Friday, 20 December 2013

पहिलो संविधानमा उठाइएको पहिचानको मुद्दा दोश्रो संविधान सभामा ओझेलमा पर्दै

भर्खरै मात्र सकिएको छ दोश्रो संविधान सभाको चुनाव । चुनावको चतारो सकिए लगत्तै सरकारको नेत्रित्व कस्ले गर्ने र सरकारमा सहभागी हुने दलहरु कस्तो मन्त्रालय प्राप्त गर्ने कुरामा वर्गेनिङ गर्दै छन । स्वर्गिय गिरिजा प्रसाद कोइरालाले वारम्वार भन्नु भएको "एक युगमा एक दिन एक पटक आउछ" भन्ने उक्ती गलत सावित हुँदै फेरी कहिलै आउन नसक्ने भनिएको संविधान सभा फेरी मङ्सिर ४ मा आयो र दलहरु फेरी यो चुनावलाई ऐतिहासिक रुपमा सम्पन्न भएको भनेर व्याख्या गरे । यसले प्रष्ट गरिरहेको छ, कि फेरी यस्ता अन्य थुप्रै संविधान सभाको चुनावहरु हुँदै जाने छन । दलहरु यो भईरहने प्रकृयालाई ऐतिहासिक रुपले सम्पन्न भएको ठोकुवा गर्ने छन । यसले पनि दलका नेताहरुले भनिरहेको जस्तो अहिलेको संविधान पनि ऐतिहासिक महत्वको हुन सक्दैन जती दलहरु भन्ने गरिरहेका छन ।  

मङसिर ४ को संविधान सभाको चुनावले अग्रगमनको धारलाई भुट्टे वनाएर गएको छ भने प्रतिगामी चहलपहलको निम्ती सुनौलो अवशर वनेर आएको छ । यसमा चुनावमा पराजित दलहरु विशेष गरी एमाओवादी र संघिय समाजवादी पार्टी लगाएत अन्य जातिय मोर्चाहरुको पराजयले पहिलो संविधान सभामा उठाइएका पहिचानका मुद्दाहरु ओझेलमा पर्ने निस्चित भएको मान्न सकिन्छ । प्रतिकृयावादीहरु जो चाहन्थे त्यो भएरै छाड्यो । प्रगतिसिल मोर्चा भनिएका शक्तिहरुले त्यो प्रतिगामी चहलपहल रोक्न सकेनन । यो उनिहरुको निम्ती ठुलो भुल थियो भने आम आदिवासी जनजाती तथा पिछडिएका वर्गहरुको निम्ती यो पराजयको क्षण थियो ।    

एमाओवादी पार्टीले दावी गरेको जस्तो डिजाइनको काम नभएको होइन । त्यो भएको होला । त्यसको वहसको पाटो हुन सक्छ तर जुन प्रतिकृयावादीहरु चाहन्थे कि कुनै पनि हालतमा प्रगतिसिल भनिएका मोर्चाहरु पराजित हुनु पर्छ । अन्तिममा त्यही भयो । यो दु:खको कुरा थियो । एमाओवादी पराजय भईसके पछी सयौँ वर्ष देखी अन्याय र अत्याचारको जाँटो मुनी पिसिँदै आईरहेका पिछडिएका वर्ग र आदिवासी जनजातीहरुको मुद्दा पनि पराजय भईसकेको छ । यो सत्य कुरालाई सवैले स्विकार्नु पर्छ । किन भने छेत्रीय दलहरुले त्यो माग पुरा गर्न सक्दैनथे जुन एमाओवादिले पुरा गर्न सक्दथ्यो तर त्यो हुन सकेन । किन भने अवसरवादीहरु जनताको आँखामा पट्टी वाँध्न शुरु गरिहाले । अशोक राइहरु वास्तविक अर्थमा जनजातिहरुको माग प्रती जिम्मेवारी थिए भने चुनावमा एमाओवादीसँग चुनावी टालमेल गर्न सक्ने थिए । असोक राई त्यही मान्छे हुन जो एमाले पार्टीमा हुँदा चिच्याएर यो भन्ने गर्थे "जातिय आधारमा राज्य हुन सक्दैन" उनले पनि त्यही भ्रम छरेर हिडेका थिए जुन अन्य प्रतिगामी शक्तिहरु भन्ने गरेका थिए । पछील्लो चरणमा सोझो र पिछडिएको जनजातीहरुको ढाडमा टेकेर सिंहदवार छिर्न सकिन्छ भन्ने वुझेर आफ्नो वोली फेरे "जातिय आधारमा राज्य हुनु पर्छ" ।  

माओवादीले उठाएको मुद्दा जातिय आधारमा राज्य हुनु पर्छ भन्ने थिएन । माओवादीले उठाएको मुद्दा पहिचानको आधारमा राज्य हुन पर्छ भनेको थियो तर त्यसलाई प्रतिगामी शक्ती र अवशरवादिहरुले अपव्याख्या गरिदिए । जुन षद्यन्त्र माओवादी पार्टीले भन्दाफोर गर्न सक्षम भएन । पहिचान र जात फरक कुराहरु हुन । मगर जात हो भने मगरात त्यसको पहिचान हो । मगरात भित्र अन्य जातको पनि स्थान रहन्छ । मगरात राज्यमा वाहुनको छोरा छोरी पनि मुख्य मन्त्री हुन पाउछन । तमुवान राज्यमा छेत्रीको छोरा छोरी पनि प्रमुख हुन सक्दछन तर अवशरवादिहरु भन्न थाले "वाहुन क्षेत्री काटिन्छ, तातो रगत छाटिन्छ  । भनियो जातीय आधारमा राज्य वन्नु पर्छ  र त्यस राज्यमा त्यसैको प्रमुख्ता रहने छ जुन राज्य विशेष जातीय आधारमा निर्माण गरिएको छ ।" यो के भनेको होलान ? माओवादिको मुद्दा यो थिएन । यो रवैया गलत छ । यसको भन्डाफोर हुनु जरुरी थियो तर हुन सकेन । जुन शक्तिले यो मुद्दा उठाएको थियो त्यो मुद्दाको निकास दिन माओवादी पार्टी सक्षम हुन सकेन ।

यि कुराहरु जनताले स्विकार गर्दैनन । वहुसंख्याक वाहुन छेत्रीहरुको समर्थन विना आदिवासी जनजातिहरुले आफ्नो माग पुरा गर्न सक्दैनन । त्यसैले प्रमुख कुरा वाहुन जात आदिवासी जनजातीको दुश्मन हुन सक्दैन दुश्मन भनेको वाहुनवाद हो । त्यो वाद बाहुन जाती भित्र मात्रै छ भन्नु एक प्रगतिसिल मान्छेको निम्ती घोर वैचारिक स्खलन हुन जान्छ । त्यो चिन्तन अन्य जाती भित्र पनि छ । जसले वाहुनवादको सेवा गरिरहेको छ । यि सम्पूर्ण अवशरवादी रवैया र तमाम प्रतिकृयावादीहरुको षड्यन्त्रको सिकार भयो पहिचानको मुद्दाहरु ।  

मङ्सिर ४ को चुनाव पछी प्रतिगमनकारीहरुको शक्ती राज्यमा हावी भएको छ । जुन शक्तिहरु पहिचानको आधारमा राज्य हुनु पर्ने मागको विरुद्दमा लागेका थिए । त्यसैले अहिले विधान सभामा उनिहरुको वहुमत रहेकाले निस्चित रुपमा आदिवादी जनजाती र पिछडिएको वर्गको हित अनुकुल संविधान बन्न नसक्ने कुरा निस्चित भएको छ । त्यसैले फेरी गिरिजा वावुको भनाइलाई गलत सावित गर्दै फेरी त्यो कहिलै आउन नसक्ने भनिएको महत्व पूर्ण दिन प्राप्तिको निम्ती सम्पूर्ण जनजाती तथा पिछडिएको वर्गहरु उठ्न आबस्यक्ता रहेको वुझ्न सकिन्छ ।
पृथी छक वुढा मगर ग्लोभिभोना 
नेपाली जनप्रगतिसिल मोर्चा युएई केन्द्रीय सचिव
नेपाली आदिवासी जनजाती परिषद युएई महासचिव 

No comments:

Post a Comment