पृथीछक बुढा मगर हो मेरो नाम । पश्चिम नेपालको
रुकुम जिल्ला राप्ती अञ्चलमा पर्छ मेरो घर । पहाड र हिमालको बिचमा करिब समुन्द्र
सतह देखी 35०० मिटरको उचाईमा
पर्छ त्यो । उच्च पहाडी ईलाकामा पर्छ । रुकुममा जन्मेको मान्छे सबैलाई थाहा भएकै कुरा हो गृह युद्दले चेपिएको वस्ती ।
पढ्न पाएन । ईच्छा हुँदा हुँदै पनि
पढ्न सकिएन । दोहोरो मारमा परेका थियौं त्यहाँका जनता । या त सरकारी सेनाको गोली खानु
पर्थ्यो या त मुक्ती युद्दको नाममा राइफल वोक्नु पर्थ्यो । म मात्र होइन, त्यहाँका
जवान-तन्नेरिहरु विदेश भासिनु वाहेक अरु बिकल्प हामीसँग वचेन । अनी रातको समय करीब
१ बजे तिर डेरावाराका कुकुर भुकाउदै १८ जना तन्नेरिहरुले गाउ छोडे । जसमा म पनि
थिएँ । मेरो उमेर सबै भन्दा कान्छो थियो । घरबाट आमाले वाटोमा अर्नीको रुपमा २-४
माना मकैको खाजा राखिदिनु भयो र खास्टोमा कुम्लो पारेर घर छोडेँ । आमा रुँदै हुनु
हुन्थ्यो । त्यो स्थिती पचाउन नसकेर हतार हतारमा निस्किएँ ।
जुन महिना २००४ मा भिजित भिसामा युएई आएँ । म दुवइ
अन्तराष्ट्रिय विमानस्थल हुँदै देरा
दुवइको मुटिना रोड (मार्कोपोलो होटेल नजिक पर्ने) १२ नम्मर भील्लामा
ल्याईपुर्यायो दलालले । जहाँ १३ जना म जस्तै अन्य युवाहरु पनि थिए । मात्र
गन्जीसँग त्यो कोठाको भुईमा लम्पसार परेर सुतिरहेका थिए । भित्र पस्ने बित्तिकै
हिपहीपाउँदो गर्मिले मेरो सातो लियो । कोठामा फ्यान छैन न एसी नै थियो । पछी थाहा
भयो उनिहरु फसि सकेका थिए । उनिहरु जस्तै म पनि फसिसकेको थिएँ ।
दलालले कुहिएका चामल ल्याइदिन्थ्यो । त्यो पनि एक छाक
मात्रै पुग्थ्यो । हामीहरु त्यो कुहिएको खानेकुराको लागि एक अर्कासँग झगडा गर्थ्यौ
। हो, वास्तबमा भोक जस्तो ठुलो यातना अरु केही रहेनछ । म रुकुमबाट आएको, एक पाखे । मगर खाम
वाहेक नेपाली पनि त्यती वोल्न नजान्ने, अङ्ग्रेजी र हिन्दिको त झन कुरै नगरौ ।
सबैले हेप्थे । कुलरबाट आँफैले पानी ओसार्नु पर्थ्यो । उमेर पनि कान्छो
थियो ।
हप्ता दिन पछी सबैले जागिर पाए तर मेरो पालो कहिलै आउने भएन
। अन्तर्वाता दिने भनेर दलालले सम्बन्धित स्थानहरुमा पुर्याउथ्यो तर भाषाले म आजित
हुन्थें । पाउन सकेन जागिर
। अब पढ्न थालेँ अङग्रेजी र हिन्दी । नेपाली साथीहरुले हिन्दी लेखी दिन्थे तर एकले
अर्को अर्थ दिने शब्द लेखिदिन्थे जसको परिणाम राम्रो हुँदैनथ्यो । तर मैले सिक्ने
काम छाडेन । सिक्दै गएँ । गोजीमा सुको थिएन । कोठामा गर्मी भएकाले रातको समयमा
अहिले युनियन मेट्रो स्टेशन (त्यतिखेर दुबोको हरियो पार्क) थियो त्यहाँ गएर
सुत्थ्यौ काभ्रेका धन लामा दाईसँग । एक रात एक पाकिस्तानी मुलका नागरिकले करणी
गर्न खोजेको थियो धन दाइलाई । जिन्दगीका ति बिडम्बनाहरु सोच्दा तोल्हाउन मन लाग्छ ।
त्यतिखेर मैले नेपाली राम्रो लेख्थें त्यसैले चितवनका
दाईहरुले आफ्नो गर्लफ्रेन्डहरुलाई पत्र लेख्न पठाउथे अनी त्यो वापत मलाई पैसा
दिन्थे । प्रती पत्र ५ दिहराम दिन्थे । त्यो पैसाले म बिभिन्न कम्पनिहरुमा पुगेर
बायोडाटा बुझाउने गर्थेँ । तर कुनै कम्पनिबाट
मलाई बोलाउने काम भएन । पछी नेपाल फर्किने समय हुन थाल्यो । तर दलालले केही राम्रो
काम पनि गर्यो । उसले अर्को भिजा थप्नको लागि ईरानको किस टापुमा पठायो तर पैसा दिएन ।
पैसाको कुरा गर्दा भोली पथाइदिन्छु भन्यो । म किस पुगेँ फ्राबी होटेलमा । होटेलमा
बिहान पाउरोटी र चिया दिन्थ्यो । तीन दिनसम्म त त्यो एउटा पाउरोटी र एक कप चियाले
काम चलाएँ तर चौथो दिन पैसा नभएको कारणले पास्पोर्ट जफत गरेर म लगायत अन्य पैसा
तिर्न नसक्ने नेपाली केटाहरुलाई होटेलवाट निस्कासन गरियो । अब दु:खका दिन आए ।
सात दिन बित्यो । न पैसा आयो न भिसा आयो । पेत ढाडमा
चेप्तिएर श्वास फेर्नै मुस्किल पर्न थाल्यो । होटेलबाट निकालिए पछी सुत्नको लागि
समुन्द्र किनारहरुमा वालुवाको सिरानी बनाएर सुत्नु पर्ने अवस्था आईसकेको थियो ।
पेतमा केही नहुनाले कुलरको पानी पिउने बित्तिकै तल कट्टु भिज्न पुगिहाल्यो । अब
मर्ने भईयो । मैले यही सोचेको थिएँ । त्यहाँ किस गएको एक नेपाली दिदीलाई सहयोग
मागेँ नेपाल फोन गर्नको लागि । किसमा सस्तो पर्थ्यो दुवईको तुलनामा त्यती खेर ।
प्रती मिनेट १ दिहराम पर्थ्यो । त्यो दिदिले सहयोग दिनु भयो ५ दिहराम । नेपाल फोन
गरें मामालाई । मामा त्यतिखेर माओवादी पार्टीको ठुलै जिम्मेवार मान्छे थिए ।
उहाँले फोन गरे पछी एकै चोटि पैसा र भिसा आयो । त्यो पनि भिजित भिसा नै थियो । ३००
दिहराम पथाईदिएको थियो । ५ छाकको भोको पेट, रेस्तुरेन्ट गएर
करीब ३ थाल मासु-भात खाएँ । थप खाना थपेको थप्यै गरेको हुनाले वेटर एक पटक
आश्चार्य चकित भएर भनेको थियो "अब थप खानाको लागि चार्ज लाग्छ" । थप
चार्ज तिरेर पनि थपेर खाएँ । तर त्यसले ठीक गर्छ जस्तो लागेन मेरो स्वास्थ्यको
लागि । मात लाग्यो खानाको । पखाला भने लागेन । जिउ लत्रिएर आयो । हात गोडा गलेर
आयो । स्थिती ५ छाक भोकै हुँदाको भन्दा खराब भयो । त्यो भोलीसम्ममा ठीक भईहाल्यो
।
भिजा २ महिनाको
थियो, एक महिना एक्सटेन्शन गर्न मिल्थ्यो । जम्मा ३ महिनाको हुन्थ्यो । पहिलो ३
महिना बितिसकेको थियो । म बेरोजगार नै थिएँ । क्रमश: दुई महिना पनि बित्यो । एक
गोदाममा सामान लोड गर्नको लागि मेरो जागिर होला जस्तो भयो । तलब ४५० थियो । राजी
भएं । हप्ता दिन पछी काममा बोलायो । काम !!! काम त कामै थियो । ५० किलोको चामल,
गर्मिको सिजन ।
पापी ड्राइभर, हेल्पर एक्लै । पेटमा रुमाल कसेर उथाउथें । सौकत नामको
ड्राइभर गाडीमै बसेर निर्देशन दिन्थ्यो छिटो छिटो गर पार्किङ् छैन । पसिनाको के
कुरा गर्नु । त्यो स्थितिमा कती ढलेको छु कती । ३ बर्षसम्म त्यस्तै काम गरें ।
अङ्ग्रेजी सिकें । हिन्दी सिकेँ । तीन बर्ष पछी अर्को कम्पनीमा गएँ । जहाँ मेरो
खास क्यारीयर सुरु भयो । लोजिस्तिक सम्बन्धी ज्ञान हासिल गरेँ । त्यस बिचमा
मेरो जिबनमा धेरै उतार चदाब आए । धेरै आफन्त गुमाएं संधैको लागि । त्यो स्थितिमा म
पागल भएं एक्लै एक्लै । म नितान्त एक्लो भएं । हो, एक्लै जन्मे एक्लै
भएँ ।
काम, भाषा सिकिसके पछी अर्को कम्पनीमा
ट्रान्सफर् गरें । त्यहाँ नेपाली १ लाख वरावरको तलब र अन्य सुविधाहरु थियो । जिन्दगीको यो मोडसम्म आईपुग्दा र मुल्याङकन् गर्दा
बिदेशले मेरो धेरै चिज खोसेको छ । थोरै मात्र प्राप्त गरेको छु जस्तो लाग्छ ।
अहिले म दुबइमै छु । सामाजिक संस्थाहरुमा सङलग्न छु । नेपाली
जनप्रगतिसिल मोर्चा युएई केन्द्रिय समितिको सचिब, आदिवासी जनजाती
युवा परिषद युएईको महासचिब भएर काम गरिरहेको छु । भर्खरै मात्र मेरो आमा भिरबाट
लडेर ५ वटा करङ भाचिएको थियो । उहाँको उपचार गरेर फर्किएको मात्रै १५० दिन भएको छ । अझै
के के हुने हो यो जिन्दगीमा केही ठेकान छैन ।
No comments:
Post a Comment