Friday, 26 December 2014

युएईमा जनवरी २, २०१५ मा नेपाली मगर खाम भाषा जागरण मन्चको बनभोज कार्यक्रममा निमन्त्रणा !!!!!!!!

आदरणीय सम्पूर्ण खाम भाषा दाजु भाई दिदि बहिनिहरुमा नमस्कार !
हामी देश बाहिर रहे पनि हाम्रो भाषा, संस्कृति, भेषभुषा प्राण भन्दा प्यारो छ । हामी विदेशको भूमिमा पनि ति अमुल्य चिजहरुलाई संरक्षण गर्न हरदम तत्पर छौं । भाषा र संस्कृति रह्यो भने हाम्रो शान रहन्छ । हाम्रो शानै रहेन भने हामीसंग केहि बचेको हुँदैन । हामी आफ्नो शानको रक्षा गर्दै हामी विगतका दिन देखि पहलकदमी गर्दै आइरहेका छौं । यहि सिलसिलामा हाम्रो गरिमामय मगर खाम भाषा जागरण मन्च युएईले खाम भाषी मगरहरुको भेटघाट तथा बनभोज कार्यक्रम राखेको जानकारी गराउन पाउँदा हामीलाई गर्ब लागेर आएको छ । बिशेष त १८ मगरात रोल्पा, रुकुम र बाग्लुंग जिल्लाका निसी बुजीका खाम भाषी दाजुभाई तथा दिदि वहिनीहरुलाई उक्त हाम्रो यो बनभोज कार्यक्रममा उपस्थिति हुनको लागि हार्दिक अनुरोध गर्दछौं ।  

कार्यक्रम स्थान : अलएन झेली पार्क 
समय :     बिहानको ११ बजे 


नेपाली खाम भाषा जागरण मंच युएई 
भुवन बुढा मगर- अध्यक्ष
कैलाश पुन मगर - प्रवक्ता

Tuesday, 16 December 2014

नेपाली क्रान्ति र यसका बुझाइहरु ! - रमेश गिरि

मिति २०७१ मङ्सिर ८ गतेका दिन नेकपा - माओबादी केन्द्रीय कार्यालयमा एउटा भूकम्प आएको छ भने त्यसको असर संसदीय पार्टीहरुका नाइकेहरुमा परेको देखिएको छ / दोस्रो संबिधान सभाको चुनाब बहिस्कार गरी “रास्ट्रीय सरकार” को माग गरिरहेको नेकपा – माओबादीलाई टेर पुच्छर नलगाई रहेका संसदीय पार्टीले अहिले माओबादीको एउटा हिस्सा फुटेर क्रान्तिको दिशा समात्ने देखेपछी आफै रास्ट्रीय सरकारको रटान लगाउन थालेका छन् / “अधिकार सम्पन्न रास्ट्रीय गोलमेच सम्मेलन” को नारालाई “सुझाव लिने थलोको” रुपमा बुझेका नेताहरुले आज भोलि रास्ट्रीय सरकारको रटान लगाएको देखेर म आश्चर्यमा परेकोछु /
खोसेको जमिन फिर्ता गर अनि मात्र संबिधान बन्छ / लडाकु दस्ता भंग गर त्यस पछी मात्र संबिधान बन्छ / तिमीले चाहेको संबिधान कि तिम्रा जनसेना ? जस्ता प्रश्नहरुले प्रचण्डलाई शान्ति र संबिधानको नारा ल्याई रित्तो हात बनाउन सफल भएका यथास्थितिबादी पार्टीका नाइकेहरुको दिमागले परिवर्तन भनेको प्रचण्डलाई मात्र देखेका रहेछन / सोहि व्यक्तिको माक्सवादी पाठशालाले कति बिद्यार्थीहरु उत्पादन गरी सकेको छ भन्ने उनीहरुलाई कहिले हेक्का भएको देखिएन / एउटा नेता मरेमा नीति मर्छ र नीति नै मरेमा कार्यकर्ताको जन्म नै हुन सक्दैन भन्ने मानासिक्ताले काम गरेको देखियो संसदीय यथास्थितिबादी नेताहरुमा / संयुक्त रास्ट्र संघ अन्तर्गतका व्यक्तिहरुले ठिक समयमा माओबादीले चुकेको कुरा बताइरहेका जानकारीमा आएकोछ / तर अब फेरी हतियार उठाउदा गलती हुने कुरा नै सुझाई रहेको भेटिएकोछ/ यो सुझावले पनि क्रान्ति र अनुशासनको उर्बर भूमिलाई बन्जर बनाउने र नेपाललाई विश्व बजारको उपभोग्य थलोको रुपमा सदैव प्रयोग गर्ने नियतले मात्र काम गरेको देखिन्छ /
१ पार्टीको माथिल्लो पङतिमा नवप्रवेशिले नीति र निर्माणको तहमा अड्डा जमाएर बस्ने र कार्यकर्ताको भावना बिपरित आफ्नै मुढेबल प्रयोग गरी निर्देशन मात्र दिने परिपाटीले पनि कार्यकर्ताहरु वाक्क भएको अबस्थामा हिउँ पग्लेर थुप्रेको पानीले एक दिन निकाश खोज्नु र बाटो पहिल्याउनु गलत मान्न सकिदैन / यो बिज्ञानको नियम नै हो / त्यहि सृंखला अन्तर्गत २०६९ असारमा कमरेड किरणको नेतृत्वमा नयाँ पार्टीको जन्म हुन पुगेको र तुरुन्तै “जनयुद्धको जगमा जनविद्रोह” को नारा पास गरी प्रशिक्षण गरेको थियो / त्यहि नारालाई सार्थक बनाउने उदेश्यले अगाडी बढेको पार्टीले रास्ट्रीय सरकारको निर्माण गरी गोलमेच सम्मेलन मार्फत नै जनगणतान्त्रिक संबिधानको निर्माण गर्नु पर्छ भनिरहेको बेलामा प्रचण्डको बन्दुक प्रचण्ड कै काधमा राखी बैद्य तिर ताकेर पड्काउन खोज्दा प्रचण्ड कै कार्यकर्ता भुटेर सकेको पत्तो चुनाबको रिजल्ट आए पछी मात्र थाहा भएको हुनु पर्छ / त्यसै गरी संसदबादीहरु पुरानै संबिधान निर्माण हुने तिर उद्यत हुदै जानु र पार्टीले खास ठोस निर्णयका साथ् अगाडी नबढी अकर्मन्यतामा फसी देशको लागि निकाश दिने तहमा रहन नसक्नु युबाहरुको लागि निराशको बाटो बाहेक केहि हुन सकेन / बरु चुनाब बहिस्कारले प्रतिक्रीयाबादीले नै फाइदा उठाउन पुगे / बाबुरामको संबिधान सभा भंग, प्रचण्डको माकुनेलाई सभासद बनाउने प्रस्ताब तथा हेटौडा महाधिबेसनबाट खिलराजलाई प्रधान मन्त्रीमा ल्याउने प्रस्ताब र किरणको चुनाव बहिस्कारको नाममा भोट लिस्टमा नाम दर्ता गर्न नदिनु ले पुनरुत्थान बादिहरुलाई राम्रो मलजल मिलेको देखिएकोछ/ चुनाब बहिस्कारलाइ आ-आफ्नै तरिकाले प्रयोग गरिएकोछ / नेतृत्वले धोका दिएको छ / केहि कार्यकर्ता अहिले पनि जेलमा छन् /
जनताले चाहेको योजना बद्ध बिकाश नै हो / क्रान्ति भनेको पनि बिकाश नै हो / यसमा कुनै दुइमत छैन / बिकाश भनेको जनताको चेतनामा बिकाश, जनताको रहन सहनमा बिकाश, जनताको सोच्ने स्तरमा बिकाश, जनताको उपभोगमा बिकाश, जनताको राज्यका अंगअंगमा संलग्नतामा बिकाश, जनताको एकल सोचबाट सामुहिक सोचमा बिकाश, एक जना रमाइरहेको ठाउमा सिंगो समाज नै रमाउने स्तरको बिकाश, जनतामा राज्यको उत्तर दाइत्व प्रतिको बिकाश, सम्पूर्ण नीति र निर्माण राज्यबाट हुने बिकाश, जनताले पाउने सुबिधाको बिकाश, जनता जन्मदै भत्ता, निशुल्क शिक्षा, स्वास्थ्य बिमा, बेरोजगार भत्ता र अन्तमा रोजगारको ग्यारेन्टी पाउने बिकाश जस्ता कुराहरुलाई आधारभुत जीवनको रुपमा परिभाषित गरी संबिधान मै समेट्दै जानु पर्ने लक्ष राखेको युवा जमातलाई अगाडी बढ्न नदिने उदेश्यका साथ थाकेको गोरुलाई क्रान्ति र आस्थाका धरोहर भन्दै मियोमा राखिरहने र मियोले गोरु घुम्ने बाताबरण नै नदिने हो भने पनि हाम्रा गुरुले सिकाएको पाठ बिद्रोह नै हो / त्यसैले “अहिलेको बिद्रोहलाई मुख्य कार्यालय माथिको बम वर्षा” भनेर परिभाषित गर्न कुनै कठिनाइ हुने छैन /
पार्टी फुट्नु भनेको जनता टुक्रनु नै हो / जबकी तागत जुट्नु मै हुन्छ / तर जुटेको अबस्थामा पार्टी कम्जोर बन्दै जान्छ र क्रान्ति धरासायी हुदै जान्छ भने क्रान्तिको रक्षा गर्नु युवा पङतिको दायीत्व पनि हो / त्यसैले अहिलेलाई किरण र विप्लव बीचको झगडा पार्टी फुटको नभई क्रान्तिको बाटो तय गर्ने बिन्दुमा पुगेर भएको विवाद हो र अन्तमा एउटा पक्षले आफ्नो गलती स्वीकार गरेर क्रान्तिको रक्षा गर्ने पङतिलाई अगाडी बढाउने छ भन्ने कुरामा दुइ मत नहोला / त्यसकारण एउटा पक्षका नेताहरुले अर्को पक्षका नेताहरुलाई सत्तो सराप गर्नु राजनीतिक आचरण भित्र पर्ने छैन / कार्यनीतिक विवादलाई शत्रुता पूर्ण तरिकाले गालि गलौज गर्दै अगाडी बढ्नु हामी युवा जमातको नैतिक दाइत्व पनि होइन /
गाउले भाषामा परिभासा दिदा एकजना माक्सवादी बुबाले आफ्ना तीन भाइ छोराहरुलाई सम्पति स्वरूप एकएक वटा मकैका घोगा दिएछन / एउटा छोराले बाबुको सम्पति भनेर माया गरी धेरै नै पुराउदै पुराउदै खादा करिब एक बर्षमा सकिएछ / अर्को छोराले पनि बुबाले दिएको सम्पति भनेर सिंगो घोगोलाई घैटो भित्र हालेर राखेछ / जहाँबाट उक्त मकै एक बर्ष पछी मक्किने बाहेक केहि काम हुन सकेन / तर कान्छो छोराले उक्त मकैलाई फोकेर बारीमा खनजोत गरी छरेछ र अर्को वर्ष धेरै उत्पादन गरी उपभोग गर्दै पुनः बिउ राख्ने काम पनि गरेछ / हामीले पनि त्यहि बिउ राख्ने छोराको खोजि गर्नु पर्ने बेला आएको छ / राखेर बिस्तारै खाने र राखेर खादै नखाने छोरा भन्दा दुख गरेर धेरै फलाएर खाने छोरा अबश्य पनि प्रगतिशील र बैज्ञानिक हुन सक्छ / यद्यपि काम गर्ने क्रममा धेरै दुख कस्ट हुन सक्छ / २०५१ साल तिर तत्कालिन नेकपा माओबादीले लिएको “टोटलवार” को नारालाइ अहिले २० बर्ष पछी फेरी उल्लेख गरी “एकीकृत क्रान्ति” को परिभाषा दिन पर्नु नेपाली राजनीतिमा राम्रो रिजल्ट आएको संकेत होइन / यद्यपि जनयुद्धले जनचेतनामा प्रगति प्रति राम्रो बृधि गरेकोछ / एउटा साधारण नेपालीको छोरोलाइ रास्ट्रपति बनाउन सफल भएकोछ / प्रगतिशील राजनीतिक नारालाई स्थापित गरेको छ/ तर नेतृत्व स्थापित हुन सकेको छैन / अब नेतृत्व स्थापित गर्नु युवा बर्गको नैतिक दायीत्व हुन आएको छ/


२ यता राजनीतिक रुपमा आफ्नो दस्ताबेजलाइ महाधिबेशनमा लगेर छलफल गराई पास गराएर केन्द्रिकृत योजनाका साथ अगाडी बढेको भए दुश्मन यति सजिलरी हास्न पाउने थिएन / देशमा दलाल पुजिबाद्को बिकाश भएकोछ / तर दलाल पुजीपतिहरु सबै भारतीय बिस्तारबाद या अमेरिकी साम्राज्यबादबाट संरक्षित रहेकाछन् / जसले गर्दा आन्तरिक द्वन्दलाइ मात्र प्रधान मानेर जानु गलत नै हुनेछ/ आन्तरिक शक्ति लाई प्रधान र बाहिय शक्तिलाई गौड मानेर अगाडी बढेमा अबश्य पनि सफलताको केन्द्रमा पुग्न सजिलो हुनेछ / बाहिय शक्तिको कुरै नगर्नु पनि कुनै शक्तिको परस्त नेता बन्न खोज्नु हो भन्ने कुरामा विवाद हुन सक्दैन / रास्ट्रीय र अन्तरास्ट्रीय शत्रु मध्ये प्रधान र गौड छुट्टाउनै पर्ने हुन्छ / अन्यथा युवा जोश छ भन्दैमा दुइ चार जनालाई कारबाही गरेको भरमा सत्ता लेनदेन गर्दै एक दुइ जना नेताहरु सरकारमा त जालान तर अन्तिम यात्रा बाबुराम भट्टराईको हुनेमा कुनै दुइमत देखिदैन / विद्रोहीले सत्ता कब्जा गरेको अबस्था बाहेक सम्झौतामा प्रतिक्रियाबादी सत्ता संग सत्ता साझेदारी भएको इतिहास अहिले सम्म विश्वमा देखिएको छैन / त्यसकारण पार्टी फुटेको दुई बर्षमा नै फेरी फुटाउनु नेतृत्वको लागि हतासको मानसिकता भन्दा बेइमानी नहुने देखिन्छ /
निष्कर्ष :- मिति २०७१ मङ्सिर २७ र २८ गरि दुइ दिन सम्म अध्यक्ष कमरेड किरण, सचिब कमरेड देव गुरुङ र विदेश राज्य समन्वय समिति संयोजक कमरेड मनोज थापा संग खाडी क्षेत्रको प्रतिनिधित्व गरि रमेश गिरि, दिपक बोहरा, काशी काफ्ले, बसन्त पौडेल र बिक्रम पौडेल ले संयुक्त रुपमा भेटघाट गरि बर्तमान पार्टीको समस्या र समाधान अनि पार्टीले विदेशमा रहेका नेपालीहरुको समस्याको बारेमा खेल्ने भूमिका बारेमा स्पस्ट राख्ने काम भएकोछ/ मध्यपुर्ब मोर्चाले तयार गरेको माग पत्रलाइ लिखित पत्र कै रुपमा किरण जी को हातमा दिने काम भएकोछ भने सोहि काम बिद्रोही कमरेड विप्लब र कमरेड धर्मेन्द्र बास्तोलालाइ बुझाउने काम भएकोछ /
माथि एक नम्बरको विचार कमरेड विप्लवबाट आएको हो भने दुई नम्बरको विचार कमरेड किरणबाट आएको हो / दुवै जनालाई राम्ररी केलाउदा ब्यबहार र सिद्धान्त मेल नखाएको देखिएकोछ / अहिलेको युवाको माग अनुसार विप्लव गएको देखियो भने बुढाहरुले सिद्धान्तको रटान गर्दै आत्म रक्षामा लागेको देखियो / त्यसकारण खाडीमा रहेका मोर्चाहरुले आफुलाई फुटाएर कम्जोर गराउनु भन्दा क्रान्तिलाई कसरि सहयोग गर्ने र त्यसको सैद्धान्तिक पाटोलाई समातेर रक्षा गर्दै अगाडी कसरि बढ्ने भन्ने सम्बन्धमा स्पस्टताका साथ मोर्चालाई एकताबद्ध बनाएर एउटा स्वरका साथ जान सकेमा दुश्मनले हास्ने मौका पाउने छैन / अन्यथा हाम्रा कुराहरु त्यहाँ सुनुवाई हुने छैनन् / जहाँ बस्नु हुन्छ, जसरि बस्नु हुन्छ , क्रान्तिलाई सहयोग गर्नुहोस, करकाप होइन, आत्मीय बलिदानीका साथ अगाडी बढ्नुहोस, आपसमा झैझगड नगरी, मिलेर नै नया योजना लिएर आउनुहोस भन्ने मेरो धारणा हो / हिजो हामीले पार्टी प्रति गरेको योगदान अहिले प्रतक्ष नेतृत्वको सामु राख्ने अवसर त मिलेकोछ / तर त्यसलाई अब कसरि र कुनपक्षबाट राम्रो सम्बोधन, ब्यबहारमा जाने प्रतिबद्धताका साथ हुन्छ ? त्यो हेर्न बाकि नै रहेकोछ/
रमेश गिरी
सल्लाहकार
नेपाली जनप्रगतिशील मोर्चा युएई

Friday, 5 September 2014

खामेहरुको पहिलो वैठक सम्पन्न- पृथीछक वुढा

दुवई, ५ सेप्टेम्वर २०१४, नेपाल खाम भाषा जागरण मन्च युएइको पहिलो वैठक सम्पन्न भएको छ । मन्चका अध्यक्ष भुवन बुढा मगरको अध्यक्षतामा वसेको पहिलो वैठकमा सल्लाहकार सदस्यहरु पृथीछक बुढा मगर र रामकृष्ण पुन मगरको उपस्थितिमा दुवईको क्रिक पार्कमा उक्त भेला सम्पन्न भएको हो । 

भेलालाई सम्वोधन गर्दै अध्यक्ष भुवन बुढा मगरले सवै युएई वासी खाम भाषा बोल्ने र नवोल्ने सवै रुकुम, रोल्पा र निसी भुजी क्षेत्रका मगर समुदायलाई एक्तावाद्द हुनको लागि आव्हान गर्नु भयो । गत २९ जुलाईको दिन नेपाल मगर खाम भाषा जागरण मन्च युएईको गठन भएको हो । 'गठन भएको यो पहिलो वैठकसम्म खामे समुदायका मगरहरुको उल्लेखनीय रुपमा संगठित हुदै आएका छन्' अध्यक्ष भुवन बुढा मगरले जानकारी गर्नु भयो । हालसम्म ६० को हाराहारीमा सम्पर्कमा आउनु भएको कुरा मंचका प्रवक्ता कैलाश पुन मगरले जानकारी दिनु भएको छ भेलामा नेपाल मगर खाम भाषा जागरण मन्च युएईको गठनको औचित्य माथि प्रकाश पार्न बिभिन्न बक्ताहरुले आफ्नो भनाई राख्नु भएको थियो । भेलाले विभिन्न प्रस्ताव माथि छलफल गरेर निर्णयहरु पारित गरेको छ ।  




Saturday, 23 August 2014

मोर्चाको दुबई क्षेत्रिय भेला सम्पन्न

साहस न्यौपाने,
नेपाली जनप्रगतिशील मोर्चा युएईले २२ अगस्ट २०१४ शुक्रबारका दिन दुवईको क्रिक पार्कमा दुबई क्षेत्रिय भेला सम्पन्न गरेको छ । मोर्चाका प्रमुख सल्लाहकार हरि नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाको सभापतित्व क्षेत्रिय समितिका अध्यक्ष विर्ख लिम्बुले गरेका थिए । देश र जनताको लागि जीवनोत्सर्ग गर्ने शहिदहरु प्रति एक मिनेट मौनधारण सहित सुरु भएको उक्त कार्यक्रमको संचालन मोर्चाका सचिव काशी काफ्लेले गरेका थिए । उक्त कार्यक्रममा मोर्चाका महासचिव प्रिथी छक बुढा, कोषाध्यक्ष विचरी लामिछाने, केन्दिय सदस्यहरु विश्वास चन्द, मनोज काउचा, यम सारु, चित्र थापा, शर्मिला थापा लगायतको उपस्थिती रहेको थियो । भेलाले उत्तम वि.क.को अध्यक्षतामा १९ सदस्सीय क्षेत्रिय समितिको समेत चयन गरेको छ । जसको उपाध्यक्षमा इन्द्र सेन्चुरी, सचिवमा नारायण पाठक, सहसचिवमा श्रवण केसी, कोषाध्यक्षमा ज्ञानु कर्मा तथा सदस्यहरुमा नारायण बोहरा, विकास श्रेष्ठ, नरेश श्रेष्ठ, मुना सुनार, भरत परियार, पञ्चुराज धामी, जय विश्वकर्मा, दुर्गा नेपाली, सञ्च साँवा लिम्बु, भुपाल दाहाल, ईश्वर खत्री, सवरवती राजधामी, प्रतिभा थापा मगर र भिम दर्नाल रहेका छन् ।








Monday, 18 August 2014

नेपालको कम्युनिस्ट आन्दोलन र थवाङको इतिहाससँग जोडिएका बर्मन बुढा


Kiran Budha Magar

श्रावण २३ -
थबाङको ठूलो गाउँबाट १५ मिनेटजति जुर्बाङको मध्य भागतिर एउटा ठूलो सुनसान घर आइपुग्छ । नेपालको कम्युनिस्ट आन्दोलन र थवाङको इतिहाससँग जोडिएका बर्मन बुढा यो घरमा भेटिन्छन्, आफूजस्तै सेतै कपाल फुलेकी श्रीमतीसहित । बर्मन बुढाको जीवनमा राजनीतिबाहेक जोडिएर आउने अर्को कुरा उनको पोशाक कछाड हो । थबाङमा मात्रै होइन, उनी सिंहदरबार पनि कछाडमै पुगे । २०४८ सालको संसदीय चुनावमा रोल्पा क्षेत्र नं. १ बाट सांसद जितेका बुढा घरमै लगाइरहेको कछाडसहित नै संसद् भवन छिरे । कछाड लगाएर संसद् गएको देखेर कतिले उनलाई 'पागल' नै भने । 'म सँधै यस्तै कछाड र चप्पलसहित संसद्मा गएँ, मेरो पोशाक नै यही हो त किन अरु खोजुँ ?' ८४ बर्ष पुगिसकेका बुढाले भने ।

कछाड उनको जीवनशैलीसँग जोडिएको छ । सांसद् हुँदा पनि कछाड नछोडेको देखेपछि उनलाई कतिले 'कछाडवाला' भने । एकपटक संसद्लाई संबोधन गर्न राजा वीरेन्द्र आउँदै थिए । संसदका सचिवले बुढालाई राजा आउने भएकाले एक दिनका लागि भने पनि राष्ट्रिय पोशाक लाइदिन भने । यो कुरा सुनेर बुढा जंगिए- 'के यो अर्राष्ट्रिय पोशाक हो ?' उनको प्रश्न सुनेर संसद्का सचिवले केही बोल्न सकेनन् ।

राजा संसद्मा आउनुअघि नै बुढा कछाड र चप्पल लगाएर संसद् भवनमा छिरे । 'मलाई धेरैले को हो यो भनेर हेरे । कतिले त को बहुला आयो भन्ने ठानेछन् । राजालाई भन्दा पनि मलाई नै हेरिरहे,' उनले भने, 'तैपनि मैले केही अप्ठेरो महशुस गरेन ।'

अहिले उठिरहेका जातिय पहिचान, भाषा र पोशाकका कुरालाई बुढा देखावटी मात्र ठान्छन् । 'उतिबेला मैले कुनै जातिय नारा उठाउन होइन,' उनले भने, 'मैले कतै खोजेर लगाएको पनि होइन । मैले घरमा जे लगाइरहेको थिएँ त्यही कपडा लगाएर गएँ ।' पहिले पनि एकपटक राजाको सवारीमा सुर्खेत जाँदा उनले कछाडै लगाएका थिए । उनीसँगै गएका अरु दुईजनाले भने मागेर दौरा सुरुवाल लगाएका थिए ।

२००७ पछि थबाङमा तत्कालीन मुखिया तथा कांग्रेस नेता कृष्ण झाँक्री सर्वेसर्वा थिए । २०१२ सालतिर बर्मन बुढा लगायतका युवाहरुले भेडी गोठमा बसेर गाउँका ठूला ठालुलाई कुट्ने सल्लाह गरे । र, कुटे पनि । उनीहरुलाई कम्युनिष्ट भनेर एक महिना जेल हालियो । यही जेलमा उनको भेट कम्युनिष्ट नेताहरु मोहनबिक्रम सिंह र खगुलाल गुरुङसँग भयो । यहींबाट बर्मन बुढाको जीवनमा नयाँ मोड आयो । उनी कम्युनिस्ट भए । रमाइलो त के भने, उनले कुटेका झाँक्री पनि झगडिया भएका कारण जेलमै थिए । बुढासँगै झाँक्री पनि कम्युनिस्ट भए । दुवैजना जेलबाट छुटेपछि २०१३ सालमा मोहनविक्रम सिंह र खगुलाल गुरुङले बुढा र झाँक्री पक्षका तीन/तीन जना प्रतिनिधि राखेर थबाङमा कम्युनिष्ट संगठन बनाए । त्यसपछि यो संगठनमा बुढा नेतृत्वमा रहे, झाँक्री ओझेल पर्दै गए ।

२०१५ सालमा गाउँलेले बुढालाई मुखिया चुने । २०१५ सालको चुनावमा थबाङको सबै भोट कम्युनिष्टलाई गयो । यसको अगुवाइ पनि बुढाले नै गरे । पञ्चायतकालमा उनी थबाङका प्रधानपञ्च भए । २०३७ सालमा जनमत संग्रह हुने बेला सरकारले जिल्लाका सबै प्रधानपञ्चलाई लिबाङ बोलायो । सबैलाई निर्दलमा भोट हाल्न भनियो । बुढा यसमा एक्लै भए । उनले भने, 'म जिम्मा लिन सक्दैन, जनताले जे पनि गर्न सक्छ ।' चुनावमा थबाङको सबै भोट बहुदललाई पञ्चायतले उनलाई निशाना बनायो । शान्ति सुरक्षा मुद्धा लगाएर २०३७ मा उनलाई जेल हालियो । '२७ महिना जेल हाल्यो । प्रधानपञ्चको अवधि नै जेलमा बित्यो,' उनले भने । २०३८ सालमा पञ्चायतले गराएको चुनावलाई थबाङले पूर्ण बहिस्कार गर्‍यो, शुन्य मतदान भयो ।

प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालको संसदीय चुनावमा संयुक्त जनमोर्चाबाट उम्मेदवार बनेका बुढाले रोल्पाको १ बाट जिते, थबाङ पर्ने २ नं. बाट संयुक्त जनमोर्चाकै कृष्णबहादुर महराले जिते । सांसद् भएपछि उनी काठमाडौं आए । 'मासिक ४ हजार तलब थियो । २ हजार पार्टीले लगिहाल्थ्यो, बाँकी २ हजार गाउँका मानिसहरुलाई काठमाडौ आउँदाजाँदा खाने खर्च, भाडा दिदैमा सकियो,' उनले भने, 'तलबले मुस्किलले खान पुग्थ्यो । कमाउने कुरा त कहिलै सोचिएन ।'

सांसद् अवधि सकिएपछि उनी सिधै थबाङ फर्किए । गाउँमै राजनीति गर्न थाले । २०५१ सालको मध्यावधी निर्वाचन नेकपा माओवादीले बहिस्कार गर्ने नीति लिएका कारण सिंगो थबाङले बहिस्कार गरिदियो । त्यतिबेला चार मत मात्र खस्यो । २०५२ सालमा माओवादीले युद्ध थालेपछि थबाङ युद्धमै होमियो । २०५४ को स्थानीय निर्वाचनमा पनि शुन्य मतदान भयो । २०५६ को आम निर्वाचनमा सरकारले सदरमुकाम लिवाङबाट दुई जनालाई हेलिकोप्टरमा लगेर मतदान गरायो । अरु भोट खसेन । युद्धकालमा दुःख पिडा भोग्दा थबाङ गाउँले एकमुष्ट नै भोग्यो । २०५८ चैत १५ गते नेपाली सेना थबाङ गाउँमा पसेपछि अशक्त वृद्धवृद्धाबाहेक ४ सय २२ जना गाउँलेहरु जंगलतिर भागे । गाउँ खाली भयो । भोलिपल्ट सेनाले माओवादी पार्टी कार्यालयसहित १३ घरमा आगो लगाइदियो । त्यतिबेला सेना ४६ दिनसम्म थबाङमै बस्यो । यसक्रममा ३७ घरहरु जलाइए । थबाङबासीहरु सेना फर्केपछि, ४८ दिनपछि घरमा आए ।

२०६४ को पहिलो संविधानसभामा माओवादी अध्यक्ष प्रचण्डलाई भोट हालेर थबाङले जिताइ पठायो । दुई स्थानमा जितेका उनले छोडेपछि माओवादीकै सन्तोष बुढाले जिते । २०७० को दोश्रो संबिधानसभामा भने थबाङले एक भोट पनि नखसालेर बिद्रोह गर्‍यो । यी सबैमा बुढाको भूमिका महत्वपूर्ण थियो ।

नेपालका धेरै ठूला कम्युनिस्ट नेताहरुले थबाङमा काम गरे । विभिन्न समयमा मोहनविक्रम सिंह, प्रचण्ड, मोहन वैद्य, कृष्णसेन इच्छुक र रामबहादुर थापा बादलले थबाङलाई आधार बनाएर काम गरेका थिए ।

युद्धकालमा बुढा लामो समय ललितपुरस्थित छोरी ज्वाईको घरमा बसे । कछाड लगाउँदा सबैले चिन्ने भएकाले उनले मधेशी जस्तो देखिन लुङी लगाए । युद्धकालमा माओवादीले सिधै राजा ज्ञानेन्द्रसँग वार्ता गर्ने भनेपछि त्यसको चाँजोपाँजो पनि बुढाकै पहलमा मिलाइयो । उनकै छोरी ज्वाई खड्कबहादुर घर्तीको कुसुन्तीस्थित घरमा माओवादी नेताहरु रामबहादुर थापा र कृष्णबहादुर महरा आए । राजाले पनि ज्वाई राजबहादुर सिंह र सैनिक सचिव विवेककुमार शाहलाई पठाए । दुई दिन त्यहाँ वार्ता भयो तर कुरो मिलेन ।

राजाका प्रतिनिधिले फेरि पनि माओवादीसँग भेट गराइदिन बुढालाई अनुरोध गरे तर उनले म सक्दैन भनिदिए । त्यसपछि सेनाले बुढाका ज्वाईलाई पक्राउ गरेर मारिदियो ।

युद्धपछि बुढा थबाङ फर्के र पुरानै दिनचर्यामा लागे । गाउँ समाजको अगुवाइका काममा सघाउन थाले । पार्टी फुटेपछि दुवै माओवादीले उनलाई तानातान गरे । 'बैद्य पक्षले मलाई केन्द्रीय सल्लाहकार राखेको छु भन्छ । बादल मलाई भेट्न घरमै आएका थिए,' उनले भने, 'मैले त म कतैको होइन भनें ।' माओवादीको फुटसम्बन्धमा उनले पुरानो उखान सम्झिन्छन्, 'बाक्लो मकै फल्दैन- बाक्लो भलाद्मी मिल्दैन ।' माओवादीभित्र धेरै नेता भएकाले नमिलेको उनको बुझाइ छ ।

तीन छोरा र तीन छोरी भए पनि अहिले उनको साथमा कोही छैन । ८४ वषिर्य बढुा ७५ बषिर्या श्रीमती बदिसरासँग दुई सुगुरका पाठा पालेर बसेका छन् । साखा सन्तान जीवनपायनका लागि कोही देशमै छन् कोही विदेश । पार्टी राजनीतिमा पनि उनी छैनन् । तर, थबाङको अगुवाई गर्न भने उनले छोडेका छैनन् । न त उनको जीवनशैली नै फेरिएको छ ।




Monday, 11 August 2014

छापामार रणनीति-पृथीछक वुढा मगर (ग्लोभिभोना)

छापामारको शव्दावलीमा रणनीतिको अभिप्राय सम्पूर्ण सैन्य स्थितिको प्रकाशमा प्राप्त गरिने उद्देश्य पाउनको लागि आवस्यक उपायको विश्लेष्ण हो ।

छापामार समुहको दृष्टिकोणले एक सहि रणनीतिक स्पष्टता हासिल गर्नको लागि खास रुपमा यसको विश्लेषण आवस्यक छ कि दुश्मनको कार्य पद्दति के हुने छ ? यदि विरोधीको शक्ति पूर्ण रुपमा विनाश नै अन्तिम उद्देश्य हो भने यो गृह युद्दको स्थितिमा हुन्छ । हालमा दुश्मनको एक मात्र प्रमाणिक कार्य छापामार दस्ताको एक-एक घटकलाई पूर्ण रुपमा नष्ट गर्नु हुन्छ । अर्को तिर छापामार त्यो संसाधनको बिश्लेष्ण गर्नु पर्ने हुन्छ जो परिणाम प्राप्त गर्नको लागि दुष्मनसंग रहेको हुन्छ । अर्थात व्यक्तिहरुको, गतिसिलताको, समर्थनहरुको, हतियार र नेतृत्वको क्षमताको रुपमा उसको साधनको जस माथि उ भरोशा गर्न सक्छ । दुश्मनको फौजलाई हराउने अन्तिम उद्देश्यलाई संधै ध्यानमा राखेर छापामार सैनिकले संधै यी अध्ययनको आधारमा आफ्नो एक छुट्टै समुचित रणनीति विकसित गर्नु पर्ने हुन्छ ।

यहाँ केहि आधारभूत कुराहरुको अध्ययन आबस्यक छ : उदाहारणको निम्ति हतियार र यसको प्रयोग गर्ने ढंगको । यस्तो खालको कुनै लडाइंमा एक ट्यांकको एक हवाईजहाजको महत्व बुझ्नु आबस्यक हुन्छ । दुश्मनको हतियार, उसका गोला बारुद, उसको ब्यबहारमा बिचार पुराउनु पर्ने हुन्छ किन कि दुश्मनको हतियार नै छापामारको हतियारको सबै भन्दा ठुलो श्रोत हो । छापामारहरुले सबै भन्दा पहिले दुश्मनको हतियारलाई पहिलो प्राथमिकता दिनु आबस्यकता छ, जुन हतियार उसले प्रयोग गरिरहेको छ किनभने हतियारको कमि छापामारलाई सबै भन्दा बढी खड्किने बिषय हो । यो सवै कुरा छापामारहरुलाई दुश्मनबाट प्राप्त हुने छ ।

उद्देश्यको विश्लेषण र निश्चय पश्चात अन्तिम उद्देश्यको प्राप्ति तिर लैजाने चरणको क्रमको अध्ययन गर्नु आवस्यक हुन्छ । यसको योजना किस्ता किस्ताको तरिकाले बनाउनु पर्छ, चाहे युद्दको बिकाश र अकल्पित परिस्थितिको उदयको कारण त्यो योजनामा संसोधन र फेरबदल गर्नु नै किन नपरोस ।

सुरुमा आफैलाई बचाउनु नै छापामार दस्ताको एक मात्र प्राथमिक कार्य हो । आफ्नो जीवन पद्दति अनुसार आफुलाई ढाल्नु तथा हमला गरिरहेको फौजवाट बचेर भाग्नु, बिस्तारै बिस्तारै चापामार समुहको सदस्यहरुको लागि सजिलो र झन् धेरै सजिलो हुँदै जान्छ किनकि यो सब काम संधै गरिने भएको हुनाले साधारण दैनिकि जस्तो हुन्छ .........................क्रमसः

नेपाली जनप्रगातिसिल मोर्चा (महासचिव)




Saturday, 2 August 2014

नेकपा मसालका महामन्त्री कमरेड मोहनबिक्रमसंगको कुराकानी !!!!!!!!!- प्रिथीछ्क वुढा मगर

लामो समय देखि अर्ध भूमिगत रहनु भएका नेकपा मशालका महामन्त्री कमरेड मोहनविक्रम सिंह जो नेपाली कम्युनिष्ट आन्दोलनको एक योद्दा  हुनु हुन्छ । नेपाली एकता समाज युएईले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको अवशरमा युएई आउनु भएका महामन्त्रीसंग फर्च्युन होटेलमा पत्रकार भेटघाट कार्यक्रममा पत्रकार लक्षमण खनाल, प्रिथीछ्क वुढा मगर, लालवहादुर देह्गा मगर र खिमलाल पाण्डेले समसामयिक परिस्थितिको बिषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :-

पहिलो संबिधान सभाले नेपाली जनतालाई संबिधान दिन सकेन त्यस पछी दोस्रो संबिधान सभाले के समयमै संबिधान दिन सक्छ ?
पत्रकार मित्रहरुले संघियताको प्रस्न उठाउनु भयो । यहाँ मुलभूत रुपमा लोकतान्त्रिक संविधानको छ । पहिलो संबिधान सभाले संबिधान दिन सकेन । त्यस पछी दोश्रो संबिधान सभाको निर्बाचन पछी आयोजना भएको यो संबिधान सभाले पनि खासै द्रुत गतिमा काम गरेको देखिंदैन । त्यसैले यो संबिधान सभाले पनि समयमै संबिधान उपलब्ध गराउँछ भन्ने कुरामा शंका गर्न सकिन्छ । यदि संबिधान बन्न सकेन भने देश कता जाने ? यो कुराको जवाफ निकै गम्भीर भएर खड्किएको छ । 

नेपालमा संघियताको विषयमा करिव करिव सबै दलहरुले सहमति जनाइसकेको अबस्था छ । तपाईंहरुको पार्टीले सुरु देखि नै संघियताको विरोधमा आन्दोलन गर्दै आइरहेको छ  ।  यो अवस्थामा संबिधान कसरी वन्न सक्छ त ?
संघियताको कुरा गर्दा नेपाल जस्तो आर्थिक अवस्था कम्जोर भएको राज्यले एउटा सरकार त चलाउन सकिरहेको अवस्था छैन भने त्यसमा १०/१२ वटा सरकार चलाउनको लागि राज्यलाई कतिको आर्थिक भार पर्छ भन्ने कुरा बुझ्नु पर्छ । बिकासका कुराहरुमा पछाडी पर्दै जान्छ  । जनाताका जनजीविकाको सवालमा कामहरु बन्न जाने अबस्था हुँदैन  । त्यसमा पनि अहिले नेपालमा अतिबादिको रुपमा बिभिन्न जातीय आधारमा राज्यहरु बन्नु पर्छ, एक मधेश एक प्रदेशको कुराहरु आइरहेका छन्  । यी कुराहरुले अन्तत: देश देश विपन्नता तर्फ जाने कुरा हुन्छ  । देश टुक्रिने सम्भाबना पनि उतिकै सम्भाबना रहन सक्दछ  । यस प्रकारले नेपालको पृष्ठभूमिमा कुरा गर्दा यहाँ संघियता हुनु राम्रो कुरा होइन  । लोकतान्त्रिक संबिधान बन्ने प्रक्रिया र त्यो हुन नदिन जातिवादी, अतिवादीहरुहरुको चहलपहल जुन गतिमा भइरहेको छ, त्यसले संबिधान बन्ने कुरामा अनिश्चितता वन्न पुगेको छ  ।

जातीय आधारमा राज्यहरु वनाउने कुरा र एक मधेश एक प्रदेश बाहेकका संघिय प्रणालीहरु आए भने जनमोर्चाले संघियता स्वीकार गर्न तयार छ ?
हाम्रो पार्टी यसमा तयार छैन  । नेपाल जस्तो एक आर्थिक रुपमा विपन्न भएको मुलुकमा कुनै पनि संघियता हुनु राम्रो होइन चाहे त्यो जुनसुकै रुपमा आओस   । यो कुरा माथि नै भनिएको छ  ।

अहिले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण हुन गइरहेको छ र साथसाथै १९५० को सन्धिको वारेमा पनि बिभन्न टिक्का टिप्पणीहरु हुँदै आइरहेका छन्  । कसैले यसको परिमार्जन  कुरा गरिरहेको छ, कसैले यसको खारेजीको कुरा गरिरहेको छ  । यी कुराहरुमा महामन्त्रीज्युले केहि कुरा बताइदिनु हुन्थ्यो कि ?
भारतीय प्रधान मन्त्रीको भ्रमण हुन गईरहेको छ  । यसमा सदभावको भ्रमण हो वा होइन भन्ने कुरा उनले पठाएको प्रस्तावहरुले नै प्रष्ट पारिरहेका छन्  । उनको पहिलो कदमले भारतीय विस्तारवादी चरित्र नै देखाएको छ  । नेपालका नदीनाला, जलबिधुत लगाएत अन्य प्राकृतिक सम्पदाहरूमा भारतीय एकाधिकार जमाउने जस्तो जुन प्रस्ताबहरु आएका छन् ति कुराहरु नेपालको हितमा छैनन्  । नेपाली जनताको हितमा छैन  । उनको भ्रमणसंगै १९५० को सन्धिको कुरा यहाँहरुले उठाउनु भयो, यो के छ भने १९५० को सन्धि खारेज हुन सक्दछ वा त्यसको संसोधन हुन सक्दछ तर विस्तारवादी नीति त्यहि रहन्छ कि उसको अनुकुल हुने कुनै कुरामा उसले सम्झौता गर्दैन  । उसले आफ्नो फाइदाको लागि हेर्छ  । १९५० को सन्धि खारेज गरे पनि अर्को घाटक सम्झौता पनि गर्न सक्दछन जस्तो कि बिप्पा  सम्झौताहरुकै कुरा गर्नुहोस  । यस्ता सम्झौताहरु हुँदै गए भने १९५० को सन्धि खारेज भए पनि  नेपालको हित हुने छैन । यसको लागि नेपाली पक्षले नेपालको भविष्य प्रति गम्भीर भएर काम गर्नु पर्ने हुन्छ । नेपाली जनताको भाग्य र भविष्यको फैसला नेपाली जनता आफै गर्नु पर्छ भन्ने कुरामा स्पष्ट हुनु पर्छ ।

मोदि भ्रमणमै प्रसङ्ग जोडौं, अहिले नेपालमा राजावादीहरु र हिन्दुवादीहरु नेपाललाई हिन्दु राज्य वनाउने कुराको माग गरिरहेका छन् । यो बिषयलाई मोदीको भ्रमणसंग जोडेर हेर्दा कस्तो चित्र पाउनु हुन्छ ?
नेपालको फैसला नेपाल आफैले गर्ने हो । हो, राजाबादी र हिन्दुवादीहरुलाई केहि आशा त होला । तर भारतकै कुरा गरौँ, त्यहाँ बहुसंख्या जनता हिन्दु नै छन् तर त्यहाँ हिन्दु राष्ट्र छैन । नेपाल जस्तो बहु धार्मिक सहिष्णुता भएको देशमा हिन्दु राज्य वन्नु र बनाउनु गलत हो । त्यसमा कोहि बाहिरको व्यक्ति आएर यस्तो उस्तो हुनु पर्छ भनेर भन्यो भन्दैमा हुने होइन । फेरी भारतीय जनता पार्टी हिन्दु धर्मसंग नजिक भएको हुनाले पनि त्यो आशा राख्नु भएको हुन सक्दछ । 

अन्त्यमा, प्रवासी नेपालीहरुको हित अनुकुल यहाँहरुको पार्टीले कस्तो काम गरिरहेको छ ?
देशको युवा शक्ति मुलुक वाहिर छ । देशको लागि यो राम्रो त होइन । देशको आर्थिक कमजोरीको कारणले ति युवा वर्गहरु बिदेसिन बाध्य छन्  । हाम्रो पार्टी प्रवासी नेपालीहरुको मताधिकारको कुरा उठाइरहेको छ । उनीहरुलाई लगानी गर्ने कुरामा प्रोत्साहन गर्ने काम गरिरहेको छ । यो भन्दा पनि नेपालीहरु बिदेसिनु नपरोस भन्ने कुरा बुद्दिमानी हुन्छ । यसको लागि हाम्रो पार्टी आफ्नो ठाउँवाट संघर्ष गरिरहेको छ । देशमा आर्थिक सुधारका कुराहरु, बिकाशका कुराहरुमा प्रवासी नेपालीहरुको उत्साहजनक सहभागी वन्नु पर्छ  । जव देशको आर्थिक प्रणाली वलियो हुन्छ तव मात्रै राज्यले युवा वर्गलाई बिदेसिने परिस्थितिबाट रोक्न सक्दछ  । अहिले मुलुक प्रवासी नेपालीहरुको पसिनावाट प्राप्त भएको रेमिट्यान्सवाट चलिरहेको छ  । यसरि मुलुकको भविष्य वन्ने होइन  । हामी प्रत्यकले देशको लागि सोच्ने बेला आएको छ  । हामीले यदि नसोच्ने हो भने हामीले अगाडी देखिरहेको गरिवीको जरजर तस्विर अझ विकराल बन्दै जाने छ त्यसैले आम नेपालीहरु देशको लागि सोच्नुस  । सोच्ने बेला आएको छ  । सबैले सोच्नु पर्छ  ।




Tuesday, 29 July 2014

खाम भाषीहरु पनि अव एकतावद्ध हुँदै !!

दुवई, युएई- पृथीछक वुढा मगर ।

२९ जुलाईको दिन नेपाल मगर खाम भाषा जागरण मन्च युएईको गठन भएको छ । वुद्दिजिवी राम कृष्ण पुन मगरको सभापतित्वमा अल ऐनको झ्याली पार्कमा सम्पन्न भएको खाम भाषीहरुको भेलाले भुवन वुढा मगरको अध्यक्षतामा ३६ सदस्यीय कार्य समिति गठन गरेको छ । भेलामा मगर खाम भाषा वोल्ने १८ मगरातका मगरहरुको उपस्थिति थियो ।

नेमखाभाजा मंचका सदस्यहरुको नामावली यस प्रकार रहेको छ-
    अध्यक्ष          : भुवन वुढा मगर
    व. उपाध्यक्ष   : उदय रोका मगर
     उपाध्यक्ष      : पूर्णमाया रोका मगर
     महासचिव    : हस्तवहादुर बुढा मगर
     सचिब          : हिक्मत रोका मगर
     सचिव          : धर्म बुढा मगर
     कोषाध्यक्ष    : रामु रोका मगर
     सह कोषाध्यक्ष : नबिन रोका मगर
     प्रवक्ता         : कैलाश पुन मगर
     सदस्यहरु     :-
वीर नारायण पुन  मगर
बिखेराम बुढा मगर
खलिजित बुढा मगर
दिलमान पुन  मगर
मनप्रसाद बुढा  मगर
जुद्द पुन  मगर
खर्क  घर्ति  मगर
रिखी बुढा मगर
बले पुन मगर
मनराज पुन मगर
धनराज बुढा मगर
चन्द्र रोका मगर
होम घर्ति मगर
जनक पुन मगर
दिपक पुन मगर
राजबिर बुढा मगर
जलन पुन मगर
जयप्रकाश बुढा मगर
अविनाश रोका मगर
रामकुमार बुढा मगर
कमल पुन मगर
कमला बुढा मगर
सिता बुढा मगर
रबिना बुढा मगर
गणेश बुढा मगर
किताब बुढा मगर
कमल घर्ति मगर
नबिन घर्ति मगर
मायासरि थापा मगर


Sunday, 13 July 2014

मोर्चाको अवुधावी क्षेत्रीय समितिको पुनर्गठन सम्पन्न !!!!!!!!!!

गत सुक्रवार ११  का दिन नेपाली जनप्रगतिशिल मोर्चा अबुधबी क्षेत्रीय समितिको बैठक मोर्चाको उपाध्यक्ष तथा कार्यवाहक  अध्यक्ष समर खत्री र केन्द्रिय सचिब क. रामसरण कडरियाको उपस्थितिमा सम्पन्न भएको छ  । उक्त क्षेत्रीय समितिको बैठकले २ जना सदस्य पछि थप गर्ने गरि ११ सदस्य को नयाँ कार्यसमिति पुनर्गठन  पनि गरेको छ ।
पुनर्गठित नया कार्यसमितिको नामावली निम्न प्रकार रहेको छ :-
अधयक्ष - गणेश लम्साल
उपाधयक्ष - नारायण खनाल
सचिब - कैलाश पुन
सह सचिब - हिक्मत रोका
कोषाधयक्ष - राम मगर
सदस्यहरु :-
हस्त बहादुर रोका
उदय रोका
सहन्सा अलि
भुल बहादुर थापा
र पुनर्गठित नया कार्यसमितिको सम्पूर्ण सदस्य साथी हरुलाई बधाही तथा शुभकामना दिन चाहानछु I
पृथीछक वुढा मगर (ग्लोभिभोना)
नेपाली जनप्रगतिसिल मोर्चा (महासचिव)

Thursday, 19 June 2014

नेपाल मगर संघ युएई फुटालेको होइन,विघटित कार्यसमितिको ठाउँमा नयाँ कार्यसमितिको निर्माण गरिएको हो- अध्यक्ष शुशी पुलामी घर्ति मगर |

लामो समय देखी छुट्टा छुट्टै नेपाली मगर संघ युएई र मगर संघ युएईको नामवाट आ-आफ्नो गतिविधि संचालन गर्दै आइरहेका युएईका दुई वटा मगर संघहरु विच गत अप्रिल ४ मा एकता भयो । एकता पछिको पहिलो कार्यक्रम २५५८ औ वुद्द जयन्तीको कार्यक्रम संपन्न हुनुभन्दा पहिला अतिथिको विषयलाई लिएर हस्तवहादुर दर्लामी मगरजिको अध्यक्षता रहेको नेपाल मगर संघ युएईका कार्यवाहक महासचिव रहेका शुशी पुलामी घर्तिमगरलाई साधारण सदस्य नै नरहने गरी पदवाट निस्कान गरीसके पछी त्यस निस्कासनको वैधानिकता माथि प्रश्न उठाउँदै असन्तुष्ट मगरहरुको गत १८ मे मा विशेष भेला सम्पन्न भयो । उक्त भेलाले सहमतिको जगमा वनेको हस्त बहादुर दर्लामी मगरको अध्यक्षतामा रहेको नेपाल मगर संघ युएई सहमति तोडिदा स्वतः विघटन भएको ठहर गर्दै नयाँ कार्य समितिको चयन गरयो । यसै सेरोफेरोमा रहेर ग्वामे काइके मगरले नेपाल मगर संघका वर्तमान अध्यक्ष शुशी पुलामी घर्तिमगरसंग लिएको अन्तर्वार्ता :

अध्यक्ष ज्यू यहाँलाई कार्यक्रममा स्वागत छ । 
धन्यवाद ! 

कुराकानी सुरु गरौँनेपाल मगर संघ केन्द्रीय समिति युएईको अध्यक्ष पदमा सर्वसहमत रुपमा चयन हुनु भएकोमा यहाँलाई वधाई तथा शुभकामना ! अहिले नेपाल मगर संघ युएईले के गर्दै छ ? 
नेपाल मगर संघ युएईले भरखरै १८ मे मा विशेष भेला सम्पन्न गर्यो । उक्त विशेष भेलामा समायोजन पुर्व राष्ट्रिय पहिचान बोकेको नेपाली मगर संघ युएई र राष्ट्रियताको सवालमा शरणार्थीको अवस्थामा रहेको मगर संघ युएईको सम्मानजनक समायोजन गर्दै सहमतिको जगमा वनेको नेपाल मगर संघ केन्द्रीय समिति युएईको मूल नेतृत्व तहवाटै सहमती तोडीएकोले सहमति तोड्ने हस्त बहादुर दर्लामी मगर अध्यक्ष रहेको त्यो कार्य समिति स्वत: विघटन भएको थियो । भेलाले उक्त कार्य समिति विघटन भएको औपचारिक निर्णय गर्दै मेरो नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । अव यसै संघ मार्फत हामि मगर जातीय भाषा,धर्म,संस्कृति,लिपि र कलाको सम्रक्षण र संवर्द्धन,सामाजिक रुपान्तरण राजनैतिक हक अधिकारको प्रशिक्षण,विभिन्न सचेतना कार्यक्रम एवं संघका गतिविधि ल्याउने तैयारीमा जुटेका छौ ।

उसो भए अहिले युएईमा नेपाल मगर संघ युएई नामका २ वटा मगर जातीय संगठन छन् हो ? 
होइन । युएईमा नेपाल मगर संघ युएई नामको मगर जातीय संगठन १ मात्रै छ त्यसको नेतृत्व म शुशी पुलामीले गरेको छु ।

हस्तवहादुर जीले नेतृत्व गर्नु भएको नेपाल मगर संघले तपाईंलाई कारवाही गरेर साधारण सदस्य नै नरहने गरी निलम्वन गरयो भन्ने कुरा छ नि, हो ?
कार्वाही केलाई भन्नु हुन्छ तपाईंले ? यसको पनि विधि र प्रकृयाहरु हुन्छन् । मलाई संस्थागत रुपमा कारवाही गरिएको भन्ने कुरा त मलाई थाहा छैन तर संघलाई गोजीमा राख्न खोज्ने कतिपय व्यक्तिले त्यो सुश्साहस गरेका अवस्य हुन् । तपाईं आफै भन्नुस, ४५ सदसीय भएको जम्वो संघमा मलाई कारवाही गर्दा के कति जनाले निर्णय लिएका थिए ? के यो मगर संघ एकाध व्यक्तिहरुको पेवा हो ? यसवाट नै त्यसको वैधानिकताको प्रश्न उठ्दैन र ? यो कुरा मान्य हुने कुरै थिएन । 

भने पछी अर्को मगर संघ खोलियो भन्न खोजेको हो ?
अघि नै भनिसकेको छु । यो कसैको पेवा होइन, न यो सुसी पुलामीको न कसैको नै ।कसैले खोल्न चाहेर खोलिने र वन्द गर्न चाहेर वन्द गरिने पनि होइन । त्यसैले यो नयाँ खोलिएको संघ होइन, वरु कार्यसमिति मात्रै परिवर्तन गरिएको हो ।
तर कसैको आरोप छ, कि तपाईंहरुले पदको लागि मगर संघ फुटाउनु भएको हो । यसमा के भन्नु हुन्छ ?
तलव र भट्टा पाइने हो र पदको मोह गर्नलाई ? फेरी पनि भन्दै छु, मगर संघ फुटेको छैन । संघ एउटा मात्रै छ, त्यो हो नेपाल मगर संघ । कसैको इच्छाले यो टुट्ने फुट्ने होइन । तपाईं स्पष्ट हुनु होस् ।

हस्त बहादुर दर्लामी मगर अध्यक्ष रहेको नेपाल मगर संघ युएई पनि छ नि   होइन र...?
विघटन भएको केन्द्रीय समितिले अस्तित्वमा छु भन्नु आफैमा हास्यास्पद कुरो हो । नैतिक रुपमा पनि त्यो उचित देखिदैन । उहाँको पुरानो राष्ट्रियत पहिचान विहिन मगर संघ युएईलाई हाम्रो नेपाल मगर संघ युएईको राष्ट्रियताको जीवनबुटी खुवाएर अर्ताथ पुच्छर छोपेर राष्ट्रियताको बैतर्नी तर्न खोज्नु भएको हो भने पनि त्यो अर्कै कुरो भयो, यो उहाँहरुले पनि आफै वुझ्नु पर्छ यो आपतिजनक कुरो हो, किनभने दुई मगर संघ एक हुँदा नेपाल मगर संघ युएई नामको प्रस्ताव हामीले गरेका हौँ । कोहि कसै अमुख व्यक्ति वा सँस्थाको नामवाट यो नाममा दावा गर्न कुनै नैतिक हैसियत छैन ।

किन छैन ? 
किनभने उहाँहरुलाई राष्ट्रियता जोडिएको नाम नै प्रिय छैन भन्ने उहाँहरुको इतिहासले प्रमाणित गरिसकेको छ । अर्को कुरा पहिला पनि नेपाली मगर संघ युएईवाट नेपाली शव्द हट्याउन नेपाल मगर संघ केन्द्रीय समितिको प्रवास कमिटीको प्रमुखको सल्लाहले संसारभरीका मगर जातीय संगठनको एक रुपताको लागी हटाएको भन्दै हुनुहुन्थ्यो । जुन तपाईं आफैलाई पनि थाहा भएको कुरा हो । अहिले पनि नेपाल मगर संघ युएई भन्दै तन्त्र मन्त्र गर्दै हिडे पनि, अन्तोत्वागोत्वा कि मलाई नै समर्थन गरेर नेपाल मगर संघ युएईमा आउनुहुन्छ, कित उहाँहरु मगर संघ युएई तर्फ नै फर्कन उहाँहरुलाई राम्रो हुन्छ ।

तपाइहरुले कसरी एकतर्फी रुपमा विशेष भेलाको आव्हान गर्न सक्नुहुन्छ ? भेलामा अर्को पक्षलाई किन बोलाउनु भएन ? 
हेर्नुहोस् ! दुई मगर संघ एकीकरण विधान अनुसार त भएको होइन । जव दुवै मगर संघ एकीकरण भए तव दुवै मगर संघका विधानहरु स्वत: निलम्बन भएको अवस्था थियो । यो विशिष्ट अवस्थामा जे जे हुन्थ्यो इमान्दारीकासाथ सहमति अनुसारनै हुन पर्ने थियो । तर उहाँ हरुले इमान्दारीता देखाउनु भएन । उहाँहरु लामो समय देखि वाहुनवादी शासकहरुको गुलामी एवं सहकार्य र सहवासको कारण उहाँहरुमा मगर जातीय सोझोपन,इमान्दारिता पूर्ण रुपमा विकृत भै सकेको रहेछ अर्थात मरी सकेको रहेछ । स्वयम: जिम्वेवार पदमा रहनेहरुवाट नै स्याँठ एवं मुर्ख्याई देखाइयो र श्रष्टाहरुको अपमान गर्ने युएईको सवालमा आदिवासी जनजाति आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाल आदिवासी जनजाति परिषदलाई नै मिनिमाईज गर्ने दूशाहस गर्न खोजियो, यो समग्र आदिवासी जनजाति एकताको सन्दर्भमा दर्भाग्यपूर्ण थियो । हामीले यस विषयमा उहाँहरुलाई निकै सम्झाउन बुझाउन खोज्यौ तर उहाँहरुले पटक्कै मान्नु भएन । यो अवस्थामा सहमतिको जगमा बनेको कार्यसमिति सहमति तोडीएपछी त्यो स्वत: विघटन हुन्थ्यो र विघटन भयो | अनि हामीले युएईमा रहेका सवै मगरहरुको विशेष भेलाको आव्हान गर्यौं । भेलामा लगभग १२ मगरात १८ मगरातका सचेत जातीय संगठनमा कृयाशील अधिकांस मगरहरुको प्रतिनिधित्व थियो । कोहि कुनै कारणवश भेलामा आउन सकेन, आएन भने हामीले भन्नु केही छैन । आफ्नो जातीय उत्थानको लागि आफै उठ्नु पर्छ । त्यसको लागि अरुले उठाइराख्नु आवस्यक पर्दैन । हामीले युएईको इतिहासमा १२ मगरात १८ मगरातको प्रतिनिधित्व हुने गरी उपाध्यक्ष चयन गरेका छौ भने डोल्पाका काइके भाषी मगरहरुको पनि भविष्यमा प्रतिनिधित्व गराउने लक्ष्य समेत राखेका छौ ।

अनि भेलाले तपाईलाई नै अध्यक्षमा किन आवस्यक देख्यो ?
मलाई लाग्छ हामि सामाजिक विभेदको विरुद्द सामाजिक संघ सँस्थामा लागेकाहरुको नै वैचारीक अवस्था अझ पनि लैङ्गिक विभेदवाट बाहिर आउन सकेको छैनौ । सम्भवत संसारभरी रहेका पुरुष समेत रहने कुनै पनि संघ सँस्थामा महिला प्रमुख भएको नेपाल मगर संघ युएईनै पहिलो हो । युएईको सवालमा भन्नु हुन्छ भने करिव एक दशक देखि हाम्रो मगर जातीय संगठनमा पुरुष मगरहरु नै अध्यक्ष रहदै आउनु भएको छ । कोहि कसैले पनि विवाद रहित किसिमवाट सवैलाई समेटेर संघमा लग्न सक्नु भएन । 

अनि तपाईले सक्नुहुन्छ त सवैलाई समेटेर लग्न ? 
डिफेनेटली ! आइक्यान डु इट !! म अवस्य सक्छु, अहिलेको सन्दर्भमा यो विवाद मिलाउन सक्ने राम्रो समन्यकारी क्षमता भएको मगर लिडरको अभाव थियो । यसकालागी निविकल्प म नै सक्षम् छु | साथै अहिलेको सन्दर्भमा संघलाई ठिक दिशा दिएर हाँक्न सक्ने जोस, जाँगर. लगनशील, कर्त्व्यनिष्ट र इमान्दारीता भएको लिडर म पनि छु भन्ने म ठान्दछु । म एक अतिक्रियाशिल मगर हुँ । तर यसकोलागि तपाई पत्रकार, वुद्धिजीवी, समाजसेवी, राजनैतिककर्मी एवं चेतनशील मगरहरुको सहयोग र समर्थनको जरूरी छ । म एक्लैले गर्ने भन्ने कुरा होइन । 

तपाईले समय कसरी निकाल्नुहुन्छ ?
जहाँ इच्छा त्यहाँ उपाए । समय निकाल्नु पर्छ र निकाल्छु पनि ...! मलाई चिन्ने जो कोहिले पनि मेरो कामप्रतिको इमान्दारितामा विश्वाश गर्ने मैले पाएको छु ।

तपाईंको अध्यक्षतामा रहेको मगर संघको आगामी कार्यक्रमहरु के-के रहेका छन्  ?
खासमा हामीले गर्ने भनेको पहिचानको कुराहरुलाई हामीले आफ्नो ठाउँवाट जोडदार रुपमा उठाउनु नै हो जुन हामीले गर्दै आइरहेको पनि हो । अन्य नियमित अवशरहरुमा हामीले विभिन्न कार्यक्रमहरु आयोजना गर्नु पर्ने हुन्छ । अर्को महत्वपुर्ण के हो भने हामीले अवको केहि समय पछि संघका सदस्यहरुलाई नेपालमा वोलिने ३ किसिमका मगर भाषाहरु जस्तै १८ मगरातमा वोलिने खाम, १२ मगरातमा वोलिने भाषा लगाएत तपाईहरुको क्षेत्र तिर वोलिने काइके मगर भाषा प्रशिक्षण अभियान चलाउने महत्वकांक्षा लिएका छौं । हामीसंग धेरै भाषा प्रशिक्षकहरु रहेको हुनाले हामीलाई त्यसको लागि समस्या छैन वरु तपाईहरुको क्षेत्र तिर डोल्पा शहरताराको कुरा गर्ने हो भने अलि गाह्रो पनि छ । किन भने त्यहाँ एक गाउँमा मात्रै यो भाषा वोल्ने गरिन्छ । तपाईं वोल्नु हुनु हुने रहेछ । हामीलाई तपाइको सहयोग पनि चाहिन्छ त्यसको लागी । यो लोपोन्मुख भएको भाषालाई हामीले वचाउनु पर्छ । कम्तिमा पनि एक वर्ष भित्रमा संघका सम्पूर्ण सदस्यहरुले यी तिनै भाषामा वुझ्न र फर्काउन सकुन । यो नै हाम्रो लागि महत्वको विषय हुने छ ।

अन्तर्वार्ताको लागी समय दिनु भएकोमा यहाँलाई धन्यवाद !
धन्यवाद तपाईंलाई पनि । विदाको दिनमा पनि यस्तो गर्मीमा यहाँसम्म आएर आफ्नो कुरा राख्ने मौका दिनु भयो  ।

मजदुरहरुको हितको निम्ति राजदुतावासमा १३ वुंदे पत्रको सन्दर्भमा- पृथीछक वुढा मगर (ग्लोभिभोना)

गत अप्रिल महिनाको १८ तारिखको दिन नेपाली मजदुरहरुको संवन्धमा ५ संगठनहरुको साझा संयन्त्र वनेको थियो । युएईका मजदुरहरुको हक हितको वारेमा साझा धारणा वनाउने हाम्रो सवैको प्रतिवद्दता थियो । संयन्त्रमा नेपाली एकता समाज युएई, नेपाली जनप्रगतिसिल मोर्चा युएई, नेपाली जनप्रगतिसिल मन्च युएई, नेपाली जनसम्पर्क समिति युएई, नेपाली एकता मन्च संलग्न थिए । यी पाँच संगठनहरुले मजदुरहरुको समस्याहरुलाई अध्ययन गरेर आ-आफ्नै तरिकाले प्रतिवेदन तयार गर्ने र ति प्रतिवेदनहरुलाई अध्ययन गरेर संयुक्त रुपमा साझा समस्याहरुलाई एकरुपता गरी नेपाली राजदुतावासमा ज्ञापन पत्र वुझाउने सहमति भएको थियो । तर मजदुर वर्गको सवालमा सवै परिवर्तन चाहने तव्काहरुको एउटा आवाज हुनु पर्छ तव मात्रै एजेन्डा सहि ठाउँमा लागु हुन सक्छ भन्ने मान्यता नेपाली जनप्रगतिसिल मोर्चाको विचार थियो । त्यसैले सवै परिवर्तनकामी संगठनहरु विचमा कार्यगत एकरुपताको लागि पहल गरेको थियो । त्यस सहकार्यमा नेपाली जन प्रगतिसिल मोर्चा युएई, जनप्रगतिसिल मन्च युएई र नेपाली एकता समाज युएई संलग्न थिए । साझा समस्याहरुको वारेमा वहस गर्न तिनै संगठनका पदाधिकारीहरु संलग्न थिए । नेपाली जनप्रगतिसिल मोर्चाको तर्फवाट कार्यवाहक अध्यक्ष साहस न्यौपान्य, महासचीव पृथीछक वुढा, सचिव काशी काफ्ले, के.स. विवस लिम्वु, के.स. चित्र थापा हुनुहुन्थ्यो । नेपाली एकता समाजवाट अध्यक्ष कृष्ण के.सी. हुनु हुन्थ्यो भने नेपाली जनप्रगतिसिल मन्चको तर्फवाट अध्यक्ष हेमन्त पौडेल हुनु हुन्थ्यो । तिनै संगठनका पदाधिकारीहरु संलग्न भएको वैठकले कार्यगत एकताको प्रस्ताव पारित गरेको थियो । वेला-वेलामा वहसहरु भइरहन्थ्यो गृहकार्यको लागि । यसै वेलामा नेपाली जनप्रगतिसिल मन्चको अध्यक्ष  हेमन्त पौड्यालजीले यो वहसलाई केहि दिनका लागि स्थगित गर्ने र आ-आफ्नो संगठन भित्र आन्तरिक गृहकार्य गर्ने समय माग्नु भएको थियो । सोहि अनुरुप वहस स्थगित पनि गरियो । त्यसको दुई दिन पछी एक्कासी हेमन्त पौड्यालले नेतृत्व गर्नु भएको नेपाली जनप्रगतिसिल मन्च,  नेपाली जनसम्पर्क समिति र नेपाली एकता मन्चले दुतावासमा ज्ञापन पत्र वुझाउन जाने कुरा उठाएका थिए । यो अध्यक्ष हेमन्त पौड्यालको गद्दारीको परिणाम थियो । त्यो वुधवारको दिन थियो, जुन दिन हामी कसैको विदा थिएन । अर्को तिर ज्ञापन पत्र तयार गर्नु भन्दा पहिले  हामीले आ-आफ्नै तरिकाले प्रतिवेदन वनाउने र ति प्रतिवेदनहरुको आधारमा साझा कुराहरुलाई ज्ञापन पत्रको रुपमा तयार गर्ने कुरा हाम्रो सहमति भएको थियो तर यो हुन सकेन । उहाँहरु एकलौटी ढंगवाट जान खोज्नु भयो । केटाकेटीको खेल भन्दा उत्कृष्ठ कार्य थिएन यो । मैले मन्चका अध्यक्ष हेमन्त जीलाई सम्पर्क गरेको थिएँ उहाँको भनाई यस्तो थियो ''मैले ९/१० वटा वुँदाहरु तयार गरेको थिएँ । त्यो उहाँहरुलाई देखाए पछी हाम्रो सहमति भयो । यो कुनै गल्ति होइन । तपाईंहरु पनि आफ्नो वुँदाहरु ल्याउनुस, त्यसमा हस्ताक्षर गराउने र  उनीहरुलाई मनाउने काम मेरो भयो'' । उहाँले कुन प्रकृयावाट जान खोज्नु भएको हो ? जव प्रकृया नै गलत भइरहेको छ भने हेमन्त जीहरू जसरी जानु भयो त्यसरी हामी दुई संगठन नेपाली जनप्रगतिसिल मोर्चा र नेपाली एकता समाजले सति जान नसक्ने निर्णय गर्यौं । यसमा मन्चले आफ्नो वर्गीय धरातल माथि कुठाराघात गरयो । यी तिन शक्तिहरु एक भए भने हाम्रो केहि पारा लाग्दैन भन्ने कुरा उनीहरुले वुझेका थिए । त्यसैले उनीहरुले हेमन्त जीलाई जसरी भए पनि मोर्चा र एकता समाजको वीचवाट थुतेर निकाल्ने कोसिस गरे । उहाँहरु त्यसमा सफल हुनु भयो तर फेरी पनि भन्नै पर्छ, हेमन्तजीले आफ्नो वैचारिक धरातल अटल राख्न सक्नु भएन । उहाँ स्खलन हुनु भयो । यसमा मलाई दु:ख छ ।

जुन दिन उहाँहरुले एकलौटी ढंगवाट राजदुतावासमा ज्ञापन पत्र दिन जानु भएको थियो त्यहि दिन गणतन्त्र दिवसको उपलक्ष्यमा रात्रि भोज थियो । उक्त रात्री भोजमा संलग्न हुनको लागि पनि उनीहरु आतुर थिए । त्यसैले उहाँहरुले सहमतिको बुंदाहरुलाई रछ्यानमा मिल्काएर दुतावासमा सुटुक्क पस्न गए । त्यो कुरा थाहा थियो कि उनीहरु दुतावासको चाकरी गर्न आतुर पनि थिए । जुन उनीहरुको ईतिहासले नै वताइरहेको छैन र ?

 जुन ५ राजनीतिक संगठनको संयन्त्रले निर्णय गरेको ज्ञापन पत्रको कुरा छ, जसमा अन्य सामाजिक संघ संस्थाको स्थान रहेको थिएन । तर उहाँहरु NRN संग गएर ज्ञापन पत्र वुझाउनु भयो । हामीले वहसमा नेपाली जनप्रगतिसिल मन्च युएईका अध्यक्ष हेमन्तजीलाई NRN सम्वन्ध आफ्नो संगठनको धारणा सार्वजनिक गर्नको लागी कुरा गरेका थियौं जसमा उहाँले सांगठनिक रुपमा NRN को समर्थन नगरेको तर व्यक्तिगत रुपमा समर्थन गर्न सकिने कुरा पनि राख्नु भएको थियो । जसमा हामीले दुई वर्षको भिसामा काम गर्न आएका नेपाली मजदुरहरु कुनै पनि हालतमा NRN हुन नसक्ने झिकिर गरेका थियौं । संभ्रान्त वर्गहरु जुन दोहोरो नागरिकता चाहिरहेका छन् त्यो कुरामा उनीहरुको जनमत वलियो वनाउनको लागि र उनीहरुको माग पूर्ति गर्नको निम्ति प्रवासी नेपालीहरुलाई प्रयोग गरेको कुरा के दिनको घाम जस्तो छर्लंग छैन र ? के यो दलाली चिन्तन होइन ? नत्र त्यो कथित कार्यको लागि हामीले किन वल थपिरहेका छौं । यसको लागि हामीले समिक्षा गर्नु पर्छ कि पर्दैन ? आम २० औं लाख नेपालीहरुमा एकाद व्यक्ति वाहेक आफुलाई NRN  भन्ने शायदै कोहि होला । यो कुरा हामीले वुझ्नु पर्छ । शायद यहि कुराहरुवाट नेपाली जनप्रगतिसिल मन्चका  अध्यक्ष हेमन्त जी हामीहरुसंगको सहकार्य उहाँहरुको अनुकुल नहुने कुरा वुझ्नु भयो र आफ्नो वर्गीय धरातल छोडेर गलत वाटोमा लाग्नु भयो र ५ राजनीतिक संयन्त्र खतम भयो । त्यस पछी नेपाली जनप्रगतिसिल मोर्चा युएई र नेपाली एकता समाजले संयुक्त १३ वुंदे ज्ञापन पत्र तयार गरेर राजदुतावासमा पेश गरयो । जहाँ मजदुर वर्गहरुको हित अनुकुल पहल कदमी गर्न र गराउनको लागि दुतावासलाई आव्हान गरिएको थियो, जसमा दुतावास सकारात्मक पाइएको थियो ।

यो कुरालाई लिएर कतिपय मान्छेहरु भन्ने गरेका छन् ''नेपाली जनप्रगतिसिल मोर्चालाई, नेपाली एकता समाजले प्रयोग गरयो, अथवा नेपाली एकता समाज, नेपाली जनप्रगतिसिल मोर्चाले प्रयोग गरयो'' यसलाई प्रयोगको रुपमा होइन वरु कार्यगत एकताको कुरा गरियोस । हामी कार्यगत एकता गरेका हौँ । मजदुर वर्ग र आफ्नो विचारको रक्षाको निम्ति हामीले सहकार्य गर्नु अनिवार्य थियो । भोलि सहमति हुन सकिन्छ भने जनसम्पर्क समिति, नेपाली जनप्रगतिसिल मोर्चासंग पनि कार्यगत एकता गर्न सकिन्छ । काम गर्ने सवालमा कहिलै स्थाई रुपमा अन्तरविरोध रहिरहने कुरा हुँदैन । आस्थाकै कुरा गर्ने हो भने त सवै भन्दा नजिकको मित्र शक्ति भनेको मन्च नै हुनु पर्थ्यो । तर तत्कालिन अवस्थामा उहाँहरुवाट आफ्नो वर्ग माथि कुथाराघाट गर्ने काम  गरेका हुनाले यो दुरी नेपाली एकता समाजसंग नजिक हुन पुगेको हो । किन भने दुवै संगठनको इच्छा शक्ति भनेको दलालहरुको निर्मुलिकरण नै हो । हामी त्यहि चाहन्छौं, अहिले नेपालमा पार्टी एकताका कुरा आइरहेका छन् । तत्कालको लागि कार्यगत एकताको कुरा आइरहेको छ । यो सन्दर्भमा कुरा गरिरहँदा मन्च आफ्नो मित्र शक्तिहरुसंग कार्यगत एकता गर्नुको सट्टामा आफुलाई विपरित धुर्वमा उभ्याउनु निकै विडम्वनाको कुरा हो ।
पृथीछक वुढा मगर (ग्लोभिभोना)
महासचिव-नेपाली जनप्रगतिसिल मोर्चा युएई 
 








Thursday, 5 June 2014

जनवादी केन्द्रीयताका मुलभूत शर्तहरु- पृथीछक वुढा मगर (ग्लोभिभोना)

जनवादी केन्द्रीयताका मुलभूत शर्तहरु :
१. कुनै संगठित व्यक्ति संगठनको मातहतमा रहनु पर्छ 
२. अल्पमतले वहुमतको निर्णय लागु गर्नु पर्दछ र वहुमतले अल्पमतको विचारको कदर गर्नु पर्दछ । 
३. पिठ पछाडी कुरा गर्नु हुँदैन । वैठकमा खुला र स्पष्ट कुरा राख्नु पर्दछ । 
४. निर्णयमा व्यापक जनवादको प्रयोग गर्ने र कार्यन्वयनमा एक रुपताका साथ जानु पर्छ । 
५. हरेक वैठकमा आलोचना र आत्मालोचनाको प्रकृया चलाउने र आलोचना रचानात्मक र सुधार्ने, सच्याउने ढंगले गर्नु पर्दछ । ध्वंशात्मक हुनु हुँदैन 
६. रिपोर्टिंग र निर्देशन प्रणाली नियमित र विधिगत हुनु पर्दछ 
७. नियमित र अनिवार्य वैठकमा उपस्थिति हुने, जानकारी पैर पनि लगातार तिन पटकसम्म वैठकमा उपस्थिति नहुने सदस्यलाई अनुशासनको कारवाही गरिनु पर्छ 
८. संगठनको विधि, विधान नमान्ने संगठनको सदस्य हुँदैन । सदस्यले आफु खुसिले निश्चित शुल्क (लेवी) संगठनलाई             वुझाउनु पर्छ 
९. संगठनको अनुशासन नमान्ने सदस्य संगठनको अनुशासन कारवाहीको भागीदार हुन्छ 

पृथीछक वुढा मगर (ग्लोभिभोना)
नेपाली जनप्रगतिसिल मोर्चा युएई (महासचिव)
नेपाल मगर संघ युएई (प्रमुख सल्लाहकार)
नेपाल आदिवासी जनजाती परिषद युएई (महासचिव)

Wednesday, 4 June 2014

मगर जातिको परिचय- पृथीछक बुढा मगर (ग्लोभिभोना)

मगर जातिको परिचय :
मगर जाति नेपालको एउटा आदिवासी जनजाति हो । नेपाल सरकारले देखाएको आदिवासी जनजातिको सुचिमा मगर जाति नेपालको सव भन्दा वढी जनसंख्या भएको जाति हो । यो जाति नश्लको हिसावले मंगोल महावंश भित्र पर्दछ । यसको आफ्नै भाषा, संस्कृति, रहनसहन र परम्परा रहेको छ । मगर भाषा भोट वर्मेली भाषा समुहमा पर्दछ । खास गरेर उनीहरुले वोल्ने भाषा अन्तर्गत मगर दुत, मगर खाम अनि मगर काइके हुन् । नेपालको पश्चिम क्षेत्र १८ मगरात अन्तर्गत  रोल्पा, रुकुम र वागलुंगका पश्चिम क्षेत्रहरुमा मगर खाम वोल्ने गर्दछन भने दुत १२ मगरात र त्यो भन्दा पूर्वका क्षेत्रहरुमा वोल्ने गरिन्छ । काइके मगर भाषा चाहिं डोल्पा जिल्लाको शहर तारा गाविसको एक गाउँमा मात्रै वोल्ने गरिन्छ ।

मगरहरुको आफ्नै भाषा भए पनि उनीहरु आफ्नो भाषा नवोल्ने मगरहरु पनि छन् । यहाँका खस अतिक्रमणवादी शासकहरुको हजारौं वर्ष देखिको हस्तक्षेपका कारण मगर जातिको सवै पहिचान लगभग हराइसकेको छ । केहि ठाउँ र क्षेत्रहरुमा मात्रै भाषा र संस्कृतिको अस्तित्व रहेको छ । त्यो पनि चरम संकटमा छ । अत्यन्तै सोझा र इमान्दारी जातिको रुपमा चिनिने मगरहरु शिक्षा र चेतनामा पछी परेकै कारण अहिलेको सन्दर्भमा पनि पछी परिरहेको छ । पछिल्लो कालमा थोरै जातीय र राजनैतिक जागरण पैदा भएको छ । संगठित हुने प्रकृया अगाडी वढेको छ । मगरहरु जुन सुकै राजनैतिक दलहरुमा आस्था राखे पनि उनीहरु उत्पीडनको मामिलामा भने एकै ठाउँमा छन् र हरेक उत्पीडनवाट मुक्त हुन चाहन्छन । उत्पीडनका विरुद्द एकतावद्द छन् । यो राम्रो संकेत हो । अव नयाँ नेपाल निर्माण गर्ने सन्दर्भमा मगर जातिको जिम्मेवारीपूर्ण भूमिका रहेको छ ।
जय मगर ! जय मगरात !

Tuesday, 3 June 2014

संगठन संचालन र परिचालनसंग सम्वन्धित विषयहरु-पृथीछक वुढा मगर (ग्लोभिभोना)

संगठन भनेको के हो ? 
कुनै निश्चित वर्ग, जाति वा समुदाय माथि विधमान शोषण, दमन र उत्पीडनवाट मुक्ति पाउनको लागि वनेको संरचनालाई संगठन भनिन्छ । शोषक र उत्पीडकहरुले पनि आफ्नो शोषण र दमन टिकाई राख्न उनीहरु संगठन वनाउछन् । उनीहरु शाषक भएको कारणले यसको भिन्न रुपमा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु वनाएर पनि वर्गीय शोषण कायम राख्ने गर्दछन । यसरी कुनै एक वर्गको विचार, सिद्दान्तमा आधारित वर्गीय लक्ष्य र उद्देश्य वोकेको संगठित व्यक्तिहरुको समूह वा दस्तालाई संगठन भनिन्छ । असंगठित मान्छेहरुको समुहलाई भिड भनिन्छ । अर्को शव्दमा संगठन भनेको शाषित, शोषित र उत्पीडित वर्ग वा समुदायको संगठित शक्ति हो । उनीहरुको तागत केवल संगठनमा मात्र रहेको हुन्छ । जव कि शासकहरुको शक्ति सत्तामा केन्द्रीत हुन्छ । त्यसैले संगठन उत्पीडित वर्ग समुदायको वलियो अस्त्र हो ।

संगठन कसरी चल्छ ?
संगठनहरु जनवादी केन्द्रीयताका आधारमा चल्ने गर्दछन । हरेक संगठनको केन्द्र देखि इकाईसम्मको संगठनात्मक संरचनाहरु विचानाले व्यवस्था गरेको हुन्छ । विधानले व्यवस्था गरे अनुसार सङ्गठनात्मक नियम, परिधि, अनुशासन प्रकृया, पद्दति अनुसार संगठनहरु चल्ने गर्दछन । कोहि पनि संगठनका इकाईहरु विधान भन्दा वाहिर गएर मनोमानी चल्न पाउंदैनन् । विधानको परिधि भित्र रहेर हरेक कुराहरु उठाउन पाउने स्वातन्त्र हुन्छ । विधान विपरीत चल्ने व्यक्ति (सदस्य) वा संगठनलाई अनुशासन विभाग वा उपल्लो तहको संगठनले कारवाही गर्दछ । यो प्रक्रियालाई जनवादी केन्द्रीयता भनिन्छ ।

संगठनको किन आवस्यक छ ?
असंगठित जनता भयो भने शासक वर्गले अनावस्यक फाइदा लुट्छ । साथै उत्पीडित जनताहरु नेतृत्व विहिन र दिशा विहिन वन्न पुग्दछन । कहिलेकाहीं स्वत: स्फुर्त रुपमा संघर्ष, विरोध वा आन्दोलनहरु भए भने पनि त्यो आन्दोलन वा विद्रोहले सहि दिशा पक्रन सक्दैन । अनि विचैमा तुहिन पुग्दछ । अनावश्यक रगतको खोला वग्दछ । त्यसैले जनतालाई सचेत र संगठित पारेर मुक्ति वा क्रान्तिको सहि दिशा प्रदान गर्न संगठन आवस्यक हुन्छ । संगठन एउटा स्थायी र भर पर्दो जनताको शक्ति हो तर कतिपय गलत तत्वहरुको घुसपैठ वा गलत उद्देश्यका साथ् वनेका संगठनहरुले उत्पीडित वर्गका संगठनहरुलाई गलत ढंगले प्रयोग गर्दछन वा मोर्चा तहस नहस पार्दछन । त्यस प्रति सचेत रहनु आवस्यक रहन्छ ।

Monday, 2 June 2014

साँढेको जुधाई, वाछाको मिचाईं- पृथीछक वुढा मगर (ग्लोभिभोना)



गत विहिवार केही संस्थागत र केहि व्यक्तिगत काम लिएर नेपाल राजदुतावासमा गएको थिएँ । मैले यो कुराको यादै भएन कि त्यो दिन गणतन्त्र दिवस थियो । साथीहरु जिस्किन्छन् राजनीति प्रति चासो राख्ने मान्छेलाई गणतन्त्र दिवस कुन तिथिमा पर्छ भनेर पनि थाहा छैन भनेर । त्यसैले त्यो दिन आफन्तको घरमा गएर वसें । भोलि पल्ट सुक्रवार नेपाल मगर संघ युएईको विशेष भेला थियो, जसमा म आमन्त्रित थिएँ प्रमुख अतिथिको रुपमा । भेलामा जम्मा २८ जना व्यक्तिहरु उपस्थित थिए, जस मध्ये अतिथिको रुपमा निमन्त्रणा गरिएका ५ गैर मगर जातीहरु थिए ।

एघार वजे कार्यक्रम शुरु भयो । कार्यक्रमका संयोजक शुशी पुलामी घर्ति मगरले विशेष भेला वोलाउनुको कारण खुलाए पछी पदाधिकारी चयनको पालो आयो । यसै क्रममा तिर्थ थापा मगर जीलाई ईमान्दारको आधारमा उहाँलाई वरिष्ठ उपाध्यक्ष दिनु पर्छ भन्ने कुरा भूपू अध्यक्ष हरी घर्ति मगरले प्रस्ताव गर्नु भयो तर उहाँले त्यो पद स्वीकार गर्नु भएन । "होइन, मलाई कुनै पद चाहिएको छैन । राख्नु हुन्छ भने सामान्य कार्यकर्तामा राख्नु होला" भन्नु भएको थियो । त्यसैले उहाँलाई केन्द्रीय सदस्यमा नियुक्त गरयो भेलाले । उहाँले नमाने पछी सुरेन्द्र थापा जीको प्रस्तावमा राम थापा मगरलाई वरिष्ठ उपाध्यक्ष वन्नु भयो ।

सांझ समाचार आयो भेला सम्पन्न भएको सन्दर्भमा । मगर-मगर विचमा खैलावैला मच्चिन थाल्यो । म त्यो हेरिरहेको थिएँ । अनेक तर्कहरु आइरहेका थिए । मुक दर्शक वनेर त्यो हेरिरहेको थिएँ । कतिपय मित्रहरुले संगठन विभाजन गरेको आरोप लगाउंदै मालेमावादको सिद्दान्तमा आधारित मगर संघ युएई भित्रको ठुलै विद्रोह गरेको छेड पनि हानिरहेका थिए । त्यो पनि मैले हेरिरहेको थिएँ । ठिक त्यहि वेला ललित राना मगर जीले मलाई एक पोष्ट ट्याग गर्नु भयो, जसमा यो लेखिएको थियो "आज ३० मे २०१४ सुक्रबार आबुधाबी हरि बहादुर घर्ति मगर को कोठामा बसेको २/ ४ जना मगर धेरै जसो अन्य गैर मगर बाहुल्य रहेको विशेष भेलाको नामकरण गरिएको उपस्थित समूहबाट सुशि पुलामी मगर को अध्यक्ष्यतामा नेपाल मगर संघ युएईको उदघोष गरिएको त्यस समितिमा मेरो नाम पनि बिना जानकारी मेरो सहमति बिना राखिएको हुदा म त्यस सुसी पुलामी मगर को अधक्ष्यता रहेको नेपाल मगर संघ युएईको कुनै पनि पदमा नरहने जानकारी गराउन चाहान्छु" यो लेखले मलाई फेरी त्यहाँ खिचेका तस्विरहरुमा तिर्थ थापाजीलाई खोज्न थालें । उहाँ क्यामेरामा लुक्न खोजेको उहाँको तस्विरहरु मैले देखें । एक छिन मलाई हाँसो पनि लाग्यो । माथि उहाँले भन्नु भएको जस्तो थिएन । उहाँ उपस्थित हुनु हुन्थ्यो । युद्दकालमा प्रहरीले वन्दीहरुलाई जवरजस्ती खाली पानामा हस्ताक्षर गराएको याद पनि आयो तर त्यो खालि थिएन । निर्णय नोटमा लेखि सके पछी त्यसलाई टाइप गरेर प्रिन्ट गरिएको थियो जुन पाना सवैलाई एक एक पेज पुन: अध्ययन गर्नको लागि दिईएको थियो । अध्ययन गरि सके पछी सवैले हस्ताक्षर गरेका थिए । त्यसैले उहाँको कुराले एक छिन व्याकुल वनायो । कुन जवरजस्तिले काम गरेको छ ? भन्ने कुरा वुझ्न मैले उहाँलाई फोन गरेर उहाँको लेख पढेर सुनाएँ र के यो लेख तपाईंले लेख्नु भएको हो ? भनेर सोधेको थिएँ । उनले भन्नु भयो "हजुर, हो" । मैले सोधें "तपाईंलाई भेलामा कसैले जवरजस्ती गरेको थियो अथवा तपाईं त्यहाँ हुनु हुन्नथ्यो ? अनि तपाइको असहमति हुँदा हुँदै संघमा समावेस गराएका हुन् ?" उनले जवाफ दिनु भएन । मैले भनें "तपाईं त्यहीं हुनु हुन्थ्यो । तपाईंका तस्विरहरु मसंग छन् । किन झुट वोल्नु भएको ?" उनले यति मात्रै भन्नु भयो "त्यो मेरो गल्ति भयो" तव मेरो दिमाग खराव भयो । झर्केर उनलाई केहि अपशब्द पनि वोलें । उनि चुपचाप थिए । मैले फोन काटें ।

मैले एक सोझो मगरलाई गाली गरें । साँझ मलाई पछुटो लग्यो । कति निर्धोस थियो । कतिपय पलहरुमा मुक भाषाले नै धेरै कुराहरु वोल्दा रहेछन । उनको निर्धोस पन मेरो मन भरी मडारिरहेको थियो । करिव साँझको वेला मैले उनीसंग माफी माग्ने निर्णय गरें आफ्नो मन शान्त पार्नको लागी । मैले अनलायन पत्र यसरी उनको म्यासेज वक्समा लेखें "प्रिय तिर्थ थापाजी, मैले तिमिलाई  गाली गरें । तिम्रो मन दुखेको होला । गल्ति पनि त गरेका थियौ नि । जुन संघमा वसे पनि केहि फरक पर्दैन तर झुट वोल्नु पर्ने कारण थिएन । संघ वाठो र चतुरहरुको लागि मात्रै हो । यहाँ सोझोको कुनै स्थान रहँदैन । यस्तै छ यहाँ । मैले तिमीलाई दुखि वनाएं । मैले तिमीलाई अनुरोध छ, तिमीले राजनीति गर्दै नगर्नु । तिमि कति पवित्र छौ । राजनीति त फोहोरी हुन्छ । त्यसमा नलाग । वरु आफ्नो वाल वच्चाको लागि सोच । त्यो नै तिम्रो लागी फाइदा होला ! अन्त्यमा मलाई माफ गर । तिमि यस्तै रहिरहनु ।"

हामी वाठो भई टोपल्नेहरु ति सोझो तीर्थको काँधमा वन्दुक सोझ्यायौं र एकले अर्कोलाई ठोक्यौं । हामी त सिद्दिने नै भयौं तर विचका निर्धाहरू कठै ? जसरी तिर्थ अगाडी परेको छ । यहाँ हाम्रो समाजमा धेरै तिर्थहरु छन् जसलाई ढाल पारेर हामी सुरक्षित स्थानमा नाल ताकिरहेका छौं । के यो सहि हो ? यसवाट हामीले के प्राप्त गर्न खोजिरहेका छौं ? हामि आफ्नो जातीयताको लागि, आफ्नो पहिचानको लागि, आफ्नो अधिकारको लागि होइन ? हो भने एकलाई निसाना पार्नको लागि वलीको वोको किन ? निर्धाको काँधमा वन्दुक कतिसम्म ? हामी एकै स्थानमा रहन सकेनौं त के भयो ? सहकार्य गरेर जान सकिन्छ । यदि संसारका सवै मान्छेहरुको मन एकै हुँदो हो त अहिले दुनियाको हालत यस्तो हुने थिएन । मगर-मगर विचमा पनि कोहि वुढा, कोहि थापा, कोहि गाहा, कोहि पुन लगायत १३०० पथका मगरहरु हुने थिएनौं । कोहि पहाड, कोहि मधेस, कोहि हिमालमा वस्ने थिएनौं । त्यसैले हामी जुन स्थानमा छौं, केहि फरक पर्दैन । तर हामी पानी वारावारको स्थिति हुनु हुँदैन । समय आयो भने र परिस्थितिले माग्यो भने फेरी एक हुने भनेको नै हामी दाजु भाई नै हौँ ।

पृथीछक वुढा मगर (ग्लोभिभोना)


                                        मुख लुकाएर वसेको अवस्थामा तिर्थ थापा मगर

                                          मुख लुकाएर वसेको अवस्थामा तिर्थ थापा मगर

                                           निर्णय पत्रमा गरेको उक्त तिर्थ थापा मगरको हस्ताक्षर

  निर्णय पत्रमा गरेको उक्त तिर्थ थापा मगरको हस्ताक्षर

Thursday, 22 May 2014

नेपाल मगर संघ युएई भित्रको निषेधको राजनीति- पृथीछक वुढा मगर, रुकुम

वितेको हप्ता, २५५८ औं बुद्द जयन्तीको अवशरमा नेपाल मगर संघ युएईले एक कार्यक्रम मनायो करेला सोसियल सेन्टर अवुधावीमा । एक मगर जाती भएको अर्थमा त्यो अवशर मेरो निम्ति अति महत्वपूर्ण समय थियो । यति भएर पनि म उपस्थित हुन सकेन । कारणहरु विविध थिए ।

तत्कालीन नेपाली मगर संघ युएई र मगर संघ युएईको जेविल पार्कमा भएको एकता पछिको यो पहिलो कार्यक्रम आफैमा एक महत्वपुर्ण क्षण थियो । यति महत्वपुर्ण कार्यक्रमलाई ऐतिहासिक वनाउनु हामी सवैको कर्तब्य थियो जुन हुन सकेन । हाम्रा मगर वुद्दिजिवीहरु यस कुरामा चुक्न पुगे । मलाई लागेको थियो, यो दुई संघको एकता पश्चात आम मगरहरु एकतावद्द भएर अगाडी वढ्नु पर्छ जसले मात्रै हामी हाम्रो जातीय हक र अधिकारलाई सुनिस्चित गर्न सक्ने छ । विडम्वना भन्नै पर्छ, कार्यक्रमको ठिक दुई दिन अगाडी संघमा निषेधको राजनीति शुरु भयो मगर वुद्दिजिवी सर्कलवाट । यो नहुनु थियो, कम्तिमा पनि कार्यक्रमको समाप्तिसम्म ।

नेपाल मगर संघका कतिपय पदाधिकारीहरुवाट संघकै केन्द्रिय सचिव शुसी पुलामी मगरलाई कार्वाही गरिएको सुचना सामाजिक संजालहरु मार्फत सार्वजनिक गरियो । सवै भन्दा हाँस्यास्पद कुरा के भयो भने संघमा कुनै स्थान नभएको तत्कालिन नेपाली मगर संघका प्रमुख सल्लाहकार तथा नेपाल आदिवासी जनजाति परिषद युएईका अध्यक्ष हरि वहादुर घर्ति मगरलाई साधारण सदस्य समेट नरहने गरी निलम्वन गरियो । जव उहाँको त्यहाँ कुनै स्थान नै छैन भने संघले कारवाही गर्यो कसरी ? ठिक छ, शुसी पुलामी मगरलाई कार्वाही गरियो । तर कार्वाही गर्नु भन्दा पहिलेको प्रकृया पुरा गर्नु पर्छ कि पर्दैन ? स्पष्टिकरण लिनु पर्छ कि पर्दैन ? विधान अनुसार चल्नु पर्छ कि पर्दैन ? कार्वाही गर्नको लागि केन्द्रीय समितिको सदस्यहरुको वहुमतले पारित गर्छ कि गर्दैन ? जव कि संघमा ४५ सदसीय केन्द्रीय समितिको जम्वो टिम छ । त्यो कार्वाही प्रकृया अगाडी वढाउंदा के सवै समितिका पदाधिकारीहरु उपस्थिति थिए ? कुन कारणले रातारात निलम्वन गरियो ? के संघ कसैको खल्तीमा अट्ने चिज हो ? विधि र विधान अनुसार चल्नु पर्छ कि पर्दैन ? यो कुरा विद्धान मगर वुद्दीजिविहरुलाई थाहा हुनु पर्ने थियो, वच्पनको खेलको रुपमा संघलाई प्रयोग गर्दा त्यहाँ आफ्नो स्तरको पनि ख्याल राख्नु अनिवार्य रहन्थ्यो । यदि न्याय संगत कुरा गर्ने हो भने यो कारवाही एक सांगठनीक धोका हो ।

यो स्थिति आउन सक्छ भन्ने कुरा मलाई त्यति वेला नै थाहा थियो, जति वेला दुई मगर संघको एकताको दिन जेविल पार्कमा पहिले नै तयार गरेको संघमा पदाधिकारीहरुको नामावली सार्वजनिक गरियो । जसमा प्रमुख सल्लाहकारमा अग्रज गिरमान थापा मगरको थियो र सल्लाहकारमा अन्य मगर अग्रजहरुको नाम । त्यसमा यदि पूर्वाग्रही ढंगले विचार नगरी अर्का अग्रज हरी वहादुर घर्ति मगरको नाम राख्दा संघलाई वेफाइदा के हुन जान्थ्यो ? हो, निषेदको राजनीति यही विन्दु देखि शुरु भएको थियो । उहाँहरुले घर्ति दम्पतिलाई संगठनवाट निकाल्न चाहेको लक्षण त्यहीं सुरु भएको मान्न सकिन्छ । गल्तिहरु हुन्छन् मान्छेका । कतिपय गलत कुराहरु थिए होलान हरी घर्ति मगरका तर गलत कृयाकलापहरुलाई औंल्याउन सक्नु पर्दथ्यो र यो कोणवाट हेर्दा उता कार्वाही गर्ने पक्षका वुद्दिजिवीहरुको व्यवहार पनि कम संकीर्ण छैन । मैले आजसम्म वुझेको यहि हो कि, मगर जाती र नेपाली जनजातीहरुको वारेमा वुझेका कोहि छन् भने ति नामहरु हरी घर्ति मगर र गिरमान थापा मगर नै हुन् । यी दुई जना अग्रजहरुलाई मिलाएर अगाडी वढन सक्नु पर्दथ्यो । तर त्यो हुन सकेन ।

यो कारवाही प्रकृयासंग म पनि जोडिएको पात्र हुँ । नेपाल मगर संघका पदाधिकारीहरु मलाई पनि वोलाउन चाहंदैनथे । किन भने म नेपाल आदिवासी जनजाती परिषदको महासचिव भएको कारणले । यहि हो निषेदको राजनीति भनेको । विवाद परिषद र महासंघको हो, मेरो र हाम्रो व्यक्तिगत कुरा होइन । मगर संघ र आदिवासी जनजाति महासंघ यी दुइ फरक संस्था हुन् । महासंघले यस्तो गर भनेर भन्यो भने मगर संघले त्यस्तो गर्ने हो ? म र परिषदका पदाधिकारीहरुलाई कार्यक्रममा निमन्त्रणा पठायो भनेर नै सुशी पुलामी मगरलाई कारवाही गरिएको थियो । तर मगर संघ जुन अहिलेको कार्यसमितिमा परिषदकै केहि पदाधिकारीहरु हुनु हुन्छ तिनीहरुको हकमा त्यो किन लागु गरिएन ? त्यसमा सिर्फ हरी घर्ति मगर र पृथीछक वुढा मगर पर्नुको कारण के हो ? के परिषद पनि मगर संघ प्रति उत्तरदायित्व छैन ? महासंघ र परिषद्को विचमा कुन अर्थमा दुश्मनी छ त्यो मलाई थाहा छैन । तर व्यक्तिगत कुराहरुलाई लिएर आम संघसंस्थासंग जोड्ने जुन दुस्साहस गरिएको छ त्यो गलत रवैया हो । मैले भनेको छैन कि महासंघ हाम्रो संगठन होइन, हो त्यो पनि हाम्रो जातीय संस्था नै हो । हामी जति पनि परिषदमा संगठित छौं हाम्रो देह भनेको जनजाती महासंघसंग शत्रुता मोल्नु होइन । आफ्नो पहिचान र जातीय उत्थान गर्नको लागि महासंघमै सगठित हुनु पर्छ भन्नु छैन । हामी परिषदमा छौं, यो पनि हाम्रै जातीय मुक्तिसंग जोडिएको प्रश्न हो ।

आफ्नो कार्य व्यस्तताले केहि दिन अगाडीसम्म मैले सोचिरहेको थिएँ कि परिषदको भाईटल पोष्टवाट राजिनामा दिउँ । मगर संघ, जनजाती महासंघ र परिषदहरुलाई टाडावाटै रहेर समर्थन गरौँ । सेवा गर्नकै लागि पदाधिकारी भएरै वस्नु पर्छ भन्नु छैन । यसको लागि मैले अग्रज हरि घर्ति मगर र अर्का अग्रज गिरमान थापा मगरसंग पनि कुरा गरिरहेको थिएँ । तर आज परिस्थिति ठिक उल्टो भयो । आफ्नो जातीय संघ भित्रै यत्रो षड्यन्त्र र घिन लाग्दो निषेदको राजनीति । एक जना मगर संघकै भाईटल पोष्टको भाइले वैठकमा वोलेको सुनेको थिएँ "राजनीतिको "र" र स्वार्थको "स" समेट उच्चारण हुन नसक्ने ठोकुरा गरेका थिए । शायद उहाँहरु निषेदको "नि" मात्रै उच्चारण गर्न सक्नु हुन्छ । त्यो उहाँलाई नै थाहा होला ।
            पृथीछक वुढा मगर (ग्लोभिभोना)
नेपाली जनप्रगतिसिल मोर्चा महासचिव 
तत्कालिन नेपाली मगर संघका सल्लाहकार 
आदिवासी जनजाति परिषद युएईका महासचिव

Friday, 9 May 2014

मृगौला पिडितलाई सहयोग

नेपाली जनप्रगतिशील मोर्चा युएइका महासचिव पृथीछक बुढा रुकुम, केन्द्रीय सदस्य बिर्ख मादेन लिम्बु थुकीमा ताप्लेजुंग र अर्का केन्द्रीय सदस्य चित्र थापा उराम पर्वतको  सक्रियतामा शंकलित सहयोग रकम रु.५२०००.०० (वाउन्न हजार मात्र ) चेक मार्फत रुकुम जिल्ला हुकाम गाविस वडा नम्मर ७ निवासी मृगौला पिडित इमान घर्तिका बुबा टेक बहादुर घर्ति मगरलाई हस्तान्तरण गरियो । जसमा विभिन्न व्यक्ति र संघ संस्थाहरुले सहयोग गर्नु भएको छ । उक्त व्यक्ति प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै सहयोग दिने व्यक्तिहरुको नामावली तल प्रस्तुत गरिएको छ  ।

मृगौला पिडित इमान घर्तिका बुबा टेक बहादुर घर्तिलाइ हस्तान्तरण गर्दै नेकपा-माओबादी केन्द्रीय सदस्य तारा घर्ति, पार्टीका केन्द्रीय सदस्य दुर्लभ पुन र युएइ मोर्चाका अध्यक्ष रमेश गिरी !

 क्र. स.         नाम      ठेगाना  सहयोग रकम      कैफियत 
विर्ख लिम्वु (विवस) थुकीमा, ताप्लेजुंग १०० दिहराम  
  चित्र बा. थापा  पर्बेत उराम १  २५/ दिराम   
पृथी छक वुढा मगर रन्मामैकोट-६ रुकुम 100 दिहराम  
   तारानाथ न्येउपाने(साहस ) रसुवा  ५०/ दिराम   
  सन्तोष मगर  धरान, सुनसरी  ५० दिहराम  
  कमल घिमिरे  उदयपुर सिवाई ३  १००/ "  
  चन्द्र सारु  आर्घखाची  २५/ दिराम   
  रेसम सोमई  .... २५/ दिराम   
  राज थापा  ..... २५/ दिराम   
१०   तिर्थ थापा  ..... १०/ दिराम   
११   सुजन थापा मगर  धरान  २५/ दिराम   
१२   नबिन थापा मगर  धरान  २५/ "  
१३   गणेश थारु  बाके कोहलपुर  २५/ "  
१४   भिम घिसिङ  सर्लाही  ५०/ "  
१५   याम बा. राना  गुल्मी  ५०/ "  
१६   भुवान थापा  काठमाडौं  ५०/ "  
१७   सुसी पुलामी  बुटवल  ११०/ "  
१८   बिक्रम थापा  ललितपुर  १०/ "  
१९   ज्ञान राज कोइराला  सुनसरी  १०/ "  
२०   जित गुरुङ  गोर्खा   १५/ "   
२१   राजु पछई छहरा १ पाल्पा  १०/ "  
२२   पारस थापलिया  चितवन  १०/ दिराम   
२३   आब्दुल कलाम  बंगलादेश  १०/ दिराम   
२४   अजय कार्की  सुनसरी ८  १०/ "  
२५   सुन्दर गुरुङ  बिरेन्द्रनगर चितवान  १५/ "  
२६   गणेश अधिकारी  चितवन  २०/ "  
२७   समिर लामा  बारा निजगड  २०/ "  
२८   सरोज  ........ २०/ "  
२९   जगनारायण मण्डल  ....... २१/ "   
३०   इशवर वर्तौला  मकवानपुर  १०/ "  
३१   कृष्ण घिमिरे  घैलाडुब्बा ८ झापा  २५/ "   
३२   सक्ति कुवर  चितवन  १०/ "   
३३   फुरी  सेर्पा  सोलुखुम्बु  १०/ दिराम   
३४   प्रकास पाठक  चितवान  १०/  "   
३५   गम बा. गुरुङ  पोखरा  २०/ "   
३६   सिता शर्मा  नवलपरासी  ५/ "   
३७   उमर गुरुङ  चितवन नारायणघाट  २५/ "  
३८   राम बन  भोजपुर  ५/ "   
३९   मनोज लिम्बू  तेहेर्थुम  ५/ "   
४०   कान पुरी  राजिथान भारत  १०/ "   
४१    घनश्याम पुलामी  स्खुवाशभा  ५/ "  
४२   सीताराम पाण्डे  भोजपुर  ५/ "  
४३   उतर बा. पाण्डे  भोजपुर  ५/ "   
४४   राज कुमार  भोजपुर  ५/ "  
४५   दान बा. कार्की  ओखलढुंगा  ५/ "  
४६   नन्दुराम आचार्य  आर्घाखाची १ आर्घा  ५/ "  
४७   देब गुरुङ  चितवान  १०/ "  
४८   मधु कु . दवाडी  चितवन  १०/ "  
४९   रुपम श्रेष्ठ भारत  १० दिराम   
५०   सन्तोस घले  चितवन  १० दिराम   
५१   युवक श्रेष्ठ मनकामना  १० दिराम   
५२   रेशम श्रेष्ठ काठमाडौं  १० दिराम   
५३   किशोर थापा  गोदावारी  १० दिराम   
५४   बालमुकुन्द  काठमाडौं  कपन  १० दिराम   
५५   सरोज तिमिल्सिना  जनकपुर  १० दिराम   
५६   बिबेक  नारयानाथान  १० दिरान   
५७   अनिल  चितवन  १० दिराम   
५८   बालकृष्ण भण्डारी  ......... १० दिराम   
५९   गणेश  स्याङ्जा  १० दिराम   
६०   ओम गुरुङ  भैरहवा  १  १० दिराम   
६१   नरेश श्रेष्ठ ......... १० दिराम   
६२   किरण गुरुङ  ........... १० दिराम   
६३   उतम बिक  .......... १० दिराम   
६४   भिम गुरुङ  स्याङ्जा ठुलो भन्ज्याङ  १५ दिराम   
६५   मनोज खनाल  गुल्मी पिपल धारा  ५ दिराम   
६६   बिचारी लामिछाने  धादिङ  ५० दिराम   
६७   तेजबहादुर बलायर  ........... ५० दिराम   
६८   सर्मिला थापा  ललितपुर १  १० दिराम   
६९   जिबन श्रेष्ठ खोटङ्ग  १० दिराम   
७०   बिष्णु गिरि  नवलपरासी  १० दिराम   
७१   पितम्बर भुसाल  नवलपरासी  १५ दिराम   
७२   शिब काफ्ले  परगतिनगर ६ लक्ष्मीपुर्  १० दिराम   
७३   पम्फा काफ्ले  .............. १० दिराम   
७४   केशब काफ्ले  पर्गतीनगर  १० दिराम   
७५   अम्मर सेर्पुजा मगर    १५ दिहराम   
७६   कुल बहादुर गरुङ  भैरह्वा १ पर्सरी   ५०/ दिराम   
७७   प्रेम थापा  पर्वत, सालिग्राम २० दिहराम  
७८   बिस्वास चन्द्र ठकुरी  नवलपरासी  १०/ दिराम   
७९   मनोज काउचा  रुपन्देही रुद्रपुर् ६  १०/ "  
८०   काशी काफ्ले नवलपरासी  20 दिहराम  
८१   नारायण खनाल    १० दिहराम  
८२   गोविन्द पन्त  ५५८६६९५६५ ५ दिहराम  
८३   चन्द्र वहादुर योन्जन  ५५३६२२५५९ ५ दिहराम  
८४   हरि नेपाली  दाधिंग  २० दिहराम  
८५   हिक वहादुर लिम्वु  थुकिमा-३ ताप्लेजुंग  ५० दिहराम  
८६   अन्जना श्रेष्ठ  काठमान्डू  १० दिहराम   
८७   दिल वहादुर तामांग  नारायण थान, सर्लाही  ५० दिहराम  
८८   हरि खड्का  हेटौडा मकवानपुर  १० दिहराम  
८९   सवु न्यौपाने  वुटवल, रुपन्देही  १० दिहराम  
९०   अर्जुन भण्डारी  नवलपरासी  १० दिहराम  
९१   राजेश श्रेष्ठ  विराटनगर  १० दिहराम  
९२   भरत न्यौपाने  केर्खानी, रुपन्देही  १० दिहराम  
९३   स्यानु सुनार  रुद्रपुर, रुपन्देही  १० दिहराम  
९४   हरि ढकाल    १० दिहराम  
९५   अशोक रामजाली  तनहुँ  १० दिहराम  
९६   अमर राना  ५५६९२३९५३ १० दिहराम  
९७   अमृत न्यौपाने    १० दिहराम  
९८   पाण्डे    5 दिहराम  
९९   लक्ष्मी तामांग  काठमाडौँ  ५० दिहराम   
अन्त्यमा विरामी परिवारको तर्फवाट सहयोगको लागि पहल गरिदिने  नेपाली जनप्रगतिसिल मोर्चा तथा सम्पूर्ण सहयोगी दाताहरुलाई हृदय देखि धन्यवाद ज्ञापन गर्दछ !