गत विहिवार केही संस्थागत र केहि व्यक्तिगत काम लिएर नेपाल राजदुतावासमा गएको थिएँ । मैले यो कुराको यादै भएन कि त्यो दिन गणतन्त्र दिवस थियो । साथीहरु जिस्किन्छन् राजनीति प्रति चासो राख्ने मान्छेलाई गणतन्त्र दिवस कुन तिथिमा पर्छ भनेर पनि थाहा छैन भनेर । त्यसैले त्यो दिन आफन्तको घरमा गएर वसें । भोलि पल्ट सुक्रवार नेपाल मगर संघ युएईको विशेष भेला थियो, जसमा म आमन्त्रित थिएँ प्रमुख अतिथिको रुपमा । भेलामा जम्मा २८ जना व्यक्तिहरु उपस्थित थिए, जस मध्ये अतिथिको रुपमा निमन्त्रणा गरिएका ५ गैर मगर जातीहरु थिए ।
एघार वजे कार्यक्रम शुरु भयो । कार्यक्रमका संयोजक शुशी पुलामी घर्ति मगरले विशेष भेला वोलाउनुको कारण खुलाए पछी पदाधिकारी चयनको पालो आयो । यसै क्रममा तिर्थ थापा मगर जीलाई ईमान्दारको आधारमा उहाँलाई वरिष्ठ उपाध्यक्ष दिनु पर्छ भन्ने कुरा भूपू अध्यक्ष हरी घर्ति मगरले प्रस्ताव गर्नु भयो तर उहाँले त्यो पद स्वीकार गर्नु भएन । "होइन, मलाई कुनै पद चाहिएको छैन । राख्नु हुन्छ भने सामान्य कार्यकर्तामा राख्नु होला" भन्नु भएको थियो । त्यसैले उहाँलाई केन्द्रीय सदस्यमा नियुक्त गरयो भेलाले । उहाँले नमाने पछी सुरेन्द्र थापा जीको प्रस्तावमा राम थापा मगरलाई वरिष्ठ उपाध्यक्ष वन्नु भयो ।
सांझ समाचार आयो भेला सम्पन्न भएको सन्दर्भमा । मगर-मगर विचमा खैलावैला मच्चिन थाल्यो । म त्यो हेरिरहेको थिएँ । अनेक तर्कहरु आइरहेका थिए । मुक दर्शक वनेर त्यो हेरिरहेको थिएँ । कतिपय मित्रहरुले संगठन विभाजन गरेको आरोप लगाउंदै मालेमावादको सिद्दान्तमा आधारित मगर संघ युएई भित्रको ठुलै विद्रोह गरेको छेड पनि हानिरहेका थिए । त्यो पनि मैले हेरिरहेको थिएँ । ठिक त्यहि वेला ललित राना मगर जीले मलाई एक पोष्ट ट्याग गर्नु भयो, जसमा यो लेखिएको थियो "आज ३० मे २०१४ सुक्रबार आबुधाबी हरि बहादुर घर्ति मगर को कोठामा बसेको २/ ४ जना मगर धेरै जसो अन्य गैर मगर बाहुल्य रहेको विशेष भेलाको नामकरण गरिएको उपस्थित समूहबाट सुशि पुलामी मगर को अध्यक्ष्यतामा नेपाल मगर संघ युएईको उदघोष गरिएको त्यस समितिमा मेरो नाम पनि बिना जानकारी मेरो सहमति बिना राखिएको हुदा म त्यस सुसी पुलामी मगर को अधक्ष्यता रहेको नेपाल मगर संघ युएईको कुनै पनि पदमा नरहने जानकारी गराउन चाहान्छु" यो लेखले मलाई फेरी त्यहाँ खिचेका तस्विरहरुमा तिर्थ थापाजीलाई खोज्न थालें । उहाँ क्यामेरामा लुक्न खोजेको उहाँको तस्विरहरु मैले देखें । एक छिन मलाई हाँसो पनि लाग्यो । माथि उहाँले भन्नु भएको जस्तो थिएन । उहाँ उपस्थित हुनु हुन्थ्यो । युद्दकालमा प्रहरीले वन्दीहरुलाई जवरजस्ती खाली पानामा हस्ताक्षर गराएको याद पनि आयो तर त्यो खालि थिएन । निर्णय नोटमा लेखि सके पछी त्यसलाई टाइप गरेर प्रिन्ट गरिएको थियो जुन पाना सवैलाई एक एक पेज पुन: अध्ययन गर्नको लागि दिईएको थियो । अध्ययन गरि सके पछी सवैले हस्ताक्षर गरेका थिए । त्यसैले उहाँको कुराले एक छिन व्याकुल वनायो । कुन जवरजस्तिले काम गरेको छ ? भन्ने कुरा वुझ्न मैले उहाँलाई फोन गरेर उहाँको लेख पढेर सुनाएँ र के यो लेख तपाईंले लेख्नु भएको हो ? भनेर सोधेको थिएँ । उनले भन्नु भयो "हजुर, हो" । मैले सोधें "तपाईंलाई भेलामा कसैले जवरजस्ती गरेको थियो अथवा तपाईं त्यहाँ हुनु हुन्नथ्यो ? अनि तपाइको असहमति हुँदा हुँदै संघमा समावेस गराएका हुन् ?" उनले जवाफ दिनु भएन । मैले भनें "तपाईं त्यहीं हुनु हुन्थ्यो । तपाईंका तस्विरहरु मसंग छन् । किन झुट वोल्नु भएको ?" उनले यति मात्रै भन्नु भयो "त्यो मेरो गल्ति भयो" तव मेरो दिमाग खराव भयो । झर्केर उनलाई केहि अपशब्द पनि वोलें । उनि चुपचाप थिए । मैले फोन काटें ।
मैले एक सोझो मगरलाई गाली गरें । साँझ मलाई पछुटो लग्यो । कति निर्धोस थियो । कतिपय पलहरुमा मुक भाषाले नै धेरै कुराहरु वोल्दा रहेछन । उनको निर्धोस पन मेरो मन भरी मडारिरहेको थियो । करिव साँझको वेला मैले उनीसंग माफी माग्ने निर्णय गरें आफ्नो मन शान्त पार्नको लागी । मैले अनलायन पत्र यसरी उनको म्यासेज वक्समा लेखें "प्रिय तिर्थ थापाजी, मैले तिमिलाई गाली गरें । तिम्रो मन दुखेको होला । गल्ति पनि त गरेका थियौ नि । जुन संघमा वसे पनि केहि फरक पर्दैन तर झुट वोल्नु पर्ने कारण थिएन । संघ वाठो र चतुरहरुको लागि मात्रै हो । यहाँ सोझोको कुनै स्थान रहँदैन । यस्तै छ यहाँ । मैले तिमीलाई दुखि वनाएं । मैले तिमीलाई अनुरोध छ, तिमीले राजनीति गर्दै नगर्नु । तिमि कति पवित्र छौ । राजनीति त फोहोरी हुन्छ । त्यसमा नलाग । वरु आफ्नो वाल वच्चाको लागि सोच । त्यो नै तिम्रो लागी फाइदा होला ! अन्त्यमा मलाई माफ गर । तिमि यस्तै रहिरहनु ।"
हामी वाठो भई टोपल्नेहरु ति सोझो तीर्थको काँधमा वन्दुक सोझ्यायौं र एकले अर्कोलाई ठोक्यौं । हामी त सिद्दिने नै भयौं तर विचका निर्धाहरू कठै ? जसरी तिर्थ अगाडी परेको छ । यहाँ हाम्रो समाजमा धेरै तिर्थहरु छन् जसलाई ढाल पारेर हामी सुरक्षित स्थानमा नाल ताकिरहेका छौं । के यो सहि हो ? यसवाट हामीले के प्राप्त गर्न खोजिरहेका छौं ? हामि आफ्नो जातीयताको लागि, आफ्नो पहिचानको लागि, आफ्नो अधिकारको लागि होइन ? हो भने एकलाई निसाना पार्नको लागि वलीको वोको किन ? निर्धाको काँधमा वन्दुक कतिसम्म ? हामी एकै स्थानमा रहन सकेनौं त के भयो ? सहकार्य गरेर जान सकिन्छ । यदि संसारका सवै मान्छेहरुको मन एकै हुँदो हो त अहिले दुनियाको हालत यस्तो हुने थिएन । मगर-मगर विचमा पनि कोहि वुढा, कोहि थापा, कोहि गाहा, कोहि पुन लगायत १३०० पथका मगरहरु हुने थिएनौं । कोहि पहाड, कोहि मधेस, कोहि हिमालमा वस्ने थिएनौं । त्यसैले हामी जुन स्थानमा छौं, केहि फरक पर्दैन । तर हामी पानी वारावारको स्थिति हुनु हुँदैन । समय आयो भने र परिस्थितिले माग्यो भने फेरी एक हुने भनेको नै हामी दाजु भाई नै हौँ ।
पृथीछक वुढा मगर (ग्लोभिभोना)
*विशेष भेलामा आउनुभएका प्रतिनिधि,पर्यवेक्षक एवं अतिथिहरुको खाना एवं चिया नास्ता कतिपय चिजवस्तु किन्न उपस्थित साथीहरुको सहयोगवाट किनीएको थियो भने, कतिपय चन्दा स्वरूप हामीले व्यवस्था गर्यौ | फेरी पनि भेलामा आउनु भएका साथीहरुलाई मैले आफ्नो मिहनत पसिना वगाएर कमाएको मिहनाताको कमाई मेरो सो-इच्छाले खुसीराजिले खुवाउछु भने पनि किन यी भाइरस गद्दारहरुको टाउको दुख्छ वा कतै यिनीहरुको वाउको खुवाए जस्तो ...| सो-इच्छाले कसैले कसैलाई खाना खुवाउनु पनि नपाउने योत मेरो मानव अधिकारको हनन हो | यी पशुको जस्तो विचार भएकाहरु, होइन....! कुन दुनियाका हुन् ...? यो कस्तो किसिमको घटिया,पाखण्डीपन कमेन्ट हो | अझ यस्तो निर्लज्ज कमेन्टमा पनि केहि बुद्धि विहिन स्वाँठ एवं गद्दार भाइरसहरुका हली,गोठाला,भरीयाहरुले वेमेसाले लाइक पो गर्छन् |
ReplyDelete