Monday, 23 December 2013

संविधानसभाबाट निकास छैन: वादल



 ८ पुस, नेपालगञ्ज । नेपाल कम्युनिस्ट पार्टी –माओवादीका महासचिव रामबहादुर थापा ‘वादल’ले परिवर्तनकारी शक्तिलाई बाहिर राखेर गरिएको अहिलेको संविधानसभाको निर्वाचनले राजनीतिक निकास नदिने बताउनु भएको छ । 

महासचिव वादलले संसदवादी दलहरु आफूहरुको मागप्रति सकारात्मक नभए सडकबाट राजनीतिक निकासको लागि आन्दोलन गर्ने बताउनु भएको छ । 

नेकपा-माओवादी सहितका ३३ दलको विरोधका बावजुद पनि संविधानसभाको निर्वाचन गरिएको भन्दै महासचिव वादलले आफुहरु संकट हल गर्न चाहेपनि संसदवादी दलले संविधानसभाको निर्वाचन गरेर संकटलाई चर्काउने काम गरेको बताउनुभएको छ । 

त्यस्तै तपाईहरु जंगल जाने तयारीमा हुनुहुन्छ रे नि भनेर सोधेको प्रश्नमा वादलले आफ्नो पार्टी कुनै पनि हालतमा जंगल नजाने बताउनुभएको छ । 

आज नेपालगञ्जमा केही पत्रकारसँग कुरा गर्दै महासचिव  बादलले भन्नुभयो, ‘१० बर्षे जनयुद्धमा समेत जंगलमा नभई जनताको विचमा रहेको बताउनुभएको छ ।’ 

आफुहरु वार्ता, संवाद र सहमतिबाट राजनीतिक निकास खोज्नुपर्ने पक्षमा भएको बादलले बताउँदै गोलमेच सम्मेलनबाट मात्रै निकास सम्भव भएको स्पष्ट पार्नुभयो ।

मंगलबार विहान ८:३०मा समसायकि राजनीतिका बारेमा पार्टीको धारणा स्पष्ट पार्न महासचिव वादलद्वारा नेपालगञ्जमा पत्रकार सम्मेलन हुँदैछ ।

No comments:

Post a Comment