एके-४७ राईफलका आविष्कारक मिखाईल क्लाशनिकोभको निधन
एके-४७ राईफलका आविष्कारक रसियन नागरिक मिखाईल क्लाशनिकोभको ९४ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
क्लाशिनोभवले आविश्कार गरेको एके-४७ राईफल विश्वमै सबैभन्दा बढी प्रयोगमा ल्याइएको राईफल हो । क्लासनिकोभ राईफालका नामले समेत परिचित यो रार्इफल जर्मन हतियारलार्इ विस्थापित गर्दै रुसले प्रचलनमा ल्याएको थियो !
 |
|
एसल्ट राइफलको भरमा लडिरहेका जर्मन सेनासँगको लडार्इंमा रुसी सैनिकहरुलाई समस्या भएपछि क्लाश्निकोवले अस्पतालमा रहेका समयमा एके–४७ को डिजाइन गरेका थिए । दोस्रो विश्वयुद्धपछि रुसी सेनामा कार्यरत मिखाइल क्लाश्निकोव युवा अवस्थामै एके–४७ को डिजाइन गरेका थिए । उनले सन् १९४७ मा आफ्नै नामबाट बनेको क्लाश्निकोव राइफललार्इ परिस्कृत गरेर तयार पारेको मोडेललार्इ एके–४७ नामाकरण गरिएको थियो ।
क्लाशनिकोवको जन्म रुसको पश्चिमी साइबेरियामा १० नोभेम्बर १९१९ मा भएको थियो । मिखाईल क्लाशनिकोभले एके-४७ बनाएवापत रुसी सरकारबाट सम्मानित भएपनि उचित पैसा भने नपाएको गुनासो गरेका थिए ।
क्लाशनिकोभले १९४१ मा विश्व युद्धको क्रममा तोपको गोला लागी घाईते भएका थिए । एके–४७ राइफलबाट विश्वमा अन्य बन्दुकहरुभन्दा बढी मानिस मारिएका छन् । यो हतियार विश्वका धेरै देशहरुमा सरकारी सुरक्षानिकाय र गुरिल्ला युद्धमा सहभागीहरुले पनि प्रयोग गरिरहेका छन् ।
No comments:
Post a Comment