खेमबहादुर बुढा
रोल्पा : सशस्त्र द्वन्द्वका बेला बम विस्फोटमा परी शरीरभरि छर्रा गडेका रोल्पाका पाँच बालबालिका कष्टकर जीवन बिताइरहेका छन्। माओवादी द्वन्द्वका क्रममा २०६२ वैशाख १० गते यी बालबालिकाका शरीरमा गडेका बमका छर्रा अझै निकालिएको छैन।
‘शरीरमा रहेको बमको छर्राले सधैं दुखिरहन्छ’, टाउको र शरीरमा छर्रा बोकेर कष्ट सहिरहेका ११ वर्षीय रत्नबहादुर वली भन्छन्, ‘पढ्ने बेलामा पनि बेस्सरी टाउको दुख्छ।’ पाखापानी-१ दलसिङेमा २०६२ मा बेवारिसे बम विस्फोट हुँदा पाँच बालबालिकाको मृत्यु भएको थियो भने पाँच बालबालिका घाइते भएका थिए। उनीहरू धारामा नुहाउन गएका बेला बम पड्किएको थियो।
घटनामा परी ११ वर्षीय जंगबहादुर, १२ वर्षीय विष्णु, सात वर्षीय जयबहादुर, १० वर्षीय सरबहादुर र नौ वर्षीय तीर्थराज वलीको मृत्यु भएको थियो। त्यस्तै ६ वर्षीया जयकली, आठ वर्षीया ललिता, तीन वर्षीय रत्नबहादुर, १० वर्षीय अमृत र १४ वर्षीय फौडबहादुर वली गम्भीर घाइते भएका थिए। मृतक र घाइते सबै बालबालिका एउटै परिवारका तीन दाजुभाइका सन्तान हुन्।
विस्फोटको केही साताअघि त्यस क्षेत्रमा तत्कालीन विद्रोही माओवादी लडाकु र नेपाली सेनाबीच भिडन्त भएको थियो। भिडन्तका बेला छाडिएको बम विस्फोट भएको अभिभावक बलबहादुर वलीले बताए। विस्फोटमा बिरु वलीले छोरा जंगबहादुर गुमाए। छोरी जयकली घाइते भइन्। ‘छोरीको शरीरमा भएको छर्रा बाहिर निकाल्न खर्च छैन। उपचारमा कसैले सहयोग गरेका छैनन्’, बिरु भन्छन्, ‘छोरी सधैं बिरामी भइरहन्छे।’
घटनालगत्तै रुकुम सल्ले अस्पतालमा लगिएका बालबालिकालाई सामान्य उपचारपछि घर फकाईएको थियो। शान्तिप्रक्रियापछि उपचारका लागि राजधानीस्थित कान्ति बाल अस्पताल लगिए पनि आर्थिक अवस्था कमजोर भएकाले छर्रा निकाल्न नसकिएको गुनासो पीडित फौडबहादुरका बाबु बलबहादुरले गरे।
कान्तिका चिकित्सकले फौडबहादुरको शरीरमा बमका सातवटा छर्रा रहेको पत्ता लगाएका थिए। उनको निधार, टाउको, छाती, कम्मर, बायाँ हात, दायाँ खुट्टा र बायाँ पैतालामा बमका छर्रा गडेका थिए। छाती र निधारको छर्रा निकाल्न मात्र ५० हजार रुपैयाँ खर्च भएपछि अन्य भागका निकाल्न पैसा नपुगेका कारण उनलाई अभिभावकले घर ल्याएका थिए। ‘बाँकी पाँचवटा छर्रा शरीरमै छन्’, बलबहादुर भन्छन्, ‘छर्रा निकाल्न रगत र पैसा चाहिने रहेछ। म गरिबले कसरी जुटाउनु र? त्यसै कान्तिबाट छोरालाई घर ल्याएँ।’
घटनामा रति वलीले माइलो छोरा गुमाएकी थिइन्। जेठो छोरा अमृत र कान्छो छोरा रत्न गम्भीर घाइते भएका थिए। घाइते दुवै छोराको शरीरमा रहेका छर्रा निकाल्न नसक्दा उनीहरू बिरामी परिरहन्छन्। ‘कान्ति बाल अस्पतालमा पुर्याएँ। छोराहरूको शरीरभरि बमका छर्रा देखिए’, रति भन्छिन्, ‘छर्रा निकाल्न रगत र पैसा चाहिने रहेछ। म गरिबले कसरी ल्याउनु र? त्यसै फर्काएँ।’
रतिका छोरा अमृतको शरीरका सात ठाउँमा छर्रा गडेका छन् भने रत्नको टाउकोभरि छर्रा छन्। ‘छर्राको पीडाले गर्दा रत्नको मानसिक अवस्थासमेत राम्रो छैन’, रति भन्छिन्। घाइते ललिताको देब्रे हात र छातीमा छर्रा गडेका छन्।
यी बालबालिका शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा द्वन्द्वका बेला घाइतेका रूपमा सूचीकृतसमेत छैनन्। गाउँघरमा कसैले जानकारी नदिएकाले फाराम नभरेको र सरकारबाट सहयोग नपाएको गुनासो अभिभावकहरूको छ। अभिभावकले बालबालिकाको उपचारमा सहयोग गरिदिन मनकारी दातालाई आग्रह गरेका छन्।

No comments:
Post a Comment