Monday, 30 December 2013

निधो (कलाकार सुमन सिंगदेन)

मकवानपुर जिल्लामा जन्मी आज यहि युएईमा संघर्ष गर्दै गर्नु भएका कलाकार सुमन सिंगदेनको लोकप्रिय म्युजिक भिडियो निधो हेर्न नभुल्नु होला ! आउँदो २१ फुबुअरीमा उहाँको पनि राम्रो प्रस्तुति हुने नै छ अबस्य आउन नभुक्नु होला, करेला सोसियल हलमा ! अर्का अथिति कलाकार पनि हुनु हुन्छ सुदिप गैरे नवलपरासीवाट ! यी दुई कलाकार एकै ठाउँमा !!!!!!!!!!!!!


Saturday, 28 December 2013

माघेसंक्रान्तिपर्व र अग्रेजी नयाँ वर्ष २०१४ एक साथ मनाइने, महासचिव भुवन मगरको संयोजकत्वमा ७ सदस्यीय तयारी समिति गठन |

शुशी पुलामी आबुधाबी २८ डिसेम्बर /
नेपाली मगर संघ युएईले अग्रेजी वर्ष २०१४ सगै आफ्नो जातीय चांड माघे संक्रान्ति पर्व आगामी १७ जनवरी २०१४ अपरान्ह ०२ बजे आबुधाबीको कर्नेश फेमली पार्कमा धुमधामले मनाउने निर्णय गरेको छ | 

उक्त निर्णय २७ डिसेम्बर २०१३, अध्यक्ष चन्द्र सारुमगरको अध्यक्षतामा आबुधाबीको एअरपोर्ट रोड स्थित पेप्सीकोलामा बसेको संघको ७ औ बैठकले गरेको हो | 
बैठकले संघका महासचिव भुवन मगरको संयोजकत्व र महिला विभाग प्रमुख शुशी पुलामी घर्तिमगरको सह-संयोजकत्वमा नविन थापामगर,रेशम सोमईमगर,निरु मगर,लक्ष्मी थापामगर र अमर सेपुर्जामगर समेतको ७ सदस्यीय तैयारी समिति गठन गर्दै माघेसंक्रान्ति पर्वमा खाईने मगर जातीय परिकारहरु सेलरोटी,बटुकरोटी,तरुल,अचार,चिउरा र विभिन्न किसिमका मासु तैयारीको लागी उक्त पिकनिक तयारी समितिलाई जिम्बेवारी दिनुको साथै, युएईमा रहनुहुने सम्पूर्ण नेपाली महानुभावहरुमा चांड-पर्वको विशेष सद्भाव राख्दै पिकनिकमा उपस्थिथिकालागी सादर निमन्त्रणा गरेको छ, भने पिकनिकमा सहभागी सहयोग सुल्क प्रति व्यक्ति जम्मा ३० धिराम र जोडीको लागि ५० 
धिराम तोकेकेको समेत जानाकारी दिएको छ | आगामी केरला सोसोयल सेन्टरमा हुन थालेको ३२ औ मगर दिवशको संघारमा आयोजना गरिएको यो अग्रेजी वर्ष २०१४ सगै आफ्नो जातीय चांड माघेसंक्रान्ति पर्वको पिकनिक कार्यक्रमले युएईमा रहनुहुने मगर हरुलाई आफ्नो भाषा,धर्म संकृति सम्रक्षण् र सम्वर्धन गर्दै राष्ट्रिय पहिचान,जातीय पहिचान,जातीय इतिहासको काल-खण्ड केलाउन सिकाउने र आफ्नो जातीय पहिचानको वारेमा वहस गर्न सिकाउने आफ्नो जातीय संस्था शगौरवशाली राष्ट्रिय पहिचान वोकेको नेपाली मगर संघ युएईमा आवद्द हुन घच्घच्याउने छ भनेर महाचिव एवं पिकनिक संयोजक भुवन मगरले दावी गर्नु भयो |

वार्ताको लागि एजेन्डा छैन- मगर संघ युएईका उपाध्यक्ष भरत राना मगरसंगको कुराकानी

नेपाली मगर संघ युएई र मगर संघ युएईको विचमा भइरहेको विवादको वरपर रहेर मगर संघ युएईका उपाध्यक्ष भरत राना मगरसंग पृथीछक वुढा मगरले लिनु भएको अन्तर्वाता :
 भरतजी, अहिले तपाईहरुले नेतृत्व गर्नु भएको मगर संघ युएई र नेपाली मगर संघ युएई विच बिबाद भइरहेको छ । विचमा वार्ता पनि हुने कुराहरु वाहिर आइरहेको सुनिन्छ । वार्ता कहाँसम्म पुगेको छ ?
वार्ताको कुरा अगाडी बढिरहेको छ ।
वार्ताको लागि के के छन् त मगर संघसंग एजेन्डाहरु ? कसरी प्रस्तुत हुनु हुन्छ त ?
हाम्रो तेर्फबाट त्यस्तो केहि एजेन्डा छैन । हामी कुनै राजनीतिक दल होइनौं टेबल मा बसेर बार्ता गर्नु पर्ने, हामी भाई भाइ होउ हाम्रो नीति लक्ष्य हामि ले बोकेका मुद्दा एउतै छ । मैले तपाईले लेख्नु भएका लेखहरु पढ्ने गर्छु तपाईको लेखाई प्रति म प्रसंसा गर्छु । तर के तपाईको लेखहरु समग्र मगरहरुलाई हित गरेको छ र ? मगर ले मगर को बिरोध मा लेख्दा के समग्र मगर हरु को हित हुन सक्छ र ? आखिरी जसले जहाँबाट गोलि प्रहार गरे पनि लाग्ने मगर को छातीमा हो ।
मैले पनि तपाईको लेखहरु पदने गरेको छु । किन भने मलाइ वैचारिक बहस मन पर्छ र त्यसको तार्किकता पनि चाहन्छु । जहासम्म फाइदाको कुरा छ, यदि मैले लेखेको लेखले मगरहरुको हित गरेको छैन भने त्यसको अर्थ माथि प्रश्न ठड्याउँन सकिन्छ तर मगर जाती भित्रको अन्तर्विरोधको सहि समाधान नै मेरो प्रथम उद्देश्य हुन्छ । तपाईहरु एकातिर वार्ताको कुरा गरिराख्ने अर्को तिर वार्ताको निम्ति एजेन्डा छैन भन्ने, कुरा स्पष्ट पर्दिनु हुन्छ कि ? यो के भइरहेको छ ?
यहाँ टेबल मा बसेर बार्ता गर्नु पर्छ लाग्दैन हामी हामीमा सहमति को साथ् समग्र मगरहरुको हितको लागि आगाडी बढेर जादा उपयुक्त होला जस्तो लाग्छ ।
प्रमुख कुरा मगर मगर बिच कसरि फाटो आयो ? त्यसको बारेमा समिक्षा गर्ने । अनि त्यस समस्यालाइ कसरि हल गरेर लैजाने भन्ने कुराको तार्किक्तामा पुग्ने अनि एकतासम्मको प्रक्रिया हुन सक्छ तर धरातलीय रुपमा मात्रै हामि मगर एक हुनु पर्छ भनेर सारमा त फेरी गुट र फुटको स्थिति आउनु राम्रो होइन । सहकार्य र सहमतिको निम्ति वार्ता हुनु आबस्यक रहन्छ । भन्नु हुन्छ, हाम्रो कुनै एजेन्डा छैन । 
मगर मगर मा फाटो किन भयो कसरि भो सायद त्यो कुरा तपाई ले सत्यता सुनु भएको छ होला । देख्नु भएको छ होला । तर तपाई ले सहि सुन्नु भएको छ या गलत त्यो मलाई थाहा छैन तर कुरा सुन्दा दुवै पक्ष को सुन्नु जरुरि हुन्छ ।
मगरले मगरको बिरुद्दमा लेख्ने सन्दर्भलाई मैले अलिक अर्को पाटोले हेर्ने गर्छु । यदि मलाई स्थिति गलत लाग्यो भने लेख्न र सक्दो भण्डाफोर गर्न सकिने कुरा आफ्नो ठाउँमा रहन्छ तर जुन तपाइले लेख्नु भएको लेख जसलाई तपाई आफ्नो मनको वह भनेर प्रकट गर्नु भयो त्यसले पनि अलिक गलत अर्थ दिन्छ । यो लेख तपाइलाई नैतिकताले नै दिंदैन । मैले निस्पक्ष रहनु पर्छ । कसैसंग पुर्बाग्रह छैन । गलत प्रवृतिलाई खवरदारी दिने पनि मेरो कर्तब्य ठान्छु । हजुर सुन्न तयार छु दुवैको कुरा, त्यसमा बिस्वस्त हुनु होस् ।
म यो दावा गर्दिन सबै कुरामा हामी सहि छौं । काम गर्दै जादा कहिँ न कहिँ कमि कमजोरी हुन् सक्छ कहिले कहिँ गल्ति हुन सक्छ । मैले त्यो लेखमा मेरो भावना लेखेको हु मैले कसैको मन मा ठेस पुगोस भनेर लेखेको होइन तर मैले त्यहा कुनै संघ सस्था ब्यक्ति को नाम छोएर लेखको छैन ।
तर तलको बिषयहरु जो जसले कमेन्ट गर्नु भएको छ, त्यसले नेपाली मगर संघलाई नै निशाना गरेको होइन र ? घटनाक्रमले त त्यहि देखाउदै छ नि । फेरी तपाईहरुसंग मेरो असहमति पहिलो कुरा के हो भने नेपाली मगर संघको नाम किन मगर संघ मात्रै राख्नु भएको होला ? त्यसको जवाफ तपाईहरु के भन्नु हुन्छ ?
नेपाली मगर संघ युएई को नाम मगर संघ युएई हुनुको मुख्य कारण नेपाल मगर संघको प्रबास कमिटि सयोजकको सल्हाह अनुसार प्रबास मा खोलिएको मगरहरु लाई नेपालको जिल्ला कमिटि सरह मान्यता दिने भनि गुल्मी तम्घास मा मगर संघ केद्रीय महादिबेसन हुदा यहाँबाट प्रतिनिधि पठाउन पर्ने भो । नेपल मगर संघ को हामी भात्री सस्था रहन को निम्ति हामीले हाम्रो नाम मा परिवर्तन गर्नु पर्ने भो । त्यस को लागि हामीले बिदेसमा खोलिएको मगर संघहरुसंग, मगर संघको प्रबास कमिटि सयोजक सल्लाहकारसंग सल्लाह  गरि बिदेस मा रखिने नाम नेपाली नराखी मगर संघ मात्र राख्ने निर्णय भएको थियो । त्यही अनुरुप हामीले ६ औं महादिबेशनमा प्रस्ताब लगेका थियौं । त्यही महादिबेशनबाट नाम परिवर्तन गरिएको हो । हामी जिल्ला कमिटि सरह हुन को लागि नेपाल मा जिल्ला मगर संघ को आगाडी नेपाली नरहेको अबस्थामा हामीले नेपाली नराखेको हो । जस्तो कि पाल्पा मगर संघ, नवल परासी मगर संघ, तनहु मगर संघ छन् ।
होइन नेपाली भूमिमा नेपाली राख्न त्यति उचित पनि हुँदैन तर जव हामि प्रवासमा छौँ तपाई जुन सुकै संघ संस्थाको नाममा हेर्नुस नेपाली नै जोडिएको हुन्छ ! त्यसो भए के अन्तरास्ट्रिय मगर संघ भनेर बुझ्दा अनुचित होला ? हो, तपाइले माथि प्रस्तुत गर्नु भएको नामहरुको अगाडी नेपाली त छैन तर पनि त ठाउँ र जिल्लाको नाम त छ नि । उहाँहरु पाल्पा मगर संघ, नवलपरासी मगर संघ । नेपाल भित्र रहेका मगर संघहरुले पनि त अगाडी आफ्नो स्थान प्रस्ट पारेका छन् नि । हाम्रो संघहरुले पनि किन राख्न नपाउने ? के मगर संघले मान्यता नदेला भनेर आफ्नो नामको अगाडी नेपाली हटाएकै हो त ? के नेपाल मगर संघले केन्द्रीयता लाड्यो भन्दैमा हामीले घुंडा टेक्ने ? केन्द्रले जे जे गर्न भन्यो त्यहि त्यही मान्दै जाने हो भने हाम्रो भूमिका खै त ?
युएई मा कुनै पनि जातीय सस्था को नाम को आगाडी नेपाली छैन । तामांग  समाज युएई, तमु समाज युएई, थारु समाज युएई, भुजेल समाज युएई, किरात यक्ठुंक चुम्लुंग समाज युएई, नेवा पुच युएई, यहाँ युएई मा कुनै जातीय संग को आगाडी नेपाली छैन, नेपाली केवल राजनीतिक दल को भात्री संगठनमा मात्रै पाउन सकिन्छ ।
अरु संगठनले नेपाली राखेन रे ल, ठिक छ तर मगर संघले त राखेको थियो नि । अनि जिल्ला स्तरीय मगर संघहरुले पनि आफ्नो जिल्ला आफ्नो संघको नामको अगाडी राख्नुले पनि प्रवासको हकमा नेपाली मगर संघ भएको कुरालाई स्वीकार गरेको देखिन्छ । अरुले के गर्यो त्यसको सिको गर्नै पर्छ र ? कुरा अलि तार्किक लागेन मलाई ।
तर अझ यदि युएई बासि मगरहरुको माग भएमा यहि नाम परिवर्तन को लागि आउने ८ औं  महादिवेशनमा प्रस्ताब लान सकिने छ यदि महादिबेसनको उपस्थित भेला को २ तिहाई बहुमत ले नाम परिवर्तन माग आएमा नाम परिवर्तन गर्न सकिने छ । जहाँ पनि बहुमत को कदर गर्नु पर्ने हुन्छ । प्रबासमा रहेको सम्पूर्ण मगरसंघले नाम परिवर्तनको लागि स्वीकार गरे पनि मगर संघ युएईले पनि स्विकार्नु पर्यो नि ।
अनि पहिले नेपाली सब्द हटाउदा कुन प्रक्रिया अपनाउनु भएको थियो ? के बहुमत र अल्पमतको कुरा उठेको थियो ?
हामीले ६ महादिवेशनमा  सर्बसहमत बाट पारित भएको हो । त्यस ६ औं  महादिबेसनमा नेपाली राख्दा राम्रो हुन्छ भनेर केवल होम बहादुर बुढाथोकी ले मात्र बोल्नु भएको थियो । यदि साथीहरु लाइ यो नाम परिवर्तन को कुरा मन नपरेको रहेछ किन त्यति खेर बोल्नु भएन किन त्यति खेर बिरोध मा खडा  हुनु भएन आहिले ३ वर्ष पछी बिरोधमा आउनु कुनै शक्तिबाट चलेको हुन सक्छ ।
तपाइको आरोपको पुष्टि गर्न सक्नु हुन्छ उपाध्यक्ष ज्यु ? जस्तो कि नेपाली मगर संघ अरु नै शक्तिले चलेको छ भन्ने कुराको ?
मैले अरु सक्ति बाट चलेको भनेर एकिनको साथ् बोलेको छैन । मात्र ३ वर्ष पाछाडी  यो कुरा निस्कदा उब्जेको साखा मात्र हो ।
गलत यहीं बिन्दुवाट हुन्छ । तपाइको मर्यादा भित्र यो पर्दैन । हुन सक्छ, त्यति खेर अहिलेको जस्तो वैचारिक चिन्तन गर्ने मान्छेहरु थिएनन । अब बहस आयो, बिचार गर्नु पर्छ कि पर्दैन त ?
तपाई आउनु भएको १० वर्ष भएछ युएईमा, तर हामीले नाम परिवर्तन गरेको आज ३ वर्ष भयो
३ वर्ष सम्म मौन रहेर अहिले यो कुरा आउनु के थियो त ?
म मगर संघमा संग्लग्न भएको २ साल पनि भएको छैन ! जव मलाई थाहा भयो तब मैले बिरोध गरेको छु गर्दै आएको छु । जव केन्द्रियता लाडियो तव त्यहाँ रहनुको औचित्य देखिन । के नेपालीले नेपाली भन्न नपाउनु ? किन नाम चेन्ज गर्नु पर्यो ? के तपाई नेपाली भएको गर्ब लाग्दैन ?
नेपाली ले नेपाली लेख्न्न नपाउने भन्ने होइन त्यस को बिरोध होइन तर हामीले यो नाम अपरिवर्तित छ पनि भनेको छैन तर म नेपाली हुनु भन्दा आगाडी मगर हुनुमा गर्ब लाग्छ ।
किन कि मगर मेरो लागि अपरिवर्तित परिचय हो । म संसार को जहाँ जाउ मगर नै हुन्छु । मगर मेरो पहिचान हो । म परिचय भन्दा पहिचान लाइ माने गर्छु । हामी आज यहि सघार मा उभिएर नेपाल रास्ट्र संग पहिचान माग गरि रहेका छों । हामीले आहिले राज्य संग परिचय होइन पहिचान खोजि रहेको छौं ।
त्यो आफैमा परिपुरक कुराहरु हुन् एक अर्काको निम्ति । परिचय बिनाको पहिचान र पहिचान बिनाको परिचय सम्भब छ र ? यो त बिबादास्पद कुरा भएन ? देश रहेन भने हामी रहन्छौं त ? अनि हाम्रो पहिचान र हाम्रो परिचय रहन्छ त ? देश छ र हामी आफ्नो अधिकार मागिरहेका छौं । देश नै भएन भने को संग माग्ने ? त्यसैले हाम्रो राष्ट्रियतालाई पनि जोगाउनु पर्छ । राष्ट्र रहेन भने, जात होला तर पहिचान गुमाउछौँ । पहिचान गुमाउछौँ । भाषा गुमाउछौँ । सस्कृति गुमाउछौँ । नेपाल राज्य भित्र यी सब कुरा छन् । मगरहरुले आआफ्नो पहिचान मागेका छन् यसको अर्थ यो होइन कि नेपाल राज्य नै समाप्त रहोस र त्यसमा मगर जातिलाई कुनै सरोकार हुने छैन भन्ने होइन । यदि  नेपाल रहेन भने हाम्रो नाम रहला, जात रहला तर पहिचान रहन सक्दैन ।
चिनको राजधानी बेजिंग थियो अहिले आएर पेकिंग नाम परिवर्तन गरियो । युएई, अबुधाबी, दुबई, अलेन थिए, अहिले सयुक्त अरब ईमरेट्स भयो । त्यसैले परिचय परिवर्तन सिल छ परिवर्तन हुन सक्छ नेपाल को रास्ट्रीय गान त परिवर्तन भयो भने भोलि नेपाल नाम परिवर्तन नहोला भन्नु छैन । तर तपाईको मगर परिवर्तन हुदैन ।
राष्ट्रियताको कुरा गरेको हो मैले । नाम संग कुनै सरोकार छैन । कुरा भोलि नाम फेरिनुको होइन । कुरा भोलि राष्ट्रिता रहला नरहला भन्ने कुराको हो । कसले भनेको छ मगरले आफ्नो देश लाइ माया गर्नु हुँदैन । बेलायत, अमेरिकामा बसोबास गर्ने मगरहरुले आफ्नो संघको नाममा नेपाली राखेका छैनन् किन भने तिनीहरु अधिकांश नेपाली नागरिकता त्यागेर त्यहींको नागरिकता प्राप्त गरेका छन् । तिनीहरुले राखेनन भन्दैमा हामीहरुले नराख्ने भन्ने कुरा हुन्न । किन भने उनीहरुलाई नेपाली राख्नुमा अर्थ छैन तर हामीलाई अर्थ छ । हामी नेपाली मगरहरु हौँ । युएईमा वसोबास गर्ने सबै मगरहरु नेपाली नै हुन् । यदि कुनै बिदेशी नागरिक भएको मगरले आफ्नो संघको अगाडी नेपाली राख्यो भने त्यसको अर्थ के हुने हो ? नेपाली भएर नेपाल राज्य संग हक मागेको त हो नि ? कुनै भारतीय मगर आएर नेपालमा हक माग्यो भने के भन्नु हुन्छ ?
त्यो हुन दिईने छैन । देशलाइ जोगाउनु हाम्रो कर्तब्य हो देस जोगाउन को निम्ति हामीले अन्तिम पल सम्म लड्नु पर्छ तर देस रहे पनि नरहे पनि मगर रहन्छ । 
भने पछी नेपाल रहन सक्छ, नरहन सक्छ भनेर नै पहिले नै संघको अगाडिको नेपाली हटाएको हो ?
 त्यस्तो पनि नसोचिदिनु होला । सबैको सल्लाह सुझाब लिएर हटाएको हो । 
तपाईं खुसि हुनु हुन्छ ? किन हटाउनु भयो त ? तपाईं नेपाली होइन ?
नेपाली नै हुँ तर बिबिध कारणहरु थिए जुन  मैले माथि नै भनि सकेको छु । 

Friday, 27 December 2013

नेपाली मगर संघ युएईको प्रेस वक्तब्य

प्रेस बक्तब्य
प्रिया सुभचिन्तक साथीहरु; हामीले युएइमा रहेका नेपाली मगर साथीहरुलाई नेपाली मगर संघ युएइमा आबद्ध गराई एकताका साथ अगाडी बढ्न केहि अन्य मगर सस्थाको पनि नाम लिदै हिड्ने साथीहरुलाई आग्रह गरि हातमा हात मिलाई अगाडी बढ्ने जमर्को गरेका थियौ तर हामीले अथक प्रयास गर्दागर्दै पनि ति साथीहरुले आफ्नो स्वार्थीपन देखाउदै सगै मिलेर जानु त कता हो कता उल्टै हुन लागेको एकतालाई पनि बिथोल्दै आफ्नो लाचारीपन प्रस्तुत गर्न खोजेकोले यस्ता अहंकारी स्वार्थीहरुसंग नेपाली मगर संघ युएइले कुनै पनि किसिमको सम्झौता नगर्ने स्पष्ट पार्दै हाम्रा प्यारा नेपाली मगर साथीहरु केहि यस्ता उछ्रिन्कल तत्वको भ्रममा नपरी सबै नेपाली मगर संघ युएइमा आबद्ध हुन र संघको काम कारबाहीलाई तिब्र गती दिदै अगाडी बढ्न सम्पूर्ण पदाधिकारी ज्युहरु लगायत नेपाली मगर संघ युएइ लाइ माया गर्नुहुने सबै सुभचिन्तकहरुमा जानकारी गराउदछौ //// धन्यबाद
-चन्द्र सारु मगर
अध्यक्ष

Thursday, 26 December 2013

युएईको जातीय मुक्ति संघर्षमा मेरो आत्म-कथा---अध्यक्ष हरी बहादुर घर्ति मगर

मुलुकमा गणतन्त्र आएपछि संविधानसभाको निर्वाचन लगायत राज्यको सबै तह र तप्कामा सबै जात-जाति भाषा-भाषी,क्षेत्र् र लिंगको पूर्ण समावेशी र समानुपातिक पद्दति अनुरुप हुनु पर्दछ भनेर नेपालका आदिवासी हरुले जोडतोडले आवाज उठाई रहेको अवस्थामा त्यसको प्रभाव युएईमा नपर्ने कुरै थिएन | सोहि समयमा म नेपाली मगर संघ युएईको केन्द्रीय अध्यक्ष थिए | युएईमा पनि तत्काल नेपाली सामाजिक संस्थाहरु मद्देको
प्रमुक संस्था नेपाली समाज युएई आफ्नो स्थापना काल देखि एकछत्र वाहुन जाती हाली मुहाली गर्दै आएको थियो | यो संस्था पनि पूर्ण समावेशी र समानुपातिक पद्दतिको अवधारणा अनुरुपको निर्माण गरिनु पर्दछ | भनेर तत्काल आदिवासी जनजाति महासंघ युएईको नेतृत्वमा रहेका आदिवासी जनजातिका जातीय संगठनहरूले नेपाली समाज युएईले आयोजना गरेको कुनै पनि कार्यक्रममा सहभागी नहुने समाजलाई बहिस्कार गर्ने जस्ता एक प्रकारको असहयोग आन्दोलन सुरु भयो | तत्पश्च्यात दुवईको नेपालीपार्कमा युएईको सामाजिक संघ सँस्थामा विशेष दखल राख्ने आम नेपालीहरूको एउटा वृहत भेला भयो | उक्त भेलाले यमलाल पंगेनीको संयोजकत्वमा पूर्ण समावेशी र समानुपातिक पद्दतिवाट नेपाली समाजको निर्वाचन गर्न एक निर्वाचन समिति वनायो | त्यहि समितिले सकेसम्मको पूर्ण समावेशी र समानुपातिक अवधारणा अनुरुप तत्कालीन आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष् यम प्रसाद तमुको अध्यक्षतामा नेपाली समाजको निर्माण भयो | उक्त समाजमा सबै संघ संस्थाका प्रतिनिधिहरु सदस्यहरुको रुपमा पठाउने अबधारणा अनुरुप तत्काल नेपाली मगर संघ युएईले संघका क्षेत्रिय समितिका अध्यक्ष् भरत रानालाई पठाएको थियो | केहि दिनपछि नेपाली समाज युएईको केन्द्रीय समितिको बैठक बस्यो उक्त वैठकले समाजका केन्द्रीय सचिव राम चन्द्र डंगोलको संयोजकत्वमा र केन्द्रीय सदस्य भरत राना मगरको सह-संयोजकत्वमा नेपाली समाज क्षेत्रिय समिति आबुधावीको निर्वाचन गराउन जिम्मेवारी दियो | उक्त कुराको जानाकारी प्राप्त भए पछी मैले संघका केन्द्रीय सचिव समेत रहेका भरत राना मगरलाई उक्त क्षेत्रिय समिति आबुधाबीको निर्वाचन गराउँदा नेपाली मगर संघ युएईलाई पनि जानाकारी दिनु है, आबुधाबीको अध्यक्ष् मगर संघले दावी गर्नु पर्छ भनेर भनेको थिए | तर केहि समय पछी हामीहरुलाई थाहाँनै नदिएर नेपाली समाज क्षेत्रिय समिति आबुधाबीको निर्वाचन भएछ | निर्वाचन पूर्ण समावेशी र समानुपातिक पद्दतिको जगमा टेकेर निर्माण भएको नेपाली समाज युएई उसको क्षेत्रिय समितिको निर्वाचन लोकतन्त्रका सामान्य मुल्य-मान्यतालाई तिलान्जली दिदै नितान्त कविलाको मुखिया चुनेजस्तो गरेर अध्यक्ष् राम गोपाल थापाको अध्यक्ष्तमा क्षेत्रिय समिति निर्माण भएछ | अनि नेपाली मगर संघ युएईको अध्यक्षको हैसियतले संघको तर्फवाट प्रतिनिधि बनेर नेपाली समाजमा गएका भरत रानालाई सोधे तपाईले क्षेत्रिय समितिको निर्वाचन हुँदा मगर संघलाई किन जानाकारी गराउनु भएन ? जानाकारी नगराउनु को कारण के हो ? भनेर भन्दा दाई म सह-संयोजक लाई समेत जानाकारी दिएन अनि मैले कसरी संघलाई जानाकारी गराउने भनेर प्रति प्रश्न गरे | कुरो मनासिवाई थियो,अनि मैले भरत रानालाई भने तपाईले समाजको केन्द्रीय समितिको बैठकमा यो कुराको किन विरोध गर्नु भएन भनेर सोधे ..| उहाँले भन्नु भयो विरोध निकै गरे तर वास्तै गर्दैन् भनेर उहाँले भने पछी, तपाईले अव नैतिकताको कारण देखाएर नेपाली समाज केन्द्रीय सदस्यवाट राजिनामा दिनुहोस् भनेर भन्दा उहाँले राजिनामा दिन आनाकानी गर्नु भयो | करो निकै सतहमा आइ सकेको थियो,उहाँ भारत रानाको आत्मसम्मान र नेपाली मगर संघ युएईको गरीमा जोगाउन संघको तत्कालिन महासचिव नुन प्रसाद सोमई मगर लगायत केन्द्रीय समितिका साथीहरुको सल्लाह र सुझाव अनुरुप नेपाली मगर संघ युएईले प्रेश विज्ञप्ति जारी गर्दै नेपाली समाज क्षेत्रिय समिति आबुधावीको निर्वाचित कार्यसमितिलाई अस्वीकार गर्दै उक्त समिति पूर्ण समावेशी एवं समानुपातिक पद्दति अनुरुपनै हुन पर्ने यसका लागी नेपाल आदिवाशी जनजाति महासंघ पुन: प्रभावकारी भूमिकाका लागी अनुरोध समेत गरेको थियो | सोहि समयमा नेपाली मगर संघ युएईको चौथो महाधिवेशन एभरेष्ट इन्टरनेसनल होटल दुबईमा भएको थियो | उक्त महाधिवेशनले मलाई पुन: निर्वाचित गर्दै नेपाली समाज क्षेत्रिय समिति आबुधाबीको निर्वाचन पूर्ण समावेशी र समानुपातिक पद्दतिवाट गर्न गराउन सबै किसिमका उपाए हरु अबलम्बन गर्दा गराउँदा पनि नभए त्यो महासंघमा रही रहनु औचित्यहिन हुने हुँदा अलग हुने समेतको महाधिवेशनमा लागेको नीति-तथा कार्यक्रमलाई सर्वसहमतिवाट तालीको गडगडाहटले पारित गरेको थियो | महाधिवेशनको नयाँ म्यान्डेट लिएर आएको नयाँ निर्वाचित संघको कार्यसमितिको तर्फवाट महासंघलाई पत्र-चार गर्दै पूर्ण समावेशी एवं समानुपातिक पद्दतिको जगमा टेकेर निर्माण भएको नेपाली समाज युएईले आफु आएको बाटो भुलेर यदि कविलाको मुखिया निर्वाचित गरे जस्तै निर्वाचन गर्दछ र त्यस्तो निर्वाचनलाई महासंघले मान्यता दिन्छ भने नेपाली मगर संघ युएई दु:ख व्यक्त गर्दै नेपाल आदिवासी जनजाति महासंघवाट अलग हुन बाध्यहुने भन्ने व्यहोराको पत्र महासंघलाई पत्र पठायो | तत् पश्च्यात नेपाली मगर संघका सचिव भरत रानाले महाधिवेश म्यान्डेट र स्वयम उहाँको आत्मा सम्मानलाई लत्याएर यो निर्णय मात्रै हरि घर्ति मगरको ब्यक्ति निर्णय हो संघको होइन | हाम्रो सहमति छैन भनेर तत्कालिन अवस्थामा युएईमा एमालेको शक्तिकेन्द्रहरुमा भन्दै हिड्न थाले पछी मैले भरत रानालाई भेटी करिव २ घण्टा जति सम्झाई बुझाई पठाए | उनलाई भने हेर तिम्रो आत्म सम्मानको लागी,महाधिवेशनले सर्वसहमति पारित नीति र वर्तमान सन्दर्भमा हामि आदिवासी जनजातिहरुको प्रमुख माग हो | तिमि मगर संघवाट नेपाली समाज युएईमा पठाएका हामो संघको प्रतिनिधि हौ त्यसैले हाम्रो विचार,नीति र शिद्दांत अनुरुप तिमीले त्यहाँ हाम्रो आवाज उठाउनु पर्दछ | तिमीले उल्टो गर्दै छौ | नेपाली समाजको एकात्मक सर्वसत्तावादी नीति हामि माथि थोपर्दै छौ यो राम्रो होइन त्यसो गर्यौ भने संघले तिमीलाई फिर्ता बोलाउने निर्णय गर्न सक्छ भनेर मैले भने | हुनपनि सचिव भरत राना हाम्रो प्रतिनिधि भएर नेपाली समाजमा गएको उनीमा अनुभूति हुँदैनथ्यो | उनि नेपाली समाजको प्रतिनिधिको रुपमा हामि संग प्रस्तुत हुन्थे ...

वार्ता विफल वनाउन उद्दत भरत रानाको घुमाउरो सवालको सिधा उत्तर |

अहिले नेपाली मगर संघ युएई र राष्ट्रियता पहिचान विहिन अर्थात टाउको विनाको मुर्कुट्टा “मगर संघ संघ युएई” एकताको वार्ता चली रहेको विधमान अवस्थामा वार्तालाई गम्भीर असर पर्ने खालका कुनै किसिमका लेख रचना,विज्ञप्ति,अभिव्यक्ति एवं समाचार सम्प्रेषण नगर्ने भन्ने नेपाली मगर संघ युएईको अनौपचारिक निर्णय भएकोले हामी त्यस तर्फ गम्भीर थियौ | तथापि: हाम्रो गाम्भिरतालाई वार्ताका एक पक्षेधर् राष्ट्रिय पहिचान विहिन मगर संघ युएईका वरिष्ट उपाध्यक्ष भरत राना ज्यूले वार्ता विथोल्ने मानासिकता वाट उद्दत फेशबुक स्टाटसमा आएका अवान्छनीय गतिविधि प्रदर्शनको, घोर भर्त्सना र निन्दा गर्दै उहाँको घुमाउरो सवालको सिधा उत्तर दिन चाहन्छु |
(१) "पागल कुकुरले टोक्यो भन्दैमा, हामीले पागल कुकुर लाई टोक्नु, त्यो पागल कुकुर र हामीमा फरक केहि हुदैन त्यसैले बुद्धिमानी, सक्दो पागल कुकुर बाट धेरै टाठा रहनु, या त्यसलाई उचित व्यवस्था गर्नु"भरतजी यो भनाईको सार के हो ? यो कसलाई भन्न खोज्नु भएको हो ? सतहमा देखिएका घटना क्रमलाई शुक्ष्म रुपले हेर्दा वा तपाईको भनाईलाई ठिक उल्टो गरि हेर्दा तपाईलाईनै पागल कुकुरले टोके जस्तो देखिन्छ, कि तपाईलाई तपाईको शव्द सापटी लिने हो भने तपाईलाईनै पागल कुकुर भन्न सकिन्छ |
(२) यसका तथ्य र कारण हरु निम्न छन्, ति हुन् 

(क) तपाई सामान्य अवस्थामा हुनुहुन्थ्यो भने श-गौरव संग प्रवासमा आफ्नो मुलुकको राष्ट्रिय पहिचान वोकेको नेपाली मगर संघ युएई वाट नेपाली शव्द हटायर विना बाउको छोरो जस्तो अर्थात टाउको विनाको मुर्कुट्टा संघ “मगर संघ युएई” वनाउनु हुन्थेंन | 

(ख) श्रष्टाले दिएको कृति नेपाली मगर संघ युएईको विधान २०६५ लाई श्रष्टावाट अलग्याउने दूस्शाहस गर्नु हुने थिएन |

(ग) नेपाली मगर संघ युएईले आफ्नो मातृ संस्था नेपाल मगर संघको स्थापना दिवश २१ फेब्रुरी २०१४ मा मनाउन करिव १ महिना अगाडी हल बुक गरेर सार्वजनिक सन्जाल फेसवुक र संसार भरिका मानिसले पढ्न र देख्न सक्ने अनलाइन मिडियाहरूमा समाचार संप्रेषण भै रहेको अवस्थामा पनि तपाई नेपाली मगर संघ युएईसंग कार्यक्रम जुधाई मगर मगरलाई लडाउन भिडाउने तपाईको गुरु-योजना अनुसार सोहि मिति समय र स्थानमा हल बुक गर्नु भयो | यसवाट पनि तपाईको शव्द सापटी लिएर भन्नु पर्दा तपाईलाई पागल कुकुर किन नभन्ने ?

(घ) कार्यक्रम स्थलको वस्तु स्थितीका कारण सम्पूर्ण फाइदा गौरवशाली नेपाली पहिचान बोकेको नेपाली मगर संघ युएईलाई फाईदा देखिए पछी तपाईमा छटपटाहट सुरु भयो, तपाईको छटपटाहट जे-जसरी छताछुल्ल पारेर पोख्दै हिड्नु भयो, यसबाट तपाईको शव्द सापटी लिएर तपाईलाई पागल कुकुर निसंकोच भन्न सकिन्छ, मगज सन्तुलन फुस्केको निसंकोज भन्न सकिन्छ अर्थात् किन नभन्ने ? 

(ङ) यी तथ्य कारणवाट तपाई पागल कुकुर प्रमाणित हुनु भएकोले अरु स्वस्थ मगरहरुलाई टोकेर तपाईमा लागेको रेविज कति मगरहरुलाई सारिदिनु हुन्छ त्यो हामिहरुका लागी चिन्ताको विषय हो |

(च) यसवाट पनि तपाईको शव्द सापटी लिदा तपाईको बुद्दिमानिका कारण तपाईले माथितिर फर्केर थुक्नु भएको छ र त्यो तपाईले थुकेको थुकले तपाईको मुखमा परेको छ | 

(छ) युएईमा रहनु भएका मगर साथीहरुले तपाई माथि जुन विश्वास गर्नु भएको थियो त्यसलाई लात हानेर मगर कार्यक्रम जुदाउदै, तपाईको मगर हरुलाई लडाउन भिड़ाउने योजना देख्दा के प्रतित हुन्छ भने तपाई कोहि अदृश्यशक्तिको गोटी त बनि रहनु भएको छैन |

(ज) युएईको कानुन विरुद्दमा हलवालालाई अनुचित फाइदाको प्रोलोभनामा पारी हाम्रो हल क्यान्सिल गराउने दूशाहस गर्नु भयो | जसले तपाईका केहि मुठ्ठीभर शुभचिन्तक मगरहरुलाई पनि तनावमा राख्नु भयो |

(झ) अझैँ पनि तपाईमा भएको रेविज अरु साथीहरुलाई सार्न उद्दत हुनुहुन्छ, तपाईले आफु भरत रानालाई देखाउदै “सक्दो पागल कुकुर बाट धेरै टाठा रहनु, या त्यसलाई उचित व्यवस्था गर्नु भन्नु भएको छ | अव तपाईका शुभ चिन्तकहरुले के गर्छन् हेर्न वांकी छ |

पुनश्च् :- यी भनाई मेरा होइन् यी भनाई तपाईका नै हुन् यधेपी म मार्फत व्याखा मात्रै भएको हो |

मगर संघ युएईका उपाध्यक्ष श्री भरत राना मगरको प्रश्नको जवाफमा नेपाली आदिवासी जनजाती परिषद युएईका अध्यक्ष तथा नेपाली मगर संघ युएईका बिधान लेखक हरि बहादुर घर्ति मगरले दिनु भएको जवाफ !

Wednesday, 25 December 2013

नेपाली किसानहरुको गुनासो मोनसाँटो माथि प्रतिबन्ध लगाउनु पर्छ !


नेपाली जनप्रगतिशिल मोर्चा यूएइ
नेपाली किसानहरुको गुनासो मोनसाँटो माथि प्रतिबन्ध लगाउनु पर्छ /
छिमेकी भारतमा ३ लाख कृषकहरुले यही मोनसान्टो मकैको कारण आत्महत्या गर्न बाध्य भए ।, कारण : यो मकैको बिउलाई भिटामिन र मल अत्याधिक चाहिन्छ । खर्च गरेर रोप्यो, गफ दिए जति कुनै हालतमा फल्दैन । अर्को बर्ष पनि यही मकैको बिउ किनेरै लगाउँनै पर्छ । रिन बढ्दै जान्छ, प्रतिफल घट्दै जान्छ ।

२. नेपाली किसानको पैसा विदेशीको खल्तिमा पुग्छ ।, कारण : एकपटक सो बिउ प्रयोग गरेपछि उम्कनै नसक्ने सम्झौताको जालोमा पुग्छन् नेपाली किसानहरु।आफुले यसको बिउ राख्न पाइदैन ।
राखेमा हजारौ डलर क्षतिपूर्ति तिर्नु पर्छ । तपाईले अर्को बर्ष बिउ नकिने तपाईको घरमै आइपुग्छन् चेक गर्न । एक पटक मोन्सान्टोको बिउ प्रयोग गरेपछि लोकल जातको मकै सोही ठाउँमा रोपे घोगै लाग्दैन । यसका लागि अमेरिका क्यानडा र भारत लगायत निकै अफ्रिकी मुलुकको उदाहरण हेरे पुग्छ ।

३. यो मकै खान अयोग्य हुन्छ ।, कारण : यो जनवारको दानाका लागि फलाइन्छ । मानिसले खाएमा क्यान्सर, बाँझोपन लगायतका १०० भन्दा बढी रोगको शिकार हुने अधिक सम्भावना हुन्छ ।

४. यो मोनसान्टो भन्ने मकैको बिउ युरोपमा पुरै प्रतिबन्धित हो । यो पृथ्वीको कुनै पनि स्थानका लागि उपयुक्त छैन ।, कारण : यसले स्थानिय जातको बालीलाई फल नलाग्ने बनाउँछ । तपाईको छिमेकीले यो रोपेको छ र तपाईको बारीमा स्थानिय जातको मकै छ भने यसको परागकणले तपाईको बारीको मकैलाई पनि आक्रमण गर्छ ।

५.भ्रममा नपरौं, मोनसान्टो मकैको बिउ हाइब्रिड हैन । जेनेटिकल्ली मोडिफाइड हो ।

६. जसले नेपालमा यो बिउ ल्याउँनको लागि हस्ताक्षर गर्दैछ त्यो मान्छेको रगत चुस्ने पिचास बराबर हो ।

एकताका लागि सहमति भएको छः परि थापा



संविधानसभाको निर्वाचन वहिस्कार आन्दोलनमा सँगै जोडिएका नेकपा–माओवादी, नेकपा एकीकृत र क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि विभिन्न चरण वार्ता भइसकेको छ । र, एकीकरणको सम्भावना निकट रहेको एकीकृतका नेता परि थापाको भनाइ छ । टुटफुट र विभाजन बढी हुने क्रान्तिकारी कम्युनिस्टहरुबीचमा एकताको चर्चा सुन्नुमात्र पनि सुखद हुन्छ । के साँच्चै एकता संभव छ त ? पढौं, प्रभावशाली नेता परि थापासँगको कुराकानीः 

 
अहिले तीन पार्टीका बीचमा एकताको चर्चा छ । के एकता सम्भव होला ?
 
आज देशमा प्रतिक्रियावादी, पुनरुत्थानवादी, यथास्थितिवादी शक्ति हावी भएको अवस्था छ । त्यसो भएकाले क्रान्तिकारी शक्ति र पार्टीहरु, जो आमूल परिवर्तनको पक्षमा छन्, तिनीहरुका बीचमा सिद्धान्तनिस्ठ एकीकरण हुनुपर्दछ भन्ने कुरामा नेकपा एकीकृत, नेकपा–माओवादी र क्रान्तिकारी कम्युनिस्ट पार्टीका बीचमा सहमति भएको छ र यसैअनुसार पहल भइरहेको छ । धेरै पहिलेदेखि नै वार्ता–संवाद भएका हुन । संविधानसभाको कथित दोश्रो निर्वाचन वहिस्कारको चटारोले यो क्रम स्थगन भएको थियो । अहिले आएर पुनः वार्ता–सम्वाद सुरु गरेका छौं । हाम्राबीचमा दुई पक्षीय वार्ताहरु भएका छन् । हाम्रो पार्टी र नेकपा–माओवादीका बीचमा यही पौष ६ गते दुई पक्षीय वार्ता भएको थियो । 

 अनि त्यसमा के समझदारी भयो त ? 

हाम्राबीचमा भएका समानता र भिन्नतालाई छुट्याएर भिन्नताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अझै ठोस ढंगले छलफल गर्ने निर्णय भएको छ । त्यसअनुसार पौष १५ गते दुवै पार्टीका प्रमुख नेतृत्वसहित ती विषयहरुमा सकारात्मक ढंगले छलफल गर्ने कार्यक्रम तय भएको छ । 

 तीन पक्षबीच सँगै कुराकानी भएका छैनन् ?

 छैनन् । दुई पक्षबीच भएका छन् । त्यो पनि छिट्टै हुन्छ । 

 नमिलेका भनेका मुख्य कुराहरु के के हुन ?

 पहिलो कुरा त एकीकरण र ध्रुवीकरणको प्रक्रियालाई सबै हिसावले सहज र सकारात्मक दिशामा अगाडि बढाउनेतर्फ प्रयत्नशील भइरहेका छौं । हाम्राबीचमा पनि केही प्राविधिक र व्यावहारिक विषयहरु भिन्नताका रुपमा देखापरेका छन् । वैचारिक, सैद्धान्तिक विषयहरुमा मूलतः चार वटा विषयहरु रहेका छन् । ती हुन– 
 १.  मार्गनिर्देशक सिद्धान्तको विषय । माओवाद र माओ विचारधाराबारे । 
 २. पार्टीको आगामी कार्यदिशाबारेमा । खासगरी संघर्षको स्वरुपका बारेमा । 
 ३. प्रधान अन्तरविरोधका बारेमा । अर्थात्, मुख्य शत्रु किटानका बारेमा । 
 ४. देशको आर्थिक तथा सामाजिक अवस्थाको मूल्यांकन । अर्धऔपनिवेशिक अथवा औपनिवेशिक भन्ने विषय । 
 त्यस्तै नेतृत्वसम्बन्धी अभ्यास वा पार्टीको सामूहिक नेतृत्वको अभिव्यक्ति र पार्टीको नामका बारेमा । 
 
तीन पार्टीवाहेक अन्य पार्टी र शक्तिसँग पनि एकीकरणका बारेमा छलफल भएका छन कि ?

 तत्काल तीन पार्टीका बीचमा नै हामीले एकीकरण र ध्रुवीकरणको सम्भावना देखेका छौं । तर, नीतिगत रुपमा अरु क्रान्तिकारी पार्टी र शक्तिहरुसँग पनि पहलकदमी लिने भन्ने कुरामा हामी सहमत छौं । त्यसरी हेर्दा नेकपा (मसाल) लगायत पार्टीसँग वार्ता–सम्वाद चलाउनसक्ने सम्भावना रहेको छ । तर, तात्कालिक राजनीतिक विषयका कारणले गर्दा उनीहरुसँग वार्ता–सम्वाद चलेको अवस्था छैन् । तर, हाम्रो पार्टीको तर्फबाट उहाँहरुसँग पनि वार्ता–सम्वादको पहल गर्ने निर्णय गरेको छ । 

 तेत्तीस दलीय मोर्चाको भूमिका अब कस्तो हुन्छ ?

वदलिएको राजनीतिक परिदृश्यमा ३३ दलीय मोर्चामा रहेका पार्टीहरुका बीचमा पार्टीहरुका बीचमा आ–आफ्नो पार्टीहरुले लिएका नीति एवम् निर्णयहरुका बारेमा विचार आदान–प्रदान भएका छन् । कथित संविधानसभालाई अश्वीकार गर्दै देश र जनताको पक्षमा अग्रगामी संविधान निर्माणका लागि संघर्ष र आन्दोलन अगाडि बढाउने नीतिगत सहमति भएको छ । तर, तत्काल संघर्ष र आन्दोलनका कार्यक्रम भने तय भएका छैनन् ।

कमरेड माओ

"युवा सम्पूर्ण समाजका सवभन्दा वढ्ता सक्रिय र जिउादा शक्तिहरु हुन। उनीहरु सिक्न सवभन्दा वढ्ता इच्छुक हुन्छन्। सोचाइमा सबभन्दा कम रुढिवादी हुन्छन्"। –माओत्सेतुङ विश्व सर्बहारा वर्गका महान नेता माओत्सेतुङले सन् १९५५मा चीनको चुङसान जिल्लामा अग्रगामी युवा दलको परिचयात्मक कार्यक्रममा गर्नु भएको उरोक्त टिप्पणी आज पनि त्यतिकै सान्दर्भिक र प्रेरणादायी रहेको छ। माओत्सेतुङले जहिले पनि युवाहरुलाई अघि पढाउने प्रयास गर्नुहुन्थ्यो, युवाहरुलाई प्रेरित गरिरहनु हुन्थ्यो र प्रशिक्षित गर्नुहुन्थ्यो। मस्कोमा चिनियाा बिद्यार्थी र तालिमेहरुको सभालाई सन् १९५७ मा सम्बोधन गर्दा उहााले भन्नु भयो–युवाहरुको जीवन विहान ८ बजेको सुर्य झै फक्रदो हो। संसार युवाहरुको हातमा छ। चीनको भविश्य युवाहरु कै हातमा छ। माओले युवाहरु शक्ति र चेतनाले पूर्ण भएको विश्लेषण पनि गर्नुभयो। माओ भन्ने गर्नु हुन्थ्यो– राजनीतिक र सामाजिक अनुभवको कमीले गर्दा धेरै युवाहरु पुरानो र नयााका वीचको फरक छुट्याउन असमर्थ हुन्छन्। जनताले साम्राज्यवादी र प्रतिक्रियावादीहरुको थिचो मिचोबाट उम्किन गरेको संघर्षमा गरेका कैयौं दुःख कष्टहरु र समाजवादी समाज स्थापना गर्नुअघि हुनुपर्ने धैर्यता र गर्नुपर्ने परिश्रमलाई सजिलै बुझ्न सक्तैनन्। त्यसैले युवा शक्तिलाई प्रभावकारी राजनीतिक प्रशिक्षण चलाउनै पर्छ।

 ताकि युवाहरुले आफ्नो दैनिक जीवनमा आईपर्ने हरेक समस्या, अप्ठेरा र अभावहरुको सजिलै समाधान गर्न सकुन। उहााले जहिले पनि सबै तहका पार्टी संगठनहरुलाई युवा शक्तिमा भरपर्न र युवाहरुलाई अघि बढाउन जोड दिनु हुन्थ्यो। उहाा भन्ने गर्नुहुन्थ्यो– पार्टी पंक्तिमा युवा शक्तिलाई कसरी पूर्ण परिचालन गर्ने भन्नेवारे सोच्नै पर्छ। माओले युवाहरुलाई पाका र अनुभवी वृद्धा र प्रौढहरुबाट सिक्न प्रेरितत गर्नु भएको पाइन्छ। माओले सन् १९३९ मा लेख्नु भएको युवा आन्दोलनको दिशा शीर्षकको दस्तावेजमा शक्तिको पहिचान र परिचालनका वारेमा गहन र विचारोत्तेजक टिप्पणी गर्नु भएको छ। उक्त दस्तावेजमा उहााले भन्नु भएको छ– एक युवक क्रान्तिकारी छ कि छैन भनी हामीले कसरी जााच्नुपर्छ? हामी कसरी छुट्याउन सक्छौ? यसमा एउटै मात्र कसी हुनसक्छ, त्यो हो, उ मजदुर र किसानहरुका समूहहरु सित एकाकार भई मिल्न इच्छुक छ कि छैन र व्यवहारमा पनि त्यसै गर्छ कि गर्दैन? उ यसो गर्न इच्छुक छ र वास्तवमा यस्तै गर्छ भने उ क्रान्तिकारी हो, नत्र उ अक्रान्तिकारी अथवा प्रतिक्रान्तिकारी हो। उसले आज मजदूर र किसानहरुका समूहमा आफूलाई एकरुप पार्छ भने उ आज क्रान्तिकारी हुन्छ, भोली उ त्यसो गर्न छोड्छ र साधारण जनतालाई थिच्नतिर लाग्छ भने उ अक्रान्तिकारी अथवा प्रतिक्रान्तिकारी हुन्छ। माओका विचारमा कम्युनिष्ट पार्टीको युवा संघले युवा शक्तिको विशेषता पत्ता लगाई परिचालन गर्न पोख्त हुनै पर्दछ। उनीहरुको व्यक्तिगत जीवनकावारेमा पनि ख्याल गर्नुपर्दछ र, सकेसम्म ब्यक्तिगत र ब्यवहारिक समस्याहरुको समाधान गर्न गराउन पनि सघाउनु पर्दछ। उनीहरुलाई सकेसम्म क्रान्तिको हितमा प्रयोग गर्न प्रयास गर्नैपर्छ। युवाहरुको अध्ययन, काम र मनोरंजनलाई समेत ध्यान दिइनु पर्छ। माओले युवाहरुको हृदय विशाल हुन पर्ने, इमान्दार र सक्रिय हुनु पर्नेमा जोड दिनु भएको छ। आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितमा लगाउने, सामुहिक जीवनलाई व्यवस्थित गर्ने, सही सिद्धान्तमा दृढ हुने, गलत विचार र कामहरुका विरुद्ध निरन्तर र अथक संघर्ष गर्ने कुराप्रति पनि माओले युवाहरुको ध्यान वारम्वार आकर्षित गर्ने प्रयास गर्नु भएको पाइन्छ। उहााले युवा शक्तिलाई अनुशासित वन्न र मार्क्सवादी चिन्तन् अनुरुपको सोच वनाउन जोड दिनु भएको छ। स्वार्थिपन, शिथिलता, भ्रष्टाचार, आफू प्रकाशमा आउन चाहने प्रवृतिलाई क्रान्तिकारी युवाहरुको लागि नसुहाउने कुरा भएको पनि उहााको टिप्पणि छ। निश्चय नै युवा शक्तिले शुरुदेखि नै आफूलाई निस्वार्थ र तत्परताकासाथ काम गर्ने, जनता र समाज प्रति समर्पित हुने र कठीन परिश्रम गर्न पनि पछि नहट्ने वानी व्यहोराको विकास गर्ने होभने त्यस्तो युवा शक्तिले समाजलाई फेर्ने छ, अन्तमा संसारलाई नै फेर्ने छ। प्रगतिशील युवाहरुले सत्यको पक्षमा लड्ने, आफ्ना गल्तिलाई सच्याउन र आलोचना तथा स्वआलोचना गर्न नडराउने, दुदर्शि र व्यवहारिक हुने जस्ता वानी व्यहोराको विकास पनि गर्नै पर्छ। त्यसैगरी युवाहरुमा त्याग, दृढता र विनम्रताको पनि आवश्यकता पर्दछ। उनीहरुले आफूलाई दृष्टान्त योग्य वनाउने प्रयास गरे भने त्यसले पार्टी, समाज, देश र विश्व नै लाभान्वित हुने छ। आजको नेपालको परिवर्तनकामी युवा शक्तिले अन्तराष्ट्रिय अनुभवहरुबाट पनि सिक्न जान्नु पर्छ। जसका लागि माओत्सेतुङबाट प्रतिपादित विचार र अनुभवहरु बढी उपयोगी हुन सक्छन्

Tuesday, 24 December 2013

एके-४७ राईफलका आविष्कारक मिखाईल क्लाशनिकोभको निधन

एके-४७ राईफलका आविष्कारक रसियन नागरिक मिखाईल क्लाशनिकोभको ९४ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
क्लाशिनोभवले आविश्कार गरेको एके-४७ राईफल विश्वमै सबैभन्दा बढी प्रयोगमा ल्याइएको राईफल हो । क्लासनिकोभ राईफालका नामले समेत परिचित यो रार्इफल जर्मन हतियारलार्इ विस्थापित गर्दै रुसले प्रचलनमा ल्याएको थियो !


एसल्ट राइफलको भरमा लडिरहेका जर्मन सेनासँगको लडार्इंमा रुसी सैनिकहरुलाई समस्या भएपछि क्लाश्निकोवले अस्पतालमा रहेका समयमा एके–४७ को डिजाइन गरेका थिए । दोस्रो विश्वयुद्धपछि रुसी सेनामा कार्यरत मिखाइल क्लाश्निकोव युवा अवस्थामै एके–४७ को डिजाइन गरेका थिए । उनले सन् १९४७ मा आफ्नै नामबाट बनेको क्लाश्निकोव राइफललार्इ परिस्कृत गरेर तयार पारेको मोडेललार्इ एके–४७ नामाकरण गरिएको थियो ।
क्लाशनिकोवको जन्म रुसको पश्चिमी साइबेरियामा १० नोभेम्बर १९१९ मा भएको थियो । मिखाईल क्लाशनिकोभले एके-४७ बनाएवापत रुसी सरकारबाट सम्मानित भएपनि उचित पैसा भने नपाएको गुनासो गरेका थिए ।
क्लाशनिकोभले १९४१ मा विश्व युद्धको क्रममा तोपको गोला लागी घाईते भएका थिए । एके–४७ राइफलबाट विश्वमा अन्य बन्दुकहरुभन्दा बढी मानिस मारिएका छन् । यो हतियार विश्वका धेरै देशहरुमा सरकारी सुरक्षानिकाय र गुरिल्ला युद्धमा सहभागीहरुले पनि प्रयोग गरिरहेका छन् ।

मगर जाति भित्रका डंगुरहरु जो अरुलाई पागल तुल्याईरहेका छन् !

"पागल कुकुरले टोक्यो भन्दैमा, हामीले पागल कुकुर लाई टोक्नु, त्यो पागल कुकुर र हामीमा फरक केहि हुदैन त्यसैले बुद्धिमानी, सक्दो पागल कुकुर बाट धेरै टाठा रहनु, या त्यसलाई उचित व्यवस्था गर्नु"  यो भनाई मेरो होइन । मगर संघ युएईका उपाध्यक्ष भरत राना मगरको हो । विचार गरें, यो सस्तो वाक्यले गौरव शाली संघको लागि  लछारपाटो केहि लगाउन सक्दैन । यो सुहाउँदो शब्द पनि थिएन उनीहरुको निम्ति । त्यसैले यसको वारेमा तर्क गर्नु एक वुद्दिमानी मानिसको निम्ति योग्य पनि थिएन तर जव मैले माथिको उक्ति उच्चारण गरेको थिएँ तव त्यो शब्द सुहाउथ्यो र दोहोरयाउन मन लाग्यो । अहिले त्यो शब्द मैले मगर जाती भित्रका केहि डङ्गुरहरुलाई प्रहार गर्नको निम्ति सदुपयोग गर्नु पर्यो र अलि विस्तृत रुपमा त्यसको व्याख्या गर्न मन पनि लाग्यो । शब्द सापटीको निम्ति भरत राना मगरलाई धन्यवाद नदिई रहन सकिन्न तर एउटा कुरामा मलाई दुख भने लागेको छ, त्यो के हो भने विचरा अरुलाई निशाना बनाउछु भनि प्रहार गरेको शब्द खाजना आफ्नै निम्ति त्यो तीर वन्दै छ । "कदम चाल्नु  भन्दा एक पटक बिचार गर्नु पर्ने" भरत राना मगर ज्युले विर्सिनु भयो जुन उहाँको निम्ति घाटक सावित भयो । सोच्नु त भयो, तर गलत विचारले सोच्नु भयो । लेख्नु त भयो तर गलत कुरा लेख्नु भयो । तर त्यो शब्द यदि फर्काएर हेरियो भने के  हुन्छ ? के त्यसको कल्पना भरत रानाजीले गर्नु भएको थियो ?
पागल कुकुरले टोक्यो भने त्यसको विरुद्दको सुई आज भन्दा २ शताब्दि पहिले नै  वैज्ञानिक पास्चरले खोज गरिसकेका छन् । त्यस्ता पागल कुकुरहरु यदि झम्टिन आउंछन भने त्यसको ठेकान लगाउन पास्चर थेरापी नभएको होइन हामीसंग । त्यो रानाजीले अनुभूति गर्नु भएकै होला । तर पागल कुकुरसंग भाग्नुको सट्टा मुकाविल गर्न पनि आउछ । मुकविलाका धेरै तरिकाहरु छन् ति तरिकाका हाँगा विंगाहरु खोतलेर आफ्नो चारित्रिक हैसियत नष्ट गर्न चाहन्न जसरी उपाध्यक्ष रानाले गर्नु भयो । प्रथम त बैचारिक मुकाविल नै वुद्दिमताको प्रयोग हुने गर्छ । त्यो नै नेपाली मगर संघ युएईको अस्त्र हो । 
"आकास तिर फर्केर थुक्दा आफनै अनुहारमा पर्छ भनेर थाहा हुदा हुदै किन केहि मानिस हरु आकास तिर फर्केर थुक्ने गर्छन कहिँ उसको मगज सन्तुलन नभएर होकि" रानाजीको यो भनाई पनि वडो सान्दर्भिक देखिन्छ आफ्नै लागी । प्रमुख कुरा यो नेपाली मगर संघलाई लक्षित भनाई थियो उहाँको । मापनको आधार दुई तरिकाले हुन्छ ।  एक विचारको मापन, एक भौतिक मापन । विचारको मापन यदि गरियो भने जो मानिस उसको वैचारिक धरातल नै शुन्य छ, त्यसको मापन एक उच्च विचार भएको प्राणीसंग मापन गरियो भने के हुन्छ ? यदि भौतिक मापन द्वारा मापन गरियो भने एक सानो ईकाईसंग एक विशाल जम्वोको मापन गरियो भने के हुन्छ ? एक थोपा पानीको अणुसंग महासागरको तुलना गरियो भने परिणाम के आउँछ ? एक जमिनको भुल्केसंग सगरमाथाको उचाईको अनुपात खोजियो भने परिणाम के निस्किन्छ ? के भारत राना मगरले यो कहिले विचार गरेका छन् ? वैचारिक निर्धन भएका व्यक्तिहरु अबस्य पनि आकाशको तुलनामा निम्न नै हुन्छन । जसरी मैले माथी नै मापनको आधारहरु प्रस्तुत गरेको छु । त्यो अवस्थामा आकाश तिर थुक्यो भने जरुर फर्केर अनुहारमा पर्ने कुरा निश्चित हुन्छ । त्यसलाई रानाजीले नीचताको संज्ञा दिए पनि मलाई त्यस्तो लाग्दैन किन भने त्यसमा न्युटनको गुरुत्वकर्षण वलले काम गरेको छ भन्ने कुरा विचार भएका मान्छेहरुलाई थाहा नहुने कुरै भएन । अध्यक्ष रानालाई यो कुरा थाहा छ कि छैन मैले ठेक्का लिएको छैन तर यो भने जरुर भन्न सक्छु कि उहाँको अभिव्यक्ति वैज्ञानिकता छैन । त्यसमा कुनै दम पनि छैन । त्यसले नेपाली मगर संघको केहि लछारपाटो लगाउन सक्दैन । किन भने विचारले सवै कुराको निर्धारण गर्छ त्यो विचार नेपाली  मगर संघ युएईसंग छ । यसमा दुविधा नपरे हुन्छ । आफ्नो जातीय पहिचानको निम्ति कठोर परिस्थितिको सामना गर्न हमेशा तयार रहन्छ ।

"जातीयताको नाम बेचेर सधै ब्यग्तिगत अवसर खोजि हिड्नेहरु देखि हामी साबधान हुनु जरुरि छ" यो उहाँको खवरदारी होइन । बरु उहाँ भित्र लुकेको कायरताको पराकाष्ठ हो भन्न मन लाग्छ । किन भने अहिले मगर जातिहरु सोझो छैनन् । उनीहरु विचारले लैश भएको संगठनमा आबद्द हुन चाहन्छन । उनीहरु आफ्नो ईतिहास बुझ्न चाहन्छन । उनीहरु ति ईतिहासवाट पाठ सिक्न चाहन्छन् र जवसम्म इतिहासको वारेमा थाहा हुँदैन तव उसले आफ्नो वर्तमान पहिचान गर्न सक्दैन । त्यो इतिहासको काल खण्ड केलाउन सिकाउने र आफ्नो पहिचानको वारेमा वहस गर्न सिकाउने संघ, नेपाली मगर संघ नै हो । सायद यो स्थितिलाई वुझेर नै हुनु पर्छ उपाध्यक्ष रानाजी भोलि मासु गलेर काँडा मात्रै वांकी रहेको माछा जस्तै नांगिने भयले छटपटाउनु भएको छ । मैले यो अनुभूति गर्दै छु । यसमा उहाँ प्रति सहानुभूति ब्यक्त गर्न सकिन्छ । व्यक्तिगत अवशरको वारेमा मैले मेरो तर्फवाट उहाँको आरोपलाई यस किसिमले खण्डन गर्दछु कि, आम मगर जनसमुदायहरु हो, नेपाली मगर संघ युएई कुनै व्यक्ति बिशेसमा आस्था राख्ने संस्था होईन । जातीय स्वाधिनता वाहेक व्यक्तिगत स्वार्थ कसैसंग छैन । हामीले राष्ट्रियता वेचेका छैनौं । पहिचान गुमाएका छैनौं । ईतिहासमा जे गुमाएका छौं, त्यो प्राप्त गर्नको निम्ति मगर जातीहरुलाई दीक्षित तुल्याउन चाहन्छौं वस, हाम्रो स्वार्थ केहि छ भने त्यहि नै हो । यदि कोहि यो निस्वार्थ सामाजिक स्वार्थलाई व्यक्तिवादको  संज्ञा दिन्छ भने अरु सावधान हुनु आवस्यकता छैन, रानाजी जस्ता पश्चगामी व्यक्ति साबधान हुनु आबस्यकता छ । यसलाई चुनौतीको रुपमा लिनु हुन्छ अथवा खबरदारीको रुपमा त्यो उहाँकै जिम्माको कुरा हो ।
अहिले वार्ताको कुरा चलिरहेको छ । उनीहरुको वार्ताको एजेन्डा के हो ? उनीहरु अहिले पराजयको मनस्थितिमा पुगेका छन् । उनीहरु वार्ता भनेर नेपाली मगर संघलाई छल गर्न चाहन्छन । त्यो दुश्साहस कदम हामीले बुझेका छौं तर पनि यो सकारात्मक पक्षलाई हामीले नकार्न भने सक्दैनौं । मगरहरुको एक मात्र जिम्मेवारी संघ भएको नाताले  त्यो हामीलाई नैतिकताले अनुमति दिंदैन ।  तर रानाजी जस्ता गलित र कथित व्यक्तिहरुले छरेका हरेक भ्रमहरुलाई भण्डाफोर गर्न नेपाली मगर संघ युएई हर हमेशा तम्तयार रहिरहने कुरामा आम मगर समुदायहरुलाई विस्वस्त पार्न चाहन्छौं ।
"त्यस्तो प्रवित्ति सधै निस्तेज हुनेछ । सत्य सधै एउटै मात्र हुन्छ, यसको अनेक रुप नै हुदैन । असत्य अनगिन्ति हुन्छन । तर अन्तत्वगत्व असत्यको बाटोमा हिड्नेहरुले त्यसको परिणाम आफैले भोग्नु पर्ने छ । विभिन्न कारणले हुन् सक्छ हाम्रा ति केहि साथिहरु अहिले यस्तो बागी संस्था खोल्दै हिड्नु पर्ने हैसियतमा पुगेका छन् । तर वास्तवमा वहाहरुको हैसियत त्यो भन्दा धेरै थियो भन्ने हामीले मानेकै हो" डी आर गुरुङ ज्युले जुन अर्थमा यो अभिव्यक्ति दिनु भयो,  त्यसमा पनि म सहमति छु । तर ठिक उल्टो रुपमा । हो, सत्य भनेको सत्य नै हो । सत्य वाहेक अरु केहि पनि छैन । तर मैले सोध्न चाहन्छु, पहिचानको उत्थान गर्नु असत्य हो ? राष्ट्रियताको कुरा गलत हो ? कहाँ गलत गर्यो नेपाली मगर संघले ? मगर संघको अगाडी नेपाली थपेर कुनै बिदेशी मगरको अपहेलना गर्यो कि ? अनि तपाइको नजरमा त्यो संघ कसरी राष्ट्रवादी सावित भयो जसले नेपाली शब्द नै निमिट्यान्न पारेको छ आफ्नो सस्थाको नामवाट ? अनि जुन परिणामको कुरा तपाई गरिरहनु भएको छ, के त्यहि परिणाम हो त नेपाली मगर संघ युएई अहिले मगरहरुको वलियो स्तम्भको रुपमा खडा भएको ? बरु तपाइको विश्लेषणले उल्टो परिणाम देखाउदै छ । अहिले आत्म रक्षाको निम्ति मगर संघ युएई वार्ताको निम्ति छटपटाइरहेको छ । ठिक छ, वार्ता हुन्छ तर बार्ताको निम्ति एजेन्डा मगर संघसंग छैन । सिर्फ आत्म रक्षा, मनोगत त्रास । आम मानिसहरु यहि वुझेका छन् । जहाँसम्म वागी सस्थाको प्रसङ्ग छ, होइन डी आर ज्यु, भ्रममा नपर्नु होला । मगरहरुको संघ एउटा मात्रै छ, त्यो हो नेपाली मगर संघ युएई । त्यसमा तपाइलाई निषेधको राजनीति जस्तो लाग्न सक्दछ तर निषेधको राजनीति होइन । वास्तविक संघको विधानमा मगर संघ युएई नभई नेपाली मगर संघ मात्रै छ । यस अर्थले वागी सस्था कुन हो भन्ने कुरा स्पष्ट हुन्छ । वरु सोच्नु होला, मगर संघ विघटन भएको थियो, त्यसलाई पुनर्गठन गरिएको मात्रै हो । तर तपाइले पूर्वाग्रह ढंगले विचार गर्नु भयो भने माथि तपाई आफैले दिनु भएको भनाई फेरी आफै तिर फर्कने निश्चित हुन्छ । किन भने सत्य भनेको सत्य नै हुन्छ । अनि फेरी तपाइको भनाई सापटी लिएर भन्न मन लागिरहेको छ, सत्य सधै एउटै मात्र हुन्छ, यसको अनेक रुप नै हुदैन । असत्य अनगिन्ति हुन्छन । तर अन्तत्वगत्व असत्यको बाटोमा हिड्नेहरुले त्यसको परिणाम आफैले भोग्नु पर्ने छ । चेतना भया !!!!!!!
लेखक :
पृथीछक वुढा मगर, रुकुम
आदिवासी जनजाती परिषद महासचिव
नेपाली जनप्रगतिसिल मोर्चा केन्द्रीय सविब

 

Monday, 23 December 2013

संविधानसभाबाट निकास छैन: वादल



 ८ पुस, नेपालगञ्ज । नेपाल कम्युनिस्ट पार्टी –माओवादीका महासचिव रामबहादुर थापा ‘वादल’ले परिवर्तनकारी शक्तिलाई बाहिर राखेर गरिएको अहिलेको संविधानसभाको निर्वाचनले राजनीतिक निकास नदिने बताउनु भएको छ । 

महासचिव वादलले संसदवादी दलहरु आफूहरुको मागप्रति सकारात्मक नभए सडकबाट राजनीतिक निकासको लागि आन्दोलन गर्ने बताउनु भएको छ । 

नेकपा-माओवादी सहितका ३३ दलको विरोधका बावजुद पनि संविधानसभाको निर्वाचन गरिएको भन्दै महासचिव वादलले आफुहरु संकट हल गर्न चाहेपनि संसदवादी दलले संविधानसभाको निर्वाचन गरेर संकटलाई चर्काउने काम गरेको बताउनुभएको छ । 

त्यस्तै तपाईहरु जंगल जाने तयारीमा हुनुहुन्छ रे नि भनेर सोधेको प्रश्नमा वादलले आफ्नो पार्टी कुनै पनि हालतमा जंगल नजाने बताउनुभएको छ । 

आज नेपालगञ्जमा केही पत्रकारसँग कुरा गर्दै महासचिव  बादलले भन्नुभयो, ‘१० बर्षे जनयुद्धमा समेत जंगलमा नभई जनताको विचमा रहेको बताउनुभएको छ ।’ 

आफुहरु वार्ता, संवाद र सहमतिबाट राजनीतिक निकास खोज्नुपर्ने पक्षमा भएको बादलले बताउँदै गोलमेच सम्मेलनबाट मात्रै निकास सम्भव भएको स्पष्ट पार्नुभयो ।

मंगलबार विहान ८:३०मा समसायकि राजनीतिका बारेमा पार्टीको धारणा स्पष्ट पार्न महासचिव वादलद्वारा नेपालगञ्जमा पत्रकार सम्मेलन हुँदैछ ।

Sunday, 22 December 2013

'बरु म मर्न तयार हुन्छु, दक्षिणपन्थी हुन्न ।' -अध्यक्ष मोहन वैद्य


काठमाण्डौ, चुनाव बहिस्कारको आन्दोलनलाई सफलतापूर्वक नेत्रित्व गरेको पार्टी नेकपा- माओवादीले 'जनविद्रोह'का लागि सहरमा 'सैन्य मोर्चा' बनाउने निर्णय गरेको छ । सात दिनदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकले तत्काल युवा मोर्चाको नाम परिवर्तन नगरे पनि अन्ततः सहर केन्द्रित सैन्य मोर्चा बनाउने निर्णय गरेको हो । 

जनयुद्ध जगमा जनविद्रोहको कार्यदिशा प्रष्ट भएको उल्लेख गर्दै अध्यक्ष मोहन वैद्यले केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिंदै भने, 'अब सहर केन्द्रित आन्दोलनका लागि युवा मोर्चालाई सैन्य मोर्चामा ढाल्नु पर्छ ।' युवा मोर्चालाई त्यसै अनुसार प्रशिक्षण र तालिम दिनु पर्ने र आवश्यक परे परिचालन गर्नु पर्ने बताउनु भयो ।

गाउँभन्दा पनि  शहर केन्द्रित आन्दोलनका लागि संगठन सुधार्नुपर्ने उनले बताए । जनयुद्धका जगमा जनविद्रोहबारे प्रष्ट पार्न सदस्यहरुले नेतृत्वलाई दवाव दिएपछि उनले अन्तिम कार्यदिशा जनविद्रोह नै भएको बताउनु भएको थियो । 'अन्तराष्ट्रिय परिस्थिति हाम्रा पक्षमा नदेखिएको जस्तो भएपनि, असम्भव कुरा केही पनि छैन,' उनको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'अन्तराष्ट्रिय परिस्थति सामान्य अवस्थामा गुजे्रको छ, तेस्रो विश्वका मुलुक र साम्राज्यवाद पक्षधरवीच संघर्ष चलेको छ ।' उहाले पार्टीमा दक्षिणपन्थी अवसरवाद र शीघ्र विजयको मानसिकता हावी हुँदै गएको कुरा बताउनु भयो । 'बरु म मर्न तयार हुन्छु, दक्षिणपन्थी हुन्न,' उहाले स्पष्ट पार्दै भन्नुभयो ।

बैठकमा उपाध्यक्ष सीपी गजुरेल र सचिव देव गुरुङले संविधानसभाका २६ सिटमा सहभागिताबारे कतै नबोलेको जवाफ दिनुभएको थियो ।  सदस्यहरुले २६ सिटले सिंगो पार्टी कार्यकर्ता अलमलमा परेको उल्लेख गरेपछि गजुरेल र गुरुङले जवाफ दिएका हुन् ।

महासचिव रामबहादुर थापाले जनयुद्ध नै पार्टीको अन्तिम विकल्प भएकाले भ्रम नपर्न स्पष्ट पार्नुभयो । महासचिव थापा, उपाध्यक्ष गजुरेल, सचिवद्वय गुरुङ र नेत्रविक्रम चन्दले सहर केन्द्रित आन्दोलन लागि युवा मोर्चालाई सैन्य बनाउने धारणा राख्नुभएको थियो । सहरमा प्रभाव पार्न सके गाउँ सजिलै नियन्त्रण हुने पार्टीको धारणा रहेको छ । 

Saturday, 21 December 2013

लेवीको पैसा घुसको लागि प्रयोग,मगर हरु आक्रोशित |

युएईका मगर हरु राष्ट्रियता विहिन मगर संघ युएई संग आक्रोसित भएको समाचार प्राप्त भएको छ | प्राप्त समाचार अनुसार आफ्नो पेट काटेर जातीय मुक्तिकालागी १०/१० धिराम जम्मा गरेर खडा गरिएको संघको कोषको रकम केरला सोसियल सेन्टरका सेक्रेटरीलाई घुस खुवाउन खोज्दा भण्डाफोर भएपछी युएईका मगर हरु मगर संघ युएई संग आक्रोसित भएका हुन् | नेपाल मगर संघको स्थापना दिवश फाल्गुण १५ लाई आगामी २१ फेबुर्री २०१४ मा केरला सोसियल सेन्टर उपल्लो तलाको ठुलो हलमा भब्यरुपमा “मगर दिवश “ मनाउन नेपाली मगर संघ युएईले ७ नोबेम्बर २०१३ मा संघका अध्यक्ष चन्द्र सारु मगर र कोषाध्यक्ष चुमान काउछा मगरलाई पठाएर केरला सोसियल सेन्टरको हल बुक गरेको थियो | त्यसको झन्डै ३ हप्ता पछी मगर संघ युएईले नेपालवाट २ जना लोकगित गायक कलाकार झिकाएको भन्दै सोहि हल र सोहि मितिमानै “मगर दिवश” को कार्यक्रम गर्ने भनी फेशबुकमा पोष्टर राखी प्रचार प्रसार गर्यो | तत् पश्च्यात नेपाली मगर संघ युएईले आफ्नो बैठक डाक्यो र बैठकले गैरनेपाली मगर संघ युएईले जे जस्तो वदनियाताले एकै हलमा आफुहरु संघ कार्यक्रम जुधायर गरे पनि त्यसले समग्र रुपमा आफुहरुलाई अत्यधिक फाइदा हुने निष्कर्ष निकाल्यो र सोहि व्यहोराको यसका पदाधिकारी हरुले आफ्नो फेशबुक स्टाटस लेख्ने गरे | नेपाली मगर संघ युएईका सचिवले २० धिरामको आफुहरुको प्रवेश टिकटले गैरनेपाली मगर संघ युएईको ३५ दिरामको ग्राउण्ड फोलहरमा हुने कार्यक्रम हेर्न पाइने भने स्टाटस जव लेखे तव गैरनेपाली मगर संघ युएईले आफुहरु माथि ठुलै भुकम्प आएको महसुस गर्यो | यस संघमा रहेका केहि इमान्दार मगर हरुले फोन मार्फत किन कार्यक्रम जुधाईएको हो ? हामीलाई नोक्सानी हुने गरी किन हल बुक गरिएको हो ? भनेर झपार्न थाले पछी के गरु कसो गरु भने अवस्थामा पगेका यस संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका भरत राना मगर र युएईका नेपाली समुदायको मानसपटलमा षडेको सिनो जस्तै डुंग डुंग गन्याउदै र हरिया माखा भन्क्याउदै हिड्ने उर्फ आशिष राई भन्ने तोया राई समेत जना २ ले उल्लेखित सोसियल सेन्टरमा सेक्रेटरीलाई हामी २ ह्जार दिराम पैसा तलाई दिन्छौ तैले माथिको हलमा हुने २१ फेबुरीको नेपाली मगर संघ युएईको कार्यक्रम क्यान्सिल गरिदे भनेको र सोहि अनुरुप पैसाको लोभलालचमा परी सेक्रेटरीले संघका अध्यक्ष् चन्द्र सारु मगर र कोषाध्यक्ष चुमान काउछा मगरलाई फोनगरी २१ फेब्रुरीमा हामी तिमीहरुलाई हल दिन नसक्ने भयौ यो यस सोसाइटीको बोर्डको निर्णय हो,तिमीहरुले २८ फेब्रुरीमा कार्यक्रम गर भनेर भन्यो | तत् पक्ष्यात संघका महासचिव भुवन मगर,कोषाध्यक्ष चुमान काउछा मगर र महिला विभाग प्रमुख शुशी पुलामी उक्त हलको सेक्रेटरीलाई भेटी के रहेछ भनेर अनुसन्धान गर्दा उल्लेखित रहस्य खुलेको हो | अनि संघका महासचिव भुवन मगर र मगर महिला नेत्री एव संघको महिला विभाग प्रमुख समेत रहेकी शुशी पुलामी समेतले उक्त केरला सोसियल सेन्टर हालको सेक्रेटरीलाई थुप्रै आग्रह गर्दा समेत नमाने पछी महासचिव मगरले आफ्नो पर्सवाट युएई सरकारका मिडिया सेन्टरका दुइजना स्थानीय अधिकृतको विजनेसकार्ड देखाउदै सेक्रेटरीका अगाडीनै फोन गर्दै युएईको कानुन अनुरुप बुक गरेको हल,कानुनलाई तोड्दै क्यान्सिल गर्न मिति सार्न अनुचित दवाव दिदै छ भनेर फोन गरेपछी सेक्रेटरीको होस् खुल्यो | युएईको कानुनलाई तोडेकोमा जेल जानु पर्ने,हल बन्द हुन सक्ने इत्यादि कारणले आतिदै र लाचार बन्दै ठिक छ २१ फेब्रुरीमानै कार्यक्रम गर अव उप्रान्त नेपाली हरुलाई प्रोग्रामकोलागी हल दिने छैन भनेर भन्यो | अनि महासचिव मगरले हुन्छ....! दोकान राख्ने समान विक्रिगर्दैनस् भने ठिकै छ त्यो तेरो विचार हो ,त्यसमा हामीले के गर्न सक्छौर भन्नु भयो | एक तर्फ यसरी आफ्नो पेट काटेर जम्मा गरेको लेबीको पैसा बचेकोमा युएईका मगरहरु दङ्ग छन् भने अर्को तर्फ नैतिकहिन,बैजेतपूर्ण,हिन्वुद्दि,बेसर्मी एवं नालायकपूर्ण राष्ट्रिय पहिचान विहिन “मगर संघ युएई” को मूल नेतृत्वको चालामाला देखेर यसका इमान्दार कार्यकर्ता आक्रोशित हुँदै भटाभट प्रेशविज्ञप्ति दिदै राष्ट्रिय पहिचान सहितको मगर संघ युएईमा आवद्द भएका भएको जानकारी प्राप्त भएको छ | प्रिथिछ्क बुढामगर महासचिव नेपाल आदिवासी जनजाति परिषद युएई सल्लाहकार नेपाली मगर संघ युएई सचिव जन प्रगतिशील मोर्चा युएई

नेपाली मगर संघ युएईको विधानमा भ्रम र सत्यता

२००६ को जनवरी महिनामा दुवईको नेपाली पार्कमा मेरो समेत उपस्थिथिमा नेपाली मगर संघ युएईले तत्कालीन अध्यक्ष् कर्ण बहादुर पुन मगरको अध्यक्षतामा एउटा बैठक राखिएको थियो | त्यो बैठकमा सहभागितानै नेपाली मगर संघ युएईकोलागी मेरो पहिला बैठक थियो | बैठक औपचारिक रुपमा प्रवेश भए पछी तत्कालिन संवाद सचिव समेत रहनु भएका तेज कुमार आले मगरले महाधिवेशन गर्ने प्रस्ताव राख्नु भयो, अनि मैले बैठकमा आफ्नो विचार राख्दै भने अघिल्लो महाधिवेशन भएको कति वर्ष भयो ? महाधिवेशन गर्ने अवधि भयो या भएको छैन ? विधान निकाल्नुहोस् विधानमा के के व्यवस्था छ हेरौ भनेर भन्दा, बैठकमा उपस्थित म बाहेक सबै पुराना साथिहरु मुखामुख गर्नु भयो | जिब्रो चपाउदै अफ्ठ्यारो महसुस गर्दै संवाद सचिव समेत रहनु भएका तेज कुमार आले मगरले विधान त... छैन प्रवासमा यस्तै हो,पछी बनाउदै जाउला भन्नु भयो | मैले भने विना विधान कसरी महाधिवेशन गर्ने ? यो त निकै लज्जा जनक कुरो भयो,पहिला विधान निर्माण गरौ अनि मात्रै महाधिवेशन गरौला भनेर प्रस्ताव राख्दा सबै साथिहरुलाई कुरो ठिकै लागेछ क्यारे साथीहरू राजि हुनु भयो र विधान मस्यौदा समित वनाउने निर्णय भयो | विधान मस्यौदा समितिमा को को रहने ? कति सदस्यीय वनाउने र त्यसको संयोजक कसलाई वनाउने भन्ने विषयमा छलफल हुँदा संवाद सचिव तेज आलेले संयोजकमा मेरो नाम प्रस्ताव गर्नु भयो र त्यसको सद्स्यहरुमा क्रमस केन्द्रीय सदस्य द्वय जगत बहादुर थापा मगर र सरोज पुलामी मगर सहित तिन सदस्यीय विधान मस्यौदा समिति बन्यो | गिरमान थापा मगर महासचिव हुनुहुदो रहेछ उहाँले झोलावाट रजिस्टर निकालेर उल्लेखित बैठकको निर्णय लेख्न थाल्नु भयो, तर गिरमान थापामगरजीले उक्त बैठकको निर्णय पनि राम्रो संग लेख्न नसकेर मैले भनिदिने उहाँले लेख्ने गर्दा पनि करिव १५ ठाउँमा केरमेट गर्दै लेख्नु भएको थियो | उक्त सम्भवत उक्त वैठकमा सहभागीहरु गिरमान थापा र म मात्रै छौ होला आज ...|
श्रदेय मित्र गिरमान ज्यू,लाई यहि लेखवाट विनाम्रताकासाथ आग्रह गर्दछु तपाईलाई नेपाली मगर संघ युएईले जुन विश्वास गरेर जिम्मेवारी सुम्पेको थियो | त्यो पदमा आफ्नो कर्तव्य इमान्दारी एवं जिम्वेवारी निर्वाहकासाथ गर्नु भएको थियो भने त्यो उल्लेखित माइनिटिंग रजिष्टर कहाँ छ ? त्यो संघको सम्पति हो ऐतिहासिक दस्तावेज हो, युएईका मगर साथीहरुलाई देखाएर नैतिकता एवं इमान्दारिता देखाउनु होस् र भ्रम हटाइदिनुस् | तर त्यो माइनिटिंग देखाउने तपाईमा नैतिक वल छ जस्तो लाग्दैन, त्यो माइनिटिंग देखाउने तपाईहरुमा हिम्मत छैन | किनभने त्यो ऐतिहासिक दस्तावेजले तपाईहरुको धोति फुस्काउने छ र युएईवासी सम्पूर्ण मगर साथिहरुको अगाडी लागेको कुहिरो हट्ने छ र ममाथि न्याय हुने छ |
करिव १ महिनासम्म रातदिनको अनवरत मिहनतले विधान मस्यौदा समितिका सदस्य द्वय जगत बहादुर थापामगर र सरोज पुलामी मगरको सल्लाह,सुझाव,सहयोगले विधान तैयार पारी संघका तत्कालिन अध्यक्ष कर्ण बहादुर पुन मगरलाई बुझेको थिए | आज परन्तु पनि त्यी विधानले नेपाली मगर संघ युएई चलेको छ भने अर्को तर्फ राष्ट्रियता विहिन शरणार्थी मगर संघ युएई पनि त्यही विधानले चलेको छ भन्ने मेरो बुझाई छ तथापी: विधानमा राष्ट्रियता सहितको मगर संघ छ ब्यबहारमा भने मगर संघ युएइले आफ्नो राष्ट्रियताको टाउको छिनाई सकेको देख्न सकिन्छ |
त्यहि नेपाली मगर संघ युएईको विधान २००६ मार्फत तेज कुमार आले अध्यक्ष हुने भयो | तथापि उहाँको कार्यकाल सम्पन्न नहुँदै उहाँ नेपाल फर्कनु भए पछी संघले विशेष महाधिवेशनको आव्हान गर्यौ उक्त विशेष महाधिवेशन दुबई वसपार्कको करिव २० मिनटको हिडाई पछी मगर साथीहरुको निवासमा भएको थियो | उक्त विशेष महाधिवेशनले मलाई अध्यक्ष्,गम थापा मगरलाई उपाध्याक्ष,गिरमान थापामगरलाई महासचिव,धनेन्द्र मास्की राना मगरलाई सचिव र पूर्ण बहादुर थापा मगरलाई कोषाध्यक्ष लगायतको पदमा प्रस्ताव गरी निर्वाचित गरेपछी गिरमान थापा निकै असन्तुष्ट हुनुहुन्थ्यो | उहाँको असन्तुस्टी रहेछ के भने उहाँ संघमा लामो समय देखि महासचिवमा कार्यरत रहँदा पनि महाधिवेशनले आफुलाई अध्यक्ष पदमा प्रताव नगरे पछी उहाँ रुष्ट हुनु भएको रहेछ | त्यसैले मेरो कार्यकालमा उहाँले मलाई राम्ररी कहिल्ले पनि सहयोग गर्नु भएन | उहाँले केवल अव म नेपाल फिर्ता जाँदै छु छिट्टै जाँदै छु यस्तै यस्तै भनेर घुर्क्याउनु हुन्थ्यो | यधेपी: आजको मिति सम्म नेपाल फिर्ता गएको मेरो जानाकारीमा आएको छैन |

हरि बहादुर घर्ति मगर 
सल्लाहकार,सम्रक्षक प्रमुख 
एवं भूपू अध्यक्ष नेपाली मगर संघ युएई

Friday, 20 December 2013

नेपाली मगर संघको विरुद्द गरिएको,मगर संघ युएईको षड्यन्त्र विफल

सर्पलाई नमर्दासम्म टाउकोमा ठोकिरहनु पर्छ । उसको टाउको धुलोमा मिल्दासम्म उसले आफ्नो पुच्छर हल्लाउन छोड्दैन । यो कुरा सत्य हो । अहिले त्यो प्रतित हुँदै छ ।  प्राणीलाई तव चेतनसिल मानिन्छ जवसम्म उसको चेतना जीवित रहन्छ । यदि चेतना भएन भने त्यो जीवन्त हुन सक्दैन । जीवन्त नभएको वस्तु एक निर्जीव पदार्थ वाहेक अरु केहि होइन । हो, मैले यसरी नै ब्याख्या गर्ने गरेको छु । तर कुरा सर्पको हो, समाज भित्रको प्रजीबी प्रवृतिको वहस हो त्यसैले त्यो निर्जीव होइन । सजीव यो किसिमले हो, किन भने कुनै न कुनै रुपमा त्यसले आफ्नो प्रतिक्रिया जनाईरहेको छ । तर अन्तिम रुपमा । विषालु सर्प जसलाई यदि टाउकोमा ठोक्ने हो भने अन्तिम समयसम्म पनि आफ्नो प्रतिक्रियाको रुपमा आफ्नो पुच्छर हल्लाउन छाड्दैन । अहिले प्रतित त्यहि भएको छ, करेला सोसाइटी हलको घटनालाई नियाल्दा ।

कुरा नेपाली मगर संघ युएई र मगर संघ युएई विचको अन्तरविरोध अनि त्यसमा भईरहेका षड्यन्त्रहरुको कडीहरुलाई केलाउन कोसिस गरिएको छ । वैचारिक रुपमा मृत भइसकेका कथित मगरहरु फेरी यहाँ पनि त्यहि आफ्नो घिन लाग्दो क्रियाकलाप प्रदर्शन गरेको देखेर कतिपय ठाउमा दया पनि लागेर आएको छ यो स्तम्भकारलाई । जव विचारमा स्खलन भईसके पछी मान्छे जालझेल गर्न थाल्दछ । जसरी अहिले नेपाली मगर संघको विरुद्दमा मगर संघ युएईले गरेको छ । नेपाली मगर संघ युएईले करेला सोसियल  हलमा आफ्नो कार्यक्रमको तय गरिसकेको अवस्थामा सोहि हलको तल्लो ग्राउड फ्लोरमा भए पनि मगर संघ युएईले सोहि तारिख नै आफ्नो कार्यक्रम रहेको कुरा मेडियाहरु मार्फत सार्वजनिक गरयो । यसको अर्थ के हो ?  जुन उनीहरु नेपाली मगर संघ युएईको कार्यक्रम बिथोल्न चाहन्थे तर त्यो स्थिति भएन । त्यो स्थिति नभए पछी केरला सोसियल सेन्टर हलवाललाई अख्तियारको दुरुपयोग गर्दै आम प्रवासी मगर समुदायले आफ्नो छाक काटेर जम्मा गरेको १०/१० दिहराम, जुन  उठाईएको सामाजीक पुँजीलाई घुस खुवाएर नेपाली मगर संघ युएईले बुकिंग गरेको हलको  बुकिंग रद्द गर्न दवाब दियो तर त्यो पनि सम्भव भएन ।  बुकिंगको अर्थ के ? समयमा हल उपलब्ध हुन नसक्ने कुरालाई मध्य नजर गरेर नै २ महिना अगाडी नै हाल बुक गरिएको थियो तर त्यो सुरक्षित गरिएको हल कुनै कारण विना क्यान्सिल गर्न दबाब दिनको कारण के हो ? जवकी जुन हलमा नेपाली मगर संघले कार्यक्रम गर्ने वाला थियो सोहि हल वुकिंग रद्द गराएर मगर संघ युएईले गर्न लागेको थियो जुन कि उसले तल्लो फ्लोरमा गर्ने वाला थियो तर उसको यो षड्यन्त्रले हावा खायो । सर्पले काँचुली छोडे जस्तै युएईका जातीय मुक्ति चाहने प्रगतिसिल मगरहरुले कथित नाम मात्रैको मगर संघलाई छोडे पछी अटालीएका मगर संघ युएईका एकाध नक्कली मगर नेताहरुले नेपाली मगर संघ युएई विरुद्द  विभिन्न हर्कत गर्ने क्रममा नेपाली मगर संघका कलाकारहरुलाई विभिन्न आर्थिक प्रलोभन देखाएर आफ्नो कार्यक्रममा प्रस्तुति दिनको लागि पनि मगर संघ लागि परेको थियो तर आज सोहि एक जना कलाकार दिपक पुन मगरले प्रेस बक्तब्य निकालेर त्यसको षड्यन्त्र बिरुद्द धावा बोले । दिपक पुन मगर मात्रै नभएर अन्य नेपाल आइडल रुद्र थापा क्षेत्रीलाई थापा मगर बनाएर (कास्ट चेन्जको) अबधारणा समेट प्रयोग गरेर कलाकारको वास्तविक परिचय नै गुमनाम बनाउने काम गरेको छ । जुन आईडल थापा क्षेत्री, नेपाली मगर संघ युएईका अथिति कालाकार हुन् । पछी नेपाली मगर संघका महासचिबलाइ तत्कालिन मगर संघका सस्थापक तथा तत्कालिन मगर संघ युएईका विधान निर्माता हरि घर्ति मगरको विरुद्दमा प्रयोग गर्न खोजेका थिए आशिस  राई मार्फत । मगर संघले उक्त राईलाई एजेन्टको रुपमा प्रयोग गर्नुको अर्थ के हो ? के आशिस राई दलाल नै हो ? उसले दलाली पन प्रदर्शन किन गरयो ? उर्फ आशिस राई भन्ने टोया राई तत्कालिन नेपाल आदिवासी जनजाति युवा परिषदका उपाध्यक्ष थिए । पछी परिषदले आशिस राईलाई उसको नियत ठिक नभएको र जातीय मुक्तिको सवालमा स्खलन भएको निस्कर्ष निकालेर परिषदवाट निस्काशन गरेको थियो । तर ति सव षड्यन्त्र असफल भए पछी अहिले मगर संघ युएई नेपाली मगर संघ युएईसंग वार्ताको टेबुलमा वस्नको लागी पहल गरिरहेको छ । आत्मसमर्पणको रुपमा अहिले आएको छ । अहिले टाउको उठाउने अवस्था छैन तर मर्न लागेको सर्पले मर्ने बेलामा पनि  जसरी आफ्नो पुच्छर हल्लाई रहन्छ ठिक त्यसरी आफ्नो  बेलाबेलामा आफ्नो पुच्छर हल्लाईरहेको भने अबस्य छ । मौका पाउने बित्तिकै उसले अबस्य डस्ने छ ।  यसमा कुनै दुविधा छैन । यसवाट नेपाली मगर संघ युएई सावधान रहनु आवस्यकता छ ।

नेपाली मगर संघले विचार पुरयाउने कुराहरु धेरै छन् । रक्षात्मक स्थितिमा पुग्यो भने मात्रै वार्ताको कुरा आउछ । वार्ता भन्दै शक्ति सन्तुलन निर्माण गर्दै जान्छ र शक्ति संचय गरेर उसले फेरी पनि ब्याटल शुरु गर्न पनि सक्छ भन्ने रणनीति नेपाली मगर संघले वुझ्नु अत्यावस्यक छ ।  तर वार्ताको टेवुलमा वस्दा भने केहि फरक पर्ने छैन । यदि भित्रि मन देखि मगर जातिहरुको अधिकार र भविष्य प्रति सांचिकै चिन्ता लाग्ने हो भने संघको पुनर्गठन गर्न पनि कुनै आपत्ति छैन । तर मगर संघ त्यसको निम्ति तयारी छैन । उसलाई अहिलेको संकट मात्रै तार्न खोजेको छ । यो संकट मात्रै तर्ने हो भने फेरी नेपाली मगर संघको विरुद्दमा धावा बोल्न छाड्ने छैन । ब्याटल उसले शुरु गरेको हो । त्यसको अन्त्य गर्ने अथवा निरन्तरता ? त्यो उसैको हातमा छ । अहिले वार्ताको मध्यमवाट समस्या सुल्झाउन खोजेको छ । नेपाली मगर संघ आफ्नो वैचारिक स्पिरिट तयारी राखेर जुन सुकै मोर्चावाट पनि त्यसको जवाफ दिन सक्षम हुनु अहिलेको सान्दर्भिक बिषय हुन सक्दछ ।
पृथी छक वुढा मगर ग्लोभिभोना 
आदिवासी जनजाति परिषद युएई महासचिव 
नेपाली जनप्रगतिसिल मोर्चा युएई केन्द्रीय सचिव 



पहिलो संविधानमा उठाइएको पहिचानको मुद्दा दोश्रो संविधान सभामा ओझेलमा पर्दै

भर्खरै मात्र सकिएको छ दोश्रो संविधान सभाको चुनाव । चुनावको चतारो सकिए लगत्तै सरकारको नेत्रित्व कस्ले गर्ने र सरकारमा सहभागी हुने दलहरु कस्तो मन्त्रालय प्राप्त गर्ने कुरामा वर्गेनिङ गर्दै छन । स्वर्गिय गिरिजा प्रसाद कोइरालाले वारम्वार भन्नु भएको "एक युगमा एक दिन एक पटक आउछ" भन्ने उक्ती गलत सावित हुँदै फेरी कहिलै आउन नसक्ने भनिएको संविधान सभा फेरी मङ्सिर ४ मा आयो र दलहरु फेरी यो चुनावलाई ऐतिहासिक रुपमा सम्पन्न भएको भनेर व्याख्या गरे । यसले प्रष्ट गरिरहेको छ, कि फेरी यस्ता अन्य थुप्रै संविधान सभाको चुनावहरु हुँदै जाने छन । दलहरु यो भईरहने प्रकृयालाई ऐतिहासिक रुपले सम्पन्न भएको ठोकुवा गर्ने छन । यसले पनि दलका नेताहरुले भनिरहेको जस्तो अहिलेको संविधान पनि ऐतिहासिक महत्वको हुन सक्दैन जती दलहरु भन्ने गरिरहेका छन ।  

मङसिर ४ को संविधान सभाको चुनावले अग्रगमनको धारलाई भुट्टे वनाएर गएको छ भने प्रतिगामी चहलपहलको निम्ती सुनौलो अवशर वनेर आएको छ । यसमा चुनावमा पराजित दलहरु विशेष गरी एमाओवादी र संघिय समाजवादी पार्टी लगाएत अन्य जातिय मोर्चाहरुको पराजयले पहिलो संविधान सभामा उठाइएका पहिचानका मुद्दाहरु ओझेलमा पर्ने निस्चित भएको मान्न सकिन्छ । प्रतिकृयावादीहरु जो चाहन्थे त्यो भएरै छाड्यो । प्रगतिसिल मोर्चा भनिएका शक्तिहरुले त्यो प्रतिगामी चहलपहल रोक्न सकेनन । यो उनिहरुको निम्ती ठुलो भुल थियो भने आम आदिवासी जनजाती तथा पिछडिएका वर्गहरुको निम्ती यो पराजयको क्षण थियो ।    

एमाओवादी पार्टीले दावी गरेको जस्तो डिजाइनको काम नभएको होइन । त्यो भएको होला । त्यसको वहसको पाटो हुन सक्छ तर जुन प्रतिकृयावादीहरु चाहन्थे कि कुनै पनि हालतमा प्रगतिसिल भनिएका मोर्चाहरु पराजित हुनु पर्छ । अन्तिममा त्यही भयो । यो दु:खको कुरा थियो । एमाओवादी पराजय भईसके पछी सयौँ वर्ष देखी अन्याय र अत्याचारको जाँटो मुनी पिसिँदै आईरहेका पिछडिएका वर्ग र आदिवासी जनजातीहरुको मुद्दा पनि पराजय भईसकेको छ । यो सत्य कुरालाई सवैले स्विकार्नु पर्छ । किन भने छेत्रीय दलहरुले त्यो माग पुरा गर्न सक्दैनथे जुन एमाओवादिले पुरा गर्न सक्दथ्यो तर त्यो हुन सकेन । किन भने अवसरवादीहरु जनताको आँखामा पट्टी वाँध्न शुरु गरिहाले । अशोक राइहरु वास्तविक अर्थमा जनजातिहरुको माग प्रती जिम्मेवारी थिए भने चुनावमा एमाओवादीसँग चुनावी टालमेल गर्न सक्ने थिए । असोक राई त्यही मान्छे हुन जो एमाले पार्टीमा हुँदा चिच्याएर यो भन्ने गर्थे "जातिय आधारमा राज्य हुन सक्दैन" उनले पनि त्यही भ्रम छरेर हिडेका थिए जुन अन्य प्रतिगामी शक्तिहरु भन्ने गरेका थिए । पछील्लो चरणमा सोझो र पिछडिएको जनजातीहरुको ढाडमा टेकेर सिंहदवार छिर्न सकिन्छ भन्ने वुझेर आफ्नो वोली फेरे "जातिय आधारमा राज्य हुनु पर्छ" ।  

माओवादीले उठाएको मुद्दा जातिय आधारमा राज्य हुनु पर्छ भन्ने थिएन । माओवादीले उठाएको मुद्दा पहिचानको आधारमा राज्य हुन पर्छ भनेको थियो तर त्यसलाई प्रतिगामी शक्ती र अवशरवादिहरुले अपव्याख्या गरिदिए । जुन षद्यन्त्र माओवादी पार्टीले भन्दाफोर गर्न सक्षम भएन । पहिचान र जात फरक कुराहरु हुन । मगर जात हो भने मगरात त्यसको पहिचान हो । मगरात भित्र अन्य जातको पनि स्थान रहन्छ । मगरात राज्यमा वाहुनको छोरा छोरी पनि मुख्य मन्त्री हुन पाउछन । तमुवान राज्यमा छेत्रीको छोरा छोरी पनि प्रमुख हुन सक्दछन तर अवशरवादिहरु भन्न थाले "वाहुन क्षेत्री काटिन्छ, तातो रगत छाटिन्छ  । भनियो जातीय आधारमा राज्य वन्नु पर्छ  र त्यस राज्यमा त्यसैको प्रमुख्ता रहने छ जुन राज्य विशेष जातीय आधारमा निर्माण गरिएको छ ।" यो के भनेको होलान ? माओवादिको मुद्दा यो थिएन । यो रवैया गलत छ । यसको भन्डाफोर हुनु जरुरी थियो तर हुन सकेन । जुन शक्तिले यो मुद्दा उठाएको थियो त्यो मुद्दाको निकास दिन माओवादी पार्टी सक्षम हुन सकेन ।

यि कुराहरु जनताले स्विकार गर्दैनन । वहुसंख्याक वाहुन छेत्रीहरुको समर्थन विना आदिवासी जनजातिहरुले आफ्नो माग पुरा गर्न सक्दैनन । त्यसैले प्रमुख कुरा वाहुन जात आदिवासी जनजातीको दुश्मन हुन सक्दैन दुश्मन भनेको वाहुनवाद हो । त्यो वाद बाहुन जाती भित्र मात्रै छ भन्नु एक प्रगतिसिल मान्छेको निम्ती घोर वैचारिक स्खलन हुन जान्छ । त्यो चिन्तन अन्य जाती भित्र पनि छ । जसले वाहुनवादको सेवा गरिरहेको छ । यि सम्पूर्ण अवशरवादी रवैया र तमाम प्रतिकृयावादीहरुको षड्यन्त्रको सिकार भयो पहिचानको मुद्दाहरु ।  

मङ्सिर ४ को चुनाव पछी प्रतिगमनकारीहरुको शक्ती राज्यमा हावी भएको छ । जुन शक्तिहरु पहिचानको आधारमा राज्य हुनु पर्ने मागको विरुद्दमा लागेका थिए । त्यसैले अहिले विधान सभामा उनिहरुको वहुमत रहेकाले निस्चित रुपमा आदिवादी जनजाती र पिछडिएको वर्गको हित अनुकुल संविधान बन्न नसक्ने कुरा निस्चित भएको छ । त्यसैले फेरी गिरिजा वावुको भनाइलाई गलत सावित गर्दै फेरी त्यो कहिलै आउन नसक्ने भनिएको महत्व पूर्ण दिन प्राप्तिको निम्ती सम्पूर्ण जनजाती तथा पिछडिएको वर्गहरु उठ्न आबस्यक्ता रहेको वुझ्न सकिन्छ ।
पृथी छक वुढा मगर ग्लोभिभोना 
नेपाली जनप्रगतिसिल मोर्चा युएई केन्द्रीय सचिव
नेपाली आदिवासी जनजाती परिषद युएई महासचिव 

दिपक पुन मगरको प्रेश विज्ञप्ति

 नेपाली मगरहरुले आफ्नो जातीय पहिचानको मुद्दालाई आफ्नो जातीय जीवन मरणको रुपमा उठाई रहेको विधमान अवस्थामा,पहिचानको प्रमुख जग राष्ट्रियतानै छोडेर राष्ट्रिय पहिचान विहिन “मगर संघ युएई” बनाउदैं समग्र नेपाली मगर हरुको अपमान गर्दै, मगरहरुको राष्ट्रियतानै ध्वस्त बनाउने तत्कालिन नेपाली मगर संघ युएईको मुलनेतृत्वले संघको विधानलाई समाप्त  गर्दै संघको छैठौ महाधिवेशन मार्फत "नेपाली" शब्द छिनेर "मगर संघ युएई" मात्रै बनाउने जुन दु:खत निर्णय गर्यो, वास्तम्वमा मलाई त्यसले स्तव्द बनाएको थियो | त्यसैले १३ सेप्टेम्बर २०१३ आबुधाबीको आइकाटमा मेरो समेत विशेष पहलमा राष्ट्रियताको मुल जगमा फर्केर हाम्रो गरीमामय जातीय संस्था नेपाली मगर संघ युएईको छैठौ महाधिवेशन मार्फत पुन: राष्ट्रियता सहितको नेपाली मगर संघ युएई कायम गर्दै संघलाई पुनर्जीवित गरीएको थियो | संघको पुनर्जीवित संगै पुनर्जीवित संघलाई मूल नेतृत्वले प्रारम्भमा जे जसरी लैजान पर्ने थियो,त्यसरी लैजान नसक्दा म असन्तुष्ट थिए | अहिले नेपाली मगर संघ युएईको मूल नेतृत्वले ति कुराको आत्म समिक्षा र आत्म-आलोचना गर्दै मलाई श-शम्मान संघको केन्द्रीय साँकृतिक विभाग प्रमुख जस्तो गरिमामय पदको कार्य सम्पादन गर्न लिखित रुपमानै अनुरोध गरेको छ | यो अनुरोध संघ र ब्याक्तिगत रुपमा मेरो लागि पनि अत्यन्तै खुसीको कुरो हो | राष्ट्रिय पहिचान,जातीय पहिचान,जातीय विभेद,एवं जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व,जातीय अग्र अधिकाराका मुद्दालाई श-शक्त रुपमा युएईमा पहिलो पटक उठाउनुहुने,नेपाली मगर संघ युएईको विधान निर्माता समेत रहनु भएका संघका श्रदेय पुर्व अध्यक्ष हरि बहादुर घर्ति मगर समेत नेपाली मगर संघ युएईको सल्लाहकार संरक्षक प्रमुखमा रहनु भएकोले वास्तविक नेपाली मगर हरुको जातीय संगठन नेपाली मगर संघ युएई नै हो भन्ने मेरो निष्कर्ष रह्यो | अत: आजकै मितिवाट मेरो बुद्दी विवेक र क्षमताले भ्याय सम्म कर्तव्यनिष्ठ,इमान्दारी,वफादारी कासाथ आफ्नो जातीय संगठनमा आवद्द हुँदै नेपाली मगर संघ युएईको साँकृतिक विभाग प्रमुखको जिम्वेवारी लिन यो प्रेश विज्ञप्ति प्रेषित गर्दछु |
दिपक पुन मगर
साँकृतिक विभाग प्रमुख
नेपाली मगर संघ केन्द्रीय कार्य समिति युएई




Thursday, 19 December 2013

२० धिरामको प्रवेश टिकटले २० धिराम र ३५ धिरामको दुवै कार्यक्रम हेर्न पाईने सुनौलो अफर |

नेपाली मगर संघ युएईको आयोजनामा यहि २१ फेब्रुरी २०१४ मा आबुधावीको केरेला सोसियल सेन्टरमा हुन गई रहेको ३२ औ मगर दिवश कार्यक्रम स्थल प्रवेश सुल्क २० धिरामको अफर लागेकोले सर्व प्रथमता सम्पूर्ण युएईवासी नेपाली महानुभावहरुमा २० धिरामको प्रवेश टिकट लिनु भै यथासिघ्र आफ्नो सिट सुरक्षित गर्न अनुरोध गर्दछु | 

प्राप्त जानकारी अनुसार नेपाली मगर संघ युएईको २० धिरामको प्रवेश टिकट लिनले सोहि मितिमा उक्त सोसियल सेन्टरको कम्पाउन्डमा हुने संघको अगाडी नेपाली राष्ट्रियता नजोडीको “मगर संघ युएई “ को ३५ धिराम तिरेर मात्रै हेर्न पाइने कार्यक्रम र राष्ट्रिय पहिचान सहितको नेपाली मगर संघ युएईको उक्त सोसियल सेन्टरको उपल्लो तलाको हलमा हुने दुवै कार्यक्रम एकसाथ् हेर्ने सुवर्ण मौका पाउने भएको छ |
उल्लेखित मगर दिवश हुने कार्यक्रम स्थलको भौगोलिक बनोटको भू-अवस्थाको वस्तुगत अध्यन गर्दा २० धिरामको प्रवेश टिकट लिएर कार्यक्रम हेर्न आउनुहुने दर्शकलाई यो सुविधा मिल्ने निष्कर्ष निकालिएको हो |
कार्यक्रमको भौगोलिक बनोट अनुसार युएईको राजधानी स्थित मदिनाथ जायेद सोपिंग सेन्टरको अगाडी करिव ५०० मिटर र नेपाली राजदुतावासको पछाडी करिव १०० मिटरको दुरी भित्र केरेला सोसियल सेन्टर आवुधवीको हल अवस्थित छ | बाहिर चेनगेट र चेनगेट वाट भित्र पस्नसाथ मुलढोका आउछ यो ढोकाको मुखैमा उक्त हलको रिसेफ्सन छ | मगर संघका दुवै कार्यक्रम हुने स्थल बाहेक यो हलमा अरु ५ वटा स-साना हल पनि छन्, सम्पूर्ण हलमा जाने वाटो उलेखित माथिको मुलढोका मात्रै हो | मुलढोकावाट भित्र पस्न साथ मगर संघ युएइको आयोजनामा हुनलागेको मगर दिवश कम्पाउण्ड र मुलढोकावाट भित्र पसी करिव १५ मिटर बायाँ गए पछी उपल्लो तलामा निस्कने सिढी आउँछ, उक्त सिंढी चढेर उपल्लो तलामा पुगी १० मिटर हिडे पछी नेपाली मगर संघ युएईले आयोजनामा हुन थालेको ३२ औ मगर दिवस हल पर्छ | यो हलको बाहिर ठुलो बरण्डा र बायाँ उक्त हलको अफिस र दायाँ अर्को सानो कार्यक्रम हल छ,भने तल सिधा अगाडी सेनेमाको पर्दा र यो बरण्डा बाल्कोनी हल जस्तै देखिन्छ |
हलमा भित्र नअटने, धुम्रपान गर्ने,पिसाव फेर्न जाने,नजिकको कान्टिनमा चिया नास्ता गर्न जाने अनि केहि छण बाहिर खुला हावामा बस्न चाहने त्यही ठुलो वरान्डामा यता उति गर्ने गर्छन् | मगर संघ युएईले नत उपल्लो हलको कार्यक्रम हेर्न जाने २० दिरामको टिकट देखाउनेलाई ३५ धिरामको टिकट काट भन्न सक्छ ...| नत माथि बरन्डामा उभियार वा वाहिर भित्र गरेर तल ग्राउण्डको कार्यक्रम हेर्नेलाई तल नहेर भन्न सक्छ, तथापि: तलको कार्यक्रम हेर्न भनि ३५ धिरामको प्रवेश टिकट देखाउने माथिको हलको कार्यक्रम हेर्न पुन: २० धिरामको प्रवेश टिकट काट्नु पर्छ | यिनै वस्तुगत यथार्थको कारण पनि नेपाली मगर संघ युएईको आयोजनामा हुन गई ३२ औ मगर दिवश कार्यक्रममा २० धिराम टिकटले २० धिराम र ३५ धिरामको दुवै कार्यक्रम हेर्ने अफर प्राप्त हुने हुँदा, कुनै पनि यो अवस्थाको जानाकारी प्राप्त नेपाली दर्शकले २० धिरामको टिकट छोडेर ३५ धिरामको प्रवेश टिकट अवस्य लिने छैनन् | यी वस्तुगत अवस्थाको कारण वाट मगर संघ युएईलाई उल्लेखित मिति,समय र स्थानमा हुने ३२ औ मगर दिवश कार्यक्रमसँग जुधाउदा कालिदासको उखान जस्तै हाँगा तिर बसेर फेद काट्ने जस्तो देखिन्छ | समग्रमा मगर संघ युएईलाई यो कार्यक्रम फलामको चिउरा सावित हुने सोतान्त्र विश्लेषकहरु वताउने गर्छन् |

नारायण सारू मगर
सचिव

नेपाली मगर संघ केन्द्रीय कार्य समिति युएई

Wednesday, 18 December 2013

इमान जीवनदान अभियान दुबइमा


जीवनको उर्वरा र उमङगमय उमेर अस्पातलको चक्कर मारिरहेको ईमान भाई दुवै मृगौला फेल भएको ठिक्क चार वर्ष भयो । आज राजनीति भन्दा वाहिरको कुरा गर्न मन लागिरहेको छ तर यहाँ एउटा वर्गको कुरा उठाउन खोजिरहेको छु । जब वर्गको कुरा आउछ तव राजनीतिवाट अछुटो कसरी रहन सक्छ यो विषय । अनि त्यसैको सेरोफेरोमा रहेर गफिन मन लाग्यो मित्रहरुसंग । 
यो दुनिया हुनेहरुको लागी मात्रै हो, नहुनेहरुको लागि होइन । यो भनाई साँचो सावित भएको छ अहिले फेरी । मानौं, कुनै मान्छे वाटोमा भोकभोकै मरिरहेको छ तर उसंग पैसा छैन भने भोजनालय त्यसलाई भोजन खुवाउन तयार हुने छैन । यदि कुनै मान्छे महामारी रोगले च्यापेर एक्लै मरिरहेको छ तर यदि उसंग पैसा छैन भने अस्पताल त्यसलाई उपचार गर्न सक्दैन । त्यसैले भनिएको हो, यो दुनिया हुनेहरुको लागि मात्रै हो इमान जस्ताहरुको लागि होइन रहेछ । त्यसैले त इमान भाई चार वर्ष देखि दुवै मृगौला फेल भएर हप्तामा सातौँ हजार खर्च गरेर डाईनोसिस गरेर वाचिरहेको छ तै पनि अस्पताल भन्छ, प्रत्यारोपणको निम्ति पैसा तयार गर्नुस । यदि पैसा नहुने हो भने अस्पताल उसको उपचार गर्ने छैन । उपचार नहुनु भनेको के हुन्छ त्यसको परिणाम तपाईहरुलाई थाहै होला । मृत्यु हो । ईमान परिवारसंग अहिले केहि छैन । डाईनोसिस गर्दा गर्दै यो चार वर्षको अन्तरालमा ईमान परिवारको आर्थिक अवस्था सुन्य भयो । "अहिले त डाईनोसिस गर्न पनि सक्ने स्थिति छैन" ५० वर्षीय इमानको आमा एक्लो छोराको विछ्यौनामा आशु झार्दै भन्नु हुन्छ ।
मैले विचार गरें । यो पुँजीवादी युग कति कुर्र छ । कति निर्दय छ । तर सामाजिक प्रणाली जुन पुँजीवादले वनेको छ यो भित्र पनि दयावान र दानिमान मान्छेहरुको कमि छैन भन्ने हामीले विस्वास गर्यौं । त्यो आशा र भरोशाका साथ् हामीले ईमान जीवनदान अभियान समिति गठन गर्ने निर्णय गर्यौ । एक एक पानीको थोपा मिलेर समुन्द्र वन्न सक्दछ भने तपाई हामीहरुको एक-एक पैसाको जोडले ईमानको जीवन वचाउन कसरि नसकिएला र ? त्यो कुनै आश्चर्यको विषय होइन ।
हामीले हार्दिकता प्रकट गर्दै तपाईहरुसंग ईमान घर्तीको जीवन वचाउन सहयोगको याचना गर्दछौं । आशा छ, तपाइहरुको दयाको झोली अझै रित्तिएको छैन । यो संसार पापी भए पनि दयावान मानिसहरुको खडेरी परेको छैन ।
ईमान जीवनदान अभियान समिति दुवई युएई



Saturday, 7 December 2013

“प्रवासले दिएको यातना”


पृथीछक बुढा मगर हो मेरो नाम पश्चिम नेपालको रुकुम जिल्ला राप्ती अञ्चलमा पर्छ मेरो घर । पहाड र हिमालको बिचमा करिब समुन्द्र सतह देखी 35०० मिटरको उचाईमा पर्छ त्यो । उच्च पहाडी ईलाकामा पर्छ । रुकुममा जन्मेको मान्छे सबैलाई थाहा भएकै कुरा हो गृह युद्दले चेपिएको वस्ती । पढ्न पाएन । ईच्छा  हुँदा हुँदै पनि पढ्न सकिन । दोहोरो मारमा परेका थियौं त्यहाँका जनता । या त सरकारी सेनाको गोली खानु पर्थ्यो या त मुक्ती युद्दको नाममा राइफल वोक्नु पर्थ्यो । म मात्र होइन, त्यहाँका जवान-तन्नेरिहरु विदेश भासिनु वाहेक अरु बिकल्प हामीसँग वचेन । अनी रातको समय करीब १ बजे तिर डेरावाराका कुकुर भुकाउदै १८ जना तन्नेरिहरुले गाउ छोडे । जसमा म पनि थिएँ । मेरो उमेर सबै भन्दा कान्छो थियो । घरबाट आमाले वाटोमा अर्नीको रुपमा २-४ माना मकैको खाजा राखिदिनु भयो र खास्टोमा कुम्लो पारेर घर छोडेँ । आमा रुँदै हुनु हुन्थ्यो । त्यो स्थिती पचाउन नसकेर हतार हतारमा निस्किएँ ।
जुन महिना २००४ मा भिजित भिसामा युएई आएँ । म दुवइ अन्तराष्ट्रिय विमानस्थल   हुँदै देरा दुवइको मुटिना रोड (मार्कोपोलो होटेल नजिक पर्ने) १२ नम्मर भील्लामा ल्याईपुर्यायो दलालले । जहाँ १३ जना म जस्तै अन्य युवाहरु पनि थिए । मात्र गन्जीसँग त्यो कोठाको भुईमा लम्पसार परेर सुतिरहेका थिए । भित्र पस्ने बित्तिकै हिपहीपाउँदो गर्मिले मेरो सातो लियो । कोठामा फ्यान छैन न एसी नै थियो । पछी थाहा भयो उनिहरु फसि सकेका थिए । उनिहरु जस्तै म पनि फसिसकेको थिएँ ।   
दलालले कुहिएका चामल ल्याइदिन्थ्यो । त्यो पनि एक छाक मात्रै पुग्थ्यो । हामीहरु त्यो कुहिएको खानेकुराको लागि एक अर्कासँग झगडा गर्थ्यौ । हो, वास्तबमा भोक जस्तो ठुलो यातना अरु केही रहेनछ । म रुकुमबाट आएको, एक पाखे । मगर खाम वाहेक नेपाली पनि त्यती वोल्न नजान्ने, अङ्ग्रेजी र हिन्दिको त झन कुरै नगरौ । सबैले हेप्थे । कुलरबाट आँफैले पानी ओसार्नु पर्थ्यो । उमेर पनि कान्छो थियो
हप्ता दिन पछी सबैले जागिर पाए तर मेरो पालो कहिलै आउने भएन । अन्तर्वाता दिने भनेर दलालले सम्बन्धित स्थानहरुमा पुर्याउथ्यो तर भाषाले म आजित हुन्थें  । पाउन सकेन जागिर । अब पढ्न थालेँ अङग्रेजी र हिन्दी । नेपाली साथीहरुले हिन्दी लेखी दिन्थे तर एकले अर्को अर्थ दिने शब्द लेखिदिन्थे जसको परिणाम राम्रो हुँदैनथ्यो । तर मैले सिक्ने काम छाडेन । सिक्दै गएँ । गोजीमा सुको थिएन । कोठामा गर्मी भएकाले रातको समयमा अहिले युनियन मेट्रो स्टेशन (त्यतिखेर दुबोको हरियो पार्क) थियो त्यहाँ गएर सुत्थ्यौ काभ्रेका धन लामा दाईसँग । एक रात एक पाकिस्तानी मुलका नागरिकले करणी गर्न खोजेको थियो धन दाइलाई । जिन्दगीका ति बिडम्बनाहरु सोच्दा तोल्हाउन मन लाग्छ ।
त्यतिखेर मैले नेपाली राम्रो लेख्थें त्यसैले चितवनका दाईहरुले आफ्नो गर्लफ्रेन्डहरुलाई पत्र लेख्न पठाउथे अनी त्यो वापत मलाई पैसा दिन्थे । प्रती पत्र ५ दिहराम दिन्थे । त्यो पैसाले म बिभिन्न कम्पनिहरुमा पुगेर बायोडाटा  बुझाउने गर्थेँ । तर कुनै कम्पनिबाट मलाई बोलाउने काम भएन । पछी नेपाल फर्किने समय हुन थाल्यो । तर दलालले केही राम्रो काम पनि गर्‍यो । उसले अर्को भिजा थप्नको लागि ईरानको किस टापुमा पठायो तर पैसा दिएन । पैसाको कुरा गर्दा भोली पथाइदिन्छु भन्यो । म किस पुगेँ फ्राबी होटेलमा । होटेलमा बिहान पाउरोटी र चिया दिन्थ्यो । तीन दिनसम्म त त्यो एउटा पाउरोटी र एक कप चियाले काम चलाएँ तर चौथो दिन पैसा नभएको कारणले पास्पोर्ट जफत गरेर म लगायत अन्य पैसा तिर्न नसक्ने नेपाली केटाहरुलाई होटेलवाट निस्कासन गरियो । अब दु:खका दिन आए ।
सात दिन बित्यो । न पैसा आयो न भिसा आयो । पेत ढाडमा चेप्तिएर श्वास फेर्नै मुस्किल पर्न थाल्यो । होटेलबाट निकालिए पछी सुत्नको लागि समुन्द्र किनारहरुमा वालुवाको सिरानी बनाएर सुत्नु पर्ने अवस्था आईसकेको थियो । पेतमा केही नहुनाले कुलरको पानी पिउने बित्तिकै तल कट्टु भिज्न पुगिहाल्यो । अब मर्ने भईयो । मैले यही सोचेको थिएँ । त्यहाँ किस गएको एक नेपाली दिदीलाई सहयोग मागेँ नेपाल फोन गर्नको लागि । किसमा सस्तो पर्थ्यो दुवईको तुलनामा त्यती खेर । प्रती मिनेट १ दिहराम पर्थ्यो । त्यो दिदिले सहयोग दिनु भयो ५ दिहराम । नेपाल फोन गरें मामालाई । मामा त्यतिखेर माओवादी पार्टीको ठुलै जिम्मेवार मान्छे थिए । उहाँले फोन गरे पछी एकै चोटि पैसा र भिसा आयो । त्यो पनि भिजित भिसा नै थियो । ३०० दिहराम पथाईदिएको थियो । ५ छाकको भोको पेट, रेस्तुरेन्ट गएर करीब ३ थाल मासु-भात खाएँ । थप खाना थपेको थप्यै गरेको हुनाले वेटर एक पटक आश्चार्य चकित भएर भनेको थियो "अब थप खानाको लागि चार्ज लाग्छ" । थप चार्ज तिरेर पनि थपेर खाएँ । तर त्यसले ठीक गर्छ जस्तो लागेन मेरो स्वास्थ्यको लागि । मात लाग्यो खानाको । पखाला भने लागेन । जिउ लत्रिएर आयो । हात गोडा गलेर आयो । स्थिती ५ छाक भोकै हुँदाको भन्दा खराब भयो । त्यो भोलीसम्ममा ठीक भईहाल्यो । 
  भिजा २ महिनाको थियो, एक महिना एक्सटेन्शन गर्न मिल्थ्यो । जम्मा ३ महिनाको हुन्थ्यो । पहिलो ३ महिना बितिसकेको थियो । म बेरोजगार नै थिएँ । क्रमश: दुई महिना पनि बित्यो । एक गोदाममा सामान लोड गर्नको लागि मेरो जागिर होला जस्तो भयो । तलब ४५० थियो । राजी भएं । हप्ता दिन पछी काममा बोलायो । काम !!! काम त कामै थियो । ५० किलोको चामल, गर्मिको सिजन । पापी ड्राइभर, हेल्पर एक्लै । पेटमा रुमाल कसेर उथाउथें । सौकत नामको ड्राइभर गाडीमै बसेर निर्देशन दिन्थ्यो छिटो छिटो गर पार्किङ् छैन । पसिनाको के कुरा गर्नु । त्यो स्थितिमा कती ढलेको छु कती । ३ बर्षसम्म त्यस्तै काम गरें । अङ्ग्रेजी सिकें । हिन्दी सिकेँ । तीन बर्ष पछी अर्को कम्पनीमा गएँ । जहाँ मेरो खास क्यारीयर सुरु भयो । लोजिस्तिक सम्बन्धी ज्ञान हासिल गरेँ । त्यस बिचमा मेरो जिबनमा धेरै उतार चदाब आए । धेरै आफन्त गुमाएं संधैको लागि । त्यो स्थितिमा म पागल भएं एक्लै एक्लै । म नितान्त एक्लो भएं । हो, एक्लै जन्मे एक्लै भएँ ।
काम, भाषा सिकिसके पछी अर्को कम्पनीमा ट्रान्सफर् गरें । त्यहाँ नेपाली १ लाख वरावरको तलब र अन्य सुविधाहरु  थियो । जिन्दगीको यो मोडसम्म आईपुग्दा र मुल्याङकन् गर्दा बिदेशले मेरो धेरै चिज खोसेको छ । थोरै मात्र प्राप्त गरेको छु जस्तो लाग्छ । 
अहिले म दुबइमै छु । सामाजिक संस्थाहरुमा सङलग्न छु । नेपाली जनप्रगतिसिल मोर्चा युएई केन्द्रिय समितिको सचिब, आदिवासी जनजाती युवा परिषद युएईको महासचिब भएर काम गरिरहेको छु । भर्खरै मात्र मेरो आमा भिरबाट लडेर ५ वटा करङ भाचिएको थियो । उहाँको उपचार गरेर फर्किएको मात्रै दिन भएको छ । अझै के के हुने हो यो जिन्दगीमा केही ठेकान छैन ।