"पागल कुकुरले टोक्यो भन्दैमा, हामीले पागल कुकुर लाई टोक्नु, त्यो पागल कुकुर र हामीमा फरक केहि हुदैन त्यसैले बुद्धिमानी, सक्दो पागल कुकुर बाट धेरै टाठा रहनु, या त्यसलाई उचित व्यवस्था गर्नु" यो भनाई मेरो होइन । मगर संघ युएईका उपाध्यक्ष भरत राना मगरको हो । विचार गरें, यो सस्तो वाक्यले गौरव शाली संघको लागि लछारपाटो केहि लगाउन सक्दैन । यो सुहाउँदो शब्द पनि थिएन उनीहरुको निम्ति । त्यसैले यसको वारेमा तर्क गर्नु एक वुद्दिमानी मानिसको निम्ति योग्य पनि थिएन तर जव मैले माथिको उक्ति उच्चारण गरेको थिएँ तव त्यो शब्द सुहाउथ्यो र दोहोरयाउन मन लाग्यो । अहिले त्यो शब्द मैले मगर जाती भित्रका केहि डङ्गुरहरुलाई प्रहार गर्नको निम्ति सदुपयोग गर्नु पर्यो र अलि विस्तृत रुपमा त्यसको व्याख्या गर्न मन पनि लाग्यो । शब्द सापटीको निम्ति भरत राना मगरलाई धन्यवाद नदिई रहन सकिन्न तर एउटा कुरामा मलाई दुख भने लागेको छ, त्यो के हो भने विचरा अरुलाई निशाना बनाउछु भनि प्रहार गरेको शब्द खाजना आफ्नै निम्ति त्यो तीर वन्दै छ । "कदम चाल्नु भन्दा एक पटक बिचार गर्नु पर्ने" भरत राना मगर ज्युले विर्सिनु भयो जुन उहाँको निम्ति घाटक सावित भयो । सोच्नु त भयो, तर गलत विचारले सोच्नु भयो । लेख्नु त भयो तर गलत कुरा लेख्नु भयो । तर त्यो शब्द यदि फर्काएर हेरियो भने के हुन्छ ? के त्यसको कल्पना भरत रानाजीले गर्नु भएको थियो ?
पागल कुकुरले टोक्यो भने त्यसको विरुद्दको सुई आज भन्दा २ शताब्दि पहिले नै वैज्ञानिक पास्चरले खोज गरिसकेका छन् । त्यस्ता पागल कुकुरहरु यदि झम्टिन आउंछन भने त्यसको ठेकान लगाउन पास्चर थेरापी नभएको होइन हामीसंग । त्यो रानाजीले अनुभूति गर्नु भएकै होला । तर पागल कुकुरसंग भाग्नुको सट्टा मुकाविल गर्न पनि आउछ । मुकविलाका धेरै तरिकाहरु छन् ति तरिकाका हाँगा विंगाहरु खोतलेर आफ्नो चारित्रिक हैसियत नष्ट गर्न चाहन्न जसरी उपाध्यक्ष रानाले गर्नु भयो । प्रथम त बैचारिक मुकाविल नै वुद्दिमताको प्रयोग हुने गर्छ । त्यो नै नेपाली मगर संघ युएईको अस्त्र हो ।
"आकास तिर फर्केर थुक्दा आफनै अनुहारमा पर्छ भनेर थाहा हुदा हुदै किन केहि मानिस हरु आकास तिर फर्केर थुक्ने गर्छन कहिँ उसको मगज सन्तुलन नभएर होकि" रानाजीको यो भनाई पनि वडो सान्दर्भिक देखिन्छ आफ्नै लागी । प्रमुख कुरा यो नेपाली मगर संघलाई लक्षित भनाई थियो उहाँको । मापनको आधार दुई तरिकाले हुन्छ । एक विचारको मापन, एक भौतिक मापन । विचारको मापन यदि गरियो भने जो मानिस उसको वैचारिक धरातल नै शुन्य छ, त्यसको मापन एक उच्च विचार भएको प्राणीसंग मापन गरियो भने के हुन्छ ? यदि भौतिक मापन द्वारा मापन गरियो भने एक सानो ईकाईसंग एक विशाल जम्वोको मापन गरियो भने के हुन्छ ? एक थोपा पानीको अणुसंग महासागरको तुलना गरियो भने परिणाम के आउँछ ? एक जमिनको भुल्केसंग सगरमाथाको उचाईको अनुपात खोजियो भने परिणाम के निस्किन्छ ? के भारत राना मगरले यो कहिले विचार गरेका छन् ? वैचारिक निर्धन भएका व्यक्तिहरु अबस्य पनि आकाशको तुलनामा निम्न नै हुन्छन । जसरी मैले माथी नै मापनको आधारहरु प्रस्तुत गरेको छु । त्यो अवस्थामा आकाश तिर थुक्यो भने जरुर फर्केर अनुहारमा पर्ने कुरा निश्चित हुन्छ । त्यसलाई रानाजीले नीचताको संज्ञा दिए पनि मलाई त्यस्तो लाग्दैन किन भने त्यसमा न्युटनको गुरुत्वकर्षण वलले काम गरेको छ भन्ने कुरा विचार भएका मान्छेहरुलाई थाहा नहुने कुरै भएन । अध्यक्ष रानालाई यो कुरा थाहा छ कि छैन मैले ठेक्का लिएको छैन तर यो भने जरुर भन्न सक्छु कि उहाँको अभिव्यक्ति वैज्ञानिकता छैन । त्यसमा कुनै दम पनि छैन । त्यसले नेपाली मगर संघको केहि लछारपाटो लगाउन सक्दैन । किन भने विचारले सवै कुराको निर्धारण गर्छ त्यो विचार नेपाली मगर संघ युएईसंग छ । यसमा दुविधा नपरे हुन्छ । आफ्नो जातीय पहिचानको निम्ति कठोर परिस्थितिको सामना गर्न हमेशा तयार रहन्छ ।
"जातीयताको नाम बेचेर सधै ब्यग्तिगत अवसर खोजि हिड्नेहरु देखि हामी साबधान हुनु जरुरि छ" यो उहाँको खवरदारी होइन । बरु उहाँ भित्र लुकेको कायरताको पराकाष्ठ हो भन्न मन लाग्छ । किन भने अहिले मगर जातिहरु सोझो छैनन् । उनीहरु विचारले लैश भएको संगठनमा आबद्द हुन चाहन्छन । उनीहरु आफ्नो ईतिहास बुझ्न चाहन्छन । उनीहरु ति ईतिहासवाट पाठ सिक्न चाहन्छन् र जवसम्म इतिहासको वारेमा थाहा हुँदैन तव उसले आफ्नो वर्तमान पहिचान गर्न सक्दैन । त्यो इतिहासको काल खण्ड केलाउन सिकाउने र आफ्नो पहिचानको वारेमा वहस गर्न सिकाउने संघ, नेपाली मगर संघ नै हो । सायद यो स्थितिलाई वुझेर नै हुनु पर्छ उपाध्यक्ष रानाजी भोलि मासु गलेर काँडा मात्रै वांकी रहेको माछा जस्तै नांगिने भयले छटपटाउनु भएको छ । मैले यो अनुभूति गर्दै छु । यसमा उहाँ प्रति सहानुभूति ब्यक्त गर्न सकिन्छ । व्यक्तिगत अवशरको वारेमा मैले मेरो तर्फवाट उहाँको आरोपलाई यस किसिमले खण्डन गर्दछु कि, आम मगर जनसमुदायहरु हो, नेपाली मगर संघ युएई कुनै व्यक्ति बिशेसमा आस्था राख्ने संस्था होईन । जातीय स्वाधिनता वाहेक व्यक्तिगत स्वार्थ कसैसंग छैन । हामीले राष्ट्रियता वेचेका छैनौं । पहिचान गुमाएका छैनौं । ईतिहासमा जे गुमाएका छौं, त्यो प्राप्त गर्नको निम्ति मगर जातीहरुलाई दीक्षित तुल्याउन चाहन्छौं वस, हाम्रो स्वार्थ केहि छ भने त्यहि नै हो । यदि कोहि यो निस्वार्थ सामाजिक स्वार्थलाई व्यक्तिवादको संज्ञा दिन्छ भने अरु सावधान हुनु आवस्यकता छैन, रानाजी जस्ता पश्चगामी व्यक्ति साबधान हुनु आबस्यकता छ । यसलाई चुनौतीको रुपमा लिनु हुन्छ अथवा खबरदारीको रुपमा त्यो उहाँकै जिम्माको कुरा हो ।
अहिले वार्ताको कुरा चलिरहेको छ । उनीहरुको वार्ताको एजेन्डा के हो ? उनीहरु अहिले पराजयको मनस्थितिमा पुगेका छन् । उनीहरु वार्ता भनेर नेपाली मगर संघलाई छल गर्न चाहन्छन । त्यो दुश्साहस कदम हामीले बुझेका छौं तर पनि यो सकारात्मक पक्षलाई हामीले नकार्न भने सक्दैनौं । मगरहरुको एक मात्र जिम्मेवारी संघ भएको नाताले त्यो हामीलाई नैतिकताले अनुमति दिंदैन । तर रानाजी जस्ता गलित र कथित व्यक्तिहरुले छरेका हरेक भ्रमहरुलाई भण्डाफोर गर्न नेपाली मगर संघ युएई हर हमेशा तम्तयार रहिरहने कुरामा आम मगर समुदायहरुलाई विस्वस्त पार्न चाहन्छौं ।
"त्यस्तो प्रवित्ति सधै निस्तेज हुनेछ । सत्य सधै एउटै मात्र हुन्छ, यसको अनेक रुप नै हुदैन । असत्य अनगिन्ति हुन्छन । तर अन्तत्वगत्व असत्यको बाटोमा हिड्नेहरुले त्यसको परिणाम आफैले भोग्नु पर्ने छ । विभिन्न कारणले हुन् सक्छ हाम्रा ति केहि साथिहरु अहिले यस्तो बागी संस्था खोल्दै हिड्नु पर्ने हैसियतमा पुगेका छन् । तर वास्तवमा वहाहरुको हैसियत त्यो भन्दा धेरै थियो भन्ने हामीले मानेकै हो" डी आर गुरुङ ज्युले जुन अर्थमा यो अभिव्यक्ति दिनु भयो, त्यसमा पनि म सहमति छु । तर ठिक उल्टो रुपमा । हो, सत्य भनेको सत्य नै हो । सत्य वाहेक अरु केहि पनि छैन । तर मैले सोध्न चाहन्छु, पहिचानको उत्थान गर्नु असत्य हो ? राष्ट्रियताको कुरा गलत हो ? कहाँ गलत गर्यो नेपाली मगर संघले ? मगर संघको अगाडी नेपाली थपेर कुनै बिदेशी मगरको अपहेलना गर्यो कि ? अनि तपाइको नजरमा त्यो संघ कसरी राष्ट्रवादी सावित भयो जसले नेपाली शब्द नै निमिट्यान्न पारेको छ आफ्नो सस्थाको नामवाट ? अनि जुन परिणामको कुरा तपाई गरिरहनु भएको छ, के त्यहि परिणाम हो त नेपाली मगर संघ युएई अहिले मगरहरुको वलियो स्तम्भको रुपमा खडा भएको ? बरु तपाइको विश्लेषणले उल्टो परिणाम देखाउदै छ । अहिले आत्म रक्षाको निम्ति मगर संघ युएई वार्ताको निम्ति छटपटाइरहेको छ । ठिक छ, वार्ता हुन्छ तर बार्ताको निम्ति एजेन्डा मगर संघसंग छैन । सिर्फ आत्म रक्षा, मनोगत त्रास । आम मानिसहरु यहि वुझेका छन् । जहाँसम्म वागी सस्थाको प्रसङ्ग छ, होइन डी आर ज्यु, भ्रममा नपर्नु होला । मगरहरुको संघ एउटा मात्रै छ, त्यो हो नेपाली मगर संघ युएई । त्यसमा तपाइलाई निषेधको राजनीति जस्तो लाग्न सक्दछ तर निषेधको राजनीति होइन । वास्तविक संघको विधानमा मगर संघ युएई नभई नेपाली मगर संघ मात्रै छ । यस अर्थले वागी सस्था कुन हो भन्ने कुरा स्पष्ट हुन्छ । वरु सोच्नु होला, मगर संघ विघटन भएको थियो, त्यसलाई पुनर्गठन गरिएको मात्रै हो । तर तपाइले पूर्वाग्रह ढंगले विचार गर्नु भयो भने माथि तपाई आफैले दिनु भएको भनाई फेरी आफै तिर फर्कने निश्चित हुन्छ । किन भने सत्य भनेको सत्य नै हुन्छ । अनि फेरी तपाइको भनाई सापटी लिएर भन्न मन लागिरहेको छ, सत्य सधै एउटै मात्र हुन्छ, यसको अनेक रुप नै हुदैन । असत्य अनगिन्ति हुन्छन । तर अन्तत्वगत्व असत्यको बाटोमा हिड्नेहरुले त्यसको परिणाम आफैले भोग्नु पर्ने छ । चेतना भया !!!!!!!लेखक :
पृथीछक वुढा मगर, रुकुम
आदिवासी जनजाती परिषद महासचिव
नेपाली जनप्रगतिसिल मोर्चा केन्द्रीय सविब
No comments:
Post a Comment