नेपाली मगर संघ युएई र मगर संघ युएईको विचमा भइरहेको विवादको वरपर रहेर मगर संघ युएईका उपाध्यक्ष भरत राना मगरसंग पृथीछक वुढा मगरले लिनु भएको अन्तर्वाता :
भरतजी, अहिले तपाईहरुले नेतृत्व गर्नु भएको मगर संघ युएई र नेपाली मगर संघ युएई विच बिबाद भइरहेको छ । विचमा वार्ता पनि हुने कुराहरु वाहिर आइरहेको सुनिन्छ । वार्ता कहाँसम्म पुगेको छ ?
वार्ताको कुरा अगाडी बढिरहेको छ ।
वार्ताको लागि के के छन् त मगर संघसंग एजेन्डाहरु ? कसरी प्रस्तुत हुनु हुन्छ त ?
हाम्रो तेर्फबाट त्यस्तो केहि एजेन्डा छैन । हामी कुनै राजनीतिक दल होइनौं टेबल मा बसेर बार्ता गर्नु पर्ने, हामी भाई भाइ होउ हाम्रो नीति लक्ष्य हामि ले बोकेका मुद्दा एउतै छ । मैले तपाईले लेख्नु भएका लेखहरु पढ्ने गर्छु तपाईको लेखाई प्रति म प्रसंसा गर्छु । तर के तपाईको लेखहरु समग्र मगरहरुलाई हित गरेको छ र ? मगर ले मगर को बिरोध मा लेख्दा के समग्र मगर हरु को हित हुन सक्छ र ? आखिरी जसले जहाँबाट गोलि प्रहार गरे पनि लाग्ने मगर को छातीमा हो ।
मैले पनि तपाईको लेखहरु पदने गरेको छु । किन भने मलाइ वैचारिक बहस मन पर्छ र त्यसको तार्किकता पनि चाहन्छु । जहासम्म फाइदाको कुरा छ, यदि मैले लेखेको लेखले मगरहरुको हित गरेको छैन भने त्यसको अर्थ माथि प्रश्न ठड्याउँन सकिन्छ तर मगर जाती भित्रको अन्तर्विरोधको सहि समाधान नै मेरो प्रथम उद्देश्य हुन्छ । तपाईहरु एकातिर वार्ताको कुरा गरिराख्ने अर्को तिर वार्ताको निम्ति एजेन्डा छैन भन्ने, कुरा स्पष्ट पर्दिनु हुन्छ कि ? यो के भइरहेको छ ?
यहाँ टेबल मा बसेर बार्ता गर्नु पर्छ लाग्दैन हामी हामीमा सहमति को साथ् समग्र मगरहरुको हितको लागि आगाडी बढेर जादा उपयुक्त होला जस्तो लाग्छ ।
प्रमुख कुरा मगर मगर बिच कसरि फाटो आयो ? त्यसको बारेमा समिक्षा गर्ने । अनि त्यस समस्यालाइ कसरि हल गरेर लैजाने भन्ने कुराको तार्किक्तामा पुग्ने अनि एकतासम्मको प्रक्रिया हुन सक्छ तर धरातलीय रुपमा मात्रै हामि मगर एक हुनु पर्छ भनेर सारमा त फेरी गुट र फुटको स्थिति आउनु राम्रो होइन । सहकार्य र सहमतिको निम्ति वार्ता हुनु आबस्यक रहन्छ । भन्नु हुन्छ, हाम्रो कुनै एजेन्डा छैन ।
मगर मगर मा फाटो किन भयो कसरि भो सायद त्यो कुरा तपाई ले सत्यता सुनु भएको छ होला । देख्नु भएको छ होला । तर तपाई ले सहि सुन्नु भएको छ या गलत त्यो मलाई थाहा छैन तर कुरा सुन्दा दुवै पक्ष को सुन्नु जरुरि हुन्छ ।
मगरले मगरको बिरुद्दमा लेख्ने सन्दर्भलाई मैले अलिक अर्को पाटोले हेर्ने गर्छु । यदि मलाई स्थिति गलत लाग्यो भने लेख्न र सक्दो भण्डाफोर गर्न सकिने कुरा आफ्नो ठाउँमा रहन्छ तर जुन तपाइले लेख्नु भएको लेख जसलाई तपाई आफ्नो मनको वह भनेर प्रकट गर्नु भयो त्यसले पनि अलिक गलत अर्थ दिन्छ । यो लेख तपाइलाई नैतिकताले नै दिंदैन । मैले निस्पक्ष रहनु पर्छ । कसैसंग पुर्बाग्रह छैन । गलत प्रवृतिलाई खवरदारी दिने पनि मेरो कर्तब्य ठान्छु । हजुर सुन्न तयार छु दुवैको कुरा, त्यसमा बिस्वस्त हुनु होस् ।
म यो दावा गर्दिन सबै कुरामा हामी सहि छौं । काम गर्दै जादा कहिँ न कहिँ कमि कमजोरी हुन् सक्छ कहिले कहिँ गल्ति हुन सक्छ । मैले त्यो लेखमा मेरो भावना लेखेको हु मैले कसैको मन मा ठेस पुगोस भनेर लेखेको होइन तर मैले त्यहा कुनै संघ सस्था ब्यक्ति को नाम छोएर लेखको छैन ।
तर तलको बिषयहरु जो जसले कमेन्ट गर्नु भएको छ, त्यसले नेपाली मगर संघलाई नै निशाना गरेको होइन र ? घटनाक्रमले त त्यहि देखाउदै छ नि । फेरी तपाईहरुसंग मेरो असहमति पहिलो कुरा के हो भने नेपाली मगर संघको नाम किन मगर संघ मात्रै राख्नु भएको होला ? त्यसको जवाफ तपाईहरु के भन्नु हुन्छ ?
नेपाली मगर संघ युएई को नाम मगर संघ युएई हुनुको मुख्य कारण नेपाल मगर संघको प्रबास कमिटि सयोजकको सल्हाह अनुसार प्रबास मा खोलिएको मगरहरु लाई नेपालको जिल्ला कमिटि सरह मान्यता दिने भनि गुल्मी तम्घास मा मगर संघ केद्रीय महादिबेसन हुदा यहाँबाट प्रतिनिधि पठाउन पर्ने भो । नेपल मगर संघ को हामी भात्री सस्था रहन को निम्ति हामीले हाम्रो नाम मा परिवर्तन गर्नु पर्ने भो । त्यस को लागि हामीले बिदेसमा खोलिएको मगर संघहरुसंग, मगर संघको प्रबास कमिटि सयोजक सल्लाहकारसंग सल्लाह गरि बिदेस मा रखिने नाम नेपाली नराखी मगर संघ मात्र राख्ने निर्णय भएको थियो । त्यही अनुरुप हामीले ६ औं महादिबेशनमा प्रस्ताब लगेका थियौं । त्यही महादिबेशनबाट नाम परिवर्तन गरिएको हो । हामी जिल्ला कमिटि सरह हुन को लागि नेपाल मा जिल्ला मगर संघ को आगाडी नेपाली नरहेको अबस्थामा हामीले नेपाली नराखेको हो । जस्तो कि पाल्पा मगर संघ, नवल परासी मगर संघ, तनहु मगर संघ छन् ।
होइन नेपाली भूमिमा नेपाली राख्न त्यति उचित पनि हुँदैन तर जव हामि प्रवासमा छौँ तपाई जुन सुकै संघ संस्थाको नाममा हेर्नुस नेपाली नै जोडिएको हुन्छ ! त्यसो भए के अन्तरास्ट्रिय मगर संघ भनेर बुझ्दा अनुचित होला ? हो, तपाइले माथि प्रस्तुत गर्नु भएको नामहरुको अगाडी नेपाली त छैन तर पनि त ठाउँ र जिल्लाको नाम त छ नि । उहाँहरु पाल्पा मगर संघ, नवलपरासी मगर संघ । नेपाल भित्र रहेका मगर संघहरुले पनि त अगाडी आफ्नो स्थान प्रस्ट पारेका छन् नि । हाम्रो संघहरुले पनि किन राख्न नपाउने ? के मगर संघले मान्यता नदेला भनेर आफ्नो नामको अगाडी नेपाली हटाएकै हो त ? के नेपाल मगर संघले केन्द्रीयता लाड्यो भन्दैमा हामीले घुंडा टेक्ने ? केन्द्रले जे जे गर्न भन्यो त्यहि त्यही मान्दै जाने हो भने हाम्रो भूमिका खै त ?
युएई मा कुनै पनि जातीय सस्था को नाम को आगाडी नेपाली छैन । तामांग समाज युएई, तमु समाज युएई, थारु समाज युएई, भुजेल समाज युएई, किरात यक्ठुंक चुम्लुंग समाज युएई, नेवा पुच युएई, यहाँ युएई मा कुनै जातीय संग को आगाडी नेपाली छैन, नेपाली केवल राजनीतिक दल को भात्री संगठनमा मात्रै पाउन सकिन्छ ।
अरु संगठनले नेपाली राखेन रे ल, ठिक छ तर मगर संघले त राखेको थियो नि । अनि जिल्ला स्तरीय मगर संघहरुले पनि आफ्नो जिल्ला आफ्नो संघको नामको अगाडी राख्नुले पनि प्रवासको हकमा नेपाली मगर संघ भएको कुरालाई स्वीकार गरेको देखिन्छ । अरुले के गर्यो त्यसको सिको गर्नै पर्छ र ? कुरा अलि तार्किक लागेन मलाई ।
तर अझ यदि युएई बासि मगरहरुको माग भएमा यहि नाम परिवर्तन को लागि आउने ८ औं महादिवेशनमा प्रस्ताब लान सकिने छ यदि महादिबेसनको उपस्थित भेला को २ तिहाई बहुमत ले नाम परिवर्तन माग आएमा नाम परिवर्तन गर्न सकिने छ । जहाँ पनि बहुमत को कदर गर्नु पर्ने हुन्छ । प्रबासमा रहेको सम्पूर्ण मगरसंघले नाम परिवर्तनको लागि स्वीकार गरे पनि मगर संघ युएईले पनि स्विकार्नु पर्यो नि ।
अनि पहिले नेपाली सब्द हटाउदा कुन प्रक्रिया अपनाउनु भएको थियो ? के बहुमत र अल्पमतको कुरा उठेको थियो ?
हामीले ६ महादिवेशनमा सर्बसहमत बाट पारित भएको हो । त्यस ६ औं महादिबेसनमा नेपाली राख्दा राम्रो हुन्छ भनेर केवल होम बहादुर बुढाथोकी ले मात्र बोल्नु भएको थियो । यदि साथीहरु लाइ यो नाम परिवर्तन को कुरा मन नपरेको रहेछ किन त्यति खेर बोल्नु भएन किन त्यति खेर बिरोध मा खडा हुनु भएन आहिले ३ वर्ष पछी बिरोधमा आउनु कुनै शक्तिबाट चलेको हुन सक्छ ।
तपाइको आरोपको पुष्टि गर्न सक्नु हुन्छ उपाध्यक्ष ज्यु ? जस्तो कि नेपाली मगर संघ अरु नै शक्तिले चलेको छ भन्ने कुराको ?
मैले अरु सक्ति बाट चलेको भनेर एकिनको साथ् बोलेको छैन । मात्र ३ वर्ष पाछाडी यो कुरा निस्कदा उब्जेको साखा मात्र हो ।
गलत यहीं बिन्दुवाट हुन्छ । तपाइको मर्यादा भित्र यो पर्दैन । हुन सक्छ, त्यति खेर अहिलेको जस्तो वैचारिक चिन्तन गर्ने मान्छेहरु थिएनन । अब बहस आयो, बिचार गर्नु पर्छ कि पर्दैन त ?
तपाई आउनु भएको १० वर्ष भएछ युएईमा, तर हामीले नाम परिवर्तन गरेको आज ३ वर्ष भयो
३ वर्ष सम्म मौन रहेर अहिले यो कुरा आउनु के थियो त ?
म मगर संघमा संग्लग्न भएको २ साल पनि भएको छैन ! जव मलाई थाहा भयो तब मैले बिरोध गरेको छु गर्दै आएको छु । जव केन्द्रियता लाडियो तव त्यहाँ रहनुको औचित्य देखिन । के नेपालीले नेपाली भन्न नपाउनु ? किन नाम चेन्ज गर्नु पर्यो ? के तपाई नेपाली भएको गर्ब लाग्दैन ?
नेपाली ले नेपाली लेख्न्न नपाउने भन्ने होइन त्यस को बिरोध होइन तर हामीले यो नाम अपरिवर्तित छ पनि भनेको छैन तर म नेपाली हुनु भन्दा आगाडी मगर हुनुमा गर्ब लाग्छ ।
किन कि मगर मेरो लागि अपरिवर्तित परिचय हो । म संसार को जहाँ जाउ मगर नै हुन्छु । मगर मेरो पहिचान हो । म परिचय भन्दा पहिचान लाइ माने गर्छु । हामी आज यहि सघार मा उभिएर नेपाल रास्ट्र संग पहिचान माग गरि रहेका छों । हामीले आहिले राज्य संग परिचय होइन पहिचान खोजि रहेको छौं ।
त्यो आफैमा परिपुरक कुराहरु हुन् एक अर्काको निम्ति । परिचय बिनाको पहिचान र पहिचान बिनाको परिचय सम्भब छ र ? यो त बिबादास्पद कुरा भएन ? देश रहेन भने हामी रहन्छौं त ? अनि हाम्रो पहिचान र हाम्रो परिचय रहन्छ त ? देश छ र हामी आफ्नो अधिकार मागिरहेका छौं । देश नै भएन भने को संग माग्ने ? त्यसैले हाम्रो राष्ट्रियतालाई पनि जोगाउनु पर्छ । राष्ट्र रहेन भने, जात होला तर पहिचान गुमाउछौँ । पहिचान गुमाउछौँ । भाषा गुमाउछौँ । सस्कृति गुमाउछौँ । नेपाल राज्य भित्र यी सब कुरा छन् । मगरहरुले आआफ्नो पहिचान मागेका छन् यसको अर्थ यो होइन कि नेपाल राज्य नै समाप्त रहोस र त्यसमा मगर जातिलाई कुनै सरोकार हुने छैन भन्ने होइन । यदि नेपाल रहेन भने हाम्रो नाम रहला, जात रहला तर पहिचान रहन सक्दैन ।
चिनको राजधानी बेजिंग थियो अहिले आएर पेकिंग नाम परिवर्तन गरियो । युएई, अबुधाबी, दुबई, अलेन थिए, अहिले सयुक्त अरब ईमरेट्स भयो । त्यसैले परिचय परिवर्तन सिल छ परिवर्तन हुन सक्छ नेपाल को रास्ट्रीय गान त परिवर्तन भयो भने भोलि नेपाल नाम परिवर्तन नहोला भन्नु छैन । तर तपाईको मगर परिवर्तन हुदैन ।
राष्ट्रियताको कुरा गरेको हो मैले । नाम संग कुनै सरोकार छैन । कुरा भोलि नाम फेरिनुको होइन । कुरा भोलि राष्ट्रिता रहला नरहला भन्ने कुराको हो । कसले भनेको छ मगरले आफ्नो देश लाइ माया गर्नु हुँदैन । बेलायत, अमेरिकामा बसोबास गर्ने मगरहरुले आफ्नो संघको नाममा नेपाली राखेका छैनन् किन भने तिनीहरु अधिकांश नेपाली नागरिकता त्यागेर त्यहींको नागरिकता प्राप्त गरेका छन् । तिनीहरुले राखेनन भन्दैमा हामीहरुले नराख्ने भन्ने कुरा हुन्न । किन भने उनीहरुलाई नेपाली राख्नुमा अर्थ छैन तर हामीलाई अर्थ छ । हामी नेपाली मगरहरु हौँ । युएईमा वसोबास गर्ने सबै मगरहरु नेपाली नै हुन् । यदि कुनै बिदेशी नागरिक भएको मगरले आफ्नो संघको अगाडी नेपाली राख्यो भने त्यसको अर्थ के हुने हो ? नेपाली भएर नेपाल राज्य संग हक मागेको त हो नि ? कुनै भारतीय मगर आएर नेपालमा हक माग्यो भने के भन्नु हुन्छ ?
त्यो हुन दिईने छैन । देशलाइ जोगाउनु हाम्रो कर्तब्य हो देस जोगाउन को निम्ति हामीले अन्तिम पल सम्म लड्नु पर्छ तर देस रहे पनि नरहे पनि मगर रहन्छ ।
भने पछी नेपाल रहन सक्छ, नरहन सक्छ भनेर नै पहिले नै संघको अगाडिको नेपाली हटाएको हो ?
त्यस्तो पनि नसोचिदिनु होला । सबैको सल्लाह सुझाब लिएर हटाएको हो ।
तपाईं खुसि हुनु हुन्छ ? किन हटाउनु भयो त ? तपाईं नेपाली होइन ?
नेपाली नै हुँ तर बिबिध कारणहरु थिए जुन मैले माथि नै भनि सकेको छु ।
No comments:
Post a Comment