Saturday, 10 August 2013

१९ औ विश्व आदिवासी दिवसमा चियापान कार्यक्रम सम्पन्न


लक्ष्मण खनाल, युएई
1097311 372602389535869 775483632 n
नेपाल आदिवासी जनजाति युवा परिषद युएईको आयोजनामा १९ औ विश्व आदिवासी दिवस चियापान कार्यक्रम सहित युएईको राजधानी आबुधाबिको केरेला सोसियल सेन्टरमा सम्पन्न भएकोछ ।

परिषदका अध्यक्ष हरि बहादुर घर्तिमगरको सभापतित्व र युएईका लागि नेपाली राजदुन धनञ्जय झाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन परिषदका महिला तथा जन सम्र्पक विभाग प्रमुख शुसी पुलामी घर्ति मगरले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि झाले दिप प्रज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो ।
कार्यक्रम संयोजक मोहन कुमार तमाङको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा संघिय लिम्बुवान राज्य परिषद युएईका प्रमुख सल्लाहकार ललित बहादुर लिम्बु जन प्रगतिशिल मञ्च युएईका बुद्घििजवि परिषदका संयोजक पिताम्बर पोखरेल, जनप्रगतिशिल मोर्चा युएईका उपाध्यक्ष रामशरण कडरिया, समाजसेवी तजा आदिवासी जनजाति बुद्धिजिवि सुजन थापा मगर परिषदकी उपाध्यक्ष चन्द्रकला राई, लगायतले आदिवासी जानजाति दिवसको शुभकामना मन्तव्य राखेका थिए । र कार्यक्रमको अन्त्यमा चियापान कार्यक्रम गरि समापन गरिएको थियो । 
स्मरण रहोस की राष्ट्र संघीय प्राणाली अन्र्तगत आदिवासी जनजाति समस्या पत्ता लगाउन र समस्याहरु निराकरणको लागी आदिवासीको विश्वब्यापी घोषणा पत्र तैयार गर्न सन १९८४ मा आदिवासी कार्यदल गठन भएको थियो भने त्यहि कायृदलको सिफारिसमा सन १९९३ लाई संयुक्त राष्ट्र संघले विश्व आदिवासी दिवश १९९३ घोषणा गरेको थियो भियानामा सम्पन्न विश्व मानव अधिकार सम्मेलन द्वारा पारित घोषणा पत्र बमोजिम संयुक्त राष्ट संघको सधारण सभाले सन १९९५ देखि २००४ सम्मलाई मात्र ूविश्व आदिवासी दिवस भनिएता पनि तत्पश्च्यात विश्व भरिका आदिवासी जनजाति हरुले प्रत्येक वर्षको ९ अगष्टलाई विश्व आदिवासी दिवस भनेर मनाउदै आएका छन ।

No comments:

Post a Comment