Friday, 20 December 2013

नेपाली मगर संघको विरुद्द गरिएको,मगर संघ युएईको षड्यन्त्र विफल

सर्पलाई नमर्दासम्म टाउकोमा ठोकिरहनु पर्छ । उसको टाउको धुलोमा मिल्दासम्म उसले आफ्नो पुच्छर हल्लाउन छोड्दैन । यो कुरा सत्य हो । अहिले त्यो प्रतित हुँदै छ ।  प्राणीलाई तव चेतनसिल मानिन्छ जवसम्म उसको चेतना जीवित रहन्छ । यदि चेतना भएन भने त्यो जीवन्त हुन सक्दैन । जीवन्त नभएको वस्तु एक निर्जीव पदार्थ वाहेक अरु केहि होइन । हो, मैले यसरी नै ब्याख्या गर्ने गरेको छु । तर कुरा सर्पको हो, समाज भित्रको प्रजीबी प्रवृतिको वहस हो त्यसैले त्यो निर्जीव होइन । सजीव यो किसिमले हो, किन भने कुनै न कुनै रुपमा त्यसले आफ्नो प्रतिक्रिया जनाईरहेको छ । तर अन्तिम रुपमा । विषालु सर्प जसलाई यदि टाउकोमा ठोक्ने हो भने अन्तिम समयसम्म पनि आफ्नो प्रतिक्रियाको रुपमा आफ्नो पुच्छर हल्लाउन छाड्दैन । अहिले प्रतित त्यहि भएको छ, करेला सोसाइटी हलको घटनालाई नियाल्दा ।

कुरा नेपाली मगर संघ युएई र मगर संघ युएई विचको अन्तरविरोध अनि त्यसमा भईरहेका षड्यन्त्रहरुको कडीहरुलाई केलाउन कोसिस गरिएको छ । वैचारिक रुपमा मृत भइसकेका कथित मगरहरु फेरी यहाँ पनि त्यहि आफ्नो घिन लाग्दो क्रियाकलाप प्रदर्शन गरेको देखेर कतिपय ठाउमा दया पनि लागेर आएको छ यो स्तम्भकारलाई । जव विचारमा स्खलन भईसके पछी मान्छे जालझेल गर्न थाल्दछ । जसरी अहिले नेपाली मगर संघको विरुद्दमा मगर संघ युएईले गरेको छ । नेपाली मगर संघ युएईले करेला सोसियल  हलमा आफ्नो कार्यक्रमको तय गरिसकेको अवस्थामा सोहि हलको तल्लो ग्राउड फ्लोरमा भए पनि मगर संघ युएईले सोहि तारिख नै आफ्नो कार्यक्रम रहेको कुरा मेडियाहरु मार्फत सार्वजनिक गरयो । यसको अर्थ के हो ?  जुन उनीहरु नेपाली मगर संघ युएईको कार्यक्रम बिथोल्न चाहन्थे तर त्यो स्थिति भएन । त्यो स्थिति नभए पछी केरला सोसियल सेन्टर हलवाललाई अख्तियारको दुरुपयोग गर्दै आम प्रवासी मगर समुदायले आफ्नो छाक काटेर जम्मा गरेको १०/१० दिहराम, जुन  उठाईएको सामाजीक पुँजीलाई घुस खुवाएर नेपाली मगर संघ युएईले बुकिंग गरेको हलको  बुकिंग रद्द गर्न दवाब दियो तर त्यो पनि सम्भव भएन ।  बुकिंगको अर्थ के ? समयमा हल उपलब्ध हुन नसक्ने कुरालाई मध्य नजर गरेर नै २ महिना अगाडी नै हाल बुक गरिएको थियो तर त्यो सुरक्षित गरिएको हल कुनै कारण विना क्यान्सिल गर्न दबाब दिनको कारण के हो ? जवकी जुन हलमा नेपाली मगर संघले कार्यक्रम गर्ने वाला थियो सोहि हल वुकिंग रद्द गराएर मगर संघ युएईले गर्न लागेको थियो जुन कि उसले तल्लो फ्लोरमा गर्ने वाला थियो तर उसको यो षड्यन्त्रले हावा खायो । सर्पले काँचुली छोडे जस्तै युएईका जातीय मुक्ति चाहने प्रगतिसिल मगरहरुले कथित नाम मात्रैको मगर संघलाई छोडे पछी अटालीएका मगर संघ युएईका एकाध नक्कली मगर नेताहरुले नेपाली मगर संघ युएई विरुद्द  विभिन्न हर्कत गर्ने क्रममा नेपाली मगर संघका कलाकारहरुलाई विभिन्न आर्थिक प्रलोभन देखाएर आफ्नो कार्यक्रममा प्रस्तुति दिनको लागि पनि मगर संघ लागि परेको थियो तर आज सोहि एक जना कलाकार दिपक पुन मगरले प्रेस बक्तब्य निकालेर त्यसको षड्यन्त्र बिरुद्द धावा बोले । दिपक पुन मगर मात्रै नभएर अन्य नेपाल आइडल रुद्र थापा क्षेत्रीलाई थापा मगर बनाएर (कास्ट चेन्जको) अबधारणा समेट प्रयोग गरेर कलाकारको वास्तविक परिचय नै गुमनाम बनाउने काम गरेको छ । जुन आईडल थापा क्षेत्री, नेपाली मगर संघ युएईका अथिति कालाकार हुन् । पछी नेपाली मगर संघका महासचिबलाइ तत्कालिन मगर संघका सस्थापक तथा तत्कालिन मगर संघ युएईका विधान निर्माता हरि घर्ति मगरको विरुद्दमा प्रयोग गर्न खोजेका थिए आशिस  राई मार्फत । मगर संघले उक्त राईलाई एजेन्टको रुपमा प्रयोग गर्नुको अर्थ के हो ? के आशिस राई दलाल नै हो ? उसले दलाली पन प्रदर्शन किन गरयो ? उर्फ आशिस राई भन्ने टोया राई तत्कालिन नेपाल आदिवासी जनजाति युवा परिषदका उपाध्यक्ष थिए । पछी परिषदले आशिस राईलाई उसको नियत ठिक नभएको र जातीय मुक्तिको सवालमा स्खलन भएको निस्कर्ष निकालेर परिषदवाट निस्काशन गरेको थियो । तर ति सव षड्यन्त्र असफल भए पछी अहिले मगर संघ युएई नेपाली मगर संघ युएईसंग वार्ताको टेबुलमा वस्नको लागी पहल गरिरहेको छ । आत्मसमर्पणको रुपमा अहिले आएको छ । अहिले टाउको उठाउने अवस्था छैन तर मर्न लागेको सर्पले मर्ने बेलामा पनि  जसरी आफ्नो पुच्छर हल्लाई रहन्छ ठिक त्यसरी आफ्नो  बेलाबेलामा आफ्नो पुच्छर हल्लाईरहेको भने अबस्य छ । मौका पाउने बित्तिकै उसले अबस्य डस्ने छ ।  यसमा कुनै दुविधा छैन । यसवाट नेपाली मगर संघ युएई सावधान रहनु आवस्यकता छ ।

नेपाली मगर संघले विचार पुरयाउने कुराहरु धेरै छन् । रक्षात्मक स्थितिमा पुग्यो भने मात्रै वार्ताको कुरा आउछ । वार्ता भन्दै शक्ति सन्तुलन निर्माण गर्दै जान्छ र शक्ति संचय गरेर उसले फेरी पनि ब्याटल शुरु गर्न पनि सक्छ भन्ने रणनीति नेपाली मगर संघले वुझ्नु अत्यावस्यक छ ।  तर वार्ताको टेवुलमा वस्दा भने केहि फरक पर्ने छैन । यदि भित्रि मन देखि मगर जातिहरुको अधिकार र भविष्य प्रति सांचिकै चिन्ता लाग्ने हो भने संघको पुनर्गठन गर्न पनि कुनै आपत्ति छैन । तर मगर संघ त्यसको निम्ति तयारी छैन । उसलाई अहिलेको संकट मात्रै तार्न खोजेको छ । यो संकट मात्रै तर्ने हो भने फेरी नेपाली मगर संघको विरुद्दमा धावा बोल्न छाड्ने छैन । ब्याटल उसले शुरु गरेको हो । त्यसको अन्त्य गर्ने अथवा निरन्तरता ? त्यो उसैको हातमा छ । अहिले वार्ताको मध्यमवाट समस्या सुल्झाउन खोजेको छ । नेपाली मगर संघ आफ्नो वैचारिक स्पिरिट तयारी राखेर जुन सुकै मोर्चावाट पनि त्यसको जवाफ दिन सक्षम हुनु अहिलेको सान्दर्भिक बिषय हुन सक्दछ ।
पृथी छक वुढा मगर ग्लोभिभोना 
आदिवासी जनजाति परिषद युएई महासचिव 
नेपाली जनप्रगतिसिल मोर्चा युएई केन्द्रीय सचिव 



No comments:

Post a Comment