Friday, 16 August 2013

नेपाली जनप्रगतिसिल मोर्चाको सातौ वार्षिकोत्सब सम्पन्न

           
साउन ३२, दुवई- नेपाल कम्युनिस्ट पार्टी-माओवादी समर्थित नेपाली जनप्रगतिसिल मोर्चा युएईले आफ्नो स्थापनाकालको सातौँ वार्सिकत्वसब कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । मोर्चाकै वरिष्ठ सल्लाहकार हरी नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा सभापतिको रुपमा मोर्चाकै केन्द्रीय अध्यक्ष रमेश गिरि रहनु भएको थियो । 
बेलुकी ४ बजे देखि सिन्ध पन्जाबमा सुरु भएको उक्त कार्यक्रमलाई मोर्चाकै महासचिब गोकर्ण ओझाले संचालन गर्नु भएको थियो भने स्वागत भाषण मोर्चाकै केन्द्रीय सदस्य रामसरण कडरियाले दिनु भएको थियो ।  मोर्चाकै केन्द्रीय सचिब पृथीछक बुढा मगरले मोर्चाको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सल्लाहकार हरि नेपालीले भन्नु भयो "प्रश्न उठ्न सक्छ, ईतिहास बोकेको एउटा क्रान्तिकारी पार्टी कसरि विभाजनको स्थितिसम्म आईपुग्यो ? होईन, हामीले यसलाई पार्टी विभाजन भएको मान्न सक्दैनौ किन भने यो भनेको पार्टीको पुनर्निर्माणको प्रकृया मात्रै हो । अब मान्नुहोस् माओवादी पार्टी मात्रै एउटा छ । त्यो हो नेकपा-माओवादी । हामीले दलाल तथा प्रतिकृयावादी तत्वहरुसँग सम्बन्ध बिच्छेद गरेका मात्रै हौँ । ति जनघाती गद्दारहरुलाई बहिस्कार मात्रै गरेका हौँ । पार्टी उही हो । पार्टी फुटेको होइन । कमरेडहरु यो कुरा बुझ्न अत्यावस्यक छ ।" उहाँले मन्तब्य राख्ने क्रममा भन्नु भयो "अहिले मुख्य चार दल जो संबिधान सभा भाग २ निर्वाचनको कुरामा जोड दिईरहेका छन । वास्तबमा ति दलहरु चुनाव नै चाहदैनन जो अहिले चुनावको वकालत गरिरहेका छन । किन भने ति दलहरु अहिले जनताबाट आँफै वहिस्कार हुँदै गईरहेका छन । वास्तबमा हाम्रो दलले चुनाव वहिस्कार गर्ने निती पारीत गरे पनि त्यो पार्टीले नै गर्नु भन्दा जनता आँफै स्वत: स्फुर्त रुपमा बहिस्कारमा उत्रिएका छन । वास्तबमा संबिधान हामीले चाहेका छौ तर अहिलेको जुन पाराले बिदेसिको लालमोहोर लगाएको संबिधान भित्र्याउने एमाओवादी सहीतको ४ दलले कसरत गरिरहेका छन । त्यस्तो संबिधान हामीलाई चाहिएको छैन । त्यसको निम्ती पार्टी आबस्यक पर्‍यो भने फेरी पनि बन्दुक बोक्न तयार रहेको म तपाईंहरुलाई स्पस्त पार्न चाहन्छु"
          मन्तब्यकै क्रममा मोर्चाका उपाध्यक्ष समर खत्रिले पार्टी र संगठन भित्र अझै बुर्जुवाहरुको चहलपहल गरिरहेकोले त्यस बिरुद्द पार्टी र सगठन चनाखो हुनु पर्ने कुरामा जोड दिंदै भन्नु भयो "खवरदार !अझै पनि बिदेशी प्रतिकृयावादीहरु आफ्नो खुनी नङग्रा गाड्न तत्पर छन, पार्टी र संगठन निकै चनाखो भएर रहन आबस्यक्ता छ ।" मोर्चाले गठन् गरेको जन स्वयमसेबक ब्युरोका कमरेडहरुलाई आबहान गर्दै भन्नु भयो "अहिले पार्टीले जनयुद्द्को जगमा जनबिद्रोहको कार्यदिशा पारित गरेको छ । अब याद गर्नुस्, कुनै पनि हालतमा प्रतिक्रान्तिकारी तत्वहरुसँग वारपारको युद्द सुरु हुन सक्छ । त्यो स्थितिमा हाम्रो संगठनको युवा दस्ता बन्दुक बोक्न पनि तयारी हुनु जरुरी छ"
           मन्तब्य राख्ने क्रममा बिभिन्न क्षेत्रका अध्यक्षहरु र केन्द्रिय सदस्यहरुले आ-आफ्नो मन्तब्य राख्नु भयो । दुबइ छेत्रीय अध्यक्ष तथा मोर्चाको केन्द्रिय सदस्य बिर्ख बहादुर माडेन लिम्बुले भन्नु भयो "अहिलेको पार्टीको मुख्य संघर्ष भनेको चुनब बहिस्कारको कार्यमा युद्द स्तरको लडाईं लडिरहेको हुनाले सम्पूर्ण कमरेडहरुले त्यसमा ध्यान दिन पनि आग्रह गर्नु भयो । कार्यक्रमको अन्तिमा चरणमा मोर्चाका कोषाध्यक्ष बिचारी आमिछाने आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भयो । 
          कार्यक्रममा सहिद परिवार सम्मान कार्यक्रम पनि सम्पन्न गरेको थियो । कार्यक्रमका सभापति रमेश गिरिवाट डोसल्ला ओडाएर सहिद परिवारहरुलाई सम्मान गरिएको थियो । सात बजेसम्म चलेको उक्त कार्यक्रममा मनोज काउछाको सयोजकत्वमा अखिल नेपाल जनसांस्कृतिक परिवार युएई कलाकार टोली पनि गठन् गर्‍यो । त्यस्तै मोर्चाका केन्द्रिय सदस्य काँशी काफ्लेको अध्यक्षतामा २३ सदसिय  राष्ट्रिय युवा  जनस्वयम सेवक युएईको पनि गठन् गर्‍यो । 
 पृथीछक बुढा मगर (ग्लोभिभोना 
नेपाली जनप्रगतिसिल मोर्चा युएई (केन्द्रिय सचिब)

No comments:

Post a Comment