत धेरै नेता आउ“थे गाउ“मा । भेè बदलेर, लुकिलुकी । धेरैको त नाम भुलें । उत्तम, सागर, प्रमोद, हिमाल, कञ्चनजस्ता भूमिगत नाम हुने त कति आए, गए । तिनको वास्तविक नाम कसरी जान्नु ? तर, राष्ट्रिय निकुञ्जनजिकै रहेको र त्यसमा जीवजन्तु हेर्न विदेशी आउँदा रोजगार हुने । पैसा कमाइने भएकाले त्यो जोगाउनुपर्छ भन्ने दिमाखमा पथ्र्यो । सौराहावरिपरिकाले त्यसै भन्थे । पत्याइयो । तर, तिनका कुराभन्दा बढी त हामी कम्युनिस्टकै कुरा पत्याउने भयौं । किनभने हामी तिनैबाट दिक्षित हुन खोज्दै थियौं । स्कुल सकिनासाथ कोही न कोही नेता आउँथ्यो र चर्का क्रान्तिका कुरा सिकाउँथ्यो ।
एकदिन त्यस्तै वन–जंगल जोगाउने वोषयमा मैले छुच्याइँ गरेर ‘वन जंगल जोगाउनुपर्छ’ भनें क्लास दिन आएका केही कामरेडलाई । तर ती कामरेडले भने, ‘होइन साथी, तपाईंले बुझ्नुभएको गलत हो । कुरा यस्तो हो । वातावरण संरक्षण गर्ने होइन । काट्नुपर्छ रूख । जनतालाई दिनुपर्छ बाल्न, काठ बोक्न । गाई–भैंसी चराउन दिनुपर्छ । जनताका पाल्तु जनावर पस्न दिनुपर्छ निकुञ्जमा । यो पहिलेदेखि यहीँका स्थानीय जनताको हक अधिकारको कुरा हो । तिनले सयौ“ वर्èदेखि भोगचलन गर्दै आएको वन रोकेर संरक्षण गर्ने कुरा सामन्तीहरूको जाल हो ।’ बीच–बीचमा सोध्थे उनी ‘बुझ्नु भो साथी ?’ ‘बुझिन्छ नि कामरेड’ हामी अँ अँ, ए ए’ गथ्र्यौं ।
उनले सुनाँदै गए, ‘यो निकुञ्ज भनेको जनताको दैनिक जीवन चलाउने वन हो । जनतालाई गाई, भैंसी चराउन नदिएर, घाँस–दाउरा गर्न नदिएर अनि थुनेर राख्ने ? जनतालाई मार्ने । अनि तिनले विदेशीलाई जनावर देखाएर डलर कमाउने ? आङ्खनो देशका मान्छेले चाहि“ घाँस पनि काट्न नपाउने । विदेशीले, धनीमानीले चाहिँ पैसा तिरेपछि हाम्रो गाउँघरको वनमा जे पनि गर्न पाउने ? ल भन्नुस् त साथी के यो अत्याचार हो कि होइन ? विदेशीका लागि मात्रै काम लाग्ने यस्तो वन राखेर के काम ? उनले ‘विदेशीलाई हेर्ने जनावर जोगाउन वन स्थानीयले जोगाउने । त्यो हेरेर पैसा धनीमानी, साहु, सामन्तले लिने । अनि ती जनावरले राति किसानको बाली खाएर किसानलाई कंगाल बनाउनाले पनि यो वन विदेशी दलाल र सामन्तका लागि मात्रै हो’ भनेर सुनाए । त्यसैले उनी भन्थे, ‘यो वन सिध्याउनुपर्छ ।’
भर्खर स्कुल पढ्दै गरेको । जीवन र जगत नबुझ्नेका लागि कामरेडका तर्क सही लाग्दैनन् त ? अनि हामी बयर, निगुरो, जंगली करेला व दाउरा लिन चितवन बरण्डाभार वा निकुञ्ज जा“दा सकेजति सालका पोथ्रा ढालिदिन्थ्यौं । त्यति मात्रै कहाँ हो र ? कामरेड सुनाउँथे, ‘जति समस्या भो उति जनता दिक्क हुन्छन्, जाग्छन् र क्रान्ति सम्पन्न उति नै छिटो हुन्छ ।’ अनि हामी सकेसम्म सरकारी धन कसरी सत्यानाश पार्न सकिन्छ भन्ने सोच्थ्यौं । आफ्नो स्कुलको त माया लाग्थ्यो । तर, बाहिरको टेलिफोन, बिजुली, स्कुल र क्याम्पसको पटक्कै माया लाग्थेन । किनभने हाम्रो दिमाखमा कामरेडहरूले भरिदिएका थिए, ‘यी सामन्ती सत्ता टिकाउन उभिएका हुन् । यी जति बन्छन् उति सामन्तीहरू बलिया हुन्छन् । गरिबको शासन उति ढिलो आउ“छ ।’ तर, सुरôा व्यवस्था त्यो बेला निकै कडा हुनाले अहिले झैं सार्वजनिक सम्पत्तिमाथि धावा बोल्न सजिलो थिएन । पाएसम्म लुकीलुकी तिनलाई हामी ध्वस्त बनाउन खोज्थ्यौं ।
हामीलाई भन्ने गरिन्थ्यो, ‘सामन्तीले बनाउने चिज, गरेको विकास जनतालाई झुक्याउन हो । तिनले जनतालाई गुलियो देखाएर आङ्खनो सामन्ती सत्ता लम्ब्याउने हो । त्यसैले तिनको सत्तालाई ध्वस्त बनाउनुपर्छ ।’ अझ एक जना कामरेडले भनेको त म सधैं झल्झली सम्झिन्छु, ‘शत्रुले, सामन्तीहरूले, धनीहरूले जे–जे राम्रो भन्छन् त्यसलाई विरोध गरिहाल्नुपर्छ । जे नराम्रो भन्छन् त्यसलाई समर्थन गरिहाल्नुपर्छ ।’ यो सुनेका हामी यसै गर्न खोज्थ्यौं । सामन्तीहरूले राम्रो भनेकोलाई जति छिटो ध्वस्त पारेर समस्या सिर्जना गर्‍यो उति छिटो गरिबको सत्ता आउ“छ भन्ने सिकेका थियौं ।
कामरेडको तर्क हुन्थ्यो वन त चाहिन्छ । गरिबको सरकार आएपछि गरिबको हित हुनेगरी जोगाउँछ । सामन्ती सरकारले सामन्तीहरूलाई मात्रै हुने गरी जोगाउँछ । हामीले वन मास्यो भने अलिकति भए पनि गरिबको सरकार छिटो आउँछ भनेर जंगल देख्दा छिटो सिद्धिएहुन्थ्यो झैं मान्थ्यौं कहिलेकाहीँ । अहिले संयोगवश ती दुवै नेता क्यास माओवादीमा छन् । एक जना साहित्यकार पनि हुन् । यस्ताका पछाडि आफू त लागियो, जे भने पनि पत्याइयो । अझै कति ठाउँमा यी एरिया कि कुन्नि के–के इन्चार्ज छन् । अझै हामीलाई झैं कतिलाई भुट्दै होलान् । अर्का कामरेड काठमाडौंतिर लतारिएको, एकदम आदर्शवान गफ गर्दै हिँडेको देख्छु म अहिले । साह्रै सोझा, इमानदार भनेर चिनिने ।
हामीलाई त्यो बेला जे पनि सबै सामन्तीले निर्माण गरेको भन्ने लाग्थ्यो । आफूले जे पत्याएँ, थुप्रै साथीलाई पनि त्यही पत्याउने बनाएँ । जो पत्याउँदैनथ्यो उसलाई जबरजस्ती पत्याउने बनाइयो । कि गोदेर भनेको मान्ने बनाइयो । कि ‘अबदेखि तँ सामन्ती सत्ताका कुरा पत्याउने भइस्, अर्कै समूहमा जा’ भनेर समूहबाट लघारियो । कतिलाई त सँगै गाई, भैंसी चराउन पनि पाउन्नस् हामीसित’ भनियो ।
अबको कम्युनिस्ट आन्दोलनलाई वर्गसंघर्ष सँगै पर्यावरणीय संकटसित पनि जोड्नुपर्ने महसुस गर्नु सकारात्मक विषय हो । किनभने कम्युनिस्टले ढिलै भए पनि पर्यावरणीय महत्व, संकटका विषयलाई पहिचान गर्नेछन् । कम्तीमा हामीले झैं रूखका पोथ्रा देख्नासाथ बन्चराले लडाइहालौं झैं गर्ने कार्यकर्ता त अबका कामरेडले निर्माण गर्ने छैनन् । बरु पूँजीवादीहरूसित हरेक विषयमा टक्कर लिन सक्ने कार्यकर्ता बनाउन कोसिस गर्नेछन् । 
(गत बुधबारसाउन ०६ गते २०६९ सालको जन आस्था साप्ताहिकमा प्रकाशित थियो यो लेख)

No comments:

Post a Comment