Sunday, 22 December 2013

'बरु म मर्न तयार हुन्छु, दक्षिणपन्थी हुन्न ।' -अध्यक्ष मोहन वैद्य


काठमाण्डौ, चुनाव बहिस्कारको आन्दोलनलाई सफलतापूर्वक नेत्रित्व गरेको पार्टी नेकपा- माओवादीले 'जनविद्रोह'का लागि सहरमा 'सैन्य मोर्चा' बनाउने निर्णय गरेको छ । सात दिनदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकले तत्काल युवा मोर्चाको नाम परिवर्तन नगरे पनि अन्ततः सहर केन्द्रित सैन्य मोर्चा बनाउने निर्णय गरेको हो । 

जनयुद्ध जगमा जनविद्रोहको कार्यदिशा प्रष्ट भएको उल्लेख गर्दै अध्यक्ष मोहन वैद्यले केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिंदै भने, 'अब सहर केन्द्रित आन्दोलनका लागि युवा मोर्चालाई सैन्य मोर्चामा ढाल्नु पर्छ ।' युवा मोर्चालाई त्यसै अनुसार प्रशिक्षण र तालिम दिनु पर्ने र आवश्यक परे परिचालन गर्नु पर्ने बताउनु भयो ।

गाउँभन्दा पनि  शहर केन्द्रित आन्दोलनका लागि संगठन सुधार्नुपर्ने उनले बताए । जनयुद्धका जगमा जनविद्रोहबारे प्रष्ट पार्न सदस्यहरुले नेतृत्वलाई दवाव दिएपछि उनले अन्तिम कार्यदिशा जनविद्रोह नै भएको बताउनु भएको थियो । 'अन्तराष्ट्रिय परिस्थिति हाम्रा पक्षमा नदेखिएको जस्तो भएपनि, असम्भव कुरा केही पनि छैन,' उनको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'अन्तराष्ट्रिय परिस्थति सामान्य अवस्थामा गुजे्रको छ, तेस्रो विश्वका मुलुक र साम्राज्यवाद पक्षधरवीच संघर्ष चलेको छ ।' उहाले पार्टीमा दक्षिणपन्थी अवसरवाद र शीघ्र विजयको मानसिकता हावी हुँदै गएको कुरा बताउनु भयो । 'बरु म मर्न तयार हुन्छु, दक्षिणपन्थी हुन्न,' उहाले स्पष्ट पार्दै भन्नुभयो ।

बैठकमा उपाध्यक्ष सीपी गजुरेल र सचिव देव गुरुङले संविधानसभाका २६ सिटमा सहभागिताबारे कतै नबोलेको जवाफ दिनुभएको थियो ।  सदस्यहरुले २६ सिटले सिंगो पार्टी कार्यकर्ता अलमलमा परेको उल्लेख गरेपछि गजुरेल र गुरुङले जवाफ दिएका हुन् ।

महासचिव रामबहादुर थापाले जनयुद्ध नै पार्टीको अन्तिम विकल्प भएकाले भ्रम नपर्न स्पष्ट पार्नुभयो । महासचिव थापा, उपाध्यक्ष गजुरेल, सचिवद्वय गुरुङ र नेत्रविक्रम चन्दले सहर केन्द्रित आन्दोलन लागि युवा मोर्चालाई सैन्य बनाउने धारणा राख्नुभएको थियो । सहरमा प्रभाव पार्न सके गाउँ सजिलै नियन्त्रण हुने पार्टीको धारणा रहेको छ । 

No comments:

Post a Comment