Wednesday, 18 December 2013

इमान जीवनदान अभियान दुबइमा


जीवनको उर्वरा र उमङगमय उमेर अस्पातलको चक्कर मारिरहेको ईमान भाई दुवै मृगौला फेल भएको ठिक्क चार वर्ष भयो । आज राजनीति भन्दा वाहिरको कुरा गर्न मन लागिरहेको छ तर यहाँ एउटा वर्गको कुरा उठाउन खोजिरहेको छु । जब वर्गको कुरा आउछ तव राजनीतिवाट अछुटो कसरी रहन सक्छ यो विषय । अनि त्यसैको सेरोफेरोमा रहेर गफिन मन लाग्यो मित्रहरुसंग । 
यो दुनिया हुनेहरुको लागी मात्रै हो, नहुनेहरुको लागि होइन । यो भनाई साँचो सावित भएको छ अहिले फेरी । मानौं, कुनै मान्छे वाटोमा भोकभोकै मरिरहेको छ तर उसंग पैसा छैन भने भोजनालय त्यसलाई भोजन खुवाउन तयार हुने छैन । यदि कुनै मान्छे महामारी रोगले च्यापेर एक्लै मरिरहेको छ तर यदि उसंग पैसा छैन भने अस्पताल त्यसलाई उपचार गर्न सक्दैन । त्यसैले भनिएको हो, यो दुनिया हुनेहरुको लागि मात्रै हो इमान जस्ताहरुको लागि होइन रहेछ । त्यसैले त इमान भाई चार वर्ष देखि दुवै मृगौला फेल भएर हप्तामा सातौँ हजार खर्च गरेर डाईनोसिस गरेर वाचिरहेको छ तै पनि अस्पताल भन्छ, प्रत्यारोपणको निम्ति पैसा तयार गर्नुस । यदि पैसा नहुने हो भने अस्पताल उसको उपचार गर्ने छैन । उपचार नहुनु भनेको के हुन्छ त्यसको परिणाम तपाईहरुलाई थाहै होला । मृत्यु हो । ईमान परिवारसंग अहिले केहि छैन । डाईनोसिस गर्दा गर्दै यो चार वर्षको अन्तरालमा ईमान परिवारको आर्थिक अवस्था सुन्य भयो । "अहिले त डाईनोसिस गर्न पनि सक्ने स्थिति छैन" ५० वर्षीय इमानको आमा एक्लो छोराको विछ्यौनामा आशु झार्दै भन्नु हुन्छ ।
मैले विचार गरें । यो पुँजीवादी युग कति कुर्र छ । कति निर्दय छ । तर सामाजिक प्रणाली जुन पुँजीवादले वनेको छ यो भित्र पनि दयावान र दानिमान मान्छेहरुको कमि छैन भन्ने हामीले विस्वास गर्यौं । त्यो आशा र भरोशाका साथ् हामीले ईमान जीवनदान अभियान समिति गठन गर्ने निर्णय गर्यौ । एक एक पानीको थोपा मिलेर समुन्द्र वन्न सक्दछ भने तपाई हामीहरुको एक-एक पैसाको जोडले ईमानको जीवन वचाउन कसरि नसकिएला र ? त्यो कुनै आश्चर्यको विषय होइन ।
हामीले हार्दिकता प्रकट गर्दै तपाईहरुसंग ईमान घर्तीको जीवन वचाउन सहयोगको याचना गर्दछौं । आशा छ, तपाइहरुको दयाको झोली अझै रित्तिएको छैन । यो संसार पापी भए पनि दयावान मानिसहरुको खडेरी परेको छैन ।
ईमान जीवनदान अभियान समिति दुवई युएई



No comments:

Post a Comment