Thursday, 15 August 2013

ईदको अवसरमा मोर्चाको फुटबल प्रतियोगिता बहाराइनमा सम्पन्न

हरि नेपाली ।दुबई , १४ अगष्ट २०१३ - नेपाली जनप्रगतिशील मोर्चा, बहाराइनको आयोजनमा मुस्लिम धर्माबलम्बीहरुको महान पर्व ईदको अवसरमा नेपाली समुदायहरुवीच खुल्ला फुटबल प्रतियोगित सम्पन्न भएको छ ।
 मोर्चाको बार्षिकोत्सव तथा ईस्लामिक धर्माबलम्बीहरुको महत्वपुर्ण पर्व इद उल फितरको अवसरमा यही अगस्त ८, ९ र १० तारिखका दिन योजिन कम्पनीको खेल मैदानमा सम्पुर्ण प्रवासी नेपालीहरुको सहभागितामा भातृत्वपुर्ण खुल्ला फुटबल प्रतियोगिता गरिएको हो । बहराइनमा रहेका विभिन्न १५ वटा टिमका खेलाडीहरुको सहभागिता रहेको उक्त प्रतियोगितालाई कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली क्लब बहराइनका अध्यक्ष दुर्गा गिरीबाट रिबन काटेर विधिवत रुपमा उद्घाटन गरिएको थियो ।
मोर्चाका केन्द्रिय उपाध्यक्ष तथा खेलकुद विभागका प्रमुख पञ्च कुमार चेमजोङ र मोर्चाका महासचिव सन्तोष गुरुङले संचालन गरेको प्रतियोगितामा संघीय लिम्बुवान समिति बहराइनको लिम्बुवान “ए” टिम प्रथम र सोही समितिकै लिम्बुवान “बी” टिम द्धितिय भएको थियो । उक्त फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडीमा तामाङ समाजका राज कुमार राई र उत्कृष्ट गोल रक्षकमा रमेश न्यौपाने चयन भएका थिए । नेपाली जनप्रगतिशील मोर्चा बहराइनका केन्द्रीय अध्यक्ष भिम केरुङ्गले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । साथै कार्यक्रमको समापन गर्दै प्रतियोगिता सफल बनाउन अहोरात्र खट्ने सवैमा आभार व्यक्त गरेका थिए ।

No comments:

Post a Comment