Saturday, 21 December 2013

नेपाली मगर संघ युएईको विधानमा भ्रम र सत्यता

२००६ को जनवरी महिनामा दुवईको नेपाली पार्कमा मेरो समेत उपस्थिथिमा नेपाली मगर संघ युएईले तत्कालीन अध्यक्ष् कर्ण बहादुर पुन मगरको अध्यक्षतामा एउटा बैठक राखिएको थियो | त्यो बैठकमा सहभागितानै नेपाली मगर संघ युएईकोलागी मेरो पहिला बैठक थियो | बैठक औपचारिक रुपमा प्रवेश भए पछी तत्कालिन संवाद सचिव समेत रहनु भएका तेज कुमार आले मगरले महाधिवेशन गर्ने प्रस्ताव राख्नु भयो, अनि मैले बैठकमा आफ्नो विचार राख्दै भने अघिल्लो महाधिवेशन भएको कति वर्ष भयो ? महाधिवेशन गर्ने अवधि भयो या भएको छैन ? विधान निकाल्नुहोस् विधानमा के के व्यवस्था छ हेरौ भनेर भन्दा, बैठकमा उपस्थित म बाहेक सबै पुराना साथिहरु मुखामुख गर्नु भयो | जिब्रो चपाउदै अफ्ठ्यारो महसुस गर्दै संवाद सचिव समेत रहनु भएका तेज कुमार आले मगरले विधान त... छैन प्रवासमा यस्तै हो,पछी बनाउदै जाउला भन्नु भयो | मैले भने विना विधान कसरी महाधिवेशन गर्ने ? यो त निकै लज्जा जनक कुरो भयो,पहिला विधान निर्माण गरौ अनि मात्रै महाधिवेशन गरौला भनेर प्रस्ताव राख्दा सबै साथिहरुलाई कुरो ठिकै लागेछ क्यारे साथीहरू राजि हुनु भयो र विधान मस्यौदा समित वनाउने निर्णय भयो | विधान मस्यौदा समितिमा को को रहने ? कति सदस्यीय वनाउने र त्यसको संयोजक कसलाई वनाउने भन्ने विषयमा छलफल हुँदा संवाद सचिव तेज आलेले संयोजकमा मेरो नाम प्रस्ताव गर्नु भयो र त्यसको सद्स्यहरुमा क्रमस केन्द्रीय सदस्य द्वय जगत बहादुर थापा मगर र सरोज पुलामी मगर सहित तिन सदस्यीय विधान मस्यौदा समिति बन्यो | गिरमान थापा मगर महासचिव हुनुहुदो रहेछ उहाँले झोलावाट रजिस्टर निकालेर उल्लेखित बैठकको निर्णय लेख्न थाल्नु भयो, तर गिरमान थापामगरजीले उक्त बैठकको निर्णय पनि राम्रो संग लेख्न नसकेर मैले भनिदिने उहाँले लेख्ने गर्दा पनि करिव १५ ठाउँमा केरमेट गर्दै लेख्नु भएको थियो | उक्त सम्भवत उक्त वैठकमा सहभागीहरु गिरमान थापा र म मात्रै छौ होला आज ...|
श्रदेय मित्र गिरमान ज्यू,लाई यहि लेखवाट विनाम्रताकासाथ आग्रह गर्दछु तपाईलाई नेपाली मगर संघ युएईले जुन विश्वास गरेर जिम्मेवारी सुम्पेको थियो | त्यो पदमा आफ्नो कर्तव्य इमान्दारी एवं जिम्वेवारी निर्वाहकासाथ गर्नु भएको थियो भने त्यो उल्लेखित माइनिटिंग रजिष्टर कहाँ छ ? त्यो संघको सम्पति हो ऐतिहासिक दस्तावेज हो, युएईका मगर साथीहरुलाई देखाएर नैतिकता एवं इमान्दारिता देखाउनु होस् र भ्रम हटाइदिनुस् | तर त्यो माइनिटिंग देखाउने तपाईमा नैतिक वल छ जस्तो लाग्दैन, त्यो माइनिटिंग देखाउने तपाईहरुमा हिम्मत छैन | किनभने त्यो ऐतिहासिक दस्तावेजले तपाईहरुको धोति फुस्काउने छ र युएईवासी सम्पूर्ण मगर साथिहरुको अगाडी लागेको कुहिरो हट्ने छ र ममाथि न्याय हुने छ |
करिव १ महिनासम्म रातदिनको अनवरत मिहनतले विधान मस्यौदा समितिका सदस्य द्वय जगत बहादुर थापामगर र सरोज पुलामी मगरको सल्लाह,सुझाव,सहयोगले विधान तैयार पारी संघका तत्कालिन अध्यक्ष कर्ण बहादुर पुन मगरलाई बुझेको थिए | आज परन्तु पनि त्यी विधानले नेपाली मगर संघ युएई चलेको छ भने अर्को तर्फ राष्ट्रियता विहिन शरणार्थी मगर संघ युएई पनि त्यही विधानले चलेको छ भन्ने मेरो बुझाई छ तथापी: विधानमा राष्ट्रियता सहितको मगर संघ छ ब्यबहारमा भने मगर संघ युएइले आफ्नो राष्ट्रियताको टाउको छिनाई सकेको देख्न सकिन्छ |
त्यहि नेपाली मगर संघ युएईको विधान २००६ मार्फत तेज कुमार आले अध्यक्ष हुने भयो | तथापि उहाँको कार्यकाल सम्पन्न नहुँदै उहाँ नेपाल फर्कनु भए पछी संघले विशेष महाधिवेशनको आव्हान गर्यौ उक्त विशेष महाधिवेशन दुबई वसपार्कको करिव २० मिनटको हिडाई पछी मगर साथीहरुको निवासमा भएको थियो | उक्त विशेष महाधिवेशनले मलाई अध्यक्ष्,गम थापा मगरलाई उपाध्याक्ष,गिरमान थापामगरलाई महासचिव,धनेन्द्र मास्की राना मगरलाई सचिव र पूर्ण बहादुर थापा मगरलाई कोषाध्यक्ष लगायतको पदमा प्रस्ताव गरी निर्वाचित गरेपछी गिरमान थापा निकै असन्तुष्ट हुनुहुन्थ्यो | उहाँको असन्तुस्टी रहेछ के भने उहाँ संघमा लामो समय देखि महासचिवमा कार्यरत रहँदा पनि महाधिवेशनले आफुलाई अध्यक्ष पदमा प्रताव नगरे पछी उहाँ रुष्ट हुनु भएको रहेछ | त्यसैले मेरो कार्यकालमा उहाँले मलाई राम्ररी कहिल्ले पनि सहयोग गर्नु भएन | उहाँले केवल अव म नेपाल फिर्ता जाँदै छु छिट्टै जाँदै छु यस्तै यस्तै भनेर घुर्क्याउनु हुन्थ्यो | यधेपी: आजको मिति सम्म नेपाल फिर्ता गएको मेरो जानाकारीमा आएको छैन |

हरि बहादुर घर्ति मगर 
सल्लाहकार,सम्रक्षक प्रमुख 
एवं भूपू अध्यक्ष नेपाली मगर संघ युएई

No comments:

Post a Comment